मुख्य समाचार

धौलागिरी लघुवित्तकाे सेयर बाँडफाँड साेमबार

काठमाडौं, ५ भदाै । धौलागिरी लघुवित्त वित्तीय संस्थाले बिक्रीमा ल्याएकाे सेयर साेमबार बाँडफाँड गरिने संस्थाले जानकारी दिएकाे छ। कम्पनीले साउन २४ गतेदेखि २९ गतेसम्म २ कराेड १७ लाख बढीकाे सेयर निष्काशन गरेको थियाे । साे सेयर कमलपाेखरीस्थित बिक्री प्रबन्धक सनराईज क्यापिटलको कार्यालयमा बाँडफाँड गरिने बताइएकाे छ। धौलागिरी लघुवित्तको सेयरमा १९ लाख ५२ हजार ४६० जनाले २ अर्ब १७ करोड २१ लाख ५७ हजार रुपैयाँ बराबरको २ करोड १७ लाख २१ हजार ५७० कित्ता सेयरकाे लागि आवेदन दिएका थिए । जाे… पुरा पढौ

नेप्सेमा दोहोरो अंकको गिरावट, २ अर्बको कारोबार

काठमाडौं, ५ भदौ । साताको सेयर कारोबार हुने पहिलो दिन आईतबार नेपाली सेयर बजार ओरालो लागेको छ । बजार बन्द हुनु अघिको समयमा केहिबेर अडिएको भएपनि बन्द हुँदाको अवस्थामा आउँदा नेप्सेमा दोहोरो अंकको गिरावट भएको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ७.७६ अंकले घटेर २०६०.५१ विन्दुमा झरेको छ । नेप्सेमा ०.३८ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स १.४९ अंकले घटेर ३९८.५८ विन्दुमा झरेको छ। यसदिन कारोबारमा उल्लेखनिय प्रगति नभए पनि २ अर्ब भने नाघेको छ। ४ वटा उपसमूहमा मात्रै… पुरा पढौ

प्रदीप गिरी-मानव अधिकार र समाजवादका चिन्तक : ढुङ्गाना

काठमाडौं, ५ भदौ समाजवादी चिन्तक एवं नेपाली कांग्रेसका नेता प्रदीप गिरी देश, पार्टी र सत्ताको सीमाभन्दा माथि उठेको व्यक्तित्वका रुपमा सम्झन्छन्हु पूर्व सभामुख एवं मानव अधिकारवादी नेता दमननाथ ढुङ्गाना । प्रखर विचारक र वक्ताका रुपमा स्थापित गिरी देशका सच्चा समाजवादी भएको उनी बताउछन्। स्वतन्त्रताबाट नै समाजवादको विकास गर्न सकिन्छ भन्ने सोचबाट प्रतिबद्ध आजीवन योद्धाका रुपमा गिरी स्थापित भएको ढुङ्गानाले सम्झिए । गिरीले नेपाल मानव अधिकार सङ्गठनको संस्थापक महासचिवका रुपमासमेत काम गरेका थिए । पञ्चायतकालमा मानव अधिकारको धेरै उल्लङ्घन हुन थालेपछि… पुरा पढौ

७५२ स्थानीय तहमा पुग्यो वाणिज्य बैंकको पहुँच

काठमाडौं, ५ भदौ । गत आर्थिक वर्ष २०७८/७९ को असार मसान्तसम्म नेपालका कुल ७५३ मध्ये ७५२ स्थानीय तहमा वाणिज्य बैंकहरुका शाखा विस्तार भएका छन् । यो विस्तार अघिल्लो आर्थिक वर्ष अर्थात् २०७८ को सोही अवधिसम्म ७५० स्थानीय तहमा भएको थियो । यसरी हेर्दा १ वर्षमा २ ओटा स्थानीय निकायमा वाणिज्य बैंकहरुकाे शाखा विस्तार भएकाे देखिन्छ। नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/७९ को असार मसान्तसम्मको वित्तीय विरणमा यो आँकडा उल्लेख गरिएको छ । विवरण अनुसार केन्द्रीय बैंकबाट इजाजतप्राप्त… पुरा पढौ

पिपुल्स पावरको साधारण शेयरमा आवेदन दिने म्याद आजसम्म

काठमाडौं, ५ भाद्र। पिपुल्स पावरको साधारण शेयरमा आबेदन दिने आज अन्तिम दिन रहेकाे छ । पिपुल्सले सर्वसाधारणलाई जारी गरेकोे साधारण शेयरको सार्वजनिक निष्काशन मिति २०७९-०४-३१ गते देखि शुरु भई आज मिति २०७९-०५-०५ गते बैंकिङ्ग समयसम्म आवेदकहरुले शेयरमा आवेदन दिनको लागि मेरो शेयर मार्फत अथवा सिआश्वा सदस्य बैक तथा वित्तीय संस्थामा स्वंम उपस्थित भई आवेदन दिन सक्नेछन । स्थानियबासी, कर्मचारी र सामुहिक लगानी कोषका योजनाहरुलाई छुटयाईएको सम्पूर्ण शेयरको बाँडफाँड भएपश्चात सर्वसाधारणमा जारी भएको २२,९४,६८२ कित्ता साधारण शेयरमा सर्वसाधारणले न्यूनतम १० कित्तादेखि… पुरा पढौ

सान्जेन जलविद्युतकाे सेयर खुल्याे, कहिलेसम्म दिने आवेदन ?

काठमाडाैं, ५ भदाै । सान्जेन जलविद्युत कम्पनीले आजदेखि ३६ लाख ५० हजार कित्ता साधारण सेयर निष्काशन गरेकाे छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका जनताका लागि साे सेयर निष्काशन गरेकाे हो। कम्पनीले स्थानिय जनताका लागि छुट्याइएको १० प्रतिशत, ३६ लाख ५० हजार कित्ता साधारण सेयर निष्काशन गरेकाेहाे । अति प्रभावित क्षेत्र आमाछोदीङमो गाउँपालिका वडा नं. ५ चिलिमे, प्रशारण लाइनबाट प्रभावित हुने आमाटादिङमो गाउँपालिका वडा नं. ४ गोल्जुङ, सामान्य प्रभावित आमाछोदिङमो गाउँपालिकाका वडाहरु १, २, ३ तथा कम प्रभावित बाँकी जिल्लाका सबै जनताकाे… पुरा पढौ

साहसिक खेल पर्यटनकाे ‘हब’ बन्दैछ काभ्रेको फुल्चोकी क्षेत्र

काभ्रेपलाञ्चोक, ५ भदौ । गत शुक्रबार पनौती नगरपालिका–२ फुल्चोकी क्षेत्रमा ३५ साइक्लिङ खेलाडीले ‘मड्डी हिल डाउनिङ साइक्लिङ’ प्रतियोगितामा सहभागिता जनाए । नेपालमै पहिलो मानिएको उच्च पहाडी क्षेत्रअन्तर्गत काभ्रेतर्फको फुल्चोकी जङ्गलको हिलो बाटोमा नगरको संयोजनमा आयोजित प्रतियोगितामा १२ वर्षीय बालकसमेतको सहभागिता थियो । पनौती नगरपालिकाको आर्थिक सहयोगमा गतवर्ष उक्त क्षेत्रमा साइकल मार्ग निर्माण गरिएको थियो । गत वर्षकै चैतबाट त्यस मार्गमा पर्यटन प्रवद्र्धनार्थ पर्यटकीय क्षेत्र फुल्चोकी र नागीडाँडामा साहसिक खेल साइक्लिङ आयोजना गर्न थालिएको हो । उक्त साहसिक खेल नगरको १… पुरा पढौ

दोर्दी करिडोरको बिजुली जोड्ने वैकल्पिक प्रसारण तयार

काठमाडौं, ५ भदौ । लमजुङको दोर्दी करिडोरमा निर्माणाधीन जलविद्युत् आयोजनाको बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा जोड्नका लागि वैकल्पिक व्यवस्थासहितको प्रसारण लाइन तयार भएको छ । सो करिडोरमा निर्माणाधीन जलविद्युत् आयोजनाको बिजुली उदीपुर हुँदै मध्यमस्र्याङदीको स्वीचयार्ड सिउँडीबारमा जोड्ने गरी वैकल्पिक व्यवस्था गरिएको छ । नेपाल विद्युत् प्राधिकरणले कूल छ किलोमिटर लामो प्रसारण लाइनमार्फत बिजुली जोड्न सकिने गरी नयाँ व्यवस्था गरिएको मस्र्याङदी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाका प्रमुख चिरन्तनविक्रम राणाले राससलाई जानकारी दिए। “हामीले सबै परीक्षणको काम सम्पन्न गरिसकेका छौं, प्रवद्र्धकले चाहेको… पुरा पढौ

यस्ताे छ आगामी ३ दिनकाे माैसम पूर्वानुमान

काठमाडाैं, ५ भदाै । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा (Axis of the Monsoon Trough) पश्चिमतर्फ सरदर स्थानमा र पूर्वतर्फ सरदर स्थानभन्दा दक्षिण दिशामा अवस्थित रहेको जनाएको छ। देशका विभिन्न भागमा आंशिकदेखि सामान्य बदली रहेको छ। प्रदेश १ का केही स्थानहरुमा तथा बाँकी प्रदेशहरूका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। भदौ  ५  गते (आइतबार) दिउँसो : लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रही अन्य प्रदेशहरूमा आंशिक देखि सामान्य बदली रहनेछ। देशका पहाडी भू-भागका केहि स्थानहरुमा र बाँकी भू-भागका… पुरा पढौ

महिला तथा बालबालिका कार्यालय खोटाङको छ वर्षपछि ताला फोडियो

खोटाङ, ५ भदौ । महिला तथा बालबालिका कार्यालय खोटाङको ताला छ वर्षपछि फोडिएको छ । गाउँपालिका तथा नगरपालिकामा सो कार्यालय गाभिएपछि लगाइएको ताला लगाइएको थियो । महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय, महिला तथा बालकालिका विभागअन्तर्गतको कार्यालयमा रहेका भौतिक सामग्री तथा उपकरण काम नलाग्ने अवस्थामा भेटिएका छन् । कार्यालयमा रहेका कम्प्युटर, ल्यापटप, पावर व्याकप, टिभी र काठबाट बनेका टेबल, कुर्सी, दराज काम नलाग्ने भएका हुन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराई, जिल्ला समन्वय समितिका सदस्य दुर्गाप्रसाद घिमिरे, जिल्ला… पुरा पढौ