मुख्य समाचार

राहदानी विभागमा आजबाट सेवाग्राहीलाई पार्किङ खुल्ला

काठमाडौं, १२ भदाै । यतिबेला काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाह अवैध रुपमा बनाइएका संरचना भत्काउन एक्सनमा उत्रिएका छन् । विराेध, अवराेध र सवालजवापफका बीच उनि यस कार्यमा अगाडी बढेका छन् । कानूनलाइ आधार लिएर साे अनुसार काम गरिरहेकाे जिकिर गरिरहेका छन् । कानूनत: जुन प्रयाेजनका लागि हाे त्याे अनुसारकाे काम भएकाे छ कि छैन भन्ने बारेमा उनि दिनदिनै अनुगमनमा हिडिरहेका छन् । उनकाे टाेलिले त्रिपुरेश्वरमा रहेकाे राहदानी विभागमा एक्सन लिएपछी विभागले पार्किङस्थलमा राखिएका कुर्सिहरु हटाइ सेवाग्राहीका लागि आजबाट पार्किङ खुलाएको… पुरा पढौ

मेलम्ची–हेलम्बु सडक अवरुद्ध, सतर्कता अपनाउन अनुरोध

सिन्धुपाल्चोक, १२ भदौ । गए रातिको बाढीले मेलम्ची–हेलम्बु सडकअन्तर्गत मेलम्ची–११ मा सडक अवरुद्ध भएको छ । सीमखेत नजिकै नदी सडकमा पसेर कटान गर्दा यातायातका साधन सञ्चालनमा समस्या आएको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ । सडक अवरुद्ध हुँदा हेलम्बु गाउँपालिका र मेलम्चीको वडा नं ६ र ७ का स्थानीय प्रभावित भएका छन् । पानीको बहाव हेरेर सडक सञ्चालन गरिने मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले जानकारी दिए। सतर्कता अपनाउन अनुरोध सिन्धुपाल्चोकको धाप र आसपासको क्षेत्रमा पछिल्लो छ घण्टामा भारी वर्षा मापन गरिएको… पुरा पढौ

बागलुङमा कृषि र पशुपालनका लागि १५ करोड बढीका योजना

बलेवा, १२ भदौ । बागलुङमा सङ्घीय तथा प्रदेश सरकारले कृषि तथा पशुपालन विकासको क्षेत्रमा झण्डै रु १५ करोड खर्च गर्ने भएका छन् । चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रममार्फत सो रकम ती दुई सरकारले विनियोजन गरेका हुन् । गण्डकी प्रदेश सरकारअन्तगर्तका कृषि ज्ञान केन्द्र बागलुङ र भेटेरेनरी अस्पताल तथा पशुविज्ञ केन्द्र बागलुङ तथा सङ्घीय सरकारअन्तर्गतको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्पmत उक्त बजेट खर्च हुने भएको हो । कृषि ज्ञान केन्द्रले रु पाँच करोड ५५ लाख बजेट पाएको छ । सोमध्ये चालु… पुरा पढौ

थारू समुदायद्वारा अटवारी पर्व मनाइँदै, आज सुदूरपश्चिममा सार्वजनिक बिदा

दोधारा–चाँदनी, १२ भदौ । पश्चिम तराईका थारू समुदायले आज विविध कार्यक्रम आयोजना गरी अटवारी पर्व मनाउँदैछन् । सो पर्व उनीहरुका लागि तीजजस्तै हो । शुक्रबार राति दर खाएर दिनभरि व्रत बस्ने र साँझपख रोटी पकाएर देउतालाई चढाइसकेपछि खाने र आज बिहान भात पकाएर भात–तरकारी पनि देउतालाई चढाइसकेपछि मात्र खाने चलन सो समुदायमा रहेको छ । थारू अगुवा सीता चौधरीका अनुसार रोटी पकाइसकेपछि रोटीसँगै दही, फलफूल आदि परिकार अग्नि देवतालाई चढाएर दिदीबहिनीका लागि ‘अग्रासन’ (दिदी–बहिनीका लागि छुट्याइने परिकार) छुट्याई बनाइएका पारिकार खाँदै… पुरा पढौ

देशैभरी बदली, मेघ गर्जन चट्याङ्गसहित मध्यम वर्षा

काठमाडाैं, १२ भदाै । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय, जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा (Axis of the Monsoon Trough)  सरदर स्थान भन्दा केही उत्तर तर्फ अवस्थित रहेको जनाएकाे छ। साथै देशै भरी सामान्य देखि पुर्ण बदली रही देशका धेरै स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको जनाएकाे छ।  भदौ १२ गते (आइतबार) दिउँसो : देशभर सामान्य देखि पुर्ण बदली रहनेछ। बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका  धेरै स्थानहरूमा तथा बाँकी प्रदेशहरूका केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको… पुरा पढौ

बन्दीपुरमा आधुनिक घर निर्माणमा किन लगाइयो प्रतिबन्ध ?

तनहुँ, ११ भदौ । पहाडकी रानी उपनामले परिचित बन्दीपुर क्षेत्रमा आधुनिक घर निर्माणमा प्रतिबन्ध लगाइएको छ । बन्दीपुर गाउँपालिका कार्यालयले आधुनिक घर बनाउनेका लागि नक्सापास नै रोकिदिएको छ । गाउँपालिकाले मौलिक घर संरक्षण कार्यलाई प्राथामिकता दिएर योजना अघि बढाएको गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले जानकारी दिए। नमूना सहरको रूपमा ख्याति कमाएको बन्दीपुरको साख जोगाइराख्नका लागि अब बन्ने घर निर्माणमा अनिवार्यरूपमा पिलर छोपिने गरी पराम्परागत शैली झल्किने किसिमको बनाउन निर्णय भएको उनले बताए। बन्दीपुर गाउँपालिकाको वडा नं २ र ४ को बन्दीपुर टाउन… पुरा पढौ

मुगुका किसानलाई स्याउ टिप्न चटारो, गत वर्षको भन्दा उत्पादनमा वृद्धि

गमगढी, ११ भदौ । मुगुको छायाँनाथ रारा नगरपालिका–५ ताल्चाकी विस्नमाया रोकायाको परिवारलाई यतिवेला आफ्नो बगैँचामा फलेको स्याउ टिप्न भ्याइनभ्याई छ । यस्तै वडा नं ४ का हरिबहादुर भाम पनि स्याउ टिप्नमै व्यस्त हुनुहुन्छ । रोकाया र भाम मात्र होइन गाउँका सबैलाई स्याउ टिप्न चटारो छ । यतिबेला मुगुमा स्याउ उत्पादन हुने क्षेत्रका किसान स्याउ बगैँचामै भेटिन्छन् । उत्पादन हुुने क्षेत्रका किसानलाई स्याउ टिप्ने चटारो छ । उनीहरु बिहानैदेखि स्याउ टिप्न व्यस्त देखिन्छन् । जिल्लाको बाम, ताल्चा, रोवा, शोभा, खमाले सेरीलगायत क्षेत्र… पुरा पढौ

ढुङ्गेधाराको ७ टहरासहित ३ भर्याङ भत्काइयो

काठमाडौं ११ भदाै । अवैधरुपले बनाइएका संरचना भत्काउने क्रममा आज काठमाडौँ महानगरपालिकाले वनस्थली चोकबाट ढुङ्गेधारा जाने बाटोमा रहेको ७ टहरा र ३ वटा भर्याङ हटाएको छ । गत मङ्गलबारदेखि कामपाले नक्सा पासअनुरुप निर्माण नभएका र नक्सा पासअनुरुप निर्माण भए पनि सोहीअनुरुप प्रयोग नभएको संरचना अवैध भएको भन्दै त्यस्ता संरचना हटाउँदै आएको छ । कामपाका नगर प्रहरी प्रमुख राजु पाण्डेका अनुसार उक्त स्थानका अवैधरुपले बनाइएका सात टहरासहित सडकबाट नै घरमा राखेको तीनवटा भ¥याङ भत्काइएको हो । उक्त अभियानअन्तर्गत हालसम्म बानेश्वरस्थित बानेश्वर… पुरा पढौ

पर्यटनलाई चलायमान बनाउन सातै प्रदेशका पर्यटनमन्त्रीको सम्मेलन काठमाडौंमा

काठमाडौं, ११ भदौ । कोभिड–१९ महामारीले शिथिल बनेको मुलुकको पर्यटन क्षेत्रको पुनरुत्थान र यस क्षेत्रलाई चलायमान बनाउने उद्देश्यले आज राजधानीमा सातै वटा प्रदेश पर्यटनमन्त्रीहरुको सम्मेलन आयोजना गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सातै प्रदेश सरकारका पर्यटनमन्त्रीलाई काठमाडौँ बोलाएर एक दिने सम्मेलन आयोजना गरेको हो । सम्मेलनमा होटल, ¥याफ्टिङ, होमस्टे, ट्राभल एजेन्सी, ट्रेकिङ एजेन्सी, पर्यटक यातायात सेवा, टुर गाइडलगायतको दर्ता, अनुमति, नवीकरण र नियमनमा सम्बन्धित प्रदेश सरकारबाट जारी भएका कानुन तथा मापदण्डबारे छलफल हुने मन्त्रालयले जनाएको छ ।… पुरा पढौ

अनुदान, बीमा र ‘भैंसी सुत्केरी भत्ता’ले काभ्रेमा भैंसीपालन व्यवसाय फस्टायो

काभ्रेपलाञ्चोक, ११ भदौ । पनौती नगरपालिका–१२ का यज्ञ खत्रीको गोठमा अहिले ७ वटा भैँसी छन् । केही वर्षअघि विभिन्न रोगको प्रकोप र दूधको उचित मूल्य नपाउँदा भैँसीपालन छाड्नुभएको खत्रीलाई नगरको ‘भैँसी सुत्केरी भत्ता’ कार्यक्रमले जाँगर चलाएको हो । “विभिन्न रोगको समस्या र दूधको मूल्य नपाउँदा सधैँ घाटामा भैँसी पाल्न नसकिएपछि चार भैँसी मासुको मूल्यमा बेचेर छोडेका थिए, अहिले पुनःभैँसी पाल्न जाँगर चलाएको छु, हाल मेरो गोठमा सात भैँसी छन्”, उनले भने। खत्रीलाई नगरले भैँसीपालनमा ल्याएको अनुदान, बीमा र सुत्केरी प्रोत्साहन… पुरा पढौ