मुख्य समाचार

देशका विभिन्न भागमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडाैं, १४ असार । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशको प्रदेश नं १  लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशमा सामान्य देखि पुर्ण बदली रहि बाँकी प्रदेशमा आँशिक देखि सामान्य बदली रहेको जनाएकाे छ। महाशाखाले कर्णाली र मधेस प्रदेशका एक दुई स्थानमा र बाकी प्रदेशका केहि स्थानमा मेघगर्जन चट्टयाङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको जनाएकाे छ। असार १४ गते (मंगलबार) दिउँसो:  देशभर सामान्य देखि पुर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी… पुरा पढौ

जिल्ला प्रहरी कार्यालय कास्की परिसरमा नवनिर्मित लाईब्रेरी क्याफेको समुद्घाटन

पोखरा, १३ असार । जिल्ला प्रहरी कार्यालय कास्की परिसरभित्र नव निर्मित लाईब्रेरी क्याफेको समुद्घाटन गरिएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले एक कार्यक्रमका बिच उक्त लाईब्रेरी क्याफेको उद्घाटन गरेका हुन् । कार्यक्रममा बोल्दै प्रमुख अतिथि सिडिअेा आचार्यले यो नवनिर्मित लाईब्रेरी जिल्ला प्रहरी कार्यालय भित्र प्रवेश गर्ने सम्पूर्णलाई सिकाईको नयाँ गन्तव्य बन्ने विश्वास व्यक्त गरेका थिए । साथै यो नयाँ सोचका साथ पुस्तकालय र क्याफे स्थापना गरि प्रहरी संगठनमा नया कार्य गरेर प्रहरी र समुदाय बीचको… पुरा पढौ

‘माटो जोगाऔं’ अभियानका स्वयंसेवक पुनलाई मधेश र प्रदेश १ मा समर्थन

इटहरी, १३ असार । सद्गुरुद्वारा पहल गरिएको 'माटो जोगाऔँ' अभियानका स्वयंसेवक यमबहादुर चोचाङ्गी पुन (नबिन पुन मगर) ले काठमाडौंबाट सुरु गरेको देशव्यापि दौड आज १५‍‌‌‌‍‍औं दिन इटहरीमा पुगेर माटो जोगाऔं कार्यक्रम आयोजना गरिएकाे छ । माटो विनाश बारे जानकारी फैल्याउने र माटो जोगाउन सबै नेपालीमा सन्देश पुर्याउने उद्धेस्यले पुनले सातवटै प्रदेश पुग्नेगरि ३ हजार ५०० कि.मी दूरीको देशव्यापि दौड सुरु गरेका हुन् । धरानमा पूर्व वाणिज्य मन्त्री तथा वर्तमान संघीय सांसद माननीय मीन बहादुर विश्वकर्मा, माटो बैज्ञानिक शुक्रराज श्रेष्ठ तथा… पुरा पढौ

४१ जना काेराेना सङ्क्रमित थपिए

काठमाडाैं, १३ असार । पछिल्लो २४ घण्टामा थप ४१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनअनुसार तीन हजार ३५८ जनामा परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार हाल २०८ जना सक्रिय सङ्क्रमित छन् । सो अवधिमा २० जना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ९ लाख ६७ हजार ४०९ पुगेको छ । सङ्क्रमितमध्ये सङ्क्रमणमुक्त हुने दर ९८.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । आज १ लाख… पुरा पढौ

सेयर बजारमा दोहोरो अंकको गिरावट, घट्यो कारोबार रकम

काठमाडौं, १३ असार । लगानीकर्ताको आन्दोलन सहमतिमा टुंगिएपछि भएको पहिलो कारोबारको दिन आईतबार नेपाली सेयर बजारमा झण्डै शतकको बढोत्तरी भएपनि त्यसको भोलि पल्टै आज सेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २३.८५ अंकले घटेर १९३३.१३ विन्दुमा झरेको छ । नेप्सेमा १.२२ प्रतिशतले गिरावट भएको छ । सेन्सटिभ इण्डेक्स ७.०२ अंकले बढेर ३७५.८२ विन्दुमा पुगेको छ । यसदिन कुल २२९ कम्पनीको सेयर कारोबार भएको छ । ५६ लाख ४१ हजार ५४० कित्ता सेयरको खरिदबिक्रीबाट… पुरा पढौ

१५ अर्बको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक

काठमाडौं, १३ असार । नेपाल राष्ट्र बैंकले रु १५ अर्ब बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । बैंकले आज सूचना प्रकाशित गर्दै पाँच वर्ष अवधिको विकास ऋणपत्र बिक्री गर्ने जानकारी दिएको हो । बोलकबोलबाट ब्याजदर निर्धारण हुने ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैर बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था तथा नेपाली नागरिकले खरिद गर्न सक्नेछन् । इच्छुक खरिदकर्तामध्ये प्रतिस्पर्धीले निष्काशित रकमको ८५ प्रतिशत अर्थात् रु १२ अर्ब ७५ करोड र अप्रतिस्पर्धीले १५ प्रतिशत अर्थात् रु दुई अर्ब… पुरा पढौ

रसुवागढी हाइड्रोपावरले खुलायाे साढे ६८ लाख कित्ता बराबरकाे सेयरमा आवेदन

काठमाडौं, १३ असार । रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले आयोजनाबाट असर पर्नसक्ने स्थानीय बासिन्दाका लागि साधारण शेयरको निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि प्रतिकित्ता रु १०० अङ्कित दरमा रु ६८ करोड ४२ लाख १० हजार मूल्य बराबरको ६८ लाख ४२ हजार १०० कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन(आइपिओ)को बिक्री खुला गरेको हो । आयोजनाले प्रभावित रसुवा जिल्लावासीका लागि छुट्याइएको १० प्रतिशतले हुन आउने ६८ लाख ४२ हजार १०० कित्ता शेयर आयोजनाबाट अतिप्रभावित गोसाइकुण्ड गाउँपालिका–१ र २, प्रभावित आमाछोदिङ्मो गाउँपालिका–४ र ५… पुरा पढौ

मौद्रिक नीतिमा नेपाल लघुवित्त बैंकर्स संघको सुझाव : ब्याजदर बढाउन पाउनुपर्ने तथा कुलिङ हटाउने

काठमाडौं, १३ असार । नेपाल लघुवित्त बैंकर्स संघले आगामी आर्थिक वर्ष २०७९/ ८० को मौद्रिक नीतिका लागि विभिन्न सुझावहरू पेश गरेको छ । बैंक तथा वित्तीय संस्थाहरूले विपन्न वर्ग कर्जा अन्तर्गत लघुवित्त वित्तीय संस्थाहरूलाई प्रवाह गरेको कर्जामा आफ्नो वेस रेटमा अत्यधिक १५ प्रतिशत बढीमा व्याज लिएको अवस्थामा समस्या आएको बताएको छ । लघुवित्त वित्तीय संस्थाहरूमा आधारदर तोकी ४ प्रतिशतसम्म प्रिमियम जोडेर ब्याजदर निर्धारण गर्नसक्ने नीतिगत व्यवस्था गर्न पर्ने सुझाव संघले दिएको छ । संघले बैंक तथा वित्तीय संस्थाहरुले विपन्न वर्ग… पुरा पढौ

धमाधम मर्जरमा बीमा कम्पनी, सूर्या र ज्योति लाईफले गरे सम्झौता

काठमाडौं, १३ असार । सूर्या लाइफ इन्स्योरेन्स र ज्योति लाइफबीच मर्जरमा जाने सम्झौतामा हस्ताक्षर भएको छ । सूर्या लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पवन कुमार खड्काले मर्जरमा जाने सम्झौतापत्रमा आइतबार हस्ताक्षर भएको बताए । होटल याक एण्ड यतीमा भएकाे कार्यक्रममा दुबैतर्फबाट सम्झौतापत्रमा हस्ताक्षर भएको हो । स्वाप रेसियो कम्पनीको डिडिए पछि तय हुने उनले बताए । ‘मर्जरमा जाने सम्झौतापत्रमा मात्रै हस्ताक्षर भएको हो,’ खड्काले भने । उनका अनुसार स्वाप रेसियो कम्पनीको डिडिए पछि तय हुनेछ। बीमा समितिको निर्देशन अनुसार… पुरा पढौ

काभ्रेमा स्थानीय तहकाे बजेट-जिपलाइनदेखि केबुलकारसम्मका याेजना

काभ्रेपलाञ्चोक, १३ । असार काभ्रेका स्थानीय तहले नगर-गाउँ अधिवेशनमार्फत आगामी आर्थिक वर्ष २०७९-८० का लागि आ–आफ्ना नीति, कार्यक्रम प्रस्तुत गरिसकेका छन् । अधिकांश तहले कार्यक्रमसहित अनुमानित बजेटसमेत सार्वजनिक गरेका छन् भने केहीले बजेट निर्माणबारे छलफलको चरणमै रहेको जनाएका छन् । अधिकांश स्थानीय तहले पुरानै कार्यक्रम स्वास्थ्य, शिक्षा, युवा, महिला तथा बालबालिका, अपाङ्ग, जेष्ठ नागरिक, सामाजिक सुरक्षा र सामाजिक समावेशीतातर्फसँगै पूर्वाधारअन्तर्गत खानेपानी तथा सरसफाइ, सडक, भवन आवास तथा सहरी, पर्यटन, कृषि, पशु, सहकारी, वन वातावरण तथा विपद् व्यवस्थापन, गरिबी न्यूनीकरण तथा रोजगारी… पुरा पढौ