मुख्य समाचार

अघिल्लो महिना हवाईमार्गबाट ४७ हजार पर्यटक नेपाल भित्रिए

कामाडाैं, २० असार । सन् २०२२ को जुन महिनामा हवाई मार्ग भएर ४६ हजार ९०० विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार यो सङ्ख्या सन् २०१९ को तुलनामा ६९.३ प्रतिशत रिकोभरी भएको हो । सन् २०१९ मा ६१ हजार ३५१ विदेशी पर्यटक नेपाल भ्रमणमा आएका थिए । योसँगै अङ्ग्रेजी वर्षको ६ महिना अवधिमा कूल २ लाख ३७ हजार ८१३ पर्यटकले नेपाल भ्रमण गरेका छन् । बोर्डका अनुसार मे महिनामा ५३ हजार ६०८ पर्यटकले नेपाल भ्रमण गरेका थिए… पुरा पढौ

अप्पर सोलु हाइड्रोकाे १९ कराेड बढीकाे सेयरमा आजदेखि आवेदन दिन सकिने

काठमाडाैं, २० असार । अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीले आजदेखि सर्वसाधारणका लागि १९ करोड ५७ लाख ५० हजार रुपैयाँ बराबरको सेयर निष्काशन गर्दैछ । कम्पनीका अनुसार रू १०० अंकित मूल्यकाे १९ लाख ५७ हजार ५०० कित्ता साधारण सेयर निष्काशन गर्न लागिएको हो। बिक्रीमा ल्याइने कुल सेयरमध्य ३९ हजार १५० कित्ता कर्मचारीहका लागि रहेकाे छ । ९७ हजार ८७५ कित्ता सामूहिक लगानी कोषको लागि छुट्याइएकाे छ । सर्वसाधारणले बाँकी रहने १८ लाख २० हजार ४७५ कित्ताका लागि आवेदन दिन पाउनेछन्। सेयरमा… पुरा पढौ

बालबालिकालाई लगाउने २३ लाख मात्रा खोप आयो

काठमाडाैं, २० असार। बालबालिकालाई लगाउनका लागि कोरोना भाइरस विरुद्धको खोपको करिब २३ लाख मात्रा नेपाल आइपुगेको छ । कोभ्याक्स सुविधामार्फत ‘फाइजर बायोएनटेक’ खोप नेपाल आइपुगेको स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन शाखाप्रमुख सुरेन्द्र चौरसियाले जानकारी दिए। उनका अनुसार २२ लाख ९९ हजार २०० मात्रा खोप नेपाल आइपुगेको हो । उक्त खोप ५ देखि १२ वर्षमुनिका बालबालिकाका लागि लगाइने छ । शुक्ररबार प्राप्त भएको खोप यसअघि असार ९ देखि १५ गतेसम्म खोप लगाएका बालबालिकालाई दोस्रो मात्रा खोप लगाइने छ । यसअघि बालबालिकालाई… पुरा पढौ

आँधिखोला लघुवित्तको सञ्चालकमा त्रिपाठी नियुक्त

स्याङ्जा , २० असार । स्याङ्जा जिल्लाको भीरकोट न.पा.–१ वयरघारीमा केन्द्रीय कार्यालय रहेको आँधिखोला लघुवित्त वित्तीय संस्थाको सञ्चालकमा बुद्धिसागर त्रिपाठी नियुक्त भएका छन् । यस अघि पाँचौं साधारण सभाबाट निर्वाचित सञ्चालक समितिका सदस्य ई. श्याम बिक्रम खाँणले आफ्नो स्वस्थ्य र घरायसी कारण देखाइ राजिनामा दिएका थिए । संस्थाको यहि जेठ २५ गते बसेको १५३ औं बैठकले उक्त राजिनामा स्वीकृत गरे पश्चात रिक्त रहेको संस्थापक समुहको सञ्चालक पदमा संस्थाको सञ्चालक समितिको असार १८ गते बसेको १५४औं बैठकले त्रिपाठीलाई नियुक्त गरेको हो… पुरा पढौ

देशभर आंशिकदेखि भारी वर्षाको सम्भावना 

काठमाडाैं, २० असार । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएकाे छ । जसका कारण देशका धेरै स्थानमा सामान्य बदली रही  लुम्बिनी प्रदेशका केही र बाकी प्रदेशका थोरै स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।  असार २० गते (सोमबार) दिउँसो:  देशभर आंशिक देखि सामान्य बदली रहनेछ ।  देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।  राती : देशभर आंशिक देखि सामान्य बदली रहनेछ । देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरू र बाग्मती… पुरा पढौ

दाँत कोट्याउने सिन्काको आयातमा रु दुई करोड ५३ लाख बढी रकम विदेशियाे

काठमाडौं, १९ असार । नेपाल राष्ट्र बैंकले हरेक महिना सार्वजनिक गर्ने तथ्याङ्कमा विदेशी मुद्राको सञ्चिती घट्दै गएको स्पष्ट देख्न सकिन्छ । त्यसको पछाडि नेपालीको परनिर्भर जीवनशैलीले पनि काम गरेको छ । जुन सामान आयात नगनरे पनि हुन्छ । ती आयात भइरहेका छन् । जुन अत्यावश्यक सामग्री पनि होइन, त्यस्ता सामग्री आयात गरेर हामी आफैँले विदेशी मुद्राको सञ्चिती घटाइरहेका छौँ । न त खानाको रुपमा प्रयोग गर्न मिल्ने, न त भोक नै मेटिने चुइगमदेखि बिस्कुटसम्म आयात गरेर जिभ्रोको स्वाद मेटिरहँदा त्यसले… पुरा पढौ

सेयर बजारमा अर्धशतको बढोत्तरी, न्यादी ग्रुप पावरले गर्यो २२ करोड बढीको कारोबार

काठमाडौं, १९ असार । नियामक निकाय सेबाेन र लगानीकर्ताबीच १९ बुँदे सहमति कायम भएपछि सकारात्मक लयमा जाँदै र करेक्सन हुँदै आएको सेयर बजारमा आईतबार हरियाली छाएको छ । नेप्से परिसूचकले अर्धशतक पार गरेको छ । साताको सेयरको कारोबार हुने पहिलो दिन आईतबार सेयर बजारमा हरियाली छाउँदा लगानीकर्ताहरु उत्साहि भएका छन्। यसदिन कारोबार रकममा पनि निकै सुधार भएको छ । तर अझैं पनि लगानीर्ताहरुले नेपाल राष्ट्र बैंकले ल्याउने मौद्रिक नीतिलाई कुर्ने आप्नो मनोविज्ञानलाई बदल्ने मनस्थितिमा रहेका छन् । राष्ट्र बैंकले यतिबेला… पुरा पढौ

विज्ञापन आचारसंहिता आजदेखि लागू , कार्यान्वयन पक्ष झनै महत्वपूर्ण रहेकाे सञ्चारमन्त्री कार्कीकाे भनाई

काठमाडौं, १९ असार। सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कुनैपनि नीति निर्माणसँगैं कार्यान्वयनको पक्ष अझै महत्वपूर्ण रहेको बताएका छन । विज्ञापन उत्पादन, वितरण, प्रकाशन तथा प्रसारणसम्बन्धी आचारसंहिता सार्वजनिक गर्ने कार्यक्रममा मन्त्री कार्कीले सबैले आचारसंहिता अरूलाई लाग्ने भए पनि आफूलाई लाग्दैन भन्ने सोच्ने गरेको बताए । आचारसहिंता अरुलाई लागेजस्तै मलाई पनि लाग्छ भन्ने सोच्नुपर्ने बताउदै देशमा स्वतन्त्रता र सुशासन सँगसँगै अघि बढाउनुपर्नेमा मन्त्री कार्कीले जाेड दिए । “देश विकसित, सभ्य र सुन्दर बनाउन अनुशासन पहिलो प्राथमिकता हो ।” आचारसहिंतामा जुनजुन… पुरा पढौ

रात्रि बेसअनुरुप पूर्ण क्षमतामा उडान भर्दै ३३ विमान कम्पनी

काठमाडौं, १८ असार । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (त्रिअवि) मा आन्तरिक उडानका ३३ विमानले रात्रिकालीन (अपे्रशन बेस) अनुरुप पूर्ण क्षमतामा उडान सञ्चालन गरिरहेका छन् । काठमाडौँ विमानस्थलमा आन्तरिकतर्फ १७ वटा विमानका लागि मात्रै पार्किङको क्षमता रहेको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले बाँकी ३३ विमानले काठमाडौँ बाहिरबाट उडान गर्नुपर्ने निर्णय गरको थियो । आन्तरिकतर्फ १७ वटा विमानले रात्रिकालीन बेसअनुरुप उडान गर्नुपर्ने प्राधिकरणको निर्णयबमोजिम अन्य एयरलाइन्सले काठमाडौँ बाहिरबाट उडान सञ्चालन गरिरहेका हुन् । आन्तरिक उडानमा नौ वायुसेवा कम्पनीका ५२ विमान छन् । अन्तर्राष्ट्रिय… पुरा पढौ

भोजपुरको श्यामशिला बन्याे किवीको पकेट क्षेत्र, ३०० रोपनी क्षेत्रमा व्यावसायिक किवी खेती

भोजपुर, १९ असार । भोजपुरको पौवादुङमा गाउँपालिकाको श्यामशिलालाई किवी पकेट क्षेत्रका रूपमा विकास गरिएको छ । यहाँको कूल १२ दशमलव ५१ वर्गकिलोमिटर भ–ूभागमध्ये उपयुक्त जमिनलाई समेटेर गाउँपालिकाले किवीको नमूना पकेट क्षेत्रका रूपमा विस्तार थालेको हो । यहाँका ९० कृषकले पछिल्लो समय ३०० बढी रोपनी क्षेत्रमा व्यावसायिक किवी खेती गरिरहेका छन् । पकेट क्षेत्र निर्धारण गरेसँगै गाउँपालिकाले कृषकलाई आर्थिक तथा प्राविधिक सहयोगसमेत गरिरहेको छ । यो क्षेत्रमा गाउँपालिकाले विभिन्न आर्थिक वर्षमा गरी रु ५० लाख बढी सहयोग गरिसकेको गाउँपालिकाको प्रमुख प्रशाकीय… पुरा पढौ