मुख्य समाचार

योगदानकर्ता सापटी निर्देशिका स्वीकृत, के के छन् सुविधा ?

काठमाडाैं, २ साउन । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सामाजिक सुरक्षाकोषका योगदानकर्ता लक्षित ‘योगदानकर्ता सापटी निर्देशिका २०७९’ स्वीकृत गरेको छ । श्रममन्त्री शेरबहादुर कुँवरले सो निर्देशिका स्वीकृत गरेका हुन् । योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ को दफा ३२ को उपदफा (१) को खण्ड (ट) तथा नेपाल सरकारले स्वीकृत गरेको सामाजिक सुरक्षाकोष लगानी कार्यविधि, २०७७ को व्यवस्थाबमोजिम उक्त निर्देशिका तयार पारिएको मन्त्रालयले जनाएको छ । निर्देशिकामा ‘योगदानकर्ता घर सापटी’ अन्तर्गत नयाँ घर निर्माण, आफ्नो स्वामित्वमा रहेको घरको तला थप्न,… पुरा पढौ

प्रदेश १, बागमती, गण्डकी र कर्णालीमा हल्का वर्षाकाे सम्भावना

काठमाडाैं, २ साउन । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्युन चापिय रेखा( Axis of Monsoon Trough) सरदर स्थान (normal position) भन्दा दक्षिण तिर अवस्थित रहेको जनाएकाे छ । जसकाे कारण देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहने जनाइएकाे छ। प्रदेश १, बागमती, गणडकी प्रदेशका थोरै स्थानहरूमा र कर्णाली प्रदेशका एक-दुई स्थानमा स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको बताइएकाे छ । साउन २ गते (सोमबार) दिउँसो:  देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशको पहाडी भू-भागका केही स्थानहरुमा  र बाँकी भू-भागका… पुरा पढौ

हेलम्बुका युवा पुनः ट्राउट माछा व्यवसायमा फर्किन थाले

सिन्धुपाल्चोक, २ साउन । सिन्धुपाल्चोकको हेलम्बुमा सञ्चालित ट्राउट फार्मबाट वार्षिक ६० टनभन्दा बढी माछा उत्पादन हुने गरेको थियो । सोचे अनुसारको आम्दानी हुने भएकाले पछिल्लो समय युवाले सो व्यवसायमा लगानी बढाउँदै गएका थिए । उनीहरुले एउटा ‘ट्राउट फार्म’का लागि मात्रै कम्तीमा रु चार करोड लगानी गरेका थिए । मेलम्ची करिडोर माछा पालन व्यवसायका लागि राम्रो मानिदै थियो । गत वर्षको अकल्पनीय बाढीले यहाँका सबै माछा फार्ममा क्षति पु¥याएपछि व्यवसायीको अर्बौं लगानी डुबेको थियो । उनीहरु व्यवसायबाट विस्थापित जस्तै भएका थिए ।… पुरा पढौ

सरकारले आयल निगमलाई किन दिँदैछ ७ अर्ब ऋण ?

काठमाडौं, १ साउन । सरकारले पेट्रोलियम पदार्थको आपूर्तिलाई सहज तुल्याउन नेपाल आयल निगमलाई रु सात अर्ब ऋण लगानी गर्ने भएको छ । मन्त्रिपरिषद्को असार ३१ गते बसेको बैठकले पेट्रोलियम पदार्थको मूल्य समायोजन भएका कारण नेपाल आयल निगमले इण्डियन आयल कर्पोरेशन लिमिटेडलाई भुक्तानी दिनका लागि उक्त रकम दिने निर्णय गरेको हो । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले निगमले इण्डियन आयल निगम कर्पोरेशनलाई भुक्तानी दिन रकम अपुग भएकाले अर्थमन्त्रालयले त्यसबापतको रकम उपलब्ध… पुरा पढौ

अब १५० सीसीमाथिका मोटरसाइकल र ३०० डलरमाथिका मोबाइल पनि आयात गर्न नपाइने

काठमाडौं, १ साउन । सरकारले आयात प्रतिबन्ध आगामी भदौ १४ गतेसम्म लम्ब्याएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गत वैशाख १३ गते राजपत्रमा सूचना प्रकाशित गरी विभिन्न वस्तुमा चालु वर्षको अन्त्यसम्मका लागि आयात प्रतिबन्ध लगाएको थियो। नयाँ आर्थिक वर्ष शुरु भएसँगै उक्त प्रतिबन्ध आगामी भदौ १४ गतेसम्मका लागि लम्ब्याइएको हो। लम्बिएको प्रतिबन्धको मोडालिटी केही परिवर्तन गरिएको छ जस अन्तर्गत विद्यमान प्रतिबन्धित सामानको सूचीमा १५० सीसीमाथिका मोटरसाइकल तथा ३ सय डलरभन्दा माथिका मोबाइल फोनहरु समेत थपिएका छन्। यसअघि यो प्रतिबन्धमा २५०… पुरा पढौ

नेप्से १.९२ अंकले बढ्यो, १ अर्ब २३ कराेड बढीको कारोबार

काठमाडौं, १ साउन । साताको सुनचाँदीको कारोबार हुने पहिलो दिन आइतबार नेपाली सेयर बजार दोहोरो अंकले बढेको छ । आजको यस सकारात्मक दृश्यले लगानीकर्ताहरुको मनोबल बढेको छ । नेप्से सकारात्मक लयमा गएको भएपनि कारोबार रकममा भने उलेख्य बृद्धि भएको छैन । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक झिनो अंकले अर्थात १.९२ अंकले बढेर २०११.३९ विन्दुमा उक्लिएको छ । नेप्सेमा ०.१० प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ०.०२ अंकले बढेर ३८५.९३ विन्दुमा पुगेको छ । यसदिन कुल २१० कम्पनीको सेयर कारोबार भएको… पुरा पढौ

सुन्दर बनेपा बनाउन ‘फुटपाथ व्यवस्थित’ अभियान सुरु

बनेपा, १ साउन । बिहानैदेखि नेपाली सेना र नेपाल प्रहरीका जवान हातमा कुचो लिएर बनेपा बजारको सडक दायाँबायाँ छरिएका फोहर सफा गर्न व्यस्त रहे । उनीहरु जम्मा भएका फोहरलाई सँगै गुडिरहेको गाडीमा हाल्ने र फुटपाथ आसपासमा छरपस्ट फालेका प्लास्टिक, कागजलगायतका अन्य फोहरजन्य सागम्री टिपेर सफा गर्नमा व्यस्त देखिन्थे । बनेपा नगरपालिकाले अरनिको राजमार्ग बनेपा बजारको तीन दोबाटोदेखि चण्डेश्वरी खोलासम्म सडक दायाँबायाँ नगर सरसफाइ तथा फुटपाथ सचेतना अभिवृद्धि गर्नका लागि माइकिङसहितको अभियान सञ्चालन गरेपछि सुरक्षाकर्मी सरसफाइमा व्यस्त बनेका हुन् । आजदेखि… पुरा पढौ

बूढीगण्डकी अगाडि बढ्यो, अब रोकिँदैन : मन्त्री भूसाल (अन्तर्वार्ता )

काठमाडौँ, १ साउन । पाँचदलीय गठबन्धन सरकार गठन भएको एक वर्ष पूरा भएको छ । सरकारले संविधानलाई ‘ट्रयाक’मा ल्याएको छ । यही बीचमा स्थानीय निकायको निर्वाचन पनि सम्पन्न भयो । वर्तमान सरकार गठन भएपछि नै नेपालले बिजुली व्यापारमा गुणात्मक फड्को मारेको छ । दैनिक ३६४ मेगावाट बिजुली भारत निर्यात भइरहेको छ । झण्डै २५ लाख घरधुरीले २० युनिट बिजुली निःशुल्क पाएका छन् । सिँचाइमा प्रयोग हुने बिजुलीको महसुल झण्डै ५० प्रतिशतले घटेको छ । केन्द्रीय प्रसारण लाइनको विस्तारको काम पनि धमाधम… पुरा पढौ

आजदेखि करको सीमा बढ्यो, विवाहितलाई ६ लाख रुपैयाँसम्मकाे आयमा कर नलाग्ने

काठमाडौं, १ साउन । सरकारले आजदेखि आयकरको सीमा बढाएको छ । आर्थिक वर्ष २०७९/८० को बजेटमा सरकारले आयकरको सीमा बढाएको हो । नयाँ व्यवस्था आजैदेखि लागु हुनेछ। नयाँ व्यवस्थाअनुसार अविवाहित व्यक्तिको हकमा वार्षिक ५ लाख रुपैयाँसम्मको आम्दानीमा आयकर लाग्ने छैन । त्यस्तै विवाहितको हकमा ६ लाख रुपैयाँसम्म आयकर लाग्दैन । यद्यपि आफ्नो आम्दानी एक प्रतिशत सामाजिक सुरक्षा कर भने बुझाउनुपर्नेछ। यसैगरी अविवाहितको हकमा पाँचदेखि सात लाख रुपैयाँसम्मको आम्दानी १० प्रतिशत र सातदेखि दस लाख रुपैयाँसम्मको आम्दानीमा २० प्रतिशत, १० देखि… पुरा पढौ

अब जडीबुटीको पनि बीमा हुने

काठमाडौं, १ साउन। नेपालमा कृषि, पशुपन्छी तथा जडीबुटी बीमा निर्देशिका, २०७९ लागू भएको छ । आर्थिक वर्षा २०७९/८० को वार्षिक बजेटमा नेपाल सरकारले जडीबुटी खेतीको बीमा गर्ने व्यवस्था मिलाउने उल्लेख गरेअनुसार बीमा समितिले जडीबुटी बीमासमेत समावेश गरी सो निर्देशिका जारी गरेको हो । यो निर्देशिका जारी भएसँगै यसअघिको कृषि तथा पशुपन्छी बीमा निर्देशिका, २०७७ खारेज भएको छ । संशोधित निर्देशिकाबमोजिम अब बीमा कम्पनीले आफूलाई तोकिएका जिल्लामा कृषि, पशुपन्छी तथा जडीबुटी खेतीको बीमा गर्नुपर्ने व्यवस्था गरिएको छ । यस्तै जिल्लास्थित कृषि… पुरा पढौ