मुख्य समाचार

पिपुल्स पावरले असार ८ गतेदेखि सेयर निष्काशन गर्ने

काठमाडाैं, ३१ जेठ । पिपुल्स पावर लिमिटेडले असार ८ गतेदेखि आयोजना प्रभावित जनताका लागि सेयर निष्काशन गर्ने भएकाे छ। कम्पनीले प्रतिकित्ता रपैयाँ १०० अंकित मूल्यकाे ६ लाख ३२ हजार ६०० कित्ता सेयर बिक्रीमा ल्याउन लागेकाे हाे। इलाम नगरपालिका वडा नं. १ र ४ का आयाेजनाबाट अति प्रभावित जनताका लागि १ लाख ८९ हजार ७८० कित्ता रहेकाे छ। यस्तै इलाम जिल्लाका जनताका लागि लाख ४२ हजार ८२० कित्ता सेयर छुट्याइएकाे छ । सेयरमा लगानी गर्न चाहने लगानीर्ताले घटिमा १० बढीमा ५०… पुरा पढौ

मर्जर सम्झौता भएसँगै इन्भेस्टमेन्ट बैंक र मेगा बैंकको शेयर कारोबार रोक्का

काठमाडौं, ३१ जेठ । नेपाल स्टक एक्सचेञ्जमा नेपाल इन्भेस्टमेन्ट बैंक र मेगा बैंकको शेयर कारोबार रोक्का गरिएको छ । ती दुई बैंकले एकापसमा गाभिने निर्णय गरेका छन् । एकापसमा गाभिने निर्णय भएकाले तत्कालका लागि शेयर कारोबार रोक्का भएको हो । मेगा बैंकका कम्पनी सचिव तुल्सीराम पोखरेलका अनुसार यही जेठ २७ गतेको सञ्चालक समितिको ३६०औँ बैठकले मेगा बैंक र नेपाल इन्भेस्टमेन्ट बैंक एकापसमा गाभिने सम्बन्धमा समझदारीमा हस्ताक्षर भएको हो । सोही निर्णयका आधारमा कारोबार रोक्काका लागि नेप्सेलाई आग्रह गरिएको हो ।… पुरा पढौ

दोर्दी खोला जलविद्युत कम्पनी सेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडाैं, ३१ जेठ । दोर्दी खोला जलविद्युत कम्पनीले बिक्रीमा ल्याएकाे सेयरमा आवेदन दिनका लागि आज अन्तिम दिन रहेकाे छ । कम्पनीले जेठ २६ गते २१ लाख ९५ हजार ५०९ कित्ता सेयर बिक्रीमा ल्याएकाे थियाे । कम्पनीले आयोजना प्रभावित क्षेत्रका जनताकाे लागि निष्काशन गरेकाे सेयर बाँडफाँडपछि बाँकी रहेकाे २ लाख ९७ हजार ८४० कित्ता गाभेर प्रतिकित्ता रूपैयाँ १०० मूल्य अंकित दरकाे २१ लाख ९५ हजार ५०९ कित्ता साधारण सेयर बिक्रीमा ल्याएकाे थियाे । निष्काशन गरिएको कुल सेयरबाट ६५ हजार ८६५ कित्ता… पुरा पढौ

नारायणगढ-मुग्लिन र आँबुखैरेनी सडक दुइतर्फी सञ्चालनमा

मुग्लिन, ३१ जेठ । पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक सञ्चालन भएको छ । वर्षासँगै गए राति १२ः४५ बजे चितवनको इच्छाकामना–६ तोपेखोला स्थित नाम्सेपुलमा पहिरो खसेपछि सडक दुइतर्फी अवरुद्ध बनेको थियो । आज बिहान पहिरो पन्छाइ दुइतर्फी सवारी पुनः सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । चार दिनपछि आँबुखैरेनी सडक दुईतर्फी सञ्चालन भासिएको चार दिनपछि पृथ्वीराजमार्गको तनहुँस्थित आँबुखैरेनी खण्ड दुईतर्फी सञ्चालनमा आएको छ । आँबुखैरेनी गाउँपालिका–४ पावरहाउस नजिकको सडक सोमबार साँझबाट दुईतर्फी सञ्चालनमा आएको हो । शुक्रबार सडक भासिँदा… पुरा पढौ

एमाले सचिवालय बैठक : निर्वाचन परिणामको समीक्षासहित आगामी कार्यभारमा केन्द्रित हुने

काठमाडाैं, ३१ जेठ । नेकपा (एमाले) को सचिवालयको नवौं बैठकले स्थानीय तहको निर्वाचनमा पार्टीले प्रमुख पदहरूमा सन्तोषजनक स्थान हाँसिल गर्न नसकेको ठहर गर्दै त्यसको गम्भीर समीक्षा गर्दै आगामी कार्यभारका लागि केन्द्रित रहने निर्णय गरेको छ । पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा भएको बैठकबारे जानकारी दिँदै एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले निर्वाचन जनताको सार्वभौम अधिकार प्रयोग गर्ने उच्चतम थलो भएकाले निर्वाचनमा भाग लिएपछि त्यसको परिणाम स्वीकारिने बताए। उनले ३४ प्रतिशत लोकप्रिय मतसहित एमाले ठूलो दलका रुपमा अगाडि आएको तथ्य स्थापित भएको जनाउँदै स्थानीय… पुरा पढौ

‘माटो जोगाऔं’ अभियानका स्वयंसेवक पुनले शुरु गरे ३ हजार ५०० किलाेमिटरको देशव्यापी दौड

काठमाडौं, ३० जेठ । माटो विनाश भइरहेको स्थितिबारे जानकारी फैलाउन र माटो जोगाउन सबै नेपालीमा सन्देश पुऱ्याउने उद्देश्यसहित माटो जोगाऔँ अभियानका स्वयंसेवक यम बहादुर चोचाङ्गी पुन (नबिन पुन मगर) ले काठमाडौँबाट देशव्यापी दौड शुरु गरेका छन् । पुनले सातवटै प्रदेश छुने गरी ३ हजार ५०० कि.मी. दुरीको देशव्यापी दौड गर्ने निर्णय गरेका हुन् । काठमाडौँको टुँडिखेलबाट शुरु भएको दौडलाई नेपाल फुटबल टिमका पूर्व कप्तान हरि खड्काले राष्ट्रिय झण्डा तथा माटो जोगा‌‍‌‍औँ चित्रित झण्डा फहराएर उद्घाटन गरेका थिए । पुनले ६०… पुरा पढौ

सरकारी नीतिकै कारण २२ डण्डी उद्योग बन्द हुने अवस्थामा

काठमाडौं, ३० जेठ । उद्योगीहरुले सरकारको नीतिका कारण २२ डण्डी उद्योग बन्द हुने अवस्थामा पुगेको बताएका छन् । सरकारले आगामी आर्थिक वर्षका लागि सार्वजनिक गरेको बजेटका कारण २२ डण्डी उद्योग बन्द हुने अवस्थामा पुगेको नेपाल स्टिल रोलिङ मिल्स एशोसिएशनले जनाएको छ । एशोसिएशनले आज एक विज्ञप्ति जारी गर्दै एमएस बिलेट आयात गर्दा लाग्दै आएको भन्सार तथा अन्तशुल्क घटाउन आग्रह गरेको हो । सरकारले आर्थिक विधेयक २०७९ मार्फत एमएस बिलेट आयातमा लगाउँदै आएको अन्तशुल्क वृद्धि गरेको थियो । अर्थमन्त्री जनादर्न शर्माले… पुरा पढौ

साताकाे पहिलाे दिन सेयर बजार राताम्मै, कहिले होला सुधार ?

काठमाडौं, ३० जेठ । साताको सेयर कारोबार हुने पहिलो दिन साेमबार नेपाली सेयर बजार राताम्मै भएको छ । कुनै सयममा २० अर्ब नाघेको नेप्सेको कारोबार अहिलेका दिनहरुमा अर्बभन्दा तल ८८ करोडसम्म झरिसकेकाे छ । ८८ करोडसम्मको कारोबार झरिसकेको नेप्सेमा आज थोरै सुधार भएपनि काराेबा रकमले अर्बको घेरोलाई भने उछिन्न सकेन । यसदिन कारोबार ९९ करोड केही बढीमा सिमित भएको छ । नेप्सेमा आएको गिर्दो परिवेशले लगानीकर्ताहरुको मनोवल घटाएको छ । कहिले सुधार हाेला भन्ने उत्सुकता कायमै रहेकाे छ। नेपाल स्टक… पुरा पढौ

वाणिज्य बैंकहरूले असारमा निक्षेपको ब्याजदर नबढाउने

काठमाडौं, ३० जेठ । वाणिज्य बैंकहरूले असार महिनामा निक्षेपको ब्याजदर नबढाउने भएका छन । यस बिषयमा वाणिज्य बैंकहरूको छाता संगठन नेपाल बैंकर्स संघले सहमति नै गरिसकेकाे स्राेतले बताएकाे छ । नेपाल बैंकर्स संघको सहमती अनुसार वाणिज्य बैंकले एक वर्षको मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ११.०३ प्रतिशत ब्याजदर दिनेछन् । संस्थागततर्फ १०.०३ प्रतिशत ब्याजदर बैंकहरूले दिनेछन् । विदेशबाट रेमिट्यान्स पठाउनेले भने अहिलेजस्तै १२.०३ प्रतिशत ब्याजदर पाउनेछन् । ‘असारमा निक्षेपको ब्याजदर यथावत राख्ने निर्णय भएको छ,असार महिनामा सरकारको खर्च बढ्ने हुँदा निक्षेप बढ्ने अनुमान… पुरा पढौ

अब सातामा ६ दिन सेयर कारोबार हुने , यस्तो छ नेप्सेको तयारी

काठमाडौं, ३० जेठ ।अब असार १ गतेदेखि सातामा ६ दिन सेयर कारोबार हुने भएको छ । यसअघि सरकारले सातामा दुई दिन (शनिबार र आइबार) सार्वजनिक विदा दिने निर्णय गरेसँगै सेयर कारोबार सोमबारदेखि शुक्रबारसम्म भइरहेको छ । आइतबार विदा दिने निर्णयबाट सरकार पछि हटेको छ । यो सँगै अब आइतबारदेखि शुक्रबारसम्म सातामा ६ दिन नै सेयर कारोबार हुने भएको छ । सेयर लगानीकर्ताको माग अनुसार नै सातामा ६ दिन सेयर कारोबार गर्न लागिएको बताइएको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा सातामा… पुरा पढौ