मुख्य समाचार

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा हस्तक्षेप गरे मान्य नहुने : महासचिव पुरी

भक्तपुर, २१ जेठ । नेपाल पत्रकार महासङ्घका महासचिव रोशन पुरीले संविधानविपरीत सङ्घीय, प्रदेश र स्थानीय सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा हस्तक्षेप गरे कदापि मान्य नहुने बताएका छन् । नेपाल पत्रकार महासङ्घ जिल्ला शाखाले आज आयोजना गरेको नवनिर्वाचित प्रमुख तथा उपप्रमुखलाई बधाई तथा सम्मान कार्यक्रममा उनले भने, “सङ्घीय, प्रदेश र स्थानीय सरकारले सञ्चार कानून ल्याउँछाै र पत्रकारलाई ठेगान लगाउँछौँ भनेर भनिरहेको छ, केही स्थानीय तहले त्यस्तो विरोधाभाषपूर्ण कानून ल्याउने काम पनि गरेको पाइएको छ, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र संविधानले दिएको अधिकार… पुरा पढौ

भक्तपुरलाई दुई अर्ब ४३ करोड २९ लाख बजेट विनियोजन

भक्तपुर, २१ जेठ । सरकारले आर्थिक वर्ष २०७९÷८० का लागि भक्तपुर जिल्लालाई कूल रु दुई अर्ब ४३ करोड २९ लाखको बजेट विनियोजन गरेको छ । सरकारले भक्तपुरका चार नगरपालिकामध्ये चाँगुनारायणलाई सबैभन्दा बढी र मध्यपुथिमि नगरपालिकालाई सबैभन्दा कम बजेट विनियोजन गरेको छ । सरकारले बजेट भाषणमार्फत यहाँका चार नगरमा विनियोजन गरेको बजेटमध्ये चाँगुनारायणले अन्तरसरकारी वित्तीय हस्तान्तरणमार्फत रु ६६ करोड ७२ लाख पाउने भएको हो । भक्तपुरको जिल्लाको आधाभन्दा बढी क्षेत्रफल ओगटेको चाँगुनारायणले समानीकरणतर्फ १८ करोड १४ लाख, ससर्त अनुदानतर्फ ४२ करोड… पुरा पढौ

देशको आर्थिक समृद्धि र विकास युवाको हातमा छ : वरिष्ठ उपाध्यक्ष ढकाल

चितवन, २१ जेठ । नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले देशको समृद्धि युवाहरुको हातमा रहेको बताएका छन् । उनले जुनसुकै देशको भविष्य पनि त्यस देशका युवाको हातमा रहेको भन्दै नेपालजस्तो युवा जनशक्तिको बाहुल्यता रहेको देशको आर्थिक समृद्धि र विकास पनि उनीहरुकै हातमा छ भने। नेपाली युवा उद्यमी मञ्च, चितवनको पाँचौँ अधिवेशनलाई सम्बोधन गर्दै ढकालले उद्योग वाणिज्य सङ्घको नेतृत्वमा आउन पनि युवाहरुलाई आह्वान गरे। उनले पहिलेजस्तो नभएर अहिले देशमा व्यवसाय गर्न सजह भएको र बैंक तथा वित्तीय संस्थाहरुले राम्रो साथ… पुरा पढौ

असार २ देखि ६ गतेसम्म नेपाल चेम्बर एक्पो आयोजना हुदै

काठमाडौं, २१ जेठ । नेपाल चेम्बर अफ कमर्शको आयोजनामा ‘नेपाल चेम्बर एक्पो–२०२२’ हुने भएको छ । चेम्बरले वाणिज्य मन्त्रालय एवं व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको सहकार्यमा आगामी असार २ देखि ६ गतेसम्म भृकुटीमण्डपमा ‘नेपाल चेम्बर एक्पो–२०२२’ गर्न लागेको हो । व्यापार मेला समितिका अध्यक्ष राष्ट्रभूषण चाकुबजीले निर्यात प्रवद्र्धन र वैदेशिक लगानी आकर्षण गर्न चेम्बर एक्स्पो आयोजना गरिएको जानकारी दिए। “मेलामा अन्तर्राष्ट्रिय व्यापारिक समुदायको प्रत्यक्ष सहभागिताले अन्तर्राष्ट्रिय क्षेत्रमा भइरहेका आर्थिक क्रियाकलाप, नवीन प्रविधिको प्रयोग एवं व्यापार व्यवस्थापनमा नयाँ आयम थपिने विश्वास… पुरा पढौ

वातावरण जोगाउने विश्वकै महत्वपूर्ण एजेन्डा, नेपाल सरकार गम्भीर छ : प्रधानमन्त्री देउवा

काठमाडौं, २१ जेठ । प्रधानमन्त्री शेरबहादुर देउवाले वातावरण जोगाउने सरकारको महत्वपूर्ण एजेण्डा भएको बताउनुभएको छ । कान्तिपुर मिडिया ग्रुपले आज आयोजना गरेको हाफ म्याराथनको उद्घाटन गर्दै उनले अहिले वातावरण जोगाउने विश्वकै महत्वपूर्ण एजेन्डा भएको र यसप्रति नेपाल सरकार गम्भीर रहेको बताए। प्रधानमन्त्री देउवाले जलवायु परिवर्तनको विश्वव्यापी असर सारा संसारले भोगिरहेको उल्लेख गर्दै जोखिम न्यूनीकरणका लागि सचेतनामूलक कार्यक्रम अपरिहार्य भएको बताए । उनले भने, “मौसम परिवर्तन र तापमानमा देखिएको वृद्धिको समस्या सारा संसारले भोग्दै आएको छ । हामीले पनि मौसम परिवर्तनका… पुरा पढौ

भोजपुरमा भयो ३ अर्ब १५ करोड ८९ लाखको बजेट विनियोजन

भोजपुर, २१ जेठ । भोजपुर जिल्लाका ९ स्थानीय तहमा ३ अर्ब १५ करोड ८९ लाख बजेट विनियोजन भएको छ । समपुरक अनुदान, समानीकरण अनुदान, विषेश अनुदान र सःशर्त अनुदान गरी चार शीर्षकमा दुई नगरपालिका लागि रु ९८ करोड एक लाख र सात वटा गाउँपालिकाकाको लागि रु दुई अर्ब १७ करोड ८८ लाख बजेट विनियोजन भएको हो । षडानन्द नगरपालिकामा सबैभन्दा बढी रु ५१ करोड ५२ लाख र सबैभन्दा कम साल्पासिलिछो गाउँपालिकामा रु २४ करोड ५५ लाख बजेट विनियोजन भएको छ ।… पुरा पढौ

पाँचदेखि ११ वर्षका बालबालिकालाई असार ९ देखि खोप लगाइने

काठमाडौं, २१ जेठ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले पाँच वर्षदेखि ११ वर्ष उमेर समूहका ३९ लाख बालबालिकालाई ‘फाइजर’ खोप लगाउने जानकारी गराएका छन् । उनले बालबालिकालाई खोप प्रदानका गर्नका लागि विद्यालयमा खोप केन्द्र तोकी दुई चरणमा खोप अभियान सञ्चालन हुने जानकारी दिए । पहिलो चरणमा २७ जिल्लामा असार ९ गतेदेखि १५ गतेसम्म पहिलो मात्रा र सोही समूहलाई दोस्रो मात्रा साउन २ देखि ८ गतेसम्म सञ्चालन गरिने छ । यस्तै दोस्रो चरणमा ५० जिल्लामा भदौ ५ देखि ११ गतेसम्म पहिलो… पुरा पढौ

सिन्धुपाल्चोकलाई ४ अर्ब ६० करोडकाे बजेट विनियोजन

सिन्धुपाल्चोक, २१ जेठ । सङ्घीय सरकारमार्फत सिन्धुपाल्चोक जिल्लाको लागि चार अर्ब ६० करोड ६७ लाखको बजेट छुट्टाइएको छ । सङ्घीय सरकारको आर्थिक वर्ष २०७९÷८० विनियोजित बजेटबाट १२ स्थानीय तह रहेको सिन्धुपाल्चोकमा चौतारा साँगाचोकगढी नगरपालिकाले सबैभन्दा बढी बजेट पाएको छ । सो नगरपालिकाले ६५ करोड ६८ लाख पाँउदा भोटेकोशी गाउँपालिकाले २६ करोड आठ लाख प्राप्त गरेको छ । यसैगरी मेलम्ची नगरपालिकाले ६२ करोड ५ लाख प्राप्त गरेको छ । त्यस्तै बाह्रबिसे नगरपालिकाले ३७ करोड ७२ लाख, त्रिपुरासुन्दरी गाउँपालिकाले २७ करोड २४ लाख… पुरा पढौ

प्रदेश १, मधेश, बागमती र गण्डकीमा मेघ गर्जन, चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडाैं, २१ जेठ । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय, जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाले हाल नेपालमा स्थानीय वायु र भारतको  उत्तर प्रदेश देखि पूर्वी बंगलादेशसम्म पूर्व-पश्चिम फैलिएको न्यून चापीय रेखाको प्रभाव रहेको जनाएकाे छ।  हाल प्रदेश १, मधेश प्रदेश, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली भई प्रदेश १ र मधेश प्रदेश प्रदेशको थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षा भइरहेको छ।देशको बाँकी प्रदेशमा आंशिक बदली देखि  मौसम सामान्यतया सफा  रहेको छ। जेठ २१ गते (शनिवार) दिउँसो :  प्रदेश १, मधेश प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि  सामान्य बदली  रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ। प्रदेश १, मधेश प्रदेश, बागमती… पुरा पढौ

७० लाख लागतमा सेनाद्वारा निर्मित विद्यालय भवन हस्तान्तरण

कर्णाली, २० जेठ । नेपाली सेनाले सुर्खेतको गुर्भाकोट नगरपालिका १४ गुमीस्थित जनसंयुक्त आधारभूत विद्यालयको नवनिर्मित भवन हस्तान्तरण गरेकाे छ । नेपाली सेनाको पश्चिम कमाण्डपति उपरथी प्रेम शाहीले शुक्रबार सुर्खेतको गुर्भाकोट नगरपालिका १४ गुमीस्थित जनसंयुक्त आधारभूत विद्यालयको नवनिर्मित भवनको 'नमुना आकृति' विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरेका हुन । सेनाले ७० लाख लागतमा चार कोठे भवन निर्माण गरेको थियाे । पुरा पढौ