मुख्य समाचार

आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति (लाइभ)

काठमाडौं, ६ साउन । नेपाल राष्ट्र बैकका गभर्नर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति प्रस्तुत गरिरहेका छन्। कोभिडका कारण मौद्रिक नीति भर्चुअल माध्यम (अनलनाइन) बाट सार्वजनिक भइरहेको छ। बिहीबार साँझ गभर्नर महाप्रसाद अधिकारीले प्रधानमन्त्री शेरबहादुर देउवालाई मौद्रिक नीतिको ब्रिफिङ गरेपछि आज सार्वजनिक गर्ने सुनिश्चित भएको थियो । साँझ ५ बजे मौद्रिक नीतिबारे पत्रकारहरुसँग जूममार्फत् अन्तरक्रिया हुने राष्ट्र बैंकले जनाएको छ। मौद्रिक नीतिको प्रत्यक्ष प्रसारणका लागि सफलआवाज डटकमको फेसबुक पेज हेर्नुहोस्: लिंक : मौद्रिक नीति २०७९/८० प्रत्यक्ष प्रसारण पुरा पढौ

बजेटमा छुट र विशेष व्यवस्थाका कारण गाडी उत्पादन गर्ने उद्योग थपिँदै

काठमाडौं, ६ साउन । सरकारले चालु आर्थिक वर्षको बजेटमा दिएको छुट तथा विशेष व्यवस्थाका कारण स्वदेशमा नै ‘एसेम्बलिङ’ उद्योग स्थापना हुन थालेका छन् । सरकारले बजेटमा नै त्यस्ता उद्योग सञ्चालन गर्नेलाई भन्सार तथा अन्तशुल्कमा छुट दिएको छ । पछिल्लो समय ठूला व्यावसायिक घरानाको ध्यान एसेम्बलिङ उद्योगमा बढेको छ । गत आर्थिक वर्षको बजेटमार्फत सरकारले नेपालमा नै ‘एसेम्बलिङ’ उद्योग सञ्चालन गर्ने उद्योगलाई आवश्यक पर्ने ‘पार्टस्’ तथा आवश्यक उपकरण आयातमा भन्सार तथा अन्तशुल्कमा छुटको घोषणा गरेको थियो । बजेटमार्फत नै छुट पाउने… पुरा पढौ

मौद्रिक नीति आउने दिन नेप्सेमा दाेहाेराे अंककाे गिरावट, शिवम् सिमेन्टकाे सर्वाधिक काराेबार

काठमाडौं, ६ साउन । साताको सेयर कारोबार हुने अन्तिम दिन नेपाली सेयर बजार राताम्मै भएको छ । नेपाल राष्ट्र बैंकले आज अपरान्ह ४ बजे मौद्रिक नीति सार्वजनिक गर्न लागिरहेको बेलामा मौद्रिक नीतिलाई पर्खिरहेका लगानीकर्ताहरु ढुक्क छन् भन्ने विश्वस्त आधार भने देखिएको छैन । लामो समय देखि १९ बुँदे माग गर्दै आन्दोलित लगानीकर्ताहरु नियामक निकायसंगको सहमति पछि पनि सन्तुष्ट छैनन् । त्यसपछि पनि सुधारका बारेमा नियामक निकाय, नेताहरु ने उनीहरुले सेयर धितो कर्जामा लगाईएको ४/२ को क्याप पूर्ण रुपमा खारेजीकाे माग… पुरा पढौ

साउन २१ गतेभित्र फाइनान्सियल रिपोर्ट सार्वजनिक गर्न राष्ट्र बैंकले दियाे बैंकहरूलाई निर्देशन

काठमाडौं, ६ साउन। बैंक तथा वित्तीय संस्थाहरूले आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण साउन तेस्रो सातासम्म अनिवार्य रूपमा सार्वजनिक गर्नुपर्ने भएको छ । बैंक तथा वित्तीय संस्थाहरूलाई हरेक त्रैमासको तेस्रो सातामा वित्तीय विवरण सार्वजनिक गर्न केन्द्रीय बैंकले यस्ताे निर्देशन दिएको हो । नेपाल राष्ट्र बैंकले बिहीबार एकीकृत निर्देशन २०७८, संशोधन गर्दै यस्तो निर्देशन दिएको थियाे । बिहीबार जारी गरिएको परिपत्रमा क, ख र ग वर्गका इजाजतपत्र प्राप्त संस्थाहरुलाई एकीकृत निर्देशन २०७८ मा भएको विद्यमान व्यवस्था संशोधन गरेको उल्लेख छ। जसअनुसार… पुरा पढौ

सिक्लेस हाइड्रोकाे सेयर आवेदन आजदेखि खुल्ला

काठमाडौं, ६ साउन । सिक्लेस हाइड्रोले आजदेखि ६ लाख १२ हजार ७९३ कित्ता साधारण सेयर निष्काशन तथा बिक्री खुल्ला गरेकाे जनाएकाे छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका जनताका लागि साधारण सेयर जारी गरेकाे हाे । कम्पनीकाे जारी पूँजी रु ८५ करोडको १० प्रतिशतले हुने प्रतिसेयर रु १०० अंकित दरमा ६ लाख १२ हजार ७९३ कित्ता साधारण सेयर बिक्रीमा ल्याइएकाे हाे । सेयरमा आयोजना प्रभावित क्षेत्रका कास्कीकाे मादी गाउँपालिका वडा नं. १, २ र ३ का जनताले आवेदन दिन सक्नेछन् ।… पुरा पढौ

मौद्रिक नीति आज सार्वजनिक गर्दै केन्द्रीय बैंक, यस्ताे छ तयारी

काठमाडौं, ६ साउन । नेपाल राष्ट्र बैंकले आज चालु आर्थिक वर्ष २०७९/८० का लागि मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ । बिहीबार साँझ गभर्नर महाप्रसाद अधिकारीले प्रधानमन्त्री शेरबहादुर देउवालाई मौद्रिक नीतिको ब्रिफिङ गरेपछि आज सार्वजनिक गर्ने तयारी भएको हो । राष्ट्र बैंकले मौद्रिक नीति ल्याउन आज (शुक्रबार) बिहान सञ्चालक समितिको बैठक बोलाएको छ । नेपाल राष्ट्र बैंकले शुक्रवार बिहान ८ बजे सञ्चालक समितिको बैठक बोलाएको छ । सञ्चालक समितिलाई ८ बजे बैठक बस्ने भनेर जानकारी पठाइएको छ । जनार्दन शर्माले… पुरा पढौ

नेपाल इन्फ्रास्ट्रक्चर बैंककाे खुद नाफा रु १ अर्ब २ करोड बढी

काठमाडौं, ६ साउन । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म १ अर्ब २ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले प्रकाशन गरेकाे अपरिष्कृत वित्तीय विवरण अनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिकोभन्दा खुद नाफामा बृद्धि भएकाे पाइएकाे छ। याे नाफा २२.५३ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्ष बैंकले ८३ करोड ७४ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएकाे थियो। बैंककाे खुद ब्याज आम्दानीमा सुधार तथा कमिशन रकममा बृद्धि भएपछि नाफामा बृद्धि भएकाे हाे । बैंकको प्रतिसेयर… पुरा पढौ

ग्लोबल आइएमई बैंकले कमायाे सवा ५ अर्ब खुद नाफा

काठमाडौं, ६ साउन । ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अवधिमा सवा ५ अर्ब खुद नाफा कमाउन सफल भएकाे छ । बैंककाे प्रकाशित अपरिष्कृत वित्तीय विवरणका अनुसार गत आर्थिक वर्षको असार मसान्तसम्ममा ५ अर्ब २० करोड ६४ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएकाे हाे । यो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिकोभन्दा २५ प्रतिशतले बढी हो। अघिल्लो आर्थिक वर्षमा बैंकले ४ अर्ब १६ करोड ५१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। बैंकको खुद ब्याज आम्दानी र सञ्चालन… पुरा पढौ

नेपालको दोस्रो पुरानो टरिगाउँ विमानस्थलमा इन्धन डिपो निर्माण अन्तिम चरणमा

तुलसीपुर, ६ साउन । दाङको तुलसीपुर उपमहानगरपालिका–१२ स्थित टरिगाउँ विमानस्थलमा इन्धन डिपो निर्माणको काम अन्तिम चरणमा पुगेको छ । डिपोका लागि ट्याङ्की र बाउजर ल्याइसकिएको छ भने अन्य संरचना निर्माणको काम पनि अन्तिम चरणमा पुगेको छ । अहिले विमानस्थलमा ३० हजार लिटर अट्ने क्षमताको ट्याङ्की निर्माण गरिएको छ । इन्जिनीयर सुरज शाहका अनुसार ट्याङ्की ३० हजार लिटरको भए पनि अहिले २० हजार लिटरमात्रै ट्याङकीमा राखिएको छ । गएको वर्ष साउनदेखि उक्त इन्धन डिपो निर्माणको काम सुरु भएको हो । भौतिक… पुरा पढौ

यस्ताे छ आगामी तीन दिनकाे माैसम पूर्वानुमान

काठमाडाैं, ६ साउन । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय, जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा (Axis of Monsoon Trough) सरदर (normal position)  स्थानको आसपास अवस्थित रहेको जनाएकाे छ। देशभर सामान्य देखि पूर्ण बदली रहेको छ। देशको पहाडी भू-भागका थोरै स्थानहरूमा र अन्य भू-भागका एक वा दुई स्थानहरूमा मेघगर्जन /चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ। साउन ६ गते (शुक्रबार) दिउँसोः देशका पहाडी भू-भागमा सामान्य देखि पूर्ण बदली रही बाँकी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ। देशको पहाडी भू-भागका… पुरा पढौ