मुख्य समाचार

व्यावसायिक केरा खेतीबाट २० लाखसम्म आम्दानी गर्दै राना

कञ्चनपुर, १५ असार । शुक्लाफाँटा नगरपालिका–१२ कालागौंडीका मोहन राना व्यावसायिक केरा खेती गर्ने किसानका रुपमा परिचित छन् । उनले १२ बिघा जग्गामा केरा खेती विस्तार गरेका छन् । आठ बिघा जग्गा रानाको आफ्नो स्वामित्वको हो । ४ बिघा जग्गा वार्षिक रुपमा रकम तिर्ने गरी लिजमा लिएका छन् । लिजमा लिएको जग्गामध्ये डेढ बिघा जग्गा लालझाडी गाउँपालिकाको चानदेवमा रहेको छ । किसान रानाको खेतबारीमा बढी उत्पादन दिने जी नौ जातको केरा रोपिएको छ । रोपिएको केराको बोटमा घडी (फल) लाग्न सुरु… पुरा पढौ

१० वटा ब्रोकरलाई १५ स्थानमा शाखा खोल्न अनुमति दिँदै धितोपत्र बोर्ड, कुन ब्रोकर कहाँ ?

काठमाडौं, १५ असार । नेपाल धितोपत्र बोर्डले ४ वटा ब्रोकर कम्पनीलाई ७ वटा शाखा खोल्न अनुमति दिएको छ भने १० वटा ब्रोकरलाई १५ स्थानमा शाखा खोल्न अनुमति दिने तयारीमा जुटेको छ । बोर्डका अनुसार धितोपत्र दलाल व्यवसायीको शाखा संचालनका लागि बोर्डले अहिलेसम्म भिजन सेक्युरिटिलाई ४ स्थानमा, अनलाइन सेक्युरिटिजलाई १ स्थानमा, दिपशिला धितोपत्र कारोबार कम्पनीलाई १ ठाँउमा र नेपाल स्टक हाउसलाई २ स्थानमा शाखा खोल्न अनुमति दिएको छ । यस्तै बोर्डले पूर्वाधार तयार गर्न १० वटा ब्रोकरको १५ वटा शाखालाई अनुमति… पुरा पढौ

राप्तीमा पानीको सतह बढ्यो, सतर्कता अपनाउन आग्रह

बाँके, १५ असार । राप्ती नदीमा पानीको सतह बढ्दै गएपछि स्थानीय प्रशासनले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ । गत मध्यरातबाट परेको अविरल वर्षाका कारण नदीमा बाढीको सतह बढ्दै गएको जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र बाँकेका सूचना अधिकृत रुपन ज्ञवालीले जानकारी दिए। उनका अनुसार, पछिल्लो छ घण्टामा बाँकेमा १५० मिलीमिटर वर्षा मापन भएको छ । बुधबार बिहान ९ बजे राप्ती नदीमा पानीको सतह ३ दशमलव १८ मिटर रहेको छ । आज दिनभरि मध्यम वर्षाद भइरहने अनुमान रहेकाले राप्ती… पुरा पढौ

भक्तपुरे ‘जुजु धौ’ को माग बढ्याे, दैनिक २ हजार लिटरसम्म दही बिक्री

भक्तपुर, १५ असार । भक्तपुरका दही व्यवसायीलाई ‘जुजु धौ’ दही बनाएर बिक्री गर्न भ्याइनभ्याई भएको छ । बिहानैदेखि जुजु धौ पसलमा उपभोक्ताको भीड लागेको छ । अन्य बेला दिनको करिब २०० लिटर जुजु धौ बिक्री गर्ने व्यवसायीले अहिले २ हजार लिटर सम्म दही मध्याह्नसम्म बिक्री गरिसक्ने सैजु जुजु धौ जगातीका सञ्चालक रामप्रसाद सैजुले जानकारी दिएका छन। उनले भने, “दहीको माग अत्यधिक छ, मंगलबारदेखि नै बिक्री ह्वात्तै बढेको छ । अहिले बिहानैदेखि पसलमा दही लिन आउने सङ्ख्या अत्यधिक छ । माग… पुरा पढौ

बुढीगण्डकी बनाउन कम्पनी स्थापना गर्ने सरकारको निर्णय, यस्तो छ शेयर संरचना

काठमाडौं, १५ असार । सरकारले अन्ततः राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको बुढीगण्डकी जलाशयुक्त आयोजनालाई कम्पनी मोडलमा निर्माण गर्ने भएको छ । मन्त्रिपरिषद्को बैठकले सो आयोजना कम्पनी मोडलमा निर्माण गर्नेसम्बन्धी ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयले गरेको प्रस्ताव पारित गरेको हो । कूल एक हजार २०० मेगावाट क्षमताको सो आयोजना स्वदेशी लगानीमा निर्माण गर्ने कि विदेशी कम्पनीलाई दिने भन्ने सन्दर्भमा लामो समयसम्म ठोस निर्णय हुन नसक्दा प्रक्रिया अगाडि बढ्न सकेको थिएन । बैठकमा सहभागी एक मन्त्रीका अनुसार सरकारले शेयर संरचनासमेत तयार पारेर… पुरा पढौ

पोखरा विश्वविद्यालयको आर्थिक वर्ष २०७९/०८० को लागि १ अर्ब ४६ करोड बजेट स्वीकृत

काठमाडौं, १५ असार । पोखरा विश्वविद्यालयको २२ औं साधारण सभाको बैठक सम्माननीय प्रधानमन्त्री एवम् पोखरा विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाको अध्यक्षतामा प्रधानमन्त्री निवास बालुवाटार, काठमाडौंमा सम्पन्न भएकाे छ। बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सुन्दर नगरी पोखरामा अवस्थित पोखरा विश्वविद्यालय मुलुककै उच्चशिक्षाको एउटा गहना रहेकोले समाजलाई समुन्नत बनाउन र मुलुकलाई विकासको पथमा डोर्याउन यसको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे। मुलुकमा दिगो शान्ति र राजनीतिक स्थायित्व कायम नभएसम्म विकासले गति लिन नसक्ने भन्दै प्रधानमन्त्रीले यसको लागि विश्वविद्यालयहरूको भूमिका महत्वपूर्ण रहने बताए। उनले दक्ष… पुरा पढौ

धान आयात प्रतिस्थापन सरकारको प्राथमिकतामा : प्रम देउवा

काठमाडौं, १५ असार । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले धान चामलको उत्पादन र उत्पादकत्व वृद्धि गर्दै यसको आयात प्रतिस्थापन गर्ने रणनीति लिएको बताएका छन् । उन्नाइसौँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवका अवसरमा शुभकामना दिँदै उनले सरकारले व्यावसायिक कृषि विकास कार्यक्रमको कार्यान्वयन तथा जलवायु अनुकूलित, पोषणयुक्त धान, उच्च उत्पादन हुने जातको विकास तथा उपयोग बढाउने रणनीतिसमेत लिएको उल्लेख गरेका छन् । प्रत्येक वर्ष असार १५ गतेलाई राष्ट्रिय धान दिवसका रुपमा मनाइँदै आएको छ । यस वर्ष ‘धानबालीमा जैविक विविधताको उपयोग, आयात… पुरा पढौ

दहीच्युराको संस्कृतिलाई निरन्तरता दिने दिन असार १५

काठमाडौं, १५ असार । प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवसका अवसरमा आज खेतमा काम गरी दहीच्युरा खाएर मनाइँदै छ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही च्युरा खान्छन् । यसबेला दहीच्युराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । असार १५ लाई नेपाली समाजमा दहीच्युरा खाने पर्वका रूपमा पनि लिइन्छ । खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दहीच्युरा खाई असार १५ लाई सांस्कृतिक पर्वका रूपमा मनाउँछन् । हाम्रो संस्कृतिमा दहीको स्थान… पुरा पढौ

बजारमा मल पाइएन, पानी परेकाले बीउ रोप्न थालियो : किसान

महोत्तरी, १५ असार । पानी परेपछि महोत्तरीका किसान धान रोपाइँमा ब्यस्त छन् । लामो समय कुर्दा पनि किसानले बजार र कृषि सहकारीमा रासायनिक मल पाउन सकेनन् । पानी परेपछि खेर जान नदिने भन्दै उनीहरु रोपाइँ गर्न लागेका हुन् । एक सातायता दिनहुँजसो पानी परिरहेको छ । दिनहुँको वर्षासँगै रोपाइँ चाँडै सक्ने ध्याउन्न किसानलाई छ । “बजारमा मल पाइएन, पानी परेकाले बीउ रोप्न थालियो”, भङ्गाहा नगरपालिका–४ रामनगरका इद्रिस राइनले भने । जिल्लाका सबै भेगमा पानी परेपछि किसान सक्रिय बनेका छन् । असार… पुरा पढौ

कृषिमा आत्मनिर्भर बनाउन प्रदेश सरकार क्रियाशील : मुख्यमन्त्री पोखरेल

पोखरा, १५ असार । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेश सरकार कृषिलाई आधुनिक एवम् व्यावसायिक बनाउन प्रतिबद्ध रहेको बताएका छन् । राष्ट्रिय धान दिवस एवं असार १५ का अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री पोखरेलले गण्डकी प्रदेश र समग्र मुलुकको जिविकाको मुख्य आधार खेतीपाती नै रहेको भन्दै जग्गा चक्लाबन्दीका आधारमा व्यावसायिक कृषि फार्म सञ्चालनलाई प्राथमिकतामा राखिएको उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘कृषि क्षेत्रको आधुनिकीकरण, यान्त्रिकीकरण र व्यावसायीकरण मार्फत् उत्पादन र उत्पादकत्व वृद्धि गरी स्वरोजगारका अवसरहरु सिर्जना… पुरा पढौ