मुख्य समाचार

नेपाली भूमिबाट कैलाश मानसरोवर जाने दर्शनार्थी बढे

सिमकोट, ७ असाेज । नेपाली भूमि हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ लिमीको लाप्चाबाट कैलाश मानसरोवरको दर्शन गर्न आउने तिर्थयात्री बढेका छन् । छिमेकी देश चीनले कोरोना सङ्क्रमणकाे कारण देखाउँदै उत्तरी क्षेत्र हिल्साको सीमा नाका बन्द गरेकाले कैलाश मानसरोवरको दर्शन गर्न आउने विदेशी दर्शनार्थीले केही वर्षयता कैलाश मानसरोवरको नेपाली भूमि लाप्चाबाट दर्शन गर्दै आएका छन् । यस वर्ष भारतीय सन्त सदगुरु (जग्गी वासुदेव) सहित एक हजार ११ जना विदेशी धार्मिक पर्यटकले कैलाश मानसरोवरको दर्शन गरेका छन् । सदगुरुको समूहमा एक हजार दुई… पुरा पढौ

बन्दीपुर केबलकार वैशाख १ गतेदेखि सञ्चालनमा आउने

दमौली, ७ असोज । तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा निर्माणाधीन केबलकार परियोजनाको काम ७५ प्रतिशत सकिएको छ । पाँचतारे होटलसहित निर्माण भइरहेको परियोजनाको काम हालसम्म ७५ प्रतिशत सकिएको बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडले जनाएको छ । विसं २०७५ साउनदेखि निर्माण सुरु भएको केबलकार परियोजना विभिन्न कारणले ढिलाइ हुँदै आएको लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले बताए। “दुई वर्ष त कोभिड–१९ र बन्दाबन्दीका कारण परियोजनाको काम नराम्ररी प्रभावित भयो”, उनले भने, “त्यसयता पनि निर्माण सामग्री समयमै आउन नसक्दा काम ढिलाइ हुँदै आयो । तर… पुरा पढौ

डीभी चिट्ठा प्रकरणमा किन पक्राऊ परे यी ९ जना?

काठमाडौं, ७ असोज । अमेरिकी डीभी चिट्ठा परेपछि भिसा प्रक्रियाका लागि नक्कली शैक्षिक प्रमाणपत्र बनाउन सहयोग गर्ने र पेश गर्ने गरी ९ जना पक्राऊ परेका छन् । प्रहरीले ती ९ जनालाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा पाँचथर मितलाजुन गाउँपालिका-६ घर भएर झापा दमक नगरपालिका-५ बस्ने २५ वर्षीय समिर राई, कास्की पोखरा महानगरपालिका-१० घर भएका ४० वर्षीय अरूण कार्की, नुवाकोट बेलकोटगढी नगरपालिका-९ घर भएर काठमाडौं टोखा नगरपालिका बानियाँटार बस्ने २५ वर्षीया राधिका तामाङ रहेका छन् । सँगै… पुरा पढौ

सशस्त्र प्रहरी बलमा १६२ जनाका लागि रोजगारीको अवसर

काठमाडौं, ७ असाेज । जागिरकाे खाेजिमा रहेकाहरुकाे लागि सशस्त्र प्रहरी बलमा जागिर खाने माैका रहेकाे छ । प्रहरी बल निर्देशनालयले १६२ जनाका लागि नयाँ भर्ना खुला गरेको छ।  सशस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टर) साधारण उपसमूहतर्फ ७१ जना, सशस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टर) कानून उपसमूहतर्फ ८ जना र सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) साधारण उपसमूहतर्फ ८१ जना गरी कुल १६२ जनाका लागि लागि दरखास्त आव्हान गरेकाे हाे । जागगिरमा खान र ताेकिएकाे क्षेत्रका काम गर्न याेग्य इच्छुक उम्मेदवारहरुले असोज ७ गतेदेखि कात्तिक ६… पुरा पढौ

डोल्पामा बन्दैछन दुई जलविद्युत् आयोजना

जाजरकोट, ७ असोज । डोल्पाको जगदुल्ला नदीमा १ सय ६ मेगावाट क्षमताको जगदुल्ला जलविद्युत् र ८२ दशमलव ३ मेगावाटको ‘जगदुल्ला ए’ जलविद्युत् आयोजना निर्माण हुने भएकाे छ । एउटै नदीबाट २ आयोजना निर्माणका लागि प्रक्रिया अघि बढाइएको बताइएकाे छ । जगदुल्ला निर्माण गर्न ठेक्का प्रक्रिया थाल्ने तयारी भइसकेकाे छ । ‘जगदुल्ला ए’ का लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)को काम भइरहेको छ । जगदुल्ला जलविद्युत आयोजनाका प्रबन्ध निर्देशक प्रकाश अधिकारीका अनुसार निर्माण सम्पन्न भएपछि १ सय २२ मेगावाट विद्युत् उत्पादन हुनेछ… पुरा पढौ

नागरिकता विधेयक प्रमाणीकरणकाे रिट उपर आज सुनुवाई

काठमाडौं, ७ असोज । राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगरेको विरुद्ध सर्वोच्च अदालता दायर रिटमा आज सुनुवाइ हुने भएको छ । विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदम संविधान विपरीत भएको भन्दै सर्वोच्च अदालतमा पाँच अलग अलग रिट दायर गरिएका थिए । तिनै रिटहरुमाथि आज सुनुवाई हुने भएको हो । रिट दायर गर्नेहरुमा अधिवक्ता सुनिलकुमार यादव, अधिवक्ता सुनिल रञ्जन सिंह, अधिवक्ता सागर बराल, विजय पोखरेल, त्रिभुवन विश्वविद्यालयका विद्यार्थी सौगातराज बराल, काठमाण्डौ स्कुल अफ लमा अध्ययनरत अविनेश अधिकारी र सम्पूर्ण बस्नेत तथा… पुरा पढौ

छिटो लाइसेन्स लिन अब अनलाइन आवेदन दिन सकिने

काठमाडौं, ७ असोज । छिटो लाइसेन्स लिनका लागि अब अनलाइन आवेदन दिन सकिने भएकाे छ । यातायात व्यवस्था विभागले वैदेशिक रोजगारी र पढाईका लागि विदेश जानेहरुका लागि छिटो लाइसेन्स प्रिन्ट हुने व्यवस्था मिलाएको हाे । विभागले आज असोज ७ गतेदेखि लागू हुनेगरी अध्ययन तथा रोजगारीका लागि विदेश जाने नेपाली नागरिक, सेना नेपाल प्रहरी गैर आवासीय नेपाली नागरिकका लागि लाइसेन्स शीघ्र प्रिन्ट गराउनु परेमा अनलाइनमार्फत आवेदन दिने व्यवस्था मिलाएको बताएकाे छ । विभागले गत भदौ ३१ गते सार्वजनिक सूचना निकालेर आज… पुरा पढौ

समिट लघुवित्तकाे २२ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं, ७ असाेज । समिट लघुवित्त वित्तीय संस्थाले आजदेखि संस्थापक सेयर बिक्रीमा ल्याएकाे छ । लघुवित्तले संस्थापक सेयरधनीहरुको नाममा रहेको २२ हजार २१५ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हाे । संस्थापक सेयरमा लगानी गर्न लघुवित्तमा रहेका संस्थापक सेयरधनीले आवेदन दिन पाउनेछन् । संस्थापक सेयर खरिद गर्न चाहने संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र आवेदन पेश गर्नुपर्ने संस्थाले जनाएकाे छ । सेयरधनीहरुले ताेकिएकाे मितिसम्म काभ्रेकाे बनेपा १० मा रहेकाे संस्थाको केन्द्रीय कार्यालयमा निवेदन पेश गर्नुपर्ने छ । यस्तै लिन चाहेकाे सेयरकाे संख्या र… पुरा पढौ

मेलम्ची, हेलम्बु, इन्द्रावती खाेलाकाे माछाबाट जिविकाेपार्जन गर्दै माझी समुदाय

सिन्धुपाल्चोक, ७ असोज । बाढी आउनु अघिसम्म सिन्धुपाल्चोकको मेलम्ची, हेलम्बु, इन्द्रावती, तिपेनीलगायत खोलाका माछाले राम्रो बजार पाएको थियो । गत वर्ष बाढी आएपछि भने माछा पाउन छाड्यो । माछा मारेर जीविकोर्पाजन गर्ने स्थानीय निकै मारमा परेका थिए । अहिले भने ती खोलामा माछा पाइन थालेको छ । मेलम्ची, हेलम्बु, तिपेनीलगायत क्षेत्रमा लोकल माछा र ढिँडो खान तथा माछाका विभिन्न परिकार खान आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका थिए । यहाँका माझीहरूले मारेका माछा सहजै बिक्थे । पर्यटकले खानेमात्रै होइन, किनेर… पुरा पढौ

डलरको भाउ निरन्तर बढ्दै, नयाँ रेकर्ड कायम

काठमाडौं, ७ असाेज । अमेरिकी डलरको भाउ उकालाे लाग्ने क्रम राेकिएकाे छैन । अघिल्लाे दिन गएकाे साउनयताकै उचाइमा पुगेकाे भाउले आज असाेज ७ गते नयाँ रेकर्ड कायम गरेकाे छ । नेपाल राष्ट्र बैंकले आज सार्वजिनक गरेकाे विदेशी विनिमय दरका अनुसार यसदिन अमेरिकी डलरको भाउ १२९ रुपैयाँ ६८ पैसा पुगेको छ। एक डलरकाे सटहि गर्नका लागि १२९ रुपैयाँ ६८ पैसा लाग्नेछ। अघिल्लाे दिन यस्ताे भाउ १२८ रुपैयाँ २७ पैसा पुगेको थियाे । आज साे भाउमा साढे १ रुपैयाँले बृद्धि भएकाे छ।… पुरा पढौ