मुख्य समाचार

प्रदेश १, बागमती, गण्डकी र मधेशमा वर्षाको सम्भावना

काठमाडाैं, २ असार । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशको प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव र अन्य प्रदेशका भू-भागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व-पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेकोले बर्षाको सम्भावना रहेको जनाएकाे छ। प्रदेश १, मधेश प्रदेशमा सामान्य बदली, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ । प्रदेश १ र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग… पुरा पढौ

सुदूरपश्चिम प्रदेश सरकारले ल्यायाे, रु ३६ अर्ब ७४ करोड ६४ लाखकाे बजेट

काठमााडाैं, २ असार । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को नीति कार्यक्रम कार्यान्वयनका लागि लागि रु ३६ अर्ब ७४ करोड ६४ लाख ६५ हजारको राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) विनियोजन गरेको छ । प्रदेशसभाको बुधबारकाे बैठकको विशेष समयमा आर्थिक मामिलामन्त्री प्रकाश रावलले प्रस्तुत गरेकाे आगामी आर्थिक वर्षका लागि कूल विनियोजनमध्ये चालुतर्फ रु १२ अर्ब २९ करोड ५९ लाख ८४ हजार र पुँजीगततर्फ रु २४ अर्ब १४ करोड ४७ लाख ६१ हजार रहेको जानकारी दिए। यसैगरी विनियोजनमध्ये अन्तर… पुरा पढौ

बागमती प्रदेश बजेट : कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकता

काठमाडाैं, २ असार । बागमती प्रदेशसभाको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्मकट्टेलले सरकारको तर्फबाट प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०७९÷८० को अनुमानित बजेटमा प्रदेशका निजामती र करारमा कार्यरत कर्मचारीलाई आगामी साउन १ गतेदेखि लागू हुने गरी मासिक रु दुई हजार महँगी भत्ता दिने व्यवस्था मिलाइएको बताए। प्रस्तुत गरिएको बजेटमा कर्मचारीको तलब १५ प्रतिशतले वृद्धि गरिनुका साथै प्रदेश मातहतका कर्मचारीको सामूहिक रु १० लाख दुर्घटना बिमा गर्न बजेट विनियोजन गरिएको मन्त्री जम्मकट्टेलले जानकारी दिए । यसैगरी, उनले प्रदेशको १३ वटै जिल्ला… पुरा पढौ

लुम्बिनी प्रदेशको रु ४२ अर्ब ६३ करोड ५७ लाखको बजेट

रुपन्देही, २ असार । लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष ०७९/०८० का लागि रु ४२ अर्ब ६३ करोड ५७ लाखको बजेट सार्वजनिक गरेको छ । आर्थिक ममिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले चालु खर्चतर्फ रु १३ अर्ब ३२ करोड ७६ लाख ५२ हजार र पूँजीगततर्फ रु २४ अर्ब ४७ करोड ७० लाख ४८ हजारको बजेट प्रस्तुत गरे। समृद्ध लुम्बिनी : आत्मनिर्भर प्रदेशको सपना साकार गर्न कृषि, स्वास्थ्य, शिक्षा र भौतिक पूर्वाधारलाई प्राथमिकता राखेर बजेट बनाइएको मन्त्री खड्काले बताए। वित्तीय समानीकरण अनुदान,… पुरा पढौ

एसपीपी सम्झौता गर्नेतर्फ कुनै प्रक्रिया नभएको नेपाली सेनाको स्पष्टाेक्ति

काठमाडाैं, २ असार । नेपाली सेनाले हाल विभिन्न सञ्चारमाध्यममा चर्चामा आएको अमेरिकासँगको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्बन्धी समाचारहरूमा ध्यानाकर्षण भएको जनाएको छ । नेपाली सेनाको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले एसपीपीसम्बन्धी कुनै पनि सम्झौता वा समझदारी नेपाली सेनाले अमेरिकी सेना वा सरकारसँग नगरेको र त्यस्तो सम्झौता गर्नेतर्फ कुनै प्रक्रियासमेत नभएको स्पष्ट पारेको छ । “नेपालले अवलम्बन गरेको असंलग्न परराष्ट्र नीति, नेपालको विशिष्ट भू–राजनीतिक अवस्थिति एवं सामरिक संवेदनशीलतामा प्रतिकूल असर गर्ने गरी कुनै पनि सैनिक साझेदारी कोही कसैसँग पनि गर्न नहुने… पुरा पढौ

प्रधानमन्त्री र अर्थमन्त्रीले आज संसदमा जवाफ दिने

काठमाडाैं, २ असार । प्रतिनिधिसभामा रक्षा मन्त्रालय, अर्थ मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालयसँग सम्बन्धित विषयमा प्रधानमन्त्री र सम्बन्धित मन्त्रीले जवाफ दिन यही आजका लागि समय निर्धारण गरिएको छ । हिजाेको बैठकमा ती मन्त्रालय र निकायकासमेत जवाफ दिइसकिने समय तोकिएकामा राति ९ः३० बजेसम्म चलेको बैठकपछि सभामुख अग्निप्रसाद सापकोटाले उक्त जानकारी गराए। शोक प्रस्ताव पारित हिजाेको बैठकले पूर्वमन्त्री मिथिला चौधरीको निधनप्रति शोक प्रस्ताव पारित गरेको थियाे। सभामुख सापकोटाले प्रस्तुत गरेको उक्त शोक प्रस्तावलाई बैठकको सर्वसम्मतिले पारित गरेको हो… पुरा पढौ

राेकिएन नेप्सेकाे ओरालो यात्रा, टेलिकमले गर्याे साढे १२ कराेड बढिकाे काराेबार

काठमाडौं, ३ असार । सेयर बजारको ओरालो यात्राले आज पनि निरन्तरता पाएको छ । साताको सेयर कारोबार हुने चौथो दिन बुधबार पनि नेपाली सेयर बजार राताम्मै भएको छ। सबै सूचकहरु घटेका छन् । कारोबारमा भने केहि सुधार देखिएको छ । अघिल्लो दिनको दिनको तुलनामा कारोबार रकम ३१ करोड बढी देखिएको छ । यसदिनको राताम्मै बजारले गर्दा सेयर लगानीकर्तामा कुनै रौनक ल्याउन सकेन । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २९.८९ अंकले घटेर १९६६.३७ विन्दुमा झरेको छ । नेप्सेमा १.५० प्रतिशतको… पुरा पढौ

गण्डकी प्रदेश सरकारकाे बजेट ३५ अर्ब ९० कराेड ९० लाख (पूर्णपाठ)

काठमाडौं, १ असार । सातवटै प्रदेश सरकारले आज बजेट सार्वजनिक गरेका छन् । प्रत्येक वर्षको असार १ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्थाअनुसार प्रदेश सरकारहरूले बजेट सार्वजनिक गर्न गरेका हुन् । अन्तर सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को दफा २१ (२)मा प्रदेशको अर्थमन्त्रीले प्रत्येक वर्षको असार १ गतेभित्र आगामी आर्थिक वर्षको राजस्व र व्ययको अनुमान प्रदेश सभामा पेस गर्नुपर्ने व्यवस्था गरेको छ । गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले आर्थिक वर्ष २०७९–८० का लागि बजेट पेश गरेका छन् । बुधबार प्रदेश सभाको… पुरा पढौ

लोक सेवा आयोगलाई नयाँ चुनौतीसँग सामना गर्नेगरी सुधार गर्न आवश्यक छ : राष्ट्रपति भण्डारी

काठमाडाैं, १ असार । राष्ट्रपति विद्यादेवी भण्डारीले लोक सेवा आयोगलाई नयाँ युगका नयाँ चुनौतीलाई सामना गर्न सक्ने गरी सुधार एवं विकास गर्दै अगाडि बढ्नु आवश्यक भएको बताएकी छन् । आयोगको ७२औँ वार्षिकोत्सव समारोहलाई आज राजधानीमा सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले विज्ञान र प्रविधिमा भएको विकास तथा चुलिँदो जनअपेक्षालाई सम्बोधन गर्न आयोगको सेवालाई अनलाइनमार्फत उपलब्ध गराउने प्राविधिक संरचनाको स्तरोन्नति गर्दै अनलाइन सेवालाई नागरिक एपसँग जोड्ने कार्यको प्रशंसा गरिन । उनले यसबाट आम नागरिकलाई आयोगका सेवाहरू प्राप्त गर्न सरल र सहज हुने अपेक्षा… पुरा पढौ

एसपिपीमा हस्तक्षर गर्ने तयारी छैन : कानूनमन्त्री कोइराला, सांसद थापाद्वारा प्रधानमन्त्रीकाे जवाफ माग

काठमाडाैं, १ असार । कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले नेपाल सरकारको राज्य साझेदारी कार्यक्रम (एसपिपी) सम्झौतामा हस्ताक्षर गर्ने कुनै तयारी नभएको स्पष्ट गरेका छन् । उनले यस विषयमा भ्रममा नरहन पनि सबैमा स्पष्ट गरेका छन् । साथै मन्त्री कोइरालाले सो सम्झौताका लागि कुनै पक्ष या सरकारले आग्रह नगरेको पनि स्पष्ट पारे। प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७९ का शीर्षकमाथि सो मन्त्रालयसँग सम्बन्धित विषयमा सांसद्का प्रश्नको जवाफ दिँदै उनले सो कुरा स्पष्ट गरे । बैठकमा अमेरिकी सहायता परियोजना… पुरा पढौ