मुख्य समाचार

लाभांश प्रस्ताव पारित गर्न एक्सेल डेभलपमेन्ट बैंकले बाेलायाे साधारणा सभा

काठमाडाैं, १९ असार । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले साउन ९ गते साेह्राैं साधारण सभा बाेलाएकाे छ । बैंकले लाभांश प्रस्ताव पारित गर्नका लागि वार्षिक साधारण सभा बोलाएको हाे । सभा बिर्तामोडस्थित सिद्धार्थ होटलमा पूर्वान्ह ११ बजेदेखि शुरु हुने बैंकले जनाएकाे छ। साधारण सभाबाट अहिले कायम रहेकाे चुक्ता पूँजीको ८.५० प्रतिशतकाे दरले बोनस सेय्शेर तथा त्यसकाे कर प्रयोजनका लागि ५१ लाख ५२ हजार ७५४ रुपैयाँ बराबरको नगद लाभांश विरतण गर्ने प्रस्ताव पारित हुनेछ । सभाले उपयुक्त लागेका बैंक तथा वित्तीय संस्थासँग… पुरा पढौ

लघुवित्तबाट ऋण लिनेको संख्या ३२ लाख पुग्यो, सबैभन्दा धेरै लगानी कृषि क्षेत्रमा

काठमाडौं, १९ असार । लघुवित्त वित्तीय संस्थाहरूबाट ऋण लिने ऋणीको संख्या ३२ लाख नाघेको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको २०७८ चैत महिनासम्मको विवरणअनुसार ६५ लघुवित्तबाट ३२ लाख ४७ हजार २७६ जनाले ऋण लिएका हुन् । जसमध्ये पुरूष ऋणीको संख्या ९२ हजार ८०३ छ । भने महिला ऋणीको संख्या ३१ लाख ५४ हजार ४७३ छ । ६५ लघुवित्तमध्ये सबैभन्दा धेरै कर्जा छिमेक लघुवित्तबाट लिएका छन् । लगानीमध्ये सबैभन्दा धेरै कर्जा कृषि क्षेत्रमा प्रवाह भएको देखिएकाे छ । छिमेक लघुवित्त… पुरा पढौ

बाह्य क्षेत्र सन्तुलनमा राख्न आर्थिक वृद्धिदर २ प्रतिशतमा सीमित राख्नुपर्छ- डा. युवराज खतिवडा

काठमाडौं, १९ असार । पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले सरकारले आर्थिक वर्ष २०७९/८० मार्फत लिएको ८ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने हो भने व्यापार असन्तुलन झन् बढ्ने टिप्पणी गरेका छन् । मदन भण्डारी वौद्धिक मञ्चले आयोजना गरेको कार्यक्रममा पूर्व अर्थमन्त्री डा. खतिवडाले आर्थिक वृद्धिमा मात्र ध्यान दिने हो भने सरकारले भनेझैं आत्मनिर्भर अर्थतन्त्रको बाटोमा जान नसक्ने बताए । ‘यदि ८ प्रतिशतको आर्थिक वृद्धि पुग्ने अवस्था आयो भने वाह्य क्षेत्र असन्तुलन अहिलेको भन्दा दोब्बर खराब हुँदै जान्छ । यो कुरो सरकारले हेक्का… पुरा पढौ

समृद्ध भुम्लु निर्माणको लागि महिनाको एक दिन श्रम अभियान

बनेपा, १९ असार । हातमा औजार बोकेका व्यक्ति लर्को लागेर एकाएक सडक छेउछाउमा भएको झाडी नष्ट गर्न थाल्छन् । पक्की सडकको दायाँबायाँ सडक नै ढाकिने गरी झाडी फैलिएको छ । झाडी सफा गर्दै र फाँडेका झाडीको व्यवस्थापनमा तल्लीन देखिन्थे प्रेमबहादुर भुजेल र जितेन्द्रमान तामाङ । सडक प्रयोगकर्ताका लागि घुम्ती र सिधा देखिने सडकखण्डमा पनि आवतजावत गर्न बाधा पु¥याएको झाडी सफा गरेपछि अहिले सहज देखिएको छ । यो दृश्य हो काभ्रेपलाञ्चोक जिल्ला भुम्लु गाउँपालिका डुम्रे–घट्टेखोला सडकखण्डको । जहाँ गाउँपालिका अध्यक्ष प्रेमबहादुर भुजेल… पुरा पढौ

हिमालयन हाइड्रोपावरको सेयरमा आजसम्म आवेदन दिन सकिने

काठमाडाैं, १९ असार । हिमालयन हाइड्रोपावर निष्काशन गरेकाे सेयरमा आवेदन दिने आज असार १९ गते अन्तिम दिन रहेकाे छ । कम्पनीले असार १५ गतेदेखि सर्वसाधारणकाे लागि १९ लाख ६८ हजार २५० कित्ता साधारण सेयर निष्काशन तथा बिक्रीमा ल्याएकाे थियाे । यसअघि प्रतिशेयर १०० अंकित दरमा ९ लाख कित्ता आयोजना प्रभावित क्षेत्रका जनताका लागि निष्काशन गरिएकाे थियाे । २ लाख ८१ हजार ७५० कित्ता सेयर बाँडफाँड भएको थियाे। ६ लाख १८ हजार २५० कित्ता बाँकी रहेकाे थियाे । कम्पनीले उक्त सेयरसहित… पुरा पढौ

फेसबुक, इन्स्टाग्राम, ट्विटर चलाउने, कोपोमिसमा विवरण भर्न नजान्ने ? कारबाहि हुन्छ : रजिष्ट्रार पण्डित

काठमाडाैं, १९ असार । सहकारी तथा गरिबीसम्बन्धी व्यवस्थापन सूचना प्रणाली (कोपोमिस)मा विवरण प्रविष्ट गर्न सहज भएको दाबी गरिएको छ । सहकारी विभागका रजिष्ट्रार रुद्रप्रसाद पण्डितले सहकारीले सफ्टवेयर चलाउन नजानेर विवरण प्रविष्ट नगरेको भन्ने भनाइ सही नभएको बताए । विभागले सहकारीलाई कोपोमिसमा सामान्य विवरणमात्र प्रविष्ट गर्न आग्रह गरेको स्मरण गराउँदै उनले प्रतिप्रश्न गरे, “मोबाइलमा फेसबुक, इन्स्टाग्राम, ट्विटर चलाउन जान्ने, कोपोमिसमा विवरण भर्न नजान्ने ? कर कार्यालयमा करचुक्ता लिनका लागि अनलाइन फारम भर्न सक्ने व्यक्तिले सहजै कोपोमिसमा विवरण प्रविष्ट गर्नसक्ने बताए। नेपाल… पुरा पढौ

माओवादी केन्द्र संसदीय दलको बैठकद्वारा बजेटको पक्षमा उभिन निर्देशन

सुदूरपश्चिम, १९ असार । सुदूरपश्चिम प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) संसदीय दलले सरकारले ल्याएको बजेट कार्यक्रमका पक्षमा उभिन पार्टीका प्रदेशसभा सदस्यलाई निर्देशन दिएको छ । संसदीय दलका नेता एवं प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले संसदीय दलको बैठकमा बजेट कार्यक्रममा देखिएको कमीकमजोरीलाई कानूनअनुसार सच्याउन मिल्ने भए सच्याउने प्रतिबद्धता व्यक्त गर्दै बजेटको पक्षमा उभिन निर्देशन दिएको सो पार्टीका प्रदेशसभा सदस्य प्रेमप्रकाश भट्टले जानकारी दिए। “बजेट कार्यक्रममा जहाँ त्रुटि छ, त्यसलाई सच्याउनु प¥यो भन्ने विषयमा दलको बैठकमा प्रदेशसभाका सदस्यहरुबीच छलफल भयो”, भट्टले भने, “मुख्यमन्त्रीले कानूनअनुसार सच्याउन… पुरा पढौ

प्रदेश १, मधेश र सुदूरपश्चिम प्रदेशका  केही स्थानमा हल्का वर्षा

काठमाडाैं, १९ असार । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय, जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशभर आंशिक देखि सामान्य बदली रही  प्रदेश १, मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशका  केही स्थानहरुमा हल्का वर्षा भइरहेको जनाएकाे छ।  असार १९ गते (आइतबार) दिउँसो:  देशभर सामान्यतया बदली रहनेछ ।  देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। राती : देशभर आंशिक देखि सामान्य बदली रहनेछ । देशका पहाडी भ-भागका केही स्थानहरुमा र बाँकी भू-भागका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती र गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी… पुरा पढौ

छानबिन समितिको निष्कर्ष : राज्यमन्त्री विमला वली दोषी

रुपन्देही, १९ असार । लुम्बिनी प्रदेशका निवर्तमान स्वास्थ्य, जनसङ्ख्या तथा परिवार कल्याण राज्यमन्त्री विमला वली दोषी रहेको पाइएको छ । राज्यमन्त्री ओलीले पदमा रहेका बेला गत महिना दाङमा महिला र बालिकामाथि गरेको दुव्र्यवहार सम्बन्धमा छानबिन गर्न बनेको समितिले व्यक्तिगत लेनदेन भए पनि घरमै पुगेर दुव्र्यवहार गर्नु कमजोरी भएको छानबिन समितिको ठहर छ । मुख्यमन्त्री कुलप्रसाद केसीलाई प्रतिवेदन हस्तान्तरण गर्दै छानबिन समितिका संयोजक आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माले राज्यमन्त्री वली अनाधिकृतरूपमा अरूको घरमा जानु कमजोरी भएको बताए। मन्त्री शर्माले एकराज… पुरा पढौ

प्रधानमन्त्री देउवाद्वारा निजगढमा दुई धावनमार्गसहितको विमानस्थल बनाउन प्राधिकरणलाई निर्देशन

काठमाडौं, १८ असार । प्रधानमन्त्री शेरबहादुर देउवाले बाराको निजगढमा दुई धावनमार्ग ‘रनवे’सहितको विमानस्थल निर्माण गर्न नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री देउवासहित सत्तारुढ दलका शीर्ष नेताहरूको टोलीले निजगढ विमानस्थलको आज स्थलगत निरीक्षणपछि यस्तो निर्देशन दिएको प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले जानकारी दिए। प्रधानमन्त्री देउवाका साथै गठबन्धन दलका शीर्ष नेताहरुले विमानस्थल बनाउनुपर्नेमा जोड दिएको अधिकारीले बताए। निजगढ विमानस्थल निर्माणस्थलको अवलोकनका लागि प्रधानमन्त्री देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता… पुरा पढौ