मुख्य समाचार

बैंक तथा वित्तीय क्षेत्रमा बेथिति : कर छलीदेखि निर्देशन विपरित कारोबारसम्म

काठमाडौं, ३१ असार । बैंक तथा वित्तीय संस्थामा विभिन्न बेथिति रहेको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ५९ औं वार्षिक प्रतिवेदनले बैंक तथा वित्तीय क्षेत्रमा रहेको बेथिति सार्वजनिक गरेको हो । जसअनुसार, विभिन्न ११ बैंक तथा वित्तीय संस्थाहरूले राज्यलाई ठूलो रकम कर नतिरेको खुलेको छ । विगतमा मर्जर तथा एक्वीजिसनमा गएका ११ वटा बैंक तथा वित्तीय संस्थाहरुले ठूलो रकम कर नतिरेको खुलेको हो । महालेखा परीक्षकको कार्यालयले यी बैंक तथा वित्तीय संस्थाहरूले तिर्नुपर्ने करको गणना नमिलेको भन्दै प्रश्न… पुरा पढौ

टिकापुर घण्टाघरकाे घडी हस्तान्तरण नभइ बिग्रियाे, निर्माण कम्पनी भन्छ- याे प्राविधिक कारण हाे

कैलाली, ३१ असार । सहरी विकास तथा भवन निर्माण विभाग सङ्घीय आयोजना कार्यान्वयन एकाइले कैलालीको टीकापुरमा घण्टाघर निर्माणका लागि रोयल प्रशंसा जेभीसँग २०७५ फागुन १९ गते सम्झौता गरेको थियो । सम्झौताअनुसार निर्माण कम्पनीले २०७७ भदौ २५ गते काम सम्पन्न गर्नुपर्ने भए पनि कोरोना सङ्क्रमणका कारण काम लम्बियो । केही महिना अगाडिमात्रै निर्माण सम्पन्न गरी टीकापुर नगरपालिकालाई हस्तान्तरणको तयारी गरिए पनि घण्टाघरमा राखिएका ४ घडीले भने समय दिन छाडेका छन् । टीकापुर नगरपालिकाका नगर उपप्रमुख खड्कबहादुर शाहले निर्माण कम्पनीले नगरपालिकालाई घण्टाघर… पुरा पढौ

रसुवागढी नाका दुईतर्फी खाेल्न चीनले सहमती जनायाे

काठमाडौं, ३१ असार । रसुवागढी नाका दुईतर्फी रूपमा सञ्चालन गर्न चीन सरकार सहमत भएको छ । नेपाल र चीनका अधिकारीहरूबीच बिहीबार भएको भर्चुअल छलफलमा कोभिड प्रोटोकलसहित नाका खुलाउने सहमति जुटेको परराष्ट्र मन्त्रालयले जनाएको छ । ‘कोभिड-१९ स्वास्थ्य प्रोटोकल र दिशानिर्देशहरू पालना गर्दै रसुवागढी र केरुङ सीमा बन्दरगाहबाट दुईतर्फी व्यापार सुचारु गर्न दुवै पक्ष सहमत भएका छन् । यसका लागि दुवै पक्षले महामारी रोकथाम र नियन्त्रण संयन्त्र स्थापना गर्नेछन्,’ परराष्ट्र मन्त्रालयले विज्ञप्तिमा भनेको छ । नेपाल-चीन सीमा व्यवस्थापन सम्बन्धि उक्त बैठकमा… पुरा पढौ

अध्यक्ष दाहाल ‘प्रचण्ड’ आज तीनदिने भारत भ्रमणमा जाँदै

काठमाडौं, ३१ असार । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज तीनदिने भारत भ्रमणमा जाँदै हुनुहुन्छ । भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष जगतप्रकाश नड्डाको निमन्त्रणामा उनी भारत भ्रमणमा जान लागेको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ । दुई महिनाअघि नेपालका लागि तत्कालीन भारतीय राजदूत विनयमोहन क्वात्राले अध्यक्ष दाहाललाई भेटी उपयुक्त समयमा भारत भ्रमणको निम्तो दिएका थिए। अध्यक्ष दाहालको भ्रमणका बारेमा बिहीबार साँझ बसेको स्थायी समिति बैठकमा छलफल भएको थियो । बैठकले अध्यक्ष दाहालको भ्रमणले नेपाल–भारतबीचको आपसी सम्बन्धलाई थप सुदृढ गर्न… पुरा पढौ

यातायातका सेवाग्राहीलाई दुःख दिने बिचौलिया पक्राउ

काठमाडौं, ३१ असार । नेपाल प्रहरीले यातायात व्यवस्था कार्यालय सानो भ¥याङमा सेवाग्राहीलाई दुःख दिने बिचौलियालाई पक्राउ गरेको छ । प्रहरी वृत्त स्वयम्भुको टोलीले छिटो काम गरिदिने आश्वासन दिएर सेवाग्राहीलाई जबरजस्ती तानी सरकारी काम कारबाहीमा बाधा अवरोध गरी अनावश्यक दुःख दिने ६ जनालाई बिहीबार पक्राउ गरेको हो । पक्राउ पर्नेमा उदयपुरका २४ वर्षीय अजय मगर र ३४ वर्षीय वीरबहादुर मगर, रौतहटका ३३ वर्षीय विश्वबल्लभ लामा र २४ वर्षीय सुवास योन्जन लामा, झापाका २४ वर्षीय विशाल उप्रेती र सर्लाहीका २४ वर्षीय विमल… पुरा पढौ

प्रदेश १, मधेश र बागमतीका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना

काठमाडाैं, ३१ असार । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको सामान्य प्रभाव रहेको जनाएकाे छ । देशभर आंशिकदेखि सामान्यता बदली रहेको बताइएकाे छ । असार ३१ गते (शुक्रबार) दिउँसो:  देशभर आंशिक देखि सामान्यता बदली रहनेछ।  देशका  पहाडी भू-भागका केही स्थानहरुमा र बाँकी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । राती देशको पहाडी भू-भागमा आंशिक देखि सामान्यता बदली रही बाँकी भू-भागमा आंशिक देखि मौसम सामान्यता सफा  रहनेछ । प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशका थोरै स्थानहरुमा र बाँकी… पुरा पढौ

राेटरीले गर्याे पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई क्याथ ल्याब हस्तान्तरण, मुटुराेगकाे उपचार अब पाेखरामै हुने

पोखरा, ३० असार । रोटरी क्लबको सहयोगमा पश्चिमाञ्चल क्षेत्रीय अस्पत्ताल पाेखरामा जडान गरिएको क्याथ ल्याब अस्पताल व्यवस्थापनलाई हस्तान्तरण गरिएको छ । बिहीबार एक कार्यक्रमबिच स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङ, रोटरी इन्टरनेशनलका निवर्तमान इन्टरनेशनल प्रेसिडेन्ट शेखर मेहता र रोटरी क्लब अफ पोखरा २०२२-२३ का अध्यक्ष रोटरीयन डा. राजेन्द्रकुमार गौतमले उद्घाटन पश्चात संयुक्त रुपमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा.डुकबहादुर क्षेत्रीलाई क्याथ ल्याब हस्तान्तरण गरेका थिए । कार्यक्रममा बोल्दै स्वास्थ्य मन्त्री खापुङले गण्डकी प्रदेशवासीहरुलाई अब मुटुको उपचारका लागि संघीय राजधानी काठमाडौं धाउनुपर्ने… पुरा पढौ

आन्तरिक राजस्व हेटौंडाले नियमानुसार राजस्व नबुझाउने १३ व्यावसायिक फर्मको बैंक खाता रोक्याे

हेटाैडा, ३० असार। आन्तरिक राजस्व कार्यालय हेटौडाले लामो समयदेखि तोकिएको राजस्व दाखिला नगर्ने मकवानपुर जिल्लाका १३ व्यवसायिक फर्मको बैंक खाता रोक्का गरी कारबाही गरेको जनाएको छ। लिखित तथा मौखिकरुपमा पटक–पटक राजस्व दाखिला गर्नका लागि ताकेता गर्दासमेत अटेर गरेपछि सम्बन्धित करदाता र व्यावसायिक फर्मको बैंक खाता रोक्का गरी कानुनी कारबाही अगाडि बढाइएको कार्यालय प्रमुख मोहलाल जिसीले जानकरी दिएका छन। यसरी बैंक खाता रोक्का गरिएकामध्ये आयकर वक्यौतातर्फ ७ वटा व्यावसायिक फर्म र मूल्य अभिवृद्धिकर वक्यौता तर्फका ६ वटा व्यावसायिक फर्म रहेको उनले… पुरा पढौ

राष्ट्रिय गौरवका आयोजनाकाे किन बढ्दैछ लागत र समय ?

काठमाडौं, ३० असार । राष्ट्रिय गौरवका परियोजना अन्तर्गत सञ्चालित आयोजनाको लागत र खर्च दुबैमा वृद्धि भएको पाइएको छ। महालेखा परीक्षकको कार्यालयले बुधबार सार्वजनिक गरेको ५९औँ प्रतिवेदन अनुसार गौरवका आयोजनाको खर्च न्यून र समय बढ्न गएको देखिएको हो। सरकारले गत आर्थिक वर्ष २०६८-६९ मा समृद्ध सडक पूर्वाधार विकासको आधारशीला निर्माण गर्ने, सिँचाइ सुविधामार्फत कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व बढाउने, जलविद्युत्, विमानस्थल निर्माण, खानेपानी व्यवस्था, सांस्कृतिक सम्पदाको संरक्षण लगायतका क्षेत्रमा महत्वपूर्ण देखिएका १७ आयोजनालाई उच्च प्राथमिकतामा राखी कार्यान्वयन गर्न राष्ट्रिय गौरवका आयोजना… पुरा पढौ

गर्भनरको राजिनामा हल्लाबीच नेप्से उकालो लाग्दै, एनआईसी एशिया बैंककाे ३० कराेड बढीकाे काराेबार

काठमाडौं, ३० असार । साताको सेयर कारोबार हुने पाँचौ दिन बिहिबार पनि नेपाली सेयर बजारमा हरियाली छाएको छ । नेप्सेमा बृद्धिसंगै कारोबार रकममा पनि बृद्धि भएको छ । लगातार दोश्रो दिनको सेयर बजारको सकारात्मक माहाेलले लगानीकर्ताहरुमा उत्साह थपिएको छ । लामो समयसम्म १९ बुँदे माग राखेर आन्दोलनमा रहेका लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्ड (सेबोन) संग १९ बुँदे सहमति गरेपछि पनि ढुक्क भएका थिएनन् र उनीहरु अझैं पनि नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जामा लगाएको ४/१२ को क्यापको कारण असन्तुष्ट रहिरहेका छन्… पुरा पढौ