मुख्य समाचार

आम्दानी र खर्चको प्रतिवेदन नबुझाउने स्थानीय तहले अनुदान नपाउने

काठमाडौं, ३० साउन । स्थानीय तहले आव २०७८/७९ को आम्दानी र खर्चको प्रतिवेदन नबुझाए अनुदान नपाउने भएका छन् । अर्थ मन्त्रालयले स्थानीय तहलाई अन्तरसरकारी वित्तीय हस्तान्तरणसम्बन्धी व्यवस्था र मार्गदर्शन जारी गर्दै साउन मसान्तसम्म त्यस्तो प्रतिवेदन नबुझाए राजस्व बाँडफाँट र अनुदानबापतको रकम हस्तान्तरण नहुने जनाएको हो । मन्त्रालयले तोकिएको ढाँचामा त्यस्तो प्रतिवेदन सम्बन्धित कोष तथा लेखा नियन्त्रक कार्यालयमा पठाउनुपर्ने मार्गदर्शनमा उल्लेख गरेको छ । स्थानीय तहलाई जाने वित्तीय समानीकरण, विशेष, समपूरक र ससर्त अनुदान तथा राजस्व बाँडफाँटबापतको रकम र आयोजना तथा… पुरा पढौ

बीमा प्राधिकरणमा रुपान्तरण हुँदै बीमा समिति, के छ संसदबाट पारित बीमा विधेयकमा ?

काठमाडौं, ३० साउन । बीमा समितिलाई बीमा प्राधिकरणको रुपमा रुपान्तरण गर्ने गरी आइतबार प्रतिनिधिसभाले बीमा विधेयक २०७९ पारित गरेको छ । प्रतिनिधिसभाबाट पारित उक्त विधेयकको दफा ३८ मा नेपाल बीमा प्राधिकरणलाई बीमा कम्पनीको चुक्ता पुँजी घटाउन आदेश दिन सक्ने अधिकार दिइएको छ । दुई वर्षअघि नै पारित हुनुपर्ने बीमा विधेयक आइतबार बसेको प्रतिनिधिसभाको बैठकले बहुमतले पारित गरेको हो । नयाँ व्यवस्थाअनुसार अब सरकारले बीमा विकास कोष स्थापना गर्ने छ । आर्थिक रुपले विपन्न वर्गका नागरिकसम्म बीमा पहुँच पुर्‍याएर उनीहरुको हित… पुरा पढौ

अभियान लघुवित्तकाे सेयर बाँडफाँड, ९१ हजार ३७५ जनाले पाए १० कित्ता दरले सेयर

काठमाडौं, ३० साउन । अभियान लघुवित्त वित्तीय संस्थाको सेयर बाँडफाँड सम्पन्न भएको छ। सेयर बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको कार्यालयका बाँडफाँड गरिएकाे हो। कम्पनीकाे साउन १८ गतेदेखि सेयर बिक्रीमा ल्याइएकाे थियाे । प्रतिकित्ता १०० अंकित मूल्यका ९ लाख ७५ हजार कित्ता सेयर निष्काशन गरिएको थियो। कुल सेयरबाट १२ हजार ५०० कित्ता सेयर कर्मचारी र ४८ हजार ७५० कित्ता सामूहिक लगानी कोषहरुका लागि रहेकाे छ । बाँकी ९ लाख १३ हजार ७५० कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गरिएकाे थियो। सेयरमा १९ लाख… पुरा पढौ

अरुण भ्याली हाइड्रोपावरकाे खुद नाफा करिब ९ कराेड

काठमाडौं, ३० साउन । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले रु ८ करोड ९९ लाख खुद नाफा कमाउन सफल भएकाे छ । कम्पनीकाे सार्वजनिक भएकाे गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण अनुसार साे नाफा बढेकाे हाे । याे नाफा अघिल्लो आर्थिक वर्षकोभन्दा बढी हाे । कम्पनीले असार मसान्तसम्ममा ८ करोड ९९ लाख रुपैयाँ खुद नाफा कमाएको हाे जाे अघिल्लो आर्थिक वर्षको सोही अवधिको भन्दा १५.६८ प्रतिशतले बढी हो। अघिल्लो आर्थिक वर्ष उक्त नाफा रु ७ करोड ७७ लाख थियो। कम्पनीको… पुरा पढौ

६ ट्रक मल किसानकाे नियन्त्रणमा, कोटा वृद्धि गर्न माग

वीरगञ्ज, ३० साउन । किसानले भुटनदेवीस्थित कृषि सामग्री कम्पनी लिमिटेडको प्रादेशिक कार्यालयको गोदामबाट अन्यत्र जिल्ला पठाउन लागिएको छ ट्रक मल नियन्त्रणमा लिएका छन् । सहजरुपमा रासायनिक मल नपाएको जनाउँदै स्थानीयवासीले मल नियन्त्रणमा लिएका हुन् । कृषकले मल ‘लोड’ गरिएको ट्रक नियन्त्रणमा लिएपछि त्यहाँ पुगेका वीरगञ्ज महानगर प्रमुख राजेशमान सिंहले जिल्लामा मलको कोटा वृद्धि गर्न पहल गर्ने जानकारी दिए। किसानले नियन्त्रणमा लिएकाे सो मल बालमन्दिर प्राङ्गणमा राखिएको छ । सो विषयमा महानगरप्रमुख सिंह र कृषि सामग्री कम्पनी लिमिटेड प्रदेश कार्यालय वीरगञ्जका प्रमुख… पुरा पढौ

सांस्कृतिक पर्व ट्होटेको अवसरमा मङ्गलवार पाेखरा महानगरले दियो स्थानीय बिदा

पोखरा, ३० साउन । गुरुङ समुदायको सांस्कृतिक पर्व ट्होटेको अवसरमा पोखरा महानगरपालिकाले महानगर भित्र सञ्चालित विद्यालयहरूमा स्थानीय बिदा दिएको छ । साउन ३१ गते मङ्गलवार महानगर भित्र सञ्चालनमा रहेका सामुदायिक तथा संस्थागत विद्यालय र मन्टेश्वरी समेतमा स्थानीय बिदा दिएको हो ।  वर्षभरिबाट विद्यालय वा मन्टेश्वरी आफैले गर्न सक्ने स्थानीय बिदाबाट कट्टा गर्ने गरी बिदा दिन भनिएको शिक्षा महाशाखाका निर्देशक हेम प्रसाद आचार्यले जानकारी दिए। गुरुङ समुदायले साउन महिनाको अन्तिम मङ्गलवार र चैत्र महिनाको अन्तिम मङ्गलवार गरी वर्षमा दुई पटक आफ्नो… पुरा पढौ

राष्ट्रपतिबाट नागरिकता विधेयक प्रतिनिधिसभामा फिर्ता

काठमाडौं, ३० साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा नेपालको संविधानबमोजिम नागरिकता प्राप्तिसम्बन्धी विषयमा सङ्घीय संसदबाट पुनर्विचार हुन आवश्यक देखिएको जनाउँदै सो विधेयक आज प्रतिनिधिसभामा फिर्ता पठाउनुभएको छ । राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यले जारी गरेको विज्ञप्तिमा प्रतिनिधिसभाका सभामुखबाट प्रमाणित भई नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरणका लागि पेश हुन आएको नेपालको संविधानको धारा ११३ को उपधारा (३) बमोजिम सन्देशसहित यो विधेयक फिर्ता पठाएको जनाइएको छ । विधेयक-फिर्ता_2079-4-29_विज्ञप्ति-1489x2048-1Download पुरा पढौ

यी ४ प्रदेशमा मेघगर्जन चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौं, ३० । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा (Axis of the Monsoon Trough) सरदर स्थान भन्दा दक्षिणमा अवस्थित रहेको जनाएकाे छ। सुदुरपश्चिम तथा कर्णाली प्रदेशमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ । सुदुरपश्चिम तथा कर्णाली प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ । श्रावण ३० गते (सोमबार) दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रहनेछ। बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।  राती : प्रदेश… पुरा पढौ

कास्की पोखरा हस्तकला संघको १२औं साधारण सभा सम्पन्न

पोखरा, २९ साउन ।कास्की पोखरा हस्तकला संघको १२औं साधारण सभा आईतबार पोखरामा सम्पन्न भएको छ । महिलालाई आर्थिक रुपमा मजबुत बनाउन सिप सिकाई, महिलालाई आफ्नो खुट्टामा उभिन सक्ने बनाउन र सिपको हस्तान्तरण गराउने लक्ष्यकासाथ संस्था २०६७ सालमा स्थापना भएको थियो । संस्थालाई विभिन्न कठिनाईका बावजुद यहाँसम्म ल्याउन सो समयमा संस्थापक अध्यक्ष तथा निवर्तमान अध्यक्ष हिरा भट्टराई, वर्तमान अध्यक्ष रामकली खड्का, उपाध्यक्ष सीता गुरुङ, महेन्द्र कतिला, गोमा ढकाल, बुद्धि पूर्जा र केही समयपछि जोडिएकि उषा बरुवाल लगायतको अथक मेहनत र पसिना… पुरा पढौ

धौलागिरी लघुवित्तको आईपीओका लागि ६५ गुणा बढी आवेदन

काठमाडौं, २९ साउन । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत साउन २४ गते जारी गरेको आईपीओका लागि मागभन्दा लगभग ६५ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले आज साँझ ५:०३ बजे अद्यावधिक गरेको तथ्याङ्क अनुसार उक्त आईपीओका लागि १९ लाख ५२ हजार ४६० जनाले आवेदन दिएका छन् । उनीहरुले २ अर्ब १७ करोड २१ लाख ५७ हजार रुपैयाँ बराबरको २ करोड १७ लाख २१ हजार ५७० कित्ता सेयरका लागि आवेदन दिएका हुन् । लघुवित्तले मंगलबार साउन २४… पुरा पढौ