मुख्य समाचार

नेपाली सेनाले ४ हिमाल क्षेत्रबाट निकाल्याे ३४ टन फोहर

काठमाडाैं, २३ जेठ । नेपाल सरकारको योजनाअनुसार नेपाली सेनाद्वारा सञ्चालन गरेको ‘सफा हिमाल अभियान’अन्तर्गत विभिन्न हिमाल क्षेत्रबाट यस वर्ष झन्डै ३४ टन फोहर निकालिएको छ । तीनवर्षे अभियानमा यो पटक (सन् २०२२ मा) सबैभन्दा बढी फोहर सङ्कलन गरिएको हो । यसअघि सन् २०१९ मा १० टन र सन् २०२१ मा २७.६ टन फोहर निकालिएको थियो । प्रकृति तथा पर्यावरणको संरक्षण र जलवायु परिवर्तनका असरलाई न्यूनीकरण गर्ने उद्देश्यले गत चैत २२ गते यस वर्षको सफा हिमाल अभियान सञ्चालन गरिएको थियो ।… पुरा पढौ

प्रदेश १, मधेश, बागमती र गण्डकीमा मध्यम वर्षाको सम्भावना

काठमाडाैं, २३ जेठ । उर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय, जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले नेपालको पूर्वी भू-भागमा मनसुनी वायुको सामान्य प्रभाव र मध्य तथा पश्चिमी भूभागमा स्थानीय वायुको प्रभाव रहेको जनाएकाे छ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी भू-भागहरुमा आंशिक बदली भई प्रदेश १, बागमती प्रदेश र गण्डकी  प्रदेशको केहि स्थानहरुमा वर्षा भइरहेको छ । जेठ २३ गते (सोमवार) दिउँसो :  प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा  सामान्य बदली  रहि बाँकी भू-भागमा आंशिक बदली रहनेछ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा तथा मधेश प्रदेशका थोरै… पुरा पढौ

पोखरा फाइनान्सको सीइओमा रविचन्द्र गुरुङले पाए निरन्तरता

पोखरा २२ जेठ । पोखराकाे न्युराेडमा प्रधान कार्यालय रहेको राष्ट्रियस्तरको वित्तीय संस्था पोखरा फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा युवा बैकर रविचन्द्र गुरुङले नै पुन: निरन्तरता पाएका छन् । फाइनान्स सञ्चालक समितिकाे बैठकले गुरुङलाई ४ बर्षे दोस्रो कार्यकालका लागि पुन: नियुक्त गरेको बताएकाे छ । गुरुङको दोस्रो कार्यकाल असार १० गतेबाट लागु हुनेछ । २ दशकदेखि बैंकिङ क्षेत्रमा आबद्ध भएका गुरूङले स्ट्याण्डर्ड चार्टर्ड बैंकबाट बैंकिङ करियर सुरु गरेका थिए । त्यसपछि एनएमबि बैक हुदैं उनी पोखरा फाइनान्समा प्रबेश गरेका हुन । पुरा पढौ

२८ वर्षदेखि चर्चामा रहेको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण विवादरहित भएन

काठमाडौं, २२ जेठ । झण्डै २८ वर्षदेखि सर्वाधिक चर्चामा रहेको राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया त सुरु भयो तर, विवादरहित हुन भने सकेन । वातावरणको विषयलाई लिएर करिब तीन वर्षदेखि मुद्दा मामिलामा अल्झिएको उक्त आयोजनालाई हालै सर्वोच्च अदालतको आदेशले निर्माण प्रक्रिया अघि नबढाउन भनेपछि यो विषय थप तरङ्गित भएको छ । सर्वोच्च अदालतको पूर्ण फैसला आइसकेको छैन । विमानस्थल निर्माणलाई लिएर वातावरण कि विकास भन्ने बहस चुलिएको छ । देशको अर्थतन्त्रको विकासका लागि महत्वपूर्ण आधारका रुपमा… पुरा पढौ

सार्वजनिक ऋणको भार १८ खर्ब ४८ अर्ब, वित्तीय व्यवस्थाको हिस्सा बढ्दै

काठमाडौं, २२ जेठ । तपाईको टाउकामा ऋणको भार कति छ ? उत्तर पनि तपाईसँगै छ । व्यक्तिगत कारोबारका लागि लिइएको ऋणको हिसाब व्यक्तिगतरुपमा नै हुन्छ । त्यसको जिम्मेवार पनि तपाई नै हो । तर, देशले लिएको ऋण तपाई हामी सबैको गन्तीमा हिसाब गर्दा के कति पुग्यो होला ? आम मानिसको चासो स्वभाविकरुपमा रहन सक्छ नै । सरकारले सार्वजनिक गरेको पछिल्लो विवरणानुसार हरेक नेपालीको टाउकामा रु ६३ हजार ३१० बराबरको ऋणको भार परेको छ । अर्थमन्त्री जनार्दन शर्माले यही जेठ १४… पुरा पढौ

पूँजी बजारका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्री देउवाले गभर्नर अधिकारीलाई दिए निर्देशन

काठमाडौं, २२ जेठ । प्रधानमन्त्री शेरबहादुर देउवाले पूँजी बजारमा देखिएको समस्या समाधान गर्नका लागि तत्काल पहल गर्न निर्देशन दिएका छन् । आन्दोलित बनेका लगानीकर्ताहरुका प्रतिनिधिसँग आज भएको भेटमा देउवाले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई फोन गरेर पूँजी बजारमा कायम रहेको समस्या समाधान कसरी हल गर्ने हाे साे गर्न निर्देशन दिएका हुन् । पूँजी बजारमा कायम रहेका समस्या साधानको लागि प्रधानमन्त्रीलाई भेट्न गएका लगानीकर्ता संघका प्रतिनिधिहरुसंग कुराकानी गर्दै देउवाले गभर्नर अधिकारीलाई लगानीकर्ताको समस्यालाई सुन्ने, समस्या समाधान गरेर त्यसको कार्यान्वयनमा जोड दिन… पुरा पढौ

भारतमा प्रतियुनिट १९ रुपैयाँसम्ममा बिक्यो नेपालको बिजुली, कालीगण्डकीको विद्युत पनि निर्यात शुरू

काठमाडौं, २२ जेठ । नेपाल विद्युत प्राधिकरणको स्वामित्वमा रहेको १४४ मेगावाट जडित क्षमताको कालीगण्डकी ए विद्युतगृहबाट उत्पादित विद्युत भारत निर्यात शुरू भएको छ । नेपाल विद्युत प्राधिकरणले कालीगण्डकी विद्युतगृहबाट उत्पादित विद्युत शनिबार राति १२ बजेबाट निर्यात गरिएको छ । प्राधिकरणले विद्युत भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स)मा बिहीबारबाट त्रिशूली र देवीघाट जलविद्युगृहबाट उत्पादित विद्युतलाई स्रोत मानी दैनिक रुपमा करिब ३९ मेगावाट विद्युत निर्यात गरिरहेको छ । कालीगण्डकीको पनि सुरु भएसँगै प्राधिकरणले १७७.७ मेगावाट विद्युत भारत निर्यात गर्ने छ । कालीगण्डकी ए को… पुरा पढौ

पर्सालाई ५ अर्ब १० करोड १६ लाख बराबरकाे बजेट विनियोजन

वीरगञ्ज, २२ जेठ । १४ स्थानीय तह रहेको पर्सालाई आगामी आर्थिक वर्ष २०७९/८० का लागि सङ्घीय सरकारले समानीकरण, सशर्त र विशेष अनुदान गरी करिब पाँच अर्ब १० करोड १६ लाख बराबरको बजेट विनियोजन गरेको छ । एक महानगरपालिका, तीन नगरपालिका र १० गाउँपालिका रहेको यस जिल्लामा सबैभन्दा बढी वीरगञ्ज महानगरमा रु एक अर्ब ४४ करोड ८६ लाख र सबैभन्दा कम पकाहामैनपुर गाउँपालिकालाई रु २१ करोड विनियोजन भएको हो । जसमध्ये तीन नगरपालिकालाई रु एक अर्ब ६४ लाख तथा दशवटा गाउँपालिकालाई… पुरा पढौ

प्राइम कमर्सियल बैंकले जेठ ३१ देखि ऋणपत्र निष्काशन गर्दै

काठमाडाैं, २२ जेठ । प्राइम कमर्सियल बैंकले जेठ ३१ गतेदेखि ५ वर्षे अवधिकाे लागि ‘१०.१५ प्रतिशत प्राइम डिबेन्चर २०८४’ निष्काशन तथा बिक्रीमा ल्याउन लागेकाे छ। बैंकले वार्षिक १०.१५ प्रतिशत ब्याजदरमा ऋणपत्र निष्काशन गर्ने भएको हाे । प्रतिकित्ता रू १ हजार मूल्य अंकित रू ५ अर्ब बराबरको ५० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको बैंकले जनाएकाे छ । त्यसबाट २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता सर्वसाधारणका लािग रहेकाे छ । बाँकी रहने ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता व्यक्तिगत… पुरा पढौ

चितवनमा रु चार अर्ब ७२ करोड २१ लाख बजेट विनियोजन

चितवन, २२ जेठ । सङ्घीय सरकारले चितवन जिल्लालाई आगामी आर्थिक वर्ष २०७९/८० का लागि रु चार अर्ब ७२ करोड २१ लाख बजेट विनियोजन गरेको छ । जिल्लामा महानगरपालिका एक, नगरपालिका पाँच र गाउँपालिका एक छ । जिल्लामा सबैभन्दा बढी बजेट भरतपुर महानगरपालिकालाई रु एक अर्ब ८० करोड २४ लाख अनुदान बजेट विनियोजन गरिएको छ । भरतपुरले आगामी आवका लागि समपूरक बजेट रु दुई करोड ५० लाख र विशेष अनुदान रु १४ करोड आठ लाखसमेत पाएको छ । त्यस्तै रु एक… पुरा पढौ