मुख्य समाचार

आईओसीबाट तेस्रो पटक घटेर आयो इन्धनको मूल्य, नेपालमा घट्ला?

काठमाडौं, ३१ साउन । भारतीय आयल कर्पोरेसन (आईओसी)बाट फेरि पेट्रोलियम पदार्थको घटेको मूल्य सूची आयल निगमलाई प्राप्त भएको छ । नयाँ आएको सूचीअनुसार अनुसार पेट्रोलमा प्रतिलिटर मूल्य १ रुपैयाँ ८० पैसा र डिजेलमा प्रतिलिटर ४ रुपैयाँ ८० पैसाले घटेको नेपाल आयल निगमले स्रोतले जनाएको छ । हवाई इन्धनको मूल्य पनि लिटरमा ५ रुपैयाँले सस्तो भएको छ । यसअघि दुई पटक डिजेल/पेट्रोलको मूल्य उल्लेख्य घटेर आएको थियो । तेस्रो पटकको सूचीमा भने अघिल्ला दुई पटकका तुलनामा प्रतिलटर थोरै रकम मात्र घटेको… पुरा पढौ

‘सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७९’ बहुमतले पारित

काठमाडौं, ३१ साउन । प्रतिनिधिसभाको आजको बैठकले ‘सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७९’ लाई बहुमतले पारित गरेको छ । अर्थमनत्री जनार्दन शर्माले सो विधेयक पारित गरियोस् भन्ने प्रस्ताव गरेका थिए । सभामुख अग्निप्रसाद सापकोटाले अर्थसमितिको प्रतिवेदन र सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६ को विभिन्न दफालाई निर्णयार्थ प्रस्तुत गरेका थिए । पहिले बैठकमा प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले राष्ट्रपतिबाट पुनः विचारका लागि नागरिकता विधेयक सन्देशसहित फिर्ता भएकोसम्बन्धी राष्ट्रपति कार्यालयको पत्रको जानकारी गराएका थिए । यस्तै, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभारसम्बन्धी पत्रको जानकारी… पुरा पढौ

क्रिप्टोकरेन्सीको कारोबार गैरकानुनी, नमाने कारबाही:  राष्ट्र बैंक

काठमाडौं, ३१ साउन । नेपाल राष्ट्र बैंकले नेपालमा क्रिप्टोकरेन्सीको कारोबार गर्नु गैरकानुनी कार्य भएको भन्दै कुनै पनि प्रकारका क्रिप्टोकरेन्सीसम्बन्धी कारोबारमा संलग्न हुनेलाई कारबाही गर्ने चेतावनी दिएको छ । केन्द्रीय बैंकले यसअघि पनि नेपालमा बिटक्वाइन क्रिप्टोकरेन्सी, भर्चुअल करेन्सी र नेटवर्क मार्केटिङ अन्तर्गतको कारोबार वा व्यवसाय गर्नु गैरकानुनी रहेको र यस प्रकारका कार्यमा संलग्न नहुन पटक पटक सूचनामार्फत् आग्रह गरिसकेको छ । हालै राष्ट्र बैंकले फेरि सोही प्रकारको सूचना जारी गर्दै क्रिप्टोकरेन्सीलगायतका कारोबार नगर्न आग्रह गरेको हो । सोमबार जारी सूचनामा नेपालमा… पुरा पढौ

नागरिक लगानी कोषले कमायाे ८८ करोड ७८ लाख

काठमाडौं, ३१ साउन । नागरिक लगानी कोषले ८८ करोड ७८ लाख ६ हजार खुद नाफा कमाउन सफल भएकाे छ । काेषले गत आर्थिक वर्षको चौथो त्रैमासम्म उक्त नाफा कमाएकाे हाे । कोषकाे खुद नाफा अघिल्लो वर्षको तुलनामा १४.२९% ले वृद्धि भएकाे हाे । काेषले यसअघि रु ७७ करोड ६८ लाख १६ हजार खुद नाफा कमाएको थियो । कोषको ब्याज आम्दानी र कमिसन आम्दानीमा बृद्धि भएपछि खुद नाफामा बढेकाे पाइएकाे छ । ब्याज आम्दानी बढेर रु २२ करोड ५० लाख रुपैयाँ… पुरा पढौ

अब नेपाली चिया चिनिया बजारमा निर्यात हुने

काठमाडौं, ३१ साउन । चीनले नेपालमा उत्पादन हुने चियालाई चिनिया बजार खुला गर्ने भएको छ । नेपालका परराष्ट्र मन्त्रीको चीन भ्रमणका बेला चीन नेपाल चियालाई आफ्नो बजार खुला गर्न सहमत भएको हो । चीनले नेपाली चियाका लागि आफ्नो बजार खुला गर्ने बताएको परराष्ट्र मन्त्रालयले जनाएको छ । भारततर्फ चिया निर्यातमा व्यवसायीलाई अवरोधको गुनासो आइरहँदा चीनले बजार खुला गर्नु सकारात्मक भएको मन्त्रालयले जनाएको छ । नेपाल चिया तथा कफी विकास बोर्डकाअनुसार नेपालले दुई वर्षदेखि नेपाली चियाका लागि चिनियाँ बजार खुल्ला गर्न… पुरा पढौ

आजबाट सेयर खुलाएको पिपुल्स पावरको यस्तो छ वित्तीय अवस्था

काठमाडौं, ३१ साउन । पिपुल्स पावर लिमिटेडले आज (मंगलवार)बाट सर्वसाधरणका लागि प्राथमिक सेयर निष्काशन गरेको छ। अंकित मूल्य प्रतिकित्ता १०० का दरले २२ लाख ९४ हजार ६ सय २८ कित्ता साधारण सेयर जारी गरेको हो। कम्पनीले आयोजना प्रभावित क्षेत्र, कर्मचारी तथा सामूहिक लगानी कोषलाई साधारण सेयर बाँडफाँटपछि सर्वसाधारणका लागि जारी गरेको हो। यी सेयर खरिदका लागि भदौ ५ गतेसम्म आवेदन दिन सकिने छ। लगानीकर्ताबाट पर्याप्त आवेदन नपरे भदौ १४ गतेसम्मका लागि लम्ब्याइने कम्पनीले जनाएको छ। आवेदन नेपाल धितोपत्र बोर्डबाट स्वीकृति… पुरा पढौ

रसुवागढी हाइड्रोकाे सेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं ३१ साउन । रसुवागढी हाइड्रोपावर कम्पनीले असार १३ गतेदेखि निष्काशन गरेकाे सेयरमा आवेदन दिने आज अन्तिम दिन बाँकी रहेको छ। स्थानिय जनताका लागि छुट्याइएको ६८ लाख ४२ हजार १०० कित्ता साधारण सेयर बिक्रीमा ल्याइएकाे हाे। आयाेजनाबाट अति प्रभावित गोसाइकुण्ड, वडा नं. १ थुमन र वडा नं. २ टिमेरे, प्रसारण लाइनबाट प्रभावित हुने आमाछोदिङमो गाउँपालिका वडा नं. ४ गोल्जुङ र वडा नं. ५ चिलिमे रहेका छन् । गोसाइ कुण्ड गाउँपालिकाका बाँकी वडाहरु, वडा नं. ४ लाङटाङ, वडा नं. ५ स्याफ्रुबेशी… पुरा पढौ

१० वर्षदेखि अलपत्र तल्लो इन्द्रावती जलविद्युत् आयोजनाको निर्माण प्रक्रिया पुन: शुरू

सिन्धुपाल्चोक, ३१ साउन । १० वर्षभन्दा लामो समयदेखि अलपत्र परेको सिन्धुपाल्चोकको तल्लो इन्द्रावती जलविद्युत् आयोजनाको निर्माण प्रक्रिया पुनः अघि बढेको छ । विसं २०६७ देखि बन्द भएर खारेज भएको सो आयोजनालाई नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडले लिलामीमा सकारेपछि पुनः निर्माण प्रक्रिया थालिएको हो । चार दशमलव पाँच मेगावाट क्षमताको सो आयोजना निर्माणका लागि कम्पनीले प्रारम्भिक वातावरणीय प्रभाव मूल्याङ्कन गरी सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा मेलम्ची नगरपालिकाका प्रमुख, उपप्रमुखलगायत आयोजनाबाट प्रभावित हुने ७, ८, ९, १० र ११ का… पुरा पढौ

भदौ ५ देखि ५० जिल्लाका बालबालिकालाई कोरोना विरुद्धको खोप लगाइने

काठमाडौं, ३१ साउन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दोस्रो चरणमा ५० जिल्लाका ५ देखि १२ वर्षमुनिका बालबालिकाका लागि कोरोना भाइरस विरुद्धको खोप लगाउने भएको छ । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीका अनुसार दोस्रो चरणमा ५० जिल्लाका बालबाबालिकालाई कोरोना विरुद्धको खोप ‘फाइजर बायोएनटेक’ दिन लागिएको हो । भदौ ५ गतेदेखि ११ गतेसम्म पहिलो मात्रा लगाएका बालबालिकालाई दोस्रो मात्रा भदौ २७ देखि असोज १ गतेसम्म सञ्चालन गरिने छ । यसअघि २७ जिल्लाका बालबालिकालाई कोरोना भाइरस विरुद्धको खोप लगाइएको थियो । बालबालिकालाई विद्यालयमा… पुरा पढौ

यस्ताे छ आगामी ३ दिनकाे माैसम पूर्वानुमान

काठमाडौं, ३१ साउन । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा (Axis of the Monsoon Trough) सरदर स्थान भन्दा दक्षिणमा अवस्थित रहेको जनाएको छ।  देशका अधिकांश भू-भागमा  आंशिक बदली रहेको छ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा  हल्का  वर्षा भइरहेको छ। श्रावण ३१ गते (मंगलबार) दिउँसो : देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली  रहनेछ।  देशका पहाडी भू-भागका थोरै स्थानहरूमा र बाँकी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।  राती : देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली  रहनेछ। देशका पहाडी भू-भागका… पुरा पढौ