मुख्य समाचार

अर्थमन्त्रीको बजेट नीतिको विरुद्धमा आन्दोलनमा उत्रिए बिराटनगरका उद्योगी

काठमाडौं, २६ जेठ । अर्थमन्त्री जनार्दन शर्माले सार्वजनिक गरेको नयाँ आर्थिक वर्षको बजेटले स्वदेशी उद्योगहरू बन्द हुने भन्दै उद्योगी व्यापारीहरू आन्दोलनमा उत्रिएका छन् । बजेटले नेपालका स्यानिटरी प्याड, घिउ तेल र एमएस वायरमा आधारित तीन प्रकारका उद्योग बन्द हुने भन्दै मोरङका तीन प्रमुख व्यावसायिक संस्था आन्दोलनमा उत्रिएका हुन्। बजेटमा प्रस्तुत राजस्व संरचनाले नेपालका तीन वटै किसिमका साना ठूला गरी २ सयभन्दा बढी उद्योग बन्द हुने उनीहरूको भनाइ छ । उनीहरूले नीतिगत सुधारको माग गर्दै आन्दोलन शुरू गरेका हुन् । आन्दोलनमा… पुरा पढौ

नेपालको आर्थिक वृद्धिदर ३.७ प्रतिशत मात्रै हुने विश्व बैंकको प्रक्षेपण

काठमाडौं, २६ जेठ । चालू आर्थिक वर्ष नेपालको आर्थिक वृद्धिदर ३.७ प्रतिशत मात्र हुने विश्व बैङ्कले प्रक्षेपण गरेको छ ।बैङ्कले ग्लोबल इकोनोमिक प्रोस्पेक्ट्स’ प्रतिवेदन सार्वजनिक गर्दै सरकारले प्रक्षेपण गरेको भन्दा कम आर्थिक वृद्धिदर हुने जनाएको हो । सरकारले चालू आर्थिक वर्ष ५.८४ प्रतिशत आर्थिक वृद्धिदर हुने प्रक्षेपण गरेको छ । विश्व बैङ्कको प्रतिवेदनअनुसार आगामी आर्थिक वर्ष नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशत हुनेछ जब कि सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत ८ प्रतिशत वृद्धिदरको लक्ष्य तोकेको छ । दक्षिण एसियाली मुलुकमध्ये यस… पुरा पढौ

अन्तर्राष्ट्रियस्तरको विद्युत वितरण कमाण्ड तथा नियन्त्रण केन्द्र धमाधम बन्दै

काठमाडौं, २६ जेठ । नेपाल विद्युत प्राधिकरणले विद्युत वितरणतर्फको सेवा व्यवस्थापनका लागि अन्तर्राष्ट्रियस्तरको वितरण कमाण्ड तथा नियन्त्रण केन्द्र निर्माण गरिरहेको छ । प्राधिकरणले आफ्नो सेवा प्रवाहलाई डिजिटल तथा आधुनिक बनाउने उद्देश्यलाई पूरा गर्न सुविधा सम्पन्न केन्द्र निर्माण गरिरहेको हो । काठमाडौंको स्यूचाटारस्थित भार प्रेषण केन्द्रसँगै आधुनिक सुविधा सम्पन्न अन्तर्राष्ट्रियस्तको केन्द्र निर्माणाधीन छ । केन्द्रको निर्माण आगामी पुसभित्र सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको प्राधिकरणले जनाएको छ । केन्द्रमा काठमाडौं उपत्यकाको विद्युत वितरण प्रणालीलाई स्वचालित गराउन निर्माणाधीन भूमिगत वितरण प्रणालीको नियन्त्रण… पुरा पढौ

विद्युतीय माध्यमबाट बीजक जारी गर्ने विषयमा महासंघले गर्‍यो राजस्व विभागसंग छलफल

काठमाडौं, २६ जेठ । विद्युतीय माध्यमवाट बीजक (ई–बिलिङ) जारी गर्ने विषयमा सुनचाँदी ब्यवसायी महासंघले आन्तरिक राजस्व विभागसँग छलफल गरेको छ । महासंघका अध्यक्ष माणिकरत्न शाक्यको नेतृत्वमा गएको महासंघको प्रतिनिधिमण्डलले आन्तरिक राजस्व विभागका महानिर्देशक रितेशकुमार शाक्यसँग भेटगरी सम्बद्ध विषयमा आवश्यक छलफल गरिएको हो । आन्तरिक राजव विभागले हालै आर्थिक बर्ष २०७७/७८ र २०७८/७९ को मूल्य अभिवृद्धि कर तथा आय विवरण मध्ये कुनै एक आर्थिक वर्षको कारोबार रकम १० करोड भन्दा बढी जुनसुकै वस्तु तथा सेवाको कारोबार गरेका करदाताहरूले अनिवार्यरुपमा विद्युतीय विजक… पुरा पढौ

नेपाल फाइनान्सकाे हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडाैं, २६ जेठ। नेपाल फाइनान्सले निष्काशन तथा बिक्रीमा ल्याएकाे हकप्रद शेयरका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ। फाइनान्सले जेठ ६ गतेदेखि बिक्रीमा ल्याएकाे साे हकप्रद सेयरमा १० कित्ता बराबर नयाँ ७ कित्ता सेयरकाे रेसियाेमा हकप्रद सेयर बिक्रीमा ल्याएकाे हाे । कम्पनीले सेयर निष्काशनका लागि बैशाख २१ गते बुकक्लोज गरेको थियो। जसअनुसार बैशाख २० गतेसम्म नेपाल स्टक एक्सचेन्जमा सेयरकाे काराेबार गरी भएका सेयरधनीहरूले मात्रै निवेदन पेस गर्न सक्नेछन्। फाइनान्सकाे रूपैयाँ १०० अंकित दरमा ३४ करोड ५४ लाख ४७ हजार… पुरा पढौ

प्रदेश नं १ को नीति तथा कार्यक्रम : प्राथमिकतामा कृषि, पर्यटन र उद्योग

मोरङ, २६ जेठ  । प्रदेश नं १ का प्रदेश प्रमुख पर्शुराम खापुङले आगामी आर्थिक वर्षको नीति र कार्यक्रम प्रस्तुत गरेका छन् । प्रदेश सरकारकातर्फबाट उनले आव २०७९/८० को नीति तथा कार्यक्रम प्रदेशसभा समक्ष प्रस्तुत गरेका हुन् । प्रदेशसभा नियमावली २०७४ को नियम ३५(१) बमोजिम प्रदेश प्रमुख खापुङले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा कोभिड–१९ को महामारीबाट जनताको जीवनरक्षा गर्न प्रदेश सरकारले महत्वपूर्ण सफलता हासिल गरेको उल्लेख गरे। उनले सरकारको काम कारवाहीमा जनताको सहभागिता समर्थन र अपनत्व उत्साहजनक रहेको उल्लेख गरे। प्रस्तुत… पुरा पढौ

पूँजी बजारकाे समस्या समाधान हुने अपेक्षा, अध्ययनका लागि समिति गठन

काठमाडाैं, २६ जेठ । सरकारले पूँजी बजारको वर्तमान अवस्थाका बारेमा अध्ययन गर्न एक समिति गठन गरिएकाे छ । नेपाल धितोपत्र बोर्डको ३०औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै अर्थमन्त्री जनार्दन शर्माले धितोपत्र बजारको समस्या समाधानका लागि समिति गठन गरिएकाे जानकारी दिए। “पूँजीबजारमा देखिएका विविध समस्याहरूलाई समाधान गर्न र सुझाव प्रस्तुत गर्नका लागि अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंकका गर्भनर, धितोपत्र बोर्डका अध्यक्षलगायत बसेर चार सदस्यीय सुझाव समिति गठन गरेका छौँ,” उनले भने। मन्त्रालयमा भएको छलफलपछि धितोपत्र बोर्डको कार्यकारी निर्देशक संयोजक रहने गरी अर्थ मन्त्रालय… पुरा पढौ

अर्बाै लगानी डुब्ने भन्दै जीआई वायर लगायतका उद्योगीहरुले गराए सरकारकाे ध्यानार्कषण

काठमाडौं, २६ जेठ । नेपाल सरकारका विगतका नीतिगत व्यवस्था र भारतको पछिल्लो नीतिबाट अत्यन्त प्रभावित नेपाली वायर, रड उद्योगहरुले सरकारकाे २०७९-८० को बजेटमा उद्योगहरुको संरक्षण विपरितका नीति अवलम्बन गरेकोमा बुधबार पत्रकार सम्मेलन गरी सरकारकाे ध्यानाकर्षण गराएका छन । आर्थिक बर्ष २०७९- ८० को बजेट जारी हुनु अगावै विभिन्न संघ–संस्थाहरु मार्फत र स्वयं वायर रड उद्योगहरुबाट नेपाल सरकार लगायत सम्बन्धित निकायहरुलाई भारतको २२ मे, २०२२ को नीतिबाट उद्योगहरुलाई कच्चापदार्थ (MS Wire Rod, HS Code 7213.91.10) आयातमा भारतले १५ प्रतिशत निर्यात शुल्क… पुरा पढौ

नबिल बैंकको शौचालय सर्वसाधारणले निःशुल्क प्रयोग गर्नसक्ने

काठमाडौं, २६ जेठ । नबिल बैंकको केन्द्रीय कार्यालयसहित अन्य १७ वटा शाखाको शौचालय सर्वसाधारणले निःशुल्क प्रयोग गर्नसक्ने भएका छन् । काठमाडौँ महानगरपालिका र नबिल बैंकबीच आगामी पाँच वर्षसम्मका लागि उक्त विषयमा सम्झौता भएको छ । सम्झौताअनुसार नबिल बैंकले आफ्नो केन्द्रीय कार्यालयसहित अन्य १७ वटा शाखाको शौचालय सार्वजनिकरुपमा प्रयोग गर्न दिनेछ । तीनधारा दरबारमार्गस्थित केन्द्रीय कार्यालय र १७ वटा शौचालय प्रयोग गरेबापत बैंकले कुनै शुल्क लिने छैन भने शौचालयको मर्मतसम्भार, सफाइ र पानीको प्रबन्ध बैंकले गर्नेछ । कामपाले यसअघिनै सहकार्यमा सञ्चालन गर्ने… पुरा पढौ

राष्ट्रपतिद्वारा नेपाली खाद्य उत्पादन प्रवर्धनमा जुट्न आह्वान

काठमाडौं, २५ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली मौलिक खाद्य उत्पादन र संस्कृतिको प्रवद्र्धनमा जुट्न सम्बद्ध सबै पक्षसँग आह्वान गरेकि छन् । विश्व मानव समुदायलाई खाद्य चुनौती बढ्दै गएकोतर्फ चिन्ता व्यक्त गर्दै राष्ट्रपति भण्डारीले स्थानीय उत्पादन वृद्धि गर्ने र त्यसको आधुनिक प्रशोधन र प्रयोगमार्फत खाद्य जोखिम कम गर्न सबै पक्षको उत्तिकै जिम्मेवारी रहने बताइन। राष्ट्रपति कार्यालय शीतल निवासमा आज नेपाली मौलिक पाककलाको क्षेत्रमा आबद्ध अभियानकर्मी, शैक्षिक सङ्घ संस्थाका प्रतिनिधि, खाद्य विशेषज्ञ र सेफ प्रतिनिधिमण्डलसँगको भेटमा उनले सरकारले नेपाली मौलिक परिकारको… पुरा पढौ