मुख्य समाचार

असार मसान्तसम्म बैंकहरूकाे निक्षेप संकलन ५१ खर्ब ५३ अर्ब नाघ्याे, कर्जा र निक्षेपको अनुपात ८६ प्रतिशत

काठमाडौं, ३ साउन । गत आर्थिक वर्ष २०७८/७९ को अन्तिम अर्थात् असार मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाले ५१ खर्ब ५३ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन्। त्यसमा वाणिज्य बैंकहरुको हिस्सा ४५ खर्ब ४० अर्ब रुपैयाँ बराबरको रहेको देखिएको छ। नेपाल राष्ट्र बैंकका अनुसार अन्य बैंक तथा वित्तीय कम्पनीहरुले ६ अर्ब १३ रुपैयाँ संकलन गरेका हुन्। त्यस्तै बैंक तथा वित्तीय कम्पनीहरुको ऋण प्रवाह भने ४७ खर्ब देखिएको छ। वाणिज्य बैंकहरुले कुल कर्जा प्रवाह ४१ खर्ब ६८ अर्ब रुपैयाँ गरेका छन् ।… पुरा पढौ

उद्योगहरूको आय वृद्धिदर र उत्पादन क्षमतामा किन भयाे गिरावट ?

काठमाडौं, ३ साउन । नेपाल उद्योग परिसंघले नेपालका उद्योगहरुको औद्योगिक गतिविधिको अध्ययन पश्चात औद्योगिक अवस्थिति प्रतिवेदनको चौथो अङ्क सार्वजनिक गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्तीमन्त्री दिलेन्द्र प्रसाद बडूले उक्त प्रतिवेदन सार्वजनिक गरेका हुन । चालु आर्थिक वर्ष २०७८/७९ को तेस्रो त्रैमासिक अवधिमा उत्पादनमुलक उद्योग र सेवा क्षेत्रका उद्योगको अवस्थाको विस्तृत तथ्यांक प्रतिवेदनमा समेटिएको छ । प्रतिवेदन अनुसार दोस्रो त्रैमासको तुलनामा यस अवधिमा व्यवसायको उत्पादन क्षमता उपयोग खस्केको देखिएको छ। यस अवधिमा उद्योगहरूले आफ्नो कुल उत्पादन क्षमताको ६६.८१ प्रतिशत उपयोग… पुरा पढौ

सीसीटीभी फुटेजबारे प्राविधिक तथा विज्ञसँग विशेष समितिले छलफल गर्दै

काठमाडौं, ३ असार । चालु आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेशको विषय र पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको समितिले सीसीटीभी फुटेजका विषयमा प्राविधिक तथा विज्ञसँग छलफल गर्ने भएको छ। आज मंगलबारदेखि सीसीटीभीसँग सम्बन्धित अन्य विज्ञसँग छलफल गरिने संसदीय छानबिन विशेष समितिले जनाएको छ।त्यसपछि मात्रै समितिले पूर्वअर्थमन्त्री शर्मासँग सोधपुछ गर्ने भएको छ। अर्थसचिव मधु मरासिनी र राजस्व सचिव कृष्णहरि पुष्करसँग सोधपुछ गरेपछि समिति सीसीटीभी फुटेजमा केन्द्रित भएको हो।सोमबारको समितिको बैठकमा अर्थ मन्त्रालयका आईटी विज्ञसँग सोधपुछ गरिएको समितिका… पुरा पढौ

बागलुङमा ६७ रोपनी जग्गामा चियाखेती, उत्पादनको तयारीमा

बागलुङ, ३ साउन । तीन वर्ष पहिले बागलुङको काठेखोला गाउँपालिका–७ रेशमा लगाएको चिया टिप्नका लागि ठिक्क पारिएको छ । सुरुमा १० हजार चियाको बोट लगाइएको उक्त स्थानमा अहिले ५६ हजार चियाका बोट छन् । उक्त स्थानमा तीन वर्ष लगाएर ६७ रोपनी जग्गामा चियाखेती थालिएको हो । पहिलो वर्ष लगाएको चियाको बोट काटछाँट गरेर टिप्नका लागि तयारी अवस्थामा छन् । रेशलाई चिया उत्पादनको ‘हब’ बनाउनका लागि चियामात्रै होइन, बिरुवासमेत उत्पादन गर्ने योजना वडा कार्यालयको छ । रेशले एक वर्षभित्र चियामात्रै होइन,… पुरा पढौ

पोखरा महानगरद्वारा निजी शौचालयलाई सार्वजनिक प्रयोगमा ल्याइँदै

पाेखरा, ३ साउन । पोखरा महानगरपालिकाले व्यक्ति तथा निजी कम्पनीका शौचालयहरूलाई सर्वसाधारणले निःशुल्क प्रयोगका लागि उपयोगमा ल्याउने भएको छ । देशकै पर्यटकीय सहर पोखराको मुख्य सहरी क्षेत्रमा अत्यावश्यक सार्वजनिक शौचालय नहुँदा सर्वसाधारणले सास्ती पाइरहेको अवस्थामा महानगरले निजी शौचालयलाई समेत सार्वजनिक प्रयोगमा ल्याउने तयारी गरेको हो । महानगरले सार्वजनिक सूचना जारी गरी सर्वसाधारणलाई शौचालय उपयोग गर्न दिन इच्छुक व्यक्ति तथा संस्थालाई साउन मसान्तभित्रमा महानगरमा निवेदन दिन आग्रह गरेको छ । सार्वजनिकरूपमा निःशुल्क उपयोग गर्न दिएवापत त्यस्ता व्यक्ति वा संस्थालाई महानगरबाट उपलब्ध… पुरा पढौ

पूर्वाधारका काममा समन्वय गर्दै अघि बढाैं- मेयर बालेन्द्र

काठमाडाैं, ३ साउन । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले पूर्वाधारका काममा समन्वय गर्दै अघि बढ्नुपर्ने बताएका छन । खानेपानी वितरणका लागि खनिएका वडा नं १३, १४, १५ र २६ का सडककाे अवलाेकन गर्दै उनले साे कुरा बताएका हुन । कामपा क्षेत्रभित्र पूर्वाधार विकासका लागि काम गर्ने सरोकारवालासँगको छलफलका क्रममा प्रमुख साहले पूर्वाधारका काममा समन्वय गरेर अघि बढ्नुपर्ने कुरामा जाेड दिएका थिए । यसैगरी खानेपानीको पाइप बिछ्याउन सहमति माग भइआएका वडा नं २, ३, ४ र ५ को काम कसरी हुँदैछ… पुरा पढौ

‘माटो जोगाऔँ ‘अभियानकाे देशव्यापी दौडमा हालसम्म १५०० कि.मि दुरी पूरा

काठमाडौं, ३ साउन । विश्वव्यापी माटो जोगाऔँ अभियान अन्तरगत नेपालमा सुरु गरिएको देशव्यापी दौडले ३६ औं दिन १५ सय किलोमिटर पूरा गरेको छ । माटो जोगाऔँ अभियानका स्वयंसेवक यम बहादुर चोचाङ्गी पुन (नबिन पुन मगर) ले जेष्ठ ३० देखी काठमाडौंबाट देशव्यापी दौड सुरु गरेका थिए ।   माटो विनाश बारे जानकारी फैलाउने र माटो जोगाउन सबै नेपालीमा सन्देश  पुर्‍याउने उद्देश्यले पुनले सातवटै प्रदेश पुग्ने गरी ३५०० कि.मी दुरीको लक्ष्य लिएका छन् । बागमती प्रदेशबाट सुरु भएको दौड मधेश प्रदेश हुँदै प्रदेश… पुरा पढौ

देशका विभिन्न स्थानमा सामान्य बदली, गण्डकी र लुम्बिनीका केही भागमा भारी वर्षाको सम्भावना

काठमाडाैं, ३ साउन । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको जनाएकाे छ। हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ। प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको जनाइएकाे छ। साउन ३ गते (मंगलबार) दिउँसो:  देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका धेरै स्थानहरुमा   मेघ गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।  राति : देशभर… पुरा पढौ

प्रोग्रेशिभ फाइनान्स र सीडिएस एण्ड क्लियरिङ बिच सम्झौता, प्रोग्रेशिभका ग्राहकले डिम्याट खाता खोल्ने सुबिधा पाउने

काठमाडाैं, २ श्रावण । प्रोग्रेशिभ फाइनान्स लिमिटेडले सीडिएस एण्ड क्लियरिङ लिमिटेड (सिडिएससि)सँग निक्षेप सदस्यता सम्बन्धी सम्झौता गरेको छ । यस सम्झौता पश्चात प्रोग्रेशिभ फाइनान्स लि.का ग्राहकहरुलाइ डिम्याट खाता खोल्ने सुविधा उपलब्ध हुनेछ । आज भएको सम्झौतामा प्रोग्रेशिभ फाइनान्स लि.का प्रमुख कार्यकारी अधिकृत विशाल हुमागाईँ तथा सीडिएस एण्ड क्लियरिङका प्रमुख कार्यकारी अधिकृत पूर्ण प्रसाद आचार्यले हस्ताक्षर गरेका छन् । सो अवसरमा प्रोग्रेशिभ फाइनान्स लि.का प्रमुख सञ्चालन अधिकृत प्रमोद भट्टराई तथा सीडिएससिका सञ्चालन विभाग प्रमुख कन्चन सापकोटाको पनि उपस्थिति रहेको थियो ।… पुरा पढौ

१८.०३ अंकले बढ्यो नेप्से, १ अर्ब ३१ करोड बढीको कारोबार

काठमाडौं, २ साउन । साताको सेयर कारोबार हुने दोश्रो दिन सोमबार नेपाली सेयर बजार उकालो लागेको छ । पछिल्ला दिनहरुमा नेप्सेमा लागेको हरियोको कारण लगानीकर्ताहरुको मनोबल बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १८.०३ अंकले बढेर २०२९.४३ विन्दुमा उक्लिएको छ । नेप्सेमा ०.९० प्रतिशतले बृद्धि भएको छ । सेन्सटिभ इण्डेक्स २.८३ अंकले बढेर ३८८.७६ विन्दुमा पुगेको छ । कुल २११ कम्पनीको सेयर कारोबार भएको छ । ३१ लाख ४२ हजार ४०२ कित्ता सेयरको खरिदबिक्रीबाट १ अर्ब ३१ करोड… पुरा पढौ