मुख्य समाचार

प्रभु र अजोड इन्स्यो‍‍रेन्सले गरे मर्जर सम्झौता

काठमाडाैं, १ साउन । प्रभु इन्स्योरेन्स र अजोड इन्स्यो‍‍रेन्स मर्जर सम्बन्धी सम्झौता सम्पन्न भएकाे छ । दुबै कम्पनीबीच मर्जर भएपछि कम्पनीको नाम प्रभु इन्स्योरेन्स कायम नै रहेकाे सहमति पत्रमा उल्लेख छ।  सम्झौता पत्रमा प्रभु इन्स्योरेन्सका संचालक राजेन्द्र मल्ल र अजोडकाे तर्फबाट संचालक  चिरन्जीबी द्वाले  हस्ताक्षर गरेका छन् । प्रभु इन्स्याेरेन्स र अजोडबीच १००ः७० को अनुपातमा मर्जरका लागि सम्झौता भएको हाे । मर्जर भएपछि अब कम्पनीको अध्यक्ष अजोडका अध्यक्ष अजाद श्रेष्ठ हुने भएका छन् । प्रमुख कार्यकारी अधिकृतमा भने प्रभु इन्स्योरेन्सका सञ्चित बज्राचार्य हुने शनिबार… पुरा पढौ

राप्ती हाइड्रोकाे सेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडाैं, १ साउन । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनकाे सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेकाे छ । कम्पनीकाे असार २९ गतेदेखि २३ लाख ६६ हजार २४० कित्ता साधारण सेयर निष्काशन तथा बिक्रीमा ल्याइएकाे थियाे । आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गरिएकाे सेयरबाट बिक्री हुन बाँकी रहेको ३७ हजार ६२३ मा थप गरेर २३ लाख ६६ हजार २४० कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गरिएकाे हो। कुलबाट ७० हजार ९८८ कित्ता कर्मचारीहरुका लागि र १ लाख १८ हजार ३१२ कित्ता… पुरा पढौ

मन्दाकिनी हाइड्रोपावरकाे सेयर साउन ९ गतेदेखि निष्काशन हुँदै

काठमाडाैं, १ साउन । मन्दाकिनी हाइड्रोपावरकाे ११ लाख ७६ हजार ७३ कित्ता साधारण सेयर साउन ९ गतेदेखि निष्काशन तथा बिक्रीमा ल्याइने भएपछि लगानीकर्ताहरूकाे लागि सेयरमा लगानी गर्ने माैका जुर्न लागेकाे छ । कम्पनीले सर्वसाधारणका लागि बिक्रीमा प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा ११ लाख ७६ हजार कित्ता सेयर निष्काशन तथा बिक्रीमा ल्याउन लागेकाे हो। कम्पनीले निष्काशन गर्ने कुल सेयरबाट २३ हजार ५२१ कित्ता सेयर कर्मचारीहरुका लागि रहेकाे छ । ५८ हजार ८०३ कित्ता सामूहिक लगानी कोषको लागि रहेकाे कम्पनीले जनाएकाे ।… पुरा पढौ

राससकाे भिडियाे सेवा सुरू, नागरिकलाई सूचना दिने काम प्रभावकारी हुने : प्रधानमन्त्री देउवा

काठमाडाैं, १ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले नागरिकलाई सूचना र शिक्षा दिने आफ्नो जिम्मेवारीमा राष्ट्रिय समाचार समिति (रासस) अझ प्रमावकारीरूपमा अघि बढ्न सकोस् भन्न शुभकामना दिएका छन् । राससले आजदेखि सुरुआत गर्न लागेको श्रव्य दृश्य (भिडियो) सेवाबारे दिएको शुभकामना सन्देशमा प्रधानमन्त्री देउवाले भने, “नागरिकलाई सूचना दिनु भनेको उनीहरूको मौलिक हकको सम्मान गर्नु हो । सरकारको यो मान्यतालाई राससले ध्यानमा राखोस् र नागरिकलाई सूचना र शिक्षा दिने आफ्नो जिम्मेवारीमा अझ प्रभावकारीरूपमा अघि बढ्न सकोस् ।” नेपालका आमसञ्चारमाध्यमहरूलाई समाचार प्रदान गर्दै आएको… पुरा पढौ

वामपन्थी कोही हुनुहुन्छ ? गठबन्धन छाड्नुहोस्, वाम एकता गरौं: अध्यक्ष ओली

काठमाडाैं, १ साउन । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपालका कम्युनिष्ट पार्टीहरूलाई वामपन्थी एकतामा आउन आग्रह गरेका छन् । नेपाल–चीन हिमालयमैत्री समाजले आयोजना गरेको ‘नेपालको भूराजनीतिक अवस्था : चुनौती र अबको बाटो’ विषयक कार्यक्रममा उनले वामपन्थीहरू एक हुनुपर्नेमा जोड दिए। अध्यक्ष ओलीले भने, “वामपन्थी कोही हुनुहुन्छ भने गठबन्धन छाड्नुहोस्, वाम एकता गरौँ ।” उनले देश, राष्ट्रियता, लोकतन्त्र, स्वाधिनताका लागि वामपन्थी मिल्नुपर्ने बताए। पूर्वप्रधानमन्त्री ओलीले मुलुकको आधारभूत मूल्य मान्यता राष्ट्रियता, प्रजातन्त्र, लोकतन्त्र, सुशासन र मुलुकको विकासका लागि सबै दल… पुरा पढौ

देशभर सामान्य बदली, मेघ गर्जन चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

काठमाडाैं, १ साउन । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको सामान्य प्रभाव रहेको जनाएकाे छ । हाल प्रदेश १ लगातयत बाकी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहि बाकी भू-भागमा आंशिक बदली रहेको छ। प्रदेश १, बागमती प्रदेश तथा गण्डकी प्रदेश भू-भागका एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। साउन १ गते (आइतबार) दिउँसो:  देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशको पहाडी भू-भागका केही स्थानहरुमा  र बाँकी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । राती… पुरा पढौ

कर्कट (साउने) सङ्क्रान्ति मनाइँदै

काठमाडाैं, १ साउन । सौरमास अनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाइँदैछ । सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने सङ्क्रान्तिका रुपमा मनाउने प्राचीन परम्परा छ । साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन सुरु हुन्छ । माघ १ गते सुुरु हुने उत्तरायण र साउन १ गते सुरु हुने दक्षिणायनका दिनलाई विशेष रुपमा मनाइन्छ ।… पुरा पढौ

प्रचण्डद्वारा जलविद्युत् प्रवर्धनका लागि भारतीय लगानीकर्तालाई आह्वान

काठमाडौं, ३२ असार । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलविद्युत्को क्षेत्रमा थप लगानी विस्तार गर्न भारतीय प्रवर्धकलाई स्वागत गर्न नेपाल आतुर रहेको बताएका छन् । तीनदिने भारत भ्रमणमा रहेका अध्यक्ष दाहालले आज ‘फाउन्डेशन फर पब्लिक अवेयरनेस एन्ड पोलिसी’ (एफपिएपि) द्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै कृषि, पूर्वाधार, सम्पर्क सञ्जाल, निर्यातजन्य लघु, साना तथा मझौला उद्योगलगायत उच्च सम्भावना भएका क्षेत्रलाई प्राथमिकतामा राखिएको बताए। जलविद्युत् उत्पादनमा नेपालमा प्रचुर सम्भावना रहेको उल्लेख गर्दै उनले भारत विश्व अर्थतन्त्रको मुख्य केन्द्र बन्दै… पुरा पढौ

ओटेफ र प्रदेश १ का पर्यटन व्यवसायी महिलाबीच अनुभव आदान प्रदान, ओटेफ प्रदेश १ गठन

पोखरा, ३२ असार । महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ) पोखरा र प्रदेश नं १ का महिला पर्यटन व्यवसायी बीच अनुभव आदान प्रदान सहित पर्यटन प्रवद्र्धनका व्यावसायिक विषयमा छलफल भएको छ । पर्यटन क्षेत्रमा महिला सहभागिता बढाउने आर्थिक सशक्तिकरणसँगै गण्डकी प्रदेश पोखरा र प्रदेश नं १ का बीच सम्बन्ध स्थापित गर्ने उदेश्यले पोखराबाट अध्यक्ष र सल्लाहकार सहित पुगेको टोलीले प्रदेश नं १ मा पर्यटन प्रवद्र्धन केन्द्रित कार्यक्रम गरेको हो । कार्यक्रममा इलाम नगरपालिका प्रमुख केशव थापाले पर्यटकीय स्थल पोखराबाट इलामले पर्यटन… पुरा पढौ

कृषि, पशुपक्षी तथा जडीबुटी बीमा निर्देशिका, २०७९ जारी, के के छ निर्देशिकामा ?

काठमाडौं, ३२ असार । साउन महिनादेखि लागू हुनेगरी बीमा समितिले कृषि, पशुपक्षी तथा जडीबुटी बीमा निर्देशिका, २०७९ जारी गरेको छ । यसअघि जारी भएको बीमा निर्देशिका २०७७ भने खारेजी भएको बीमा समितिका कार्यकारी निर्देशक एवं प्रवक्ता राजुरमण पौडेलले जानकारी दिए। नेपाल सरकारले आर्थिक वर्ष २०७९÷८० को बजेटमा जडीबुटी खेतीको बीमा गर्ने व्यवस्था गरिने उल्लेख गरेअनुसार समितिले जडीबुटीलाई समेत समावेश गरी सो निर्देशिका जारी गरेको हो । निर्देशिकामा बीमा कम्पनीले आफूलाई तोकिएको जिल्लामा कृषि, पशुपक्षी तथा जडीबुटीको बीमा व्यवसाय गर्नुपर्ने, जिल्लास्थित कृषि… पुरा पढौ