मुख्य समाचार

अरुण काबेलीलाई शतप्रतिशत हकप्रद निष्कासनको अनुमति

काठमाडौं, १२ भदौ ।  अरुण काबेली पावर लिमिटेडलाई विद्युत नियमन आयोगले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने अनुमति दिएको छ । आयोगले शुक्रबार कम्पनीलाई हाल कायम चुक्ता पुँजीको १ बराबर १ को  अनुपातमा हकप्रद सेयर जारी गर्ने स्वीकृति प्रदान गरेको हो ।  कम्पनीको केही समय अघि सम्पन्न ११ औं वार्षिक साधारण सभामा आर्थिक वर्ष २०७७/७८ को चुक्ता पुँजीमा प्रस्तावित १७ प्रतिशत बोनस सेयरपछि कायम हुन आउने चुक्ता पुँजीको शतप्रतिशत हकप्रद निष्कासन गर्ने विशेष प्रस्ताव पारित भएको थियो । कम्पनीको केही समय अघि… पुरा पढौ

पिपुल्स पावरकाे सेयर बाँडफाँड सम्पन्न, कतिले पाए सेयर ?

काठमाडौं, १२ भदाै। पिपुल्स पावर लिमिटेडले आज सेयर बाँडफाँड सम्पन्न गरेकाे छ। कम्पनीले २ लाख २९ हजार ४६८ जना सर्वसाधारण लगानीकर्तालाई सेयर बाँडफाँड गरेकाे हाे । मागभन्दा बढी आवेदन पेश भएकाेमा बाँडफाँड गाेला हालेर गरिएकाे छ। सेयर प्राप्त गर्ने लगानीकर्तामध्ये २ जनाकाे भागमा जनही ११ कित्ता परेकाे छ । अरुसबैलाई १० कित्ताका दरले सेयर हात परेकाे छ । कम्पनीकाे सेरमा १५ लाख ५६ हजार ५२५ जनाकाे आवेदन परेकाे थियाे । उनीहरुमध्ये ५ हजार ११२ जनाको आवेदन अस्वीकृत भएकाे छ ।… पुरा पढौ

कृषिमा आधुनिकीकरणसँगै किसानकाे सहयात्री बन्दैछ मुक्तिनाथ कृषि कम्पनी

काठमाडाैं, १२ भदाै । किसानकाे जीवनयापनको मुख्य पाटो कृषि रहेको यथार्थतालाई आत्मसात गर्दै कृषि क्षेत्रमा लगानी गर्ने र उत्पादन बढाएर देशको अर्थतन्त्रमा टेवा पुर्याउने उद्देश्यका साथ २०७५ सालमा मुक्तिनाथ कृषि कम्पनी लिमिटेडकाे स्थापना भएको हो । मुक्तिनाथ विकास बैंकका तत्कालीन सीईओ भरतराज ढकालको अवधारणाबाट यो कम्पनी जन्मेको हो। मुक्तिनाथ विकास बैककाे एसाेसियट कंपनीका रूपमा स्थापित मुक्तिनाथ कृषि कम्पनीले अहिले आवश्यक बीउबीजन, कृषि उपकरणको उत्पादन र बिक्री बितरण गरिरहेकाे छ । यसबाहेक कम्पनीले कृषकलाई ऋण प्रदान गर्ने बिचौलिया विस्थापन गरेर संस्थागत… पुरा पढौ

कानून कार्यान्वयनको काममा मेरो समर्थन छ: उपमेयर डङ्गोल

काठमाडौँ, १२ भदौ । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले महानगरले सञ्चालन गरेको अनधिकृत संरचना हटाउने अभियानमा आफ्नो समर्थन रहेको प्रस्ट पारेकी छिन् । उपप्रमुख डङ्गोलले महानगरको कानुन कार्यान्वयन गर्ने सबै कार्यमा आफ्नो साथ, सहयोग र समर्थन रहेको बताएकी हुन् । आइतबार एक वक्तव्य जारी गर्दै उपप्रमुख डङ्गोलले काठमाडौँ महानगरलाई साँच्चिकै स्वच्छ, सुन्दर, जीवन्त र व्यवस्थित सांस्कृतिक नगरका रूपमा थप विकास गर्ने आफ्नो एजेण्डा रहेको र त्यसबारे आफू सचेत रहेको पनि स्मरण गराएकी छिन् । 'सार्वजनिक वा सरकारी जग्गा अतिक्रमण गरी… पुरा पढौ

सेयर बजारको ओरालो यात्रा जारी, कारोबार रकममा सुधार

काठमाडौं, १२ भदौ । साताको सेयर कारोबार हुने पहिलो दिन आईतबार नेपाली सेयर बजार ओरालो लागेको छ । ठूला कम्पनीहरुको कारोबार हुने सूचीमा रहेको म्युचुअल फण्ड बाहेक सबै १२ उपसमूहरुहरुमा रातो लागेको छ । अघिल्लो कारोबारको हिसाबले केहि सुधार भएको सेयर बजारको नकारात्मक लयमा गएको यात्राले भने लगानीकर्ताको मनोबल बढाउन सकेको छैन । नेप्सेमा भइरहेकाे नकारात्मक यात्राकाे बारेमा उपचार के भन्ने बारेमा सर्वत्र चासाे भए पनि ठाेस निकास निस्कन सकेकाे छैन । नेपाल स्टक एक्सचेन्ज नेप्सेका अनुसार नेप्से परिसूचक ३३.३६… पुरा पढौ

साउन महिनामा ६० करोडभन्दा बढीको लसुन/प्याज आयात

काठमाडौं, १२ भदौ ।  नेपालमा चालु आर्थिक वर्ष २०७९/८० को पहिलो महिना साउनभरमा ६० करोड रुपैयाँभन्दा बढी रकमको लसुन/प्याज आयात भएको छ । भन्सार विभागले हालै सार्वजनिक गरेको साउन महिनाको वित्तीय तथ्याङ्क अनुसार नेपालमा भारत र चीनबाट गरी ६० करोड ८२ लाख १५ हजार रुपैयाँ बराबरको १ करोड ५० लाख ४२ हजार ३७५ किलोग्राम लसुन प्याज आयात भएको छ । यसरी आयात गरिएका लसुन तथा प्याज ताजा वा चिस्यान केन्द्रमा राखिएको, सुकाइएको तथा बोक्रासहित र बोक्रारहित गरी विभिन्न प्रकारका रहेका… पुरा पढौ

पिपुल्स पावरकाे सेयर आज दिउँसाे बाँडफाँड हुँदै

काठमाडौं, १२ भदाै । पिपुल्स पावरले बिक्रीमा ल्याएकाे सयरकाे बाँडफाँड आज दिउँसाे गर्ने तयारी गरिएकाे कम्पनीले जनाएकाे छ । सेयर दिउँसाे २ बजे बिक्री प्रबन्धक प्रभु क्यापिटलको काठमाण्डौको कमलादीमा रहेकाे कार्यालयमा हुने भएकाे छ। कम्पनीले साउन ३१ गतेदेखि भदौ ५ गतेसम्म सर्वसाधारणका लागि सेयर निष्काशन गरेकाे थियाे । रु १०० अंकित मूल्यकाे २४ लाख ६७ हजार ४०० कित्ता सेयर निष्काशन गरीएकाे थियाे । निष्काशन गरीएकाे कुल सेयरबाट १ लाख २३ हजार ३७० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएकाे छ ।… पुरा पढौ

राधी विद्युतको मूल्य समायोजन, प्रति कित्ता कति ?

काठमाडौं, १२ भदौ । राधि विद्युत कम्पनीको मूल्य नेपाल स्टक एक्सचेन्ज(नेप्से)द्वारा समायोजन भएको छ । नेप्सेले गत शुक्रबार राधीले प्रस्ताव गरेको १४७.५२ प्रतिशत हकप्रदका आधारमा उक्त मूल्य समायोजन गरेको हो । कम्पनीको बुक क्लोज हुनुभन्दा अघिल्लो दिन कायम भएको अन्तिम कारोबार मूल्य ५४९ रुपैयाँ समायोजन गरिएको हो । समायोजन पछि कम्पनीको प्रति कित्ता मूल्य २८१.४० रुपैयाँ पुगेको नेप्सेले जनाएको छ । आज आइतबारदेखि राधीका सेयरधनीले सोही मूल्यमा कारोबार गर्न सक्नेछन् । राधी विद्युत कम्पनीले हकप्रदका लागि भदौ १२ गते अर्थात्… पुरा पढौ

खप्तड लघुवित्तको आईपीओमा आजसम्म आवेदन दिन सकिने

काठमाडौं, १२ भदौ । खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत भदौ ८ गतेदेखि १ लाख ३२ हजार कित्ता सेयर निष्कासन तथा बिक्री खुला गरेको हो । लघुवित्तले आफ्नो चालु पुँजी ४ करोड रुपैयाँको ३३ प्रतिशतले हुन आउने १ करोड ३२ लाख रुपैयाँ बराबरको १०० रुपैयाँ अंकित मूल्य भएका १ करोड ३२ लाख रुपैयाँ आईपीओ जारी गरेको र त्‍यसका लागि आवेदन दिने म्याद आज भदौ १२ गतेलाई तोकेको थियो ।… पुरा पढौ

निर्वाचन आयाेगद्वारा मतदाता नामावली अद्यावधिक कार्य सुरु

काठमाडाैं, १२ भदाै । निर्वाचन आयाेगले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको तयारीका लागि आजदेखि मतदाता नामावली अद्यावधिक कार्यक्रम सुरु गरेकाे छ। । यसअन्तर्गत आज भदौ १२ गते सम्बन्धित वडा कार्यालय र निर्वाचन कार्यालयमा मतदाता नामावली प्रकाशन हुनेछन् । नामावलीमा रहेको त्रुटि सच्याउन, नामावलीमा प्रकाशित कुनै व्यक्तिको विवरणको विरोधमा उजुरी दिन एवं कुनै मतदाताको एकभन्दा बढी स्थानमा नाम समावेश भएमा एक स्थानमा नाम कायम राख्न भदौ १३ देखि १५ गतेसम्म निर्वाचन कार्यालयमा निवेदन दिन सकिने आयोगले जनाएको छ । मृत्यु… पुरा पढौ