मुख्य समाचार

पर्यटकको रोजाइमा कास्की सिक्लेसको कफुचे हिमताल

पाेखरा, ११ भदौ । कास्कीको मादी गाउँपालिका–१ मा पर्ने कफुचे हिमताललाई विश्वकै कम उचाइमा रहेको दावी गरिएको छ । समुद्री सतहबाट दुई हजार चार सय ५० मिटर उचाइमा रहेको यो ताल पछिल्ला वर्षमा पर्यटकको रोजाइमा पर्न थालेको छ । पर्यटकीय नगरी पोखराबाट नजिकै रहेको कला संस्कृतिले भरिपूर्ण गुरुङ गाउँ सिक्लेसबाट एक दिनको पदयात्रामा पुग्न सकिने भएका कारण पनि यो पछिल्लो समय चासो र चर्चामा छ । तालको महिमा र गरिमालाई स्वदेशी एवं विदेशी पर्यटक माझ पु¥याउँदै यसको प्रवद्र्धन गर्ने लक्ष्यका… पुरा पढौ

केन्द्रीय प्रशारण लाइनकाे पहुँच बिस्तारसंगै पर्वतका ११ लघु जलविद्युत् अलपत्र

पर्वत, ११ भदौ । पर्वतमा विभिन्न दुर्गम भेगका अँध्यारा बस्तीमा उज्यालो पुर्याउने भन्दै स्थापना गरिएका लघु जलविद्युत् आयोजना अलपत्र बनेका छन् । दुई दशक अघिदेखि युएनडिपी, विश्व बैंक र नेपाल सरकारको लगानीमा निर्माण भएका जिल्लाका ११ आयोजना अहिले पूर्णरुपमा बन्द भएका छन् । पाँच वर्ष अघिसम्म तीन मात्र आयोजना सञ्चालनमा रहेपनि अहिले केन्द्रीय प्रशारण लाइनको पहुँच विस्तार भएसँगै ती बन्द भएका हुन् । पछिल्ला केही वर्षयता सामुदायिक विद्युतीकरणमार्फत पर्वतका सबै स्थानीय तहका सबै वडामा केन्द्रीय प्रशारण लाइनको पहुँच विस्तार भएको… पुरा पढौ

यी ४ प्रदेशमा मेघगर्जन चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौं, ११ भदाै। ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल लुम्बिनी प्रदेशमा सामान्यदेखि पुर्ण बदली रहि केहि स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको जनाएकाे छ। देशका बाँकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहि गण्डकी प्रदेशका थोरै स्थानमा साथै प्रदेश १ र कर्णाली प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको भइरहेको छ। भदौ ११ गते (शनिबार) दिउँसो : देशभर सामान्य बदली रहनेछ। प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केहि स्थानहरुमा तथा बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको… पुरा पढौ

वैदेशिक मुद्रा बचाउन विलासिताका सामान आयातमा प्रतिबन्ध लगाइएको हो: मन्त्री बडू

काठमाडाै‌, ११ भदाै । नेपाल समुद्रपार निकासी पैठारी सङ्घले वस्तुनिष्ट एवं वैज्ञानिक ढङ्गबाट भन्सार दररेट कायम गर्न सरकारसँग अनुरोध गरेको छ । सङ्घको ४२ औँ वार्षिक साधारणसभाका अवसरमा आयोजित कार्यक्रममा उद्योगी व्यवसायीले सङ्घीय संसद्मा पेश भएका आर्थिक विधेयक द्रुतमार्गबाट पारित गर्न सरकारसँग अनुरोध गरे। कोरोना भाइरसका कारण प्रतिकूल अवस्थामा पुगेको मुलुकको अर्थतन्त्र रुस–युक्रेन युद्धबाट झन प्रभावित भएको उल्लेख गर्दै व्यवसायीले सरकार र निजी क्षेत्रको सहकार्यबाट मात्र अर्थतन्त्र चलायमान एवं सुदृढ हुने धारणा व्यक्त गरे। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले… पुरा पढौ

एक्सनमा महानगर प्रमुख शाह : राहदानी विभाग सेवाग्राहीलाई पार्किङ खुलाउन बाध्य

काठमाडौं, १० भदाै । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाह अवैध रुपमा बनाइएका संरचना भत्काउन एक्सनमा उत्रिएका छन् । कानूनत: जुन प्रयाेजनका लागि हाे त्याे अनुसारकाे काम भएकाे छ कि छैन भन्ने बारेमा उनि अनुगमनमा हिडिरहेका छन् । उनकाे टाेलिले त्रिपुरेश्वरमा रहेकाे राहदानी विभागमा एक्सन लिएपछी विभागले पार्किङस्थलमा राखिएका कुर्सिहरु हटाइ सेवाग्राहीका लागि पार्किङ खुलाएको छ । याे कार्य आइतबार भदाै १२ गतेबाट कार्यान्वयनमा ल्याइने भएकाे छ । विभागले आज एक सूचना प्रकाशन गरेर साे कुराकाे जानकारी गराएकाे हाे काठमाडौं महानगरपालिकाकाकाे… पुरा पढौ

विदेशी विनिमय सञ्चितिमा सुधार, आयात प्रतिबन्ध अझ लम्बिँदै

काठमाडौं, १० भदौ । आगामी भदौ १४ गतेसम्मका लागि आयात प्रतिबन्ध लागेका १० विलासी वस्तुको प्रतिबन्धले अझै निरन्तरता पाउने भएको छ । प्रतिबन्धको समीक्षा गर्न शुक्रबार मन्त्रालयमा बसेको उच्चस्तरीय बैठकले थप केही समयका लागि आयात प्रतिबन्धलाई कायम राख्ने निर्णय गरेको मन्त्रालयले जनाएको छ । तर कति समयसम्मका लागि प्रतिबन्धले निरन्तरता पाउने भन्ने तय भएको छैन । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले उच्च आयातका कारण विदेशी विनिमय सञ्चितिमा ह्रास आएको भन्दै गत वैशाखमा १० प्रकारका विलासी वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो… पुरा पढौ

विद्युत प्राधिकरणले सशस्त्र प्रहरी बलमा चार्जिङ स्टेशन निर्माण गर्ने

काठमाडौं, १० भदौ । नेपाल विद्युत् प्राधिकरण र सशस्त्र प्रहरी बल नेपालबीच विद्युतीय सवारी चार्जिङ स्टेशन निर्माण तथा सञ्चालनसम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतामा सशस्त्र प्रहरी बल नेपालका विभिन्न एकाइमा इन्डक्सन चुलोको प्रयोगमा सघाउ पुर्याउने पनि समावेश छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकमा शुक्रबार उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौतापछि प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले स्मार्ट चार्जिङको अवधारणाअनुसार सशस्त्र प्रहरी बल नेपालसँग सम्झौता… पुरा पढौ

भैरहवा विमानस्थलमा हिमालय एयरको परीक्षण उडान शुरु

काठमाडौं, १० भदौ । जजिरा एयरले मात्रै उडान गर्दै आएको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा हिमालय एयरलाइन्सले पनि परीक्षण उडान सुरु गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का अनुसार हिमालय एयरलाइन्सले पाइलटको ट्रेनिङ फ्लाइटअन्तर्गत उक्त परीक्षण उडान सुरु गरेको हो । नेपाली वायुसेवा कम्पनी हिमालयले बिहीबार अपराह्न १२ बजेदेखि साँझ ५ बजेसम्म पाइलटहरूको ट्रेनिङका लागि परीक्षण उडान गरेको प्राधिकरणका महानिर्देशक तथा इञ्जिनियर प्रदीप अधिकारीले जानकारी दिए। उनका अनुसार पहिलो पटक भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा ट्रेनिङका लागि बिहीबार बिहान १२ बजे विमान… पुरा पढौ

नेप्सेकाे ओरालाे यात्रा कायमै, कारोबार १ अर्ब २९ करोडमा सीमित

काठमाडौं, १० भदौ । साताको अन्तिम कारोबार हुने दिन शुक्रबार पनि नेपाली सेयर बजारले ओरालाेको यात्रा तय गरेको छ । जीवन बीमा उपसमूहबाहेक सबैमा रातो लागेको छ । यसदिन कारोबार रकममा पनि निकैं गिरावट भएको छ । नेप्सेको उधों गतिमा अगाडी बढेको यात्राबाट लागनीकर्ताहरु थाकिसकेका छन् । उनीहरुको मनोबल बढ्न सकेको छैन । अझैं पनि लागनीकर्ताहरुको लागि सेयर बजारको माहोल पर्ख र हेरको स्थितिमा रहेको छ । न त यसले उत्साह जगाउन सकेको छ न आत्मबल बढाउन सकेको छ ।… पुरा पढौ

नेपाली कृषिजन्य उत्पादन अब अमेरिकी बजारमा उपलब्ध गराइने

काठमाडौं, १० भदौ । नेपालको ग्रामीण क्षेत्रको कृषिजन्य उत्पादनलाई प्रशोधन गरी बिक्री वितरण गर्दै आएको ‘पैचो पसल’ प्रालिद्वारा उत्पादित खाद्यवस्तु अमेरिकी बजारमा उपलब्ध गराइने भएको छ । नेपाली उत्पादनलाई विश्वभर छरिएर बसेका नेपाली डायस्पोरामाझ पु¥याउने उद्देश्यले अमेरिका निर्यात सुरु गरेको कम्पनीले त्यहाँका विभिन्न राज्यमा नेपाली उत्पादन उपलब्ध गराउने भएको हो । पैचो पसलले उत्पादन गरेका खाद्य सामग्रीलाई अमेरिकी बजारमा पु¥याउन न्यूयोर्कको फेन्सी हाउस इन्कले नेपालको अग्नि एक्जिम प्रालिमार्फत सहकार्य गरेको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । बसे पनि सहर,… पुरा पढौ