मुख्य समाचार

प्रदेश १, मधेश र सुदूरपश्चिम प्रदेशका  केही स्थानमा हल्का वर्षा

काठमाडाैं, १९ असार । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय, जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशभर आंशिक देखि सामान्य बदली रही  प्रदेश १, मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशका  केही स्थानहरुमा हल्का वर्षा भइरहेको जनाएकाे छ।  असार १९ गते (आइतबार) दिउँसो:  देशभर सामान्यतया बदली रहनेछ ।  देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। राती : देशभर आंशिक देखि सामान्य बदली रहनेछ । देशका पहाडी भ-भागका केही स्थानहरुमा र बाँकी भू-भागका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती र गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी… पुरा पढौ

छानबिन समितिको निष्कर्ष : राज्यमन्त्री विमला वली दोषी

रुपन्देही, १९ असार । लुम्बिनी प्रदेशका निवर्तमान स्वास्थ्य, जनसङ्ख्या तथा परिवार कल्याण राज्यमन्त्री विमला वली दोषी रहेको पाइएको छ । राज्यमन्त्री ओलीले पदमा रहेका बेला गत महिना दाङमा महिला र बालिकामाथि गरेको दुव्र्यवहार सम्बन्धमा छानबिन गर्न बनेको समितिले व्यक्तिगत लेनदेन भए पनि घरमै पुगेर दुव्र्यवहार गर्नु कमजोरी भएको छानबिन समितिको ठहर छ । मुख्यमन्त्री कुलप्रसाद केसीलाई प्रतिवेदन हस्तान्तरण गर्दै छानबिन समितिका संयोजक आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माले राज्यमन्त्री वली अनाधिकृतरूपमा अरूको घरमा जानु कमजोरी भएको बताए। मन्त्री शर्माले एकराज… पुरा पढौ

प्रधानमन्त्री देउवाद्वारा निजगढमा दुई धावनमार्गसहितको विमानस्थल बनाउन प्राधिकरणलाई निर्देशन

काठमाडौं, १८ असार । प्रधानमन्त्री शेरबहादुर देउवाले बाराको निजगढमा दुई धावनमार्ग ‘रनवे’सहितको विमानस्थल निर्माण गर्न नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री देउवासहित सत्तारुढ दलका शीर्ष नेताहरूको टोलीले निजगढ विमानस्थलको आज स्थलगत निरीक्षणपछि यस्तो निर्देशन दिएको प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले जानकारी दिए। प्रधानमन्त्री देउवाका साथै गठबन्धन दलका शीर्ष नेताहरुले विमानस्थल बनाउनुपर्नेमा जोड दिएको अधिकारीले बताए। निजगढ विमानस्थल निर्माणस्थलको अवलोकनका लागि प्रधानमन्त्री देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता… पुरा पढौ

मौद्रिक नीतिमार्फत पर्यटनका समस्या सम्वोधन गर्न पाेखराका पर्यटन व्यवसायीले गभर्नर अधिकारीलाई गरे आग्रह

पोखरा, १८ असार । कोरोनाले थलिएको पर्यटनलाई पुनरुत्थान गर्दै व्यवसायलाई निरन्तरता दिन विशेष राहतका कार्यक्रम ल्याउन होटल संघ पोखरा नेपालले नेपाल राष्ट्र बैंकलाई आग्रह गरेको छ । केही हप्तापछि सार्वजनिक हुन लागेको नयाँ मौद्रिक नीतिका सन्दर्भमा नेपाल राष्ट्र बैंकलाई सुझाव प्रदान गर्न संघले शनिबार पोखरामा उद्योगी व्यवसायीसहित एक अन्तरक्रिया तथा छलफल कार्यक्रम आयोजना गरेको थियो । सो अवसरमा संघका अध्यक्ष लक्ष्मण सुवेदीले गभर्नर महाप्रसाद अधिकारीलाई संस्थाका तर्फबाट लिखित सुझाव तथा मागहरु प्रदान गरेका थिए । गत जेठ १५ मा प्रस्तुत… पुरा पढौ

चुइगम पड्काएरै सकियाे ४१ करोड, चकलेट आयातमा रु दुई अर्ब ८३ करोड बढी रकम बाहिरियाे

काठमाडौं, १८ असार । न त छाक टर्ने, न त पेट भरिने । नखाए पनि हुने, नखाँदा परि नपरिने अनावश्यक वस्तुमा समेत ठूलो मात्रामा पैसा खर्च हुने गरेको पाइएको छ । स्वास्थ्यलाई फाइदा गर्ने भए त ठिकै पनि हो । कुनै पनि हिसाबले पनि अर्थ नभएको वस्तु आयात गरेर ठूलो मेहनत गरेर जम्मा पारेको विदेशी मुद्रा खर्च गर्नुपरेको छ । अनावश्यक र फजुल खर्चमा नेपाली कति अगाडि छन् भन्ने कुराको खास उदाहरण हो चुइगम आयातको तथ्याङ्क । न औषधि नै… पुरा पढौ

बारा पुगेर प्रधानमन्त्री देउवाले भने- निजगढ अन्तर्राष्ट्रिय विमानस्थल सरकारको प्राथमिकतामा छ

वारा, १८ असार । प्रधानमन्त्री शेरबहादुर देउवाले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कामलाई सरकारले पहिलो प्राथमिकतामा राखेर अघि बढ्ने बताएका छन । प्रस्तावित विमानस्थलको निरीक्षण गर्न गठबन्धन दलका शीर्ष नेतासहित आज नेपाली सेनाको हेकिप्टरबाट बारा पुगेका प्रधानमन्त्री देउवाले निजगढ विमानस्थल बनाउने काममा अब ढिलासुस्ती नहुने उल्लेख गरे । सुरुमा दुई लेनको रन्वेसहित विमानस्थल निर्माण छिट्टै सुरु गरिने उनले प्रतिबद्धता समेत व्यक्त गरेका छन । तराई–मधेस द्रुतमार्ग र विमानस्थल एकअर्कासँग जोडिएका आयोजना रहेका उल्लेख गर्दै प्रधानमन्त्री देउवाले दुवै आयोजना निर्माणको काम नरोकिने… पुरा पढौ

चीनसँंगको व्यापारमा समन्वय गरिदिन नवनियुक्त राजदूत श्रेष्ठलाई चेम्बरले गर्यो आग्रह

काठमाडौं, १८ असार । नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीले चीनका लागि नवनियुक्त राजदूत विष्णु पुकार श्रेष्ठसँग भेटवार्ता गरेका छन । श्रेष्ठसँग भएको भेटबार्ताका क्रममा नेपाल चीन व्यापार सहजिकरण गर्ने विषयमा छलफल भएको नेपाल चेम्बर अफ कमर्सले जनाएको छ । चीनका लागि नवनियुक्त राजदूत श्रेष्ठसँग चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले दुई मुलुकबीच भन्सार सहजिकरण मार्फत नेपालको निर्यात बढाउनुपर्नेमा जोड दिएका थिए । नेपालबाट कृषि, हस्तकलाका सामान, मुर्तिजन्य बस्तुहरुको निर्यात प्रवर्धनका लागि भन्सारमा उच्चस्तरीय प्रयोगशाला निर्माण गर्नुपर्ने बताउदै ग्वाङझाउ तथा ल्हासास्थित महावाणिज्य दुतावासलाई… पुरा पढौ

डिजिटल करेन्सीको अवधारणामा केन्द्रीय बैंक लागेकाे छ : गभर्नर

काठमाडौं,१८ असार । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले केन्द्रीय बैंक पनि डिजिटल करेन्सीकोअवधारणामा जानुपर्ने बताएका छन । उनले दक्षिण एसियाको साझा मञ्चमा आफुले यो बारेमा प्रस्ताव गरिसकेकाे समेत खुलाए । नेपाल बैंकर्स संघले पोखरामा आयोजना गरेको कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले डिजिटल करेन्सीको बारेमा ९० भन्दा बढि देशले अध्ययन गरिरहेको जानकारी दिँदै ठोस निष्कर्ष कसैले पनि निकालिनसकेको बताए। डिजिटल करेन्सीबाट हतास हुनुपर्ने अवस्था नआउने भन्दै भौतिक मुद्रा हटेर भने गइनहाल्ने बताए। रातारात डिजिटल मुद्रा लागु त हुदैन तर डिजिटल मुद्राको… पुरा पढौ

प्रधानसेनापति शर्मा संयुक्त राष्ट्रसङ्घकाे मुख्यालयमा

काठमाडौँ, १८ असार । संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा रहेका प्रधानसेनापति प्रभुराम शर्मा तथा भ्रमणदलका सदस्यहरुले संयुक्त राष्ट्रसङ्घ मुख्यालयको भ्रमण गरेका छन । शर्माले मुख्यालयस्थित राष्ट्रसङ्घका उच्च पदस्थ पदाधिकारीसँग भेटघाट तथा छलफल गरी दुई पक्षीय आपसी हित र पारस्परिक सम्बन्ध एवं युएन मिसनका विविध पक्षका बारेमा छलफल गरेकाे सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालय काठमाडाैले जनाएको छ । उनले त्यहाँको सैन्य मामला कार्यालयका सैन्य सल्लाहकार बिरामे दिओप, शान्ति स्थापना कार्यसञ्चालन विभागका उपमहासचिव जाँ पिये लाक्रोइ, कार्य सञ्चालन सहायता विभागका उपमहासचिव अतुल… पुरा पढौ

बेनी–जोमसोम सडक अवरुद्ध, सडक खुलाउने प्रयास जारी

म्याग्दी, १८ असार । म्याग्दीको उत्तरी क्षेत्र हुदै हिमालपारीको जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक आज बिहानदेखि अवरुद्ध भएको छ । म्याग्दी र मुस्ताङको सिमानामा पर्ने काभ्रेभिरमा गए राती पहिरो खसेपछि ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकमा यातायात सेवा बन्द भएको हो । बेनी–जोमसोम–कोरला सडक आयोजनाका सुपरभाइजर ईन्द्रसिंह शेरचनले सडकको बिचमा ठुलो ढुङ्गा खसेर अवरोध भएको बताए । “सडक खुलाउने काम भइरहेको छ,” उनले भने । सडक स्तरोन्नतिको ठेकेदार कम्पनी शर्मा–गजुरमुखीको डोजर परिचालन गरेपनि सफल नभएपछि विस्फोटक पदार्थको प्रयोग गरेर… पुरा पढौ