मुख्य समाचार

आजबाट ४० माइक्रोनभन्दा पातलो प्लाष्टिकको झोला प्रयोगमा प्रतिबन्ध

काठमाडौं, १ भदौ । सरकारले आजबाट ४० माइक्रोनभन्दा पातलो प्लाष्टिकको झोला उत्पादन, आयात, बिक्रि-वितरण तथा प्रयोगमा पूर्ण प्रतिबन्ध गरेको छ । वातावरण विभागले एउटा सूचना जारी गर्दै आज अर्थात् भदौ १ गतेबाट नियम लागू हुने र यसको कार्यान्वयन भए नभएको बारे कडा अनुगमन गर्ने जनाएको छ । विभागले यसअघि गत साउन २० गते सूचना प्रकाशित गर्दै भदौ १ गतेबाट यसको कार्यान्वयनमा कडाई गरिने जनाएको थियो । नेपाल सरकारले गत २०७८ साल असोज १९ गते राजपत्रमा सूचना निकाल्दै ४० माइक्रोनभन्दा पातलो… पुरा पढौ

अवैध मोबाइल भदौ ३० देखि नचल्ने: एमडीएमएस प्रणाली शुरु गर्दै दूरसञ्चार प्राधिकरण

काठमाडौं, १ भदौ । दूरसञ्चार क्षेत्रको नियामक संस्था नेपाल दूरसञ्चार प्राधिकरण (एनटीए)ले आगामी भदौ ३० गतेदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) औपचारिक रूपमा शुरु गर्ने भएको छ । यसका बारेमा हालै प्राधिकरण तथा मोबाइल फोन इम्पोर्टर्स एसोसियसनको संयुक्त आयोजनामा भएको मोबाइल डिभाइस म्यानेजमेण्ट सिस्टम (एमडीएमएस) सम्बन्धी कार्यशालामा जानकारी दिइएको हो । कार्यक्रममा प्राधिकरणका अध्यक्ष पुरूषोत्तम खनालले भदौ ३० गतेबाट एमडीएमएस सिस्टम लागू गर्ने प्रतिबद्धता जनाए । यसअघि एमडीएमएस सेवा लागू गर्ने घोषणा थुप्रैपटक भए पनि विभिन्न कारण देखाउँदै पटक पटक… पुरा पढौ

यस्तो छ एनएमबि म्युचुअल फण्ड अन्तर्गतका योजनाको वित्तीय अवस्था

काठमाडौं, १ भदौ । एनएमबि म्युचुअल फण्ड अन्तर्गत एनएमबि क्यापिटल लिमिटेड योजना व्यवस्थापक रही सञ्चालनमा रहेको एनएमबि हाइब्रिड फण्ड एल–१, एनएमबि फिफ्टी र एनएमबि सरल बचत फण्ड–इ ले आर्थिक वर्ष २०७८-७९ को संक्षिप्त वित्तीय विवरण प्रकाशित गरेका छन् । विवरण अनुसार एनएमबि हाइब्रिड फण्ड एल–१ को २०७९ आषाढमा प्रतिइकाई खुद सम्पत्ति मूल्य १३.१३ रुपैयाँ छ । अघिल्लो आर्थिक वर्ष २०७७/७८ को सोही अवधिमा यो फण्डको प्रतिइकाई खुद सम्पत्ति मूल्य १६.८९ रुपैयाँ रहेको थियो । योजनाले आर्थिक वर्ष २०७८/७९ को लागि… पुरा पढौ

गुराँस लाइफले कमायाे साढे १७ करोड रुपैयाँ खुद नाफा

काठमाण्डौ १ भदौ। गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासम्म रु १७ करोड ५१ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएकाे छ। कम्पनीकाे सार्वजनिक भएकाे वित्तीय विवरण अनुसार अघिल्लो वर्षकाेभन्दा कम्पनीकाे यस पटक खुद नाफामा बृद्धि भएकाे देखिएकाे छ । अघिल्लाे वर्षमा कम्पनीकाे नाफा १२ करोड १३ लाख रुपैयाँ रहेकाे थियाे । कम्पनीकाे यो नाफा ४४.२७ प्रतिशतले बढी हाे । कम्पनीको व्यवस्थापन खर्च घटेर रु ३२ करोड ४ लाख भएकाे छ। अघिल्लो वर्षमा व्यवस्थापन खर्च रु ४५… पुरा पढौ

आयात–निर्यातको सटही सुविधामा राष्ट्र बैंकले गर्‍यो कडाइ

काठमाडौं, १ भदौ । नेपाल राष्ट्र बैंकले आयात–निर्यातका लागि प्रदान गरिने विदेशी मुद्राको सटही सुविधामा कडाइ गरेको छ । यस माध्यमबाट हुने सक्ने सम्पत्ति शुद्धीकरणको कार्यलाई नियन्त्रण गर्ने व्यवस्था गरेको छ । केन्द्रीय बैंकले मंगलबार एकीकृत निर्देशिका जारी गर्दै आयात तथा निर्यातका माध्यमबाट हुने ‘मनी लण्डरिङ’को कार्यलाई निरुत्साह तथा नियन्त्रणमा सघाउ पुग्ने गरी इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाले आवश्यक कार्यविधि बनाउनुपर्नेछ । त्यसका लागि आन्तरिक संरचना बनाई वस्तुको अन्तर्राष्ट्रिय बजार मूल्यमा उल्लेखित मूल्यबीच तुलनात्मक विश्लेषण गरी यथार्थपरका देखिएमा मात्रै सटही… पुरा पढौ

मन्दाकिनी हाइड्रोकाे सेयर आजदेखि काराेबारमा आउँदै

काठमाडौं, १ भदाै । मन्दाकिनी हाइड्रोपावरकाे सेयर भदाै १ गते आजबाट दोस्रो बजारमा कारोबारमा आउदैछ। नेपाल स्टक एक्सचेन्ज नेप्सेमा मंगलबार सेयर सूचीकृत भएपछि आजबाट दाेश्राे बजारमा काराेबारमा आउने बाटाे खुलेकाे हाे । अहिलेसम्मकाे चलन अनुसार सेयर नेप्सेमा सूचीकरणमा परेकाे भाेलिपल्टबाट दाेश्राे बजारमा सेयर काराेबारमा आउने गरेकाेले मन्दाकिनी हाइड्राेकाे सेयर पनि काराेबारमा आउने भएकाे हाे। कम्पनीकाे ५८ लाख ८० हजार ३६९ कित्ता सेयर नेप्सेमा सूचीकरण भएको हो । नेप्सेले ओपनिङ रेन्ज पनि तोकेको छ । पहिलो कारोबार न्यूनतम १०२ रुपैयाँदेखि अधिकतम ३०६… पुरा पढौ

१० खर्ब विप्रेषण आयाे, ३ लाख ५४ हजारले लिए श्रम स्वीकृति

काठमाडौं, १ भदाै । आर्थिक वर्ष २०७८-७९ मा रु १० खर्ब सात अर्ब ३१ करोड बराबरको विप्रेषण आप्रवाह भएको छ । यो कूल चार दशमलव आठ प्रतिशत बराबरको वृद्धि भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । केन्द्रीय बैंकले सो आवको सार्वजनिक गरेको विवरणअनुसार अपेक्षितरुपमा नै विप्रेषण आप्रवाह भएको हो । अघिल्लो वर्ष विप्रेषण आप्रवाह नौ दशमलव आठ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह दुई दशमलव दुई प्रतिशतले वृद्धि भई आठ अर्ब ३३ करोड पुगेको छ । अघिल्लो आवमा… पुरा पढौ

उच्च आयात भएकाे कारण शोधानान्तर घाटा दुई खर्ब ५५ अर्ब

काठमाडौं, १ भदाै । देशभित्र भित्रिनेभन्दा बाहिरिने रकमको मात्रामा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८÷७९ मा रु दुई खर्ब ५५ अर्बले शोधानान्तर घाटामा गएको जनाएकाे हाे । अघिल्लो आव असार मसान्तमा रु एक अर्ब २३ करोडले शोधानान्तर बचतमा थियो । कोरोना कहर सामान्य भएपछि हरेक क्षेत्रमा उच्च आयात भएका कारण गत आव शोधानान्तर रु दुई खर्ब ५५ अर्बले घाटामा गएको हो । यस्तै, गत जेठको तुलनामा गत असारमा विदेशी मुद्राको सञ्चितिमा सुधार भएको छ । केन्द्रीय… पुरा पढौ

मन्दाकिनी हाइड्रोकाे सेयर बुधबारदेखि काराेबारमा आउदै, ओपनिङ रेन्ज कति ?

काठमाडौं, ३१ साउन । मन्दाकिनी हाइड्रोपावरकाे सेयर बुधबार भदाै १ गतेबाट दोस्रो बजारमा कारोबारमा आउने भएको छ। नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज सेयर सूचीकरण भएपछि बुधबारबाट दाेश्राे बजारमा काराेबारमा आउने बाटाे खुलेकाे हाे । अहिलेसम्मकाे चलन अनुसार सेयर नेप्सेमा सूचीकरणमा परेकाे भाेलिपल्टबाट दाेश्राे बजारमा सेयर काराेबारमा आउने गरेकाेले मन्दाकिनी हाइड्राेकाे सेयर पनि बुधबारबाट काराेबारमा आउनेछ। कम्पनीकाे ५८ लाख ८० हजार ३६९ कित्ता सेयर नेप्सेमा सूचीकरण भएको हो । नेप्सेले ओपनिङ रेन्ज पनि तोकेको छ । पहिलो कारोबार न्यूनतम १०२ रुपैयाँदेखि अधिकतम… पुरा पढौ

राष्ट्रिय बीमा कम्पनीकाे खुद नाफामा ३१.४१ प्रतिशतले वृद्धि

काठमाडौं, ३१ साउन । राष्ट्रिय बीमा कम्पनीले रु ४७ करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएकाे छ । याे नाफा अघिल्लाे वर्षकाे तुलनामा ३१.४१ प्रतिशतले बढी हाे । कम्पनीकाे सार्वजनिक भएकाे गत आर्थिक वर्षको चौथो त्रैमाससम्मकाे वित्तीय विवरण अनुसार खुद नाफा अघिल्लो आर्थिक वर्षको साेहि अवधिकोभन्दा ३१.४१ प्रतिशतले बढी भएकाे हाे। अघिल्लो आर्थिक वर्षमा कम्पनीकाे खुद नाफा रु ३६ करोड ३ लाख रहेकाे थियाे । कम्पनीको खुद बीमाशुल्क ५२.१५ प्रतिशतले बढेकाे छ । जाे बढेर रु ३४ करोड… पुरा पढौ