मुख्य समाचार

अमलेखगञ्जमा पेट्रोल भण्डारण गृह तीव्र गतिमा निर्माण हुँदै

काठमाडौं, ३ भदौ । विहारको मोतिहारीदेखि अमलेखगञ्जसम्म पाइपलाइनबाट पेट्रोल आयात गर्ने दोस्रो चरणको परियोजनाअन्तर्गत पूर्वाधार निर्माण कार्य तीव्र गतिमा भइरहेको छ । दोस्रो चरणको कार्यअन्तर्गत आइओसीको प्राविधिक सहयोगमा अमलेखगञ्ज डिपोको हाताभित्र पेट्रोल भण्डारण गृह (ट्याङ्क) निर्माण सुरु भएको हो । मोतिहारीबाट पाइपलाइनमार्फत डिजेल आयात गर्ने पहिलो चरणको परियोजना सम्पन्न भएपछि पाइपलाइनबाट पेट्रोल आयात गर्न दोस्रो चरणको कार्य सुरु भएको नेपाल आयल निगमको अमलेशगञ्ज डिपोले जनाएको छ । मोतिहारीदेखि अमलेशगञ्ज ७६ किमीको दूरी रहेको छ । नेपाल र भारतबीच भएको सम्झौताअनुसार… पुरा पढौ

अलैँचीको घरेलु खपत न्यून: ‘ब्रान्ड एम्बेसडर’ मास्टर सेफ साह चिन्तित

झापा, ३ भदौ। ‘वाह अलैँची’ अभियानका ‘ब्रान्ड एम्बेसडर’ मास्टर सेफ सन्तोष साहले स्वदेशमै उत्पादित बहुउपयोगी अलैँचीको घरेलु उपभोग र बजार प्रवर्धन हुन नसकेकाेमा चिन्ता व्यक्त गरेका छन् । पूर्वी नेपालको पहाडी जिल्ला इलाम, पाँचथर, ताप्लेजुङलगायत दर्जनौँ जिल्लामा अलैँचीको उत्पादन हुँदै आएको छ । खानेकुरालाई स्वस्थ र स्वादिलो बनाउन अलैँचीको विश्वभर व्यापक प्रयोग भइरहे तापनि उद्गमथलो नेपालमै यसको उपभोग न्यून भएको उनले बताए। विश्वचर्चित ‘बिबिसी मास्टर सेफ प्रतियोगिता’का विजेता साह अलैँचीको घरेलु खपत बढाउने अभियानका क्रममा झापा र इलामका अलैँची कृषक,… पुरा पढौ

इन्धनको मूल्य नघटाएकोमा आयल निगमविरुद्ध उजुरी

काठमाडौं, ३ भदौ । पेट्रोलियम पदार्थको मूल्य नघटाएको बारे नेपाल आयल निगम विरुद्ध  संसदीय समितिमा उजुरी परेको छ । राष्ट्रिय उपभोक्ता मञ्चले पेट्रोलियम पदार्थको मूल्य नघटाएको भन्दै आयल निगमविरुद्ध संसदीय समितिमा निवेदन दिएको हो । मञ्चका अध्यक्ष प्रेमलाल मर्हजनले तत्काल इन्धनको मूल्य घटाउन माग गर्दै प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा निवेदन दिएका हुन् । मञ्चले उक्त उजुरीमा अन्तर्राष्ट्रिय बजारमा पट्रोलियम पदार्थको मूल्य ३ महिनादेखि लगातार घट्दै आएको र इन्डियन आयल कर्पोरेसनले समेत विगत २… पुरा पढौ

निजी क्षेत्रमा प्रवाहित कर्जा १३.१ प्रतिशतले बढ्यो

काठमाडौं, ३ भदौ । गत आर्थिक वर्ष २०७८/७९ मा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १३.१ प्रतिशतले बढेको छ । नेपाल राष्ट्रबैंकले हालै सार्वजनिक गरेको गत आर्थिक वर्षको वित्तीय विवरणमा यो तथ्याङ्क पाइएको छ । केन्द्रीय बैंकका अनुसार अघिल्लो वर्ष अर्थात् २०७७/७८ मा यस्तो कर्जा २७.३ प्रतिशतले बढेको थियो । २०७९ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६३.३ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको… पुरा पढौ

बिओके डिबेन्चर, २०८६ (क) मा पहिलो दिन साढे १४ हजार आवेदन

काठमाडौं, ३ भदौ । बैंक अफ काठमाण्डू लिमिटेडले भदौ २ गते बिहीबार जारी गरेको वार्षिक १०.५० प्रतिशत ब्याजदर रहेको ऋणपत्रमा पहिलो दिन साँझसम्म १४ हजार ४१३ कित्ताका लागि आवेदन परेको छ। उक्त अवधिसम्म कुल १७५ आवेदकका तर्फबाट जम्मा १४ हजार ४१३ कित्ताका लागि आवेदन परेको सिडिएस एण्ड क्लियरिङले जनाएको छ । सिडिएस एण्ड क्लियरिङले अद्यावधिक गरेको भदौ २ गते साँझ ५ बजेर ३ मिनेटसम्मको तथ्याङ्क अनुसार कुल जारी ११ लाख कित्तामध्ये १४ करोड ४१ लाख ३ हजार रुपैयाँ बराबरको १४… पुरा पढौ

शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्दै राधी विद्युत, बुक क्लोज कहिले ?

काठमाडौं, ३ भदाै । राधी विद्युत कम्पनी लिमिटेडले १०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने बताएकाे छ । यसका लागि कम्पनीले भदौ १२ गते १ दिनका लागी बुकक्लोज गर्ने निर्णय गरेको छ। साउन ९ गते बसेको कम्पनीकाे सञ्चालक समितिकाे बैठकले सेयरधनीहरुका लागि १०० प्रतिशत हकप्रद सेयर निष्कासनकाे निर्णय गरेकाे थियो। नेपाल धिताेपत्र बाेर्ड (सेबोन)ले हकप्रद सेयर निष्कासनकाे अनुमति दिएपछि कम्पनीकाे १४७ रुपैयाँ अंकित मूल्यकाे ९५ लाख ३५ हजार ७६०‍‍.९९ कित्ता हकप्रद सेयर निष्काशन गर्ने बाटाे खुलेकाे छ। हकप्रद सेयरमा भदौ ११… पुरा पढौ

मलेसियन कम्पनीले यसरी लाँदैछ शून्य लागतमा नेपाली श्रमिक

काठमाडौं, ३ भदौ । वैदेशिक रोजगारीका लागि नेपाली युवा लाखौँ खर्चन बाध्य रहेको अवस्थामा मलेसियामा रहेको एक कम्पनीले शून्य लागतमा नेपाली श्रमिक लैजाने भएको छ । मलेसियन कम्पनी माइटेक एण्ड एसेम्ब्ली एसडिएन बिएचडीले शून्य लागतमा नेपाली कामदार लैजानका लागि काठमाडौँस्थित ह्वाइट हर्स रिक्रुटमेन्ट प्रालिसँग सम्झौता गरेको हो । सम्झौतापत्रमा माइटेकका तर्फबाट मानव संशाधन निर्देशक माइकल ली र ह्वाइट हर्सका तर्फबाट प्रमुख राजन श्रेष्ठले हस्ताक्षर गरे। सम्झौताअनुसार माइटेक कम्पनीमा जाने नेपाली श्रमिकले उक्त मेनपावर कम्पनीमार्फत शून्य लागतमा मलेसिया जान पाउनेछन् ।… पुरा पढौ

देशभरका कृष्णमन्दिरमा भक्तजनकाे भिड

काठमाडौं ३ भदौ । हरेक वर्ष भाद्र कृष्णअष्टमीका दिनमा मनाइने ‘श्रीकृष्णजन्माष्टमी’ पर्वका अवसरमा देशभरका कृष्ण मन्दिरमा भक्तजनको भिड लागेकाे छ । पाटनको मङ्गलबजारस्थित प्रसिद्ध कृष्ण मन्दिर, राजधानीको उत्तरपूर्वी भेगस्थित कागेश्वरी मनोहरा नगरपालिकाको गोठाटारमा रहेको नवतनधाममा पनि भक्तजनको भीड लागेको छ । उत्तरी भेगस्थित बूढानीलकण्ठमा रहेको श्रीकृष्ण भावनामृत सङ्घको कार्यालय परिसरमा रहेको कृष्ण मन्दिरमा पनि भक्तजनको भीड लागेको छ । राजधानीको मुख्य तीर्थस्थल पशुपति क्षेत्रमा रहेका कृष्ण मन्दिरमा पनि बिहानैदेखि भक्तजनको उल्लेख्य उपस्थिति छ । वसन्तपुर दरबार क्षेत्रमा रहेको कृष्ण मन्दिरमा… पुरा पढौ

साेल्टी होटलकाे खुद नाफा १ अर्ब ३७ करोड नाघ्याे

काठमाडौं, ३ भदाै । प्रख्यात पाँच तारे साेल्टी होटलले १ अर्ब ३७ करोड १५ लाख खुद नाफा कमाएकाे छ । हाेटलले सार्वजनिक गरेकाे गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण अनुसार साे खुद नाफा कमाउन सफल भएकाे हाे । चौथो त्रैमाससम्म आउदा अघिल्लो आर्थिक वर्षको सोही अवधिकोभन्दा २०२.१६ प्रतिशतले बढी नाफा देखिएकाे छ । अघिल्लो आर्थिक वर्षमा होटलकाे कमाइ ४५ करोड ३९ लाख रुपैयाँ रहेकाे थियाे । होटलकाे आम्दानी बढेपछि नाफामा पनि बृद्धि भएकाे छ। गएकाे असार मसान्तसम्ममा हाेटल २२… पुरा पढौ

७५० मेगावाटको पश्चिम सेती र सेती नदी-६ जलविद्युत परियोजनाको सम्भाव्यता अध्ययनकाे सम्झौता

काठमाडौं, ३ भदौ । बहुप्रतीक्षित पश्चिम सेती तथा सेती नदी जलविद्युत परियोजना निर्माण सम्भाव्यता अध्ययनका लागि नेपालले भारतसँग सहमति पत्रमा प्रारम्भिक हस्ताक्षर गरेको छ । बिहीबार परियोजनाको विकास र लगानीको खाका तयार पार्न लगानी बोर्ड र भारतको एनएचपीसी लिमिटेडबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो । हस्ताक्षर समारोहमा बोर्डका अमृत लम्सालले स्वागत मन्तव्य राखेका थिए । यसैगरी सहसचिव सागरराज गौतमले आयोजनाबारे कार्यपत्र प्रस्तुत गरेका थिए । गत सोमवार बोर्डको बैठकले पश्चिम सेती तथा सेती नदी ६ जलविद्युत परियोजनाको विकासको सन्दर्भमा एनएचपीसी… पुरा पढौ