मुख्य समाचार

१७ अर्ब लागतकाे हुवासिन सिमेन्टकाे व्यावसायिक उत्पादन सुरु

काठमाडौं, १३ भदौ । लगानी बोर्डले संयोजन गरेको हुवासिन सिमेन्ट उद्योगले व्यावसायिक उत्पादन सुरु गरेको छ । सरकारले नेपाल गुणस्तर चिह्नसमेत प्रदान गरिसकेकाले अब व्यावसायिक उत्पादन सुरु भएको उद्योगले जनाएको छ । उद्योगले गत पुसदेखि नै परीक्षण उत्पादन गर्दै आएको थियो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतको नापतौल तथा गुणस्तर विभागका प्रवक्ता ज्योति भट्टले हुवासिन सिमेन्ट उद्योगले उत्पादन गर्ने सिमेन्टले नेपाल गुणस्तर चिह्न (एनएस) दिइएको जानकारी दिए । उनले उक्त सिमेन्टलाई आइतबार गुणस्तर चिह्न दिइएको र उद्योगका प्रतिनिधिले आज… पुरा पढौ

१९९३ विन्दुमा पुग्यो नेप्से, कारोबारमा नेपाल टेलिकम अब्बल

काठमाडौं, १३ भदौ । लगातार घटिरहेकाे सेयर बजार साेमबार सामान्य ढंगले उकालाे लागेकाे छ । साताको सेयर कारोबार हुने दोश्रो दिन सोमबार नेपाली सेयर बजारमा दोहोरो अंकको बृद्धि भएको छ । सेयर बजारको सकारात्मक यात्राले लागानीकर्ताहरुको मनोबल उकासिएको छ । तर कारोबार रकममा भने उल्लेखनिय प्रगति हुन सकेन । कुनै समय २० अर्ब माथिकाे काराेबार भएकाे सेयर बजारमा पछिल्लाे समय ७७ कराेडबाट ५ कराेड तलकाे कराेबारमा सिमित भएकाे छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ३.७६ अंकले बढेर १९९३.०२… पुरा पढौ

नेपाललाई पौने १३ अर्ब सहुलितपूर्ण ऋण दिँदै विश्व बैंक

काठमाडौं, १३ भदौ । विश्व बैंकले नेपाललाई १२ अर्ब ७५ करोड रुपैयाँ सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ । १२ अर्ब ७५ करोड नेपाली रुपैयाँ बराबर हुने १० करोड अमेरिकी डलर सहुलियतपूर्ण ऋण रकम हरित, उत्थानशील र समावेशी विकास (ग्रीड) का लागि उपलब्ध गराइन लागेको हो । अर्थ मन्त्रालयमा आज आयोजित एक कार्यक्रममा सहुलियतपूर्ण ऋण सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौतामा अर्थ मन्त्रालयका अन्तर्राष्ट्रिय आर्थिक सहयोग समन्वय महाशाखाका सहसचिव ईश्वरीप्रसाद अर्याल र माल्दिभ्स, नेपाल र श्रीलङ्काका लागि विश्व बैंकका सञ्चालन… पुरा पढौ

नबिल बैंकको ५० हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं, १३ भदौ । नबिल बैंकले २ करोड ४० लाख रुपैयाँ बराबरको संस्थापक सेयरको बिक्री खुलाएको छ । विद्यमान संस्थापक सेयरधनीको नाममा रहेको ५० हजार कित्ता संस्थापक सेयर बिक्री खुलाएको बैंकले जनाएको छ । बैंकका संस्थापक सेयरधनीले ४८० रुपैयाँका दरले सेयर बेच्न बैंकमा आवेदन दिएपछि सञ्चालक समितिले सोही अनुरुप बिक्री प्रक्रिया अघि बढाएको बुझिएको छ । नियम अनुसार सेयर खरिदका लागि पहिलो प्राथमिकता विद्यमान संस्थापक सेयरधनीहरुलाई नै दिनुपर्ने भएकाले पहिलो चरणमा संस्थापक सेयरधनीले मात्र आवेदन दिन पाउने गरी बिक्री खुलाइएको… पुरा पढौ

विदेशी पर्यटक नआउँदा बेगनासमा होटल सञ्चालन गर्न समस्या

लेखनाथ, १३ भदौ : लेखनाथमा रहेको बेगनास ताल वरपरका होटलमा हिजोआज विदेशी पर्यटक निकै घटेका छन् । बिदाका दिनमा आन्तरिक पर्यटक आउने गरेको भए पनि विदेशी पर्यटकहरु लगभग शून्य भएपछि व्यवसायीहरुलाई होटल सञ्चालनमा कठिनाई हुन थालेको छ । केही मात्रामा आन्तरिक पर्यटक आए पनि विदेशी पर्यटक शून्य हुँदा होटल सञ्चालनमा कठिनाइ आएको व्यवसायीहरुको भनाइ छ । विदेशी पर्यटकमा कोरोनाको त्रास अझै नहटेकाले उनीहरु आउन डराएको र कोरोनाकै कारण थला परेको पर्यटन व्यवसायलाई पूर्णरुपमा सञ्चालनमा ल्याउन सरकारले छिटोभन्दा छिटो आफ्ना कार्यक्रम… पुरा पढौ

यस्ताे छ समुद्रपार निकासी पैठारी संघकाे नयाँ कार्यसमिति

काठमाडौं, १३ भदौ । नेपाल समुद्रपार निकासी पैठारी संघले २१ सदस्यीय नयाँ कार्यसमिति पाएको छ । आयात–निर्यातकर्ता व्यवसायीको प्रतिनिधि संस्था रहेको उक्त संघको गत शुक्रबार सम्पन्न ४२औं वार्षिक साधारणसभाबाट विनोदकुमार सेठियाको नेतृत्वमा २१ सदस्यीय कार्यसमिति चयन भएको हो । कार्यसमिति चयनका लागि चुनाव गर्नु नपरेको र सबै २१ जना सदस्य निर्विरोध निर्वाचित भएका संस्थाले जनाएको छ । नयाँ निर्वाचित कार्यसमितिमा प्रथम उपाध्यक्षमा शिवकुमार अग्रवाल, द्वितीय उपाध्यक्षमा रतनलाल केडिया, महासचिवमा अनिलकुमार अग्रवाल, प्रथम सचिवमा गौरव शारडा, द्वितीय सचिवमा विष्णुकुमार जोशी र… पुरा पढौ

सुपर माइ ए जलविद्युतले १ वर्षसम्म पाएन बीमा रकम भुक्तानी

काठमाडौं, १३ भदौ । केही समयअघि एक सार्वजनिक कार्यक्रममा बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा कम्पनीले बीमा क्षेत्रको विश्वासनियता गुमाउँदै गएको बताएका थिए । उनले भनेजस्तै यस्ता कम्पनीले आफ्ना ग्राहक वा बीमितलाई बीमा गराउनका लागि जुन प्रकारले पहल गराएका हुन्छन् तर दाबी भुक्तानीका सन्दर्भमा भने अनेक झन्झट दिने गरेका छन् । कम्पनीले दाबी परेपछि वर्षौंसम्म बीमितलाई अल्झाएर राख्ने र दाबी भुक्तानी समयमा नै नगर्ने भएका कारण बीमा कम्पनीप्रति जनविश्वास कम हुँदै गएको सरोकारवाला बताउँछन् । बीमा कम्पनी र ‘सर्भेयर’को मिलोमतोको… पुरा पढौ

महाकाली करिडोर सडक १२ वर्षमा ३० किमी मात्रै कालोपत्र

महेन्द्रनगर, १३ भदौ । कञ्चनपुरमा निर्माणाधीन एवं यहाँदेखि अन्यत्र जिल्लामा विस्तारको क्रममा रहेका ठूला विकास निर्माण योजनाका काम सुस्त गतिमा छन् । नेपाल, भारत र चीनसितको त्रिदेशीय नाका तिंकरसम्म व्यापार विस्तारका लागि अघि बढाइएको महाकाली करिडोर सडक निर्माण योजनाको प्रगति कछुवा गतिमा छ । विसं २०६६ देखि थालनी भएको निर्माण १२ वर्ष बितिसदा ३० किलोमिटर सडक मात्रै कालोपत्रे भएको छ । उक्त योजनाको सुरुआत बिन्दु कञ्चनपुरको ब्रह्मदेव क्षेत्रमा कामका लागि ठेक्का भए पनि रुख कटानको प्रक्रियाले काम नै सुरु हुन… पुरा पढौ

यी प्रदेशमा मेघ गर्जन चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना

काठमाडाै‌, १३ भदाै। ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय, जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा (Axis of the Monsoon Trough) सरदर स्थान भन्दा केही उत्तर तर्फ अवस्थित रहेको जनाएकाे छ । देशैभरी आंशिक देखि सामान्य बदली रही  लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।  भदौ १३ गते (सोमबार) दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशका  केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको… पुरा पढौ

बेपत्ता परिवारका सदस्यले भने-‘खबरदार ! शहिद हुन र जुनसुकै कदम उठाउन बाध्य नपारियोस्'(भिडियाे)

पोखरा, १२ भदौ । हाम्रो बेपत्ता परिवारको पीडा कल्ले सुन्ने ? खबरदार ! हामी सबै पीडितको पीडालाई सुनियन भने हाम्रो आन्दोलन चर्को हुन सक्छ । बिचारले फरक हौंला तर नेतृत्वको हिसाबले प्रचण्ड, बाबुरामहरु किन बोल्दैनन् ? राज्यले द्वन्दकालिन समयमा राज्य तथा द्वन्दरत पक्षबाट भएका व्यक्ति बेपत्ता, हत्या र अपहरणमा परेकाहरुको अवस्था सार्वजनिक गरोस् । हामी शहीद हुन तयार छौं, जस्तोसुकै कदम उठाउन सक्छौं, पीडितको आवाजलाई सुनियोस् । बेपत्ता परिवारका सदस्य सोममाया विक उपरोक्त भनाई बेपत्ता परिवारका सदस्य सोममाया विकको हो… पुरा पढौ