मुख्य समाचार

पानीको बहाब बढेसँगै मर्स्याङ्दीमा विद्युत् उत्पादन वृद्वि

तनहुँ, ३ असार । अविरल वर्षापछि तनहुँको आँबुखैरेनी गाउँपालिका–४ स्थित मस्र्याङ्दी जलविद्युत् केन्द्रको विद्युत् उत्पादनमा वृद्धि भएको छ । नदीमा पानीको बहाब बढेसँगै केन्द्रबाट ६९ मेगावाट विद्युत् उत्पादन भएको हो । सुक्खायाममा पानी कम हुँदा विद्युत् उत्पादन घटेर ४० मेगावाटको हाराहारीमा पुग्ने गरेको थियो । हाल पूर्ण क्षमतामा विद्युत् उत्पादन भएको केन्द्रका प्रमुख बद्री फुँयालले जानकारी दिए। केन्द्रका तीन युनिटबाट २३–२३ मेगावाटका दरले विद्युत् उत्पादन भइरहेको छ । तापक्रम बढ्दै जाँदा हिँउ धेरै पग्लिने र वर्षा धेरै हुँदा यसका सहायक… पुरा पढौ

टेक्ससका लागि पर्यटन दूतमा गैरआवासीय नेपाली अभियानकर्मी सुवेदी नियुक्त

काठमाडौं, ३ असार। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गैरआवासीय नेपाली (एनआरएन) अभियानकर्मी रामकुमार सुवेदीलाई टेक्सस, अमेरिकाका लागि अवैतनिक पर्यटन दूतमा नियुक्त गरेको छ । नेपाल सरकारको पर्यटन मन्त्रीस्तरीय यही असार १ गते (१५ जुन २०२२) को बैठकले उनलाई दुई वर्षका लागि पर्यटन दूतमा नियुक्त गरेको हो । मन्त्रालयले सुवेदीलाई दिएको नियुक्तिपत्रमा नेपाली दूतावास, गैर आवासीय नेपाली सङ्घ, पर्यटन व्यवसायी, सञ्चारकर्मीसहित सरोकारवाला निकायसँगको सहकार्यमा नेपालको पर्यटन प्रवद्र्धनका लागि योगदान पु¥याउने विश्वास गरिएको छ । झापा जिल्लाको अर्जुनधारा नगरपालिकामा जन्मेका सुवेदी… पुरा पढौ

भारतले पठायाे पेट्राेलियम पदार्थकाे नयाँ मूल्यसूची, फेरि बढ्ने संकेत

काठमाडाैं, ३ असार । भारतीय तेल कम्पनी, इन्डियन आयल कर्पोरेशन (आईओसी)ले नेपाल आयल निगमलाइ पेट्राेलियम पदार्थकाे नयाँ मूल्यसूची पठाएको निगमले जानकारी दिएकाे छ । यसअनुसार फेरि नेपालमा इन्धनकाे मूल्य बृद्धि हुने संकेत देखिएकाे छ । आईओसीले पठाएकाे नयाँ मूल्य सूची अनुसार पेट्रोलमा ६.५२ रूपैयाँ र डिजेलमा १९.०३ रुपैयाँ बढेको जनाएकाे छ। यस्तै हवाइ इन्धनमा १९ रूपैयाँ ९१ पैसा बृद्धि भएकाे छ । नयाँ मूल्यसूची आएपछि आगामी १५ दिनमा ४ अर्ब ८१ कराेड, मासिक ९ अर्ब ६३ कराेड घाटा हुने नेपाल… पुरा पढौ

मधेश, बागमती, गण्डकी र लुम्बिनीमा मेघ गर्जन चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडाैं, ३ असार । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशको प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव र अन्य प्रदेशका भू-भागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व-पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको जनाएकाे छ । प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशमा देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ । प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र… पुरा पढौ

ध्यानाकर्षण पत्र आएको भोलिपल्टै एसपीपी सम्बन्धी नेपाली सेनाको अर्को पत्र सार्वजनिक

काठमाडौं, २ असार । नेपाली सेनाले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)मा सहभागि हुनका लागि पठाएको पत्र बाहिर आएको छ । नेपाली सेनाले यो कार्यक्रमका बारेमा आईरहेका समाचारप्रति २०७९ असार १ मा ध्यानाकर्षण भएको पत्र सार्वजनिक गरेको भोलिपल्ट आज नेपाली सेनाको तर्फबाट सन् २०१५, अक्टुबर २७ तारिखमा तत्कालिन नेपाली सेनाका प्रमुख राजेन्द्र क्षेत्रीले लेखेको पत्र सार्वजनिक भएको हाे। २०१५, अक्टुबर २७ मा लेखिएकाे पत्र बुधबार नेपाली सेनाले ध्यानाकर्षण पत्र सार्वजनिक गरेर संचारमाध्यममा चर्चामा आएको एसपीपी (Strategic Partnership Program) सम्बन्धी समाचारमा नेपाली सेनाको… पुरा पढौ

बजेटले उत्पादन र उत्पादकत्वमा जाेड दिएकाे छ : अर्थमन्त्री वराल

पाेखरा, २ असार । गण्डकी प्रदेश सरकारका अर्थमन्त्री रामजी वराल जीवनले आर्थिक वर्ष २०७९ र ८० को बजेटले विषेश गरेर बजेटले उत्पादन र उत्पादकत्वमा जाेड दिएकाे बताएबा छन् । उनले बजेट कृषि, सिंचाई, खानेपानी, स्वास्थ्य, पुर्वाधार र सामाजिक न्यायमा केन्द्रीत रहेकाे बताए । वरालले बिहिबार पाेखरामा पत्रकार भेटघाट गरेर बुधकार प्रस्तुत गरीएकाे कुल रू ३५ अर्व ९० करोड ९० लाख आकारको बजेटले अन्तरसरकारी समन्वय र पारस्पारिक सहयोगलाई प्रभावकारी बनाइ संघीयताको सुदृढ कार्यान्वयन तथा उत्पादन एवं उत्पादकत्वमा जाेड दिएकाे बताए ।… पुरा पढौ

एक हप्तापछि नेप्सेमा दोहोरो अंकको बृद्धि, कारोबारमा नेपाल टेलिकम अब्बल

काठमाडौं, २ असार । लगातार ओरालो लाग्दै आएको सेयर बजार बिहिबार आठौं दिनमा उकालो लागेको छ । अघिल्ला दिनहरुको रातो घेरोलाई तोड्दै नेप्से उकालो लागेको हो । नियामक निकाय र राष्ट्र बैंकसंगको छलफल, आन्दोलन, बजेटको पखाई, बैंकको ब्याजदरबाट प्रभावित हुँदै आएको सेयर बजार सातै प्रदेशका सरकारहरुले बजेट भाषण गरेको भोलिपल्टै बिहिबार सकारात्मक लयमा देखिएको छ । यसले लगानीकर्ताहरुको मनोबल बढाएको छ । वित्त बजारमा तरलताको स्थिति कायमै रहेको र बैंकहरुमा डिपोजिटको मात्रा ज्यादै न्यून भईरहेको अवस्थामा बजारमा कुनैपनि दिनमा फेरि… पुरा पढौ

सरकारकाे विकास खर्च निराशाजनक, ११ महिनामा साढे ६३ प्रतिशतमात्रै बजेट खर्च

काठमाडौं,२ असार। चालु आर्थिक वर्ष २०७८/७९ को ११ महिनाको अवधिमा सरकारले करिब साढे ६३ प्रतिशत मात्र बजेट खर्च गरेको छ । चालु आवको २०७८ साउनदेखि २०७९ जेठ मसान्तसम्मको अवधिमा सरकारले ६३.४२ प्रतिशत मात्र बजेट खर्च गरेको हो । यसअवधिमा लक्ष्यको साढे ७९.८ प्रतिशत बजेट स्रोत जुटाएको सरकारको विकास खर्च भने अत्यन्त निराशाजनक छ ।११ महिनाको अवधिमा सरकारको विकास खर्च ३६.४९ प्रतिशत मात्र छ । महालेखा नियन्त्रकको कार्यालयका अनुसार जेठ ३० गते मंगलबारसम्म सरकारले ३६.४९ प्रतिशतमात्रै पूँजीगत खर्च गर्न सकेको छ… पुरा पढौ

कर्जा असुली गर्न भन्दै बीमा कम्पनीहरूलाई समितिले दियाे यस्ताे निर्देशन

काठमाडौं, २ असार । बीमा कम्पनीहरूले अभिकर्तालाई दिएको कर्जा असारभित्रै असुली गर्न बीमा समितिले निर्देशन दिएको छ । यसअघि कर्जा असुली गर्ने मामलामा लचिलो बनेको समिति अब भने तोकिएको समयमै असुली गर्ने निर्णयमा पुगेको हो । समितिले जीवन बीमा कम्पनीलाई अभिकर्ताहरूलाई वितरण गरिएको सम्पूर्ण नगद कर्जा २०७९ असार मसान्तभित्र फरफारक गर्न निर्देशन दिएको छ । तोकिएको समयमा कर्जा असुली गर्न नसक्ने कम्पनीहरूले साे रकम प्रोभिजन गर्नुपर्ने समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए । कम्पनीहरूको वित्तीय विवरणमा उठ्न बाँकी रहेको कर्जा… पुरा पढौ

प्रमुख प्रतिपक्षी एमालेद्वारा प्रतिनिधिसभाको बैठक बहिष्कार

काठमाडौं, २ असार । प्रतिनिधिसभाको आजको बैठक प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले बहिष्कार गरेको छ । बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको विषयमा संसदीय छानबिन समिति गठन गर्न माग गर्दै बहिष्कार गरिएको हो । त्यसअघि एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले आफूहरू छलफलमा सहभागी नहुने र बहिष्कार गर्ने बताएका थिए। सभामुख अग्निप्रसाद सापकोटाले अर्थमन्त्री जनार्दन शर्मालाई विनियोजन विधेयकका सन्दर्भमा अर्थ मन्त्रालयसँग सम्बन्धित विषयमा उठेको जिज्ञासाका बारेमा जवाफ दिइरहेकाे बेला एमालेका सांसदहरुले उठेर विरोध जनाएका थिए । एमालेले बजेट… पुरा पढौ