मुख्य समाचार

७५२ स्थानीय तहमा पुग्यो वाणिज्य बैंकको पहुँच

काठमाडौं, ५ भदौ । गत आर्थिक वर्ष २०७८/७९ को असार मसान्तसम्म नेपालका कुल ७५३ मध्ये ७५२ स्थानीय तहमा वाणिज्य बैंकहरुका शाखा विस्तार भएका छन् । यो विस्तार अघिल्लो आर्थिक वर्ष अर्थात् २०७८ को सोही अवधिसम्म ७५० स्थानीय तहमा भएको थियो । यसरी हेर्दा १ वर्षमा २ ओटा स्थानीय निकायमा वाणिज्य बैंकहरुकाे शाखा विस्तार भएकाे देखिन्छ। नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/७९ को असार मसान्तसम्मको वित्तीय विरणमा यो आँकडा उल्लेख गरिएको छ । विवरण अनुसार केन्द्रीय बैंकबाट इजाजतप्राप्त… पुरा पढौ

पिपुल्स पावरको साधारण शेयरमा आवेदन दिने म्याद आजसम्म

काठमाडौं, ५ भाद्र। पिपुल्स पावरको साधारण शेयरमा आबेदन दिने आज अन्तिम दिन रहेकाे छ । पिपुल्सले सर्वसाधारणलाई जारी गरेकोे साधारण शेयरको सार्वजनिक निष्काशन मिति २०७९-०४-३१ गते देखि शुरु भई आज मिति २०७९-०५-०५ गते बैंकिङ्ग समयसम्म आवेदकहरुले शेयरमा आवेदन दिनको लागि मेरो शेयर मार्फत अथवा सिआश्वा सदस्य बैक तथा वित्तीय संस्थामा स्वंम उपस्थित भई आवेदन दिन सक्नेछन । स्थानियबासी, कर्मचारी र सामुहिक लगानी कोषका योजनाहरुलाई छुटयाईएको सम्पूर्ण शेयरको बाँडफाँड भएपश्चात सर्वसाधारणमा जारी भएको २२,९४,६८२ कित्ता साधारण शेयरमा सर्वसाधारणले न्यूनतम १० कित्तादेखि… पुरा पढौ

सान्जेन जलविद्युतकाे सेयर खुल्याे, कहिलेसम्म दिने आवेदन ?

काठमाडाैं, ५ भदाै । सान्जेन जलविद्युत कम्पनीले आजदेखि ३६ लाख ५० हजार कित्ता साधारण सेयर निष्काशन गरेकाे छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका जनताका लागि साे सेयर निष्काशन गरेकाे हो। कम्पनीले स्थानिय जनताका लागि छुट्याइएको १० प्रतिशत, ३६ लाख ५० हजार कित्ता साधारण सेयर निष्काशन गरेकाेहाे । अति प्रभावित क्षेत्र आमाछोदीङमो गाउँपालिका वडा नं. ५ चिलिमे, प्रशारण लाइनबाट प्रभावित हुने आमाटादिङमो गाउँपालिका वडा नं. ४ गोल्जुङ, सामान्य प्रभावित आमाछोदिङमो गाउँपालिकाका वडाहरु १, २, ३ तथा कम प्रभावित बाँकी जिल्लाका सबै जनताकाे… पुरा पढौ

साहसिक खेल पर्यटनकाे ‘हब’ बन्दैछ काभ्रेको फुल्चोकी क्षेत्र

काभ्रेपलाञ्चोक, ५ भदौ । गत शुक्रबार पनौती नगरपालिका–२ फुल्चोकी क्षेत्रमा ३५ साइक्लिङ खेलाडीले ‘मड्डी हिल डाउनिङ साइक्लिङ’ प्रतियोगितामा सहभागिता जनाए । नेपालमै पहिलो मानिएको उच्च पहाडी क्षेत्रअन्तर्गत काभ्रेतर्फको फुल्चोकी जङ्गलको हिलो बाटोमा नगरको संयोजनमा आयोजित प्रतियोगितामा १२ वर्षीय बालकसमेतको सहभागिता थियो । पनौती नगरपालिकाको आर्थिक सहयोगमा गतवर्ष उक्त क्षेत्रमा साइकल मार्ग निर्माण गरिएको थियो । गत वर्षकै चैतबाट त्यस मार्गमा पर्यटन प्रवद्र्धनार्थ पर्यटकीय क्षेत्र फुल्चोकी र नागीडाँडामा साहसिक खेल साइक्लिङ आयोजना गर्न थालिएको हो । उक्त साहसिक खेल नगरको १… पुरा पढौ

दोर्दी करिडोरको बिजुली जोड्ने वैकल्पिक प्रसारण तयार

काठमाडौं, ५ भदौ । लमजुङको दोर्दी करिडोरमा निर्माणाधीन जलविद्युत् आयोजनाको बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा जोड्नका लागि वैकल्पिक व्यवस्थासहितको प्रसारण लाइन तयार भएको छ । सो करिडोरमा निर्माणाधीन जलविद्युत् आयोजनाको बिजुली उदीपुर हुँदै मध्यमस्र्याङदीको स्वीचयार्ड सिउँडीबारमा जोड्ने गरी वैकल्पिक व्यवस्था गरिएको छ । नेपाल विद्युत् प्राधिकरणले कूल छ किलोमिटर लामो प्रसारण लाइनमार्फत बिजुली जोड्न सकिने गरी नयाँ व्यवस्था गरिएको मस्र्याङदी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाका प्रमुख चिरन्तनविक्रम राणाले राससलाई जानकारी दिए। “हामीले सबै परीक्षणको काम सम्पन्न गरिसकेका छौं, प्रवद्र्धकले चाहेको… पुरा पढौ

यस्ताे छ आगामी ३ दिनकाे माैसम पूर्वानुमान

काठमाडाैं, ५ भदाै । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा (Axis of the Monsoon Trough) पश्चिमतर्फ सरदर स्थानमा र पूर्वतर्फ सरदर स्थानभन्दा दक्षिण दिशामा अवस्थित रहेको जनाएको छ। देशका विभिन्न भागमा आंशिकदेखि सामान्य बदली रहेको छ। प्रदेश १ का केही स्थानहरुमा तथा बाँकी प्रदेशहरूका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। भदौ  ५  गते (आइतबार) दिउँसो : लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रही अन्य प्रदेशहरूमा आंशिक देखि सामान्य बदली रहनेछ। देशका पहाडी भू-भागका केहि स्थानहरुमा र बाँकी भू-भागका… पुरा पढौ

महिला तथा बालबालिका कार्यालय खोटाङको छ वर्षपछि ताला फोडियो

खोटाङ, ५ भदौ । महिला तथा बालबालिका कार्यालय खोटाङको ताला छ वर्षपछि फोडिएको छ । गाउँपालिका तथा नगरपालिकामा सो कार्यालय गाभिएपछि लगाइएको ताला लगाइएको थियो । महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय, महिला तथा बालकालिका विभागअन्तर्गतको कार्यालयमा रहेका भौतिक सामग्री तथा उपकरण काम नलाग्ने अवस्थामा भेटिएका छन् । कार्यालयमा रहेका कम्प्युटर, ल्यापटप, पावर व्याकप, टिभी र काठबाट बनेका टेबल, कुर्सी, दराज काम नलाग्ने भएका हुन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराई, जिल्ला समन्वय समितिका सदस्य दुर्गाप्रसाद घिमिरे, जिल्ला… पुरा पढौ

असन्तुलित उत्पादन र वितरणले ७‍‍‍.८ प्रतिशत मानिस खाद्य असुरक्षाबाट पीडित

काठमाडौं, ४ भदौ । राष्ट्रियस्तरमा खाद्यान्न बचत देखिए पनि पारिवारिक तहमा झन्डै २१ प्रतिशत नेपाली अझै दैनिक निर्धारित क्यालोरीभन्दा कम खाद्यान्न उपभोग गर्न बाध्य छन् । तथ्याङ्कमा मुलुकको खाद्य सञ्चिति देखिँदै आए पनि असन्तुलित उत्पादन र वितरणले अझै सात दशमलव आठ प्रतिशत मानिस खाद्य असुरक्षाबाट पीडित रहेका देखाएको छ । नेपालको १५औँ पञ्चवर्र्षीय योजनामा पनि २१ प्रतिशत मानिसले पर्याप्त खाना नपाएको उल्लेख छ । कृषिमन्त्री मृगेन्द्रकुमार सिंह यादव देशभित्रको असन्तुलित उत्पादन र वितरणले करिब २० जिल्ला खाद्य असुरक्षाकै अवस्थामा रहेका… पुरा पढौ

कुहिने फोहर व्यवस्थापनका लागि स्थान पहिचान भएन

काठमाडौं, ४ भदाै । उपत्यकामा उत्पादन हुने कुहिने फोहर यहीँ नै व्यवस्थापन गर्ने भने पनि हालसम्म स्थान पहिचान हुन सकेको छैन । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले कुहिने फोहर यहीँ व्यवस्थापन गर्ने घोषणा गरेपनि हालसम्म कार्यान्वयन हुन सकेको छैन । सम्भावित पाँच स्थानको पहिचान गरे पनि स्थानीय सकारात्मक हुन नसक्दा थप प्रक्रिया अघि बढ्न नसकेको कामपाले जनाएको छ । कामपाका प्रमुख साहको सचिवालय सदस्य सुनील लम्सालका अनुसार अहिलेसम्म विभिन्न पाँच स्थानमा ५० देखि एक सय ५० रोपनी जग्गाको पहिचान भएको… पुरा पढौ

धवलागिरिमा धमाधम बन्दैछन जलविद्युत् आयोजना

म्याग्दी, ४ भदौ । धवलागिरि गाउँपालिका भएर बग्ने म्याग्दी र सहायक नदीमा जलविद्युत् आयोजना निर्माण हुन थालेका छन् । सर्वेक्षण र प्रक्रिया पूरा गरेर अनुमति पाएका धेरै आयोजना वर्षौंपछि निर्माणको प्रक्रियामा अघि बढेका हुन् । नेपाल विद्युत् प्राधिकरणले म्याग्दीको पश्चिमी भेगमा निर्माण हुने जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् केन्द्रीय ग्रिडमा जोड्न प्रसारण लाइन र सवस्टेशन बनाउन थालेपछि प्रवर्धक सक्रिय बनेका गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले बताए । प्राधिकरणले मालिका गाउँपालिका–७ मा एक सय ३२ केभी क्षमताको सवस्टेशन र त्यहाँदेखि राहुघाट जोड्ने प्रसारण… पुरा पढौ