मुख्य समाचार

विभागद्वारा पूर्बवत् अडानमै रहि क्षमा माग, आवेदक र यातायात कार्यालयको उदासिनता देखिएको स्पष्टोक्ति

काठमाडौं, २४ जेठ । सवारी साधनमा इम्बोस्ड नंबर प्लेट जडान गर्ने विषयमा यातायात व्यवस्था विभागले जेठ २० गते प्रकाशन गरेको सूचनाबाट आम सेवाग्राहीमा परेको द्वुविधा र त्यसबाट उत्पन्न भएको असुविधाप्रति यातायात व्यवस्था विभागले क्षमायाचना गरेको छ । विभागले आज एक बिज्ञप्ती जारी गरी नेपाल सरकारले २०७८ कार्तिक २२ गते राजपत्रमा प्रकाशित सूचनाको परिपूरक सूचना भएको स्पष्ट पारेको छ । २०७९ जेठ २० गतेको विभागको सूचना २०७८ कार्तिक २२ गतेको राजपत्रको सूचनाको निरन्तरता भएको उल्लेख छ । सूचनामार्फत साउन २०७९ साउन… पुरा पढौ

मंगलबार पनि सेयर बजार राताम्मै, एनआईसी एशिया बैंक कारोबारमा अब्बल

काठमाडौं, २४ जेठ । लगातार ओरालोको यात्रामा गएको सेयर बजार आज पनि उकालाे नलागि ओरालोितरै गएकाे छ । साताको सेयर कारोबार हुने दाेश्रो दिन मंगलबार नेपाली सेयर बजार राताम्मै भएको छ भने कारोबार रकममा पनि उल्लेखनिय प्रगति हुन सकेको छैन । सेयर लगानीकर्ताहरु यतिबेला आन्दोलित भएका छन् । अहिले उनीहरुले आफ्नो १९ बुँदे ज्ञापनपत्र लिएर सराकोरवाला निकायहरुमा सुनुवाइका लागि गईरहेका छन् । केहि दिनअघि प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका उनीहरुले धितोपत्र बोर्डलाई पनि ज्ञापनपत्र बुझाई सेयर धितो कर्जामा लगाईएको ४/१२ को मापदण्डलगायतका… पुरा पढौ

देशका ९ स्थानमा जडान गरिएको इन्टरनेट जुनसुकै बेला काटिनसक्छ : आइस्पान

काठमाडौं, २४ जेठ।देशका विभिन्न नौ स्थानमा जडान गरिएको इन्टरनेट जुनसुकै बेला काटिन सक्ने भएको छ । इन्टरनेट सेवा प्रदायकहरुको छाता सङ्गठनका रुपमा रहेको इन्टरनेट सेवा प्रदायक सङ्घ नेपाल (आइस्पान)ले नेपाल विद्युत् प्राधिकरणका कारण उक्त स्थानमा इन्टरनेट जुनसुकै बेला काटिनसक्ने जनाएकोे हो । आइस्पानले एक विज्ञप्ति जारी गर्दै इलाम, विराटनगर, खोटाङ, गाईघाट, इनरुवा, धरान, धुवही, लहान र डोेटीमा जुनसुकै बेला इन्टरनेट सेवा अवरुद्ध हुनसक्ने जनाएको हो । “इन्टरनेट प्वाइन्ट तथा डाटा सेन्टर जडान गरिएको स्थानमा प्राधिकरणले घरबेटीसमेतको विद्युत् लाइन काट्ने कार्य… पुरा पढौ

पाेखरामा मनाईयो विश्व खाद्य स्वच्छता दिवस २०७९, आत्मनिर्भर कृषिमा लाग्नुपर्छ : मन्त्री बुढा

पोखरा, २४ जेठ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पोखराले 'विश्व खाद्य स्वच्छता दिवस २०७९' सप्ताहव्यापी कार्यक्रम गरी मनाएको छ । “स्वच्छ सन्तुलित आहार, स्वस्थ जीवनको आधार” भन्ने मूल नाराकासाथ सप्ताहव्यापी रुपमा संचालन गरिएको विश्व खाद्य स्वच्छता दिवस २०७९ को मूलसमापन समारोहलाई संवोधन गर्दै गण्डकी प्रदेश भूमि ब्यपस्था, कृषि, सहकारी तथा गरिबी निवारण मन्त्री चन्द्र बहादुर बुढाले कृषि उत्पादन मानव जीवनसंग जोडिएको विषयवस्तु भएकोले परम्परागतभन्दा अलि फरक ढंगले अगाडी बढ्न आवस्यक भएको बताए । समारोहका प्रमुख अतिथि मन्त्री बुढाले… पुरा पढौ

२ दिन सार्वजनिक बिदा दिँदा कति खपत भयो पेट्रोलियम पदार्थ ?

काठमाडौं, २४ जेठ । नेपाल सरकारले आइतबार दिएको बिदा असार १ गतेबाट लागू हुनेगरी नदिने निर्णय गरेको छ । हप्तामा दुइदिन बिदा हुने भएपछि यसका बारेमा आलोचना तथा मिस्रित प्रतिक्रियाहरु आएका थिए । आज सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले सातामा दुई दिन दिने भनिएको सो बिदाको निर्णयलाइ उल्ट्याएर साविकको जस्तै शनिबार एक दिने बनाएको हो । इन्धन खपत कम गर्ने भन्दै गएको जेठ १ गतेदेखि सातामा दुई दिन शनिबार र आइतबार बिदा दिँदै आएको थियो। दुई दिन बिदा दिएपनि इन्धनको खपत… पुरा पढौ

१० करोडभन्दा बढीको कारोबार गर्ने कम्पनीले अब अनिवार्य इ-बिलिङ जारी गर्नुपर्ने

काठमाडौं, २४ जेठ । कुनै पनि संस्थाले १० करोडभन्दा बढीको कारोबार गर्ने जुनसुकै कम्पनीले विद्युतीय माध्यमबाट अनिवार्य बिजक (इ–बिलिङ) जारी गर्नुपर्ने व्यवस्था गरेको छ । राजस्व विभागले सोमवार सूचना जारी गर्दै आगामी साउन १ गतेबाट १० करोभन्दा बढी कारोबार गर्ने कम्पनीले अनिवार्य रुपमा इ–बिलिङ जारी गर्नुपर्ने व्यवस्था गरेको हो । ‘आर्थिक वर्ष २०७७/७८ वा २०७८/७९ को मूल्य अभिवृद्धि कर तथा आय विवरणमध्ये कुनै एक आर्थिक वर्षको कारोबार रकम १० करोडभन्दा बढीको जुनसुकै वस्तु तथा सेवाको कारोबार करदाताहरूले इ–बिलिङ जारी गर्नुपर्नेछ,’… पुरा पढौ

तामाकोशी-५ र राहुघाट जलविद्युत् आयोजनाका लागि २६ अर्ब लगानी स्वीकृत

काठमाडौं, २४ जेठ। नेपाल विद्युत् प्राधिकरण अन्तर्गत बन्ने तामाकोशी-५ र राहुघाट जलविद्युत् आयोजना निर्माणका लागि २५.९२ अर्ब रुपैयाँ लगानी स्वीकृत गरेको छ । सोमबार बसेको लगानी बोर्डको बैठकले उक्त लगानी स्वीकृत गर्ने निर्णय गरेको बोर्डले जनाएको छ । १०० मेगावाटको तामाकोशी-५का लागि १६ अर्ब ४५ करोड ९८ लाख र ४० मेगावाटको राहुघाट जलविद्युत् आयोजनाका लागि ९ अर्ब ४७ करोड ३० लाख रुपैयाँको लगानी स्वीकृत गरेको बोर्डका सीईओ सुशील भट्टले जानकारी दिए । तामाकोशी-५ कर्मचारी सञ्चय कोष समेतको लगानीमा निर्माण हुन… पुरा पढौ

सयपत्री हाइड्रोपावरको ३ करोडको सेयर निष्काशन हुँदै

काठमाडौं, २४ जेठ । सयपत्री हाइड्रोपावर लिमिटेडले आयोजनाबाट असर पर्ने स्थानीय बासिन्दाका लागि साधारण शेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले आगामी असार २ गतेदेखि प्रतिकित्ता रु १०० अङ्कित दरमा रु तीन करोड मूल्य बराबरको तीन लाख कित्ता शेयर प्रारम्भिक सार्वजनिक निष्काशन (आइपिओ)को बिक्री खुला गर्ने भएको हो । आयोजनाले प्रभाव पार्ने बाग्लुङ जिल्लाको ताराखोला गाउँपालिका र गल्कोट नगरपालिकामा स्थायी बसोबास गर्ने स्थानीयवासीले आगामी असार १६ गतेसम्म र सो अवधिमा मागबमोजिम आवेदन नपरे असार ३१ सम्म न्यूनतम… पुरा पढौ

फेरि घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, २४ जेठ । अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको भाउमा हुने उतारचढावको कारण नेपाली बजार पनि त्यसबाट प्रभावित भईरहने गरेको छ । त्यहाँ भईरहने फेरबदलको कारणले यहाँ पनि सुनचाँदीको भाउ तलमाथि भईरहेको हुन्छ । अघिल्लो दिन सोमबार बढेर कारोबार भएको सुनचाँदीको भाउ यसदिन घटेर कारोबार भई रहेको छ । साताको सुनचाँदीको कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली बजारमा छापावाल सुनको भाउ रुपैयाँ ६०० तथा चाँदीमा रुपैयाँ १५ ले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा यसदिन रुपैयाँ ६०० ले घटेर… पुरा पढौ

यी चार मन्त्रालयमा विनियाेजित विधेयकका शीर्षकमाथि आज छलफल हुँदै

काठमाडाैं, २४ जेठ । प्रतिनिधिसभाको बैठक बिहान ११ः३० बजे बाेलाइएकाे छ। आजको बैठकमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको विनियोजन विधेयकका शीर्षकमाथि छलफल हुने सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिएका छन्। हिजाे विनियोजन विधेयक–२०७९ अन्तर्गत चार मन्त्रालयका विभिन्न शीर्षकहरूमाथि छलफल सकिएको थियाे । बैठकमा कानुन न्याय ताथ संसदीय मामिला मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र महिला बालबालिका तथा… पुरा पढौ