मुख्य समाचार

गाउँ पर्यटनको प्रवर्धनका साथ ‘अन्नपूर्ण डे’ मनाईदैं

गण्डकी, २० जेठ । “धोएतुल्य सफा र मोहक निकै देखिन्छ नीलाम्बर सेतो बादल कोर्छ नील नभमा बुट्टाहरू सुन्दर । ढाकेको हिउँले समस्त धरती, सेताम्य पाखा वन हाम्रो देश सुरम्य विश्वभरिको सौन्दर्यको कानन ।।” कवि वासुदेव पाण्डेयको प्रकृतिपरक कविता सङ्ग्रह ‘दुलही’को भूस्वर्ग नेपाल शीर्षकको कविताको यस पङ्क्तिमा भनेजस्तै नेपाल आफैँमा सुन्दर छ । मनमोहक चाँदीजस्तै टलक्क टल्केका हिमाल नेपालका पहिचान हुन् । भौगोलिक दृष्टिले सानो राष्ट्र भएर पनि सर्वोच्च शिखर सगरमाथा, हिमाल आरोहणको जेठो हिमाल अन्नपूर्णजस्ता गौरवका कारण यहाँको महिमा र… पुरा पढौ

पृथ्वी राजमार्गको याम्पाफाट- घाँसीकुवा खण्ड दैनिक ५ घण्टा बन्द हुने

दमौली, २० जेठ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको याम्पाफाँट र घाँसीकुवा खण्ड दैनिक ५ घण्टा बन्द हुने भएको छ । मुग्लिङ–पोखरा सडक विस्तार योजनाअन्तर्गत उक्त खण्डमा सडक खन्ने कार्य गर्नुपर्ने भएकाले सडक बन्द गर्न लागिएको हो । बन्दीपुर गाउँपालिका–५ स्थित याम्पाफाँट र व्यास नगरपालिका–१२ घाँसीकुवा खण्डमा आइतबारदेखि अर्को सूचना नभएसम्मका लागि राति ११ देखि बिहान ४ बजेसम्म यातायातका साधन सञ्चालनमा रोक लगाइएको मुग्लिङ–पोखरा सडक आयोजनाका आयोजना प्रमुख नरेन्द्र सुवेदीले जानकारी दिए। “नियमितरूपमा यातायात सञ्चालन हुँदा काम गर्न असहज भएकाले रातिको समयमा सडक… पुरा पढौ

५ महिनामा झण्डै २ लाख पर्यटक भित्रिए : पर्यटन बोर्ड

काठमाडौं, २० जेठ । सन् २०२२ को ५ महिनामा झण्डै २ लाख विदेशी पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन विभागलाई उद्धृत गर्दै नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार ५ महिनामा १ लाख ९० हजार ७३९ जना पर्यटक नेपाल आएका हुन् । पछिल्लो मे महिनामा ५३ हजार ६०८ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । अघिल्लो अप्रिल महिनामा ५८ हजार ३८४ पर्यटकले नेपाल भ्रमण गरेका थिए । बोर्डका निर्देशक मणिराज लामिछानेले सन् २०१९ को तुलनामा पर्यटक आगमन करिब ७५ प्रतिशतले ‘रिकोभर’ भएको… पुरा पढौ

१० रुपैयाँले घट्यो पेट्रोलियम पदार्थको मूल्य, अब कतिमा पाइन्छ ?

काठमाडौं, २० जेठ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य १०/१० रुपैयाँले घटाएको छ । निगमले बिहीवार राति १२ बजेदेखि लागू हुने गरी इन्धनको मूल्य घटाएको हो । निगमका सहप्रवक्ता पुस्कर कार्कीका अनुसार तत्कालका लागि पूर्वाधार करको रकमसँग बराबर हुने गरी प्रतिलिटर १० रुपैयाँ घटाउने निर्णय भएको हो। ‘करको दररेटको सन्दर्भमा मन्त्रिपरिषद्को जेठ १० गतेको निर्णयअनुसार अर्थ मन्त्रालयले जेठ १७ मा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र पठाएको थियो। पत्रका आधारमा निगम सञ्चालक समितिको बैठकले बिहीबार राति १२… पुरा पढौ

प्रदेश १, बागमती, गण्डकी र मधेशमा वर्षाको सम्भावना

काठमाडाैं, २० जेठ । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय, जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा स्थानीय वायु र भारतको  उत्तर प्रदेश देखि पूर्वी बंगलादेशसम्म पूर्व-पश्चिम फैलिएको न्यून चापीय रेखाको प्रभाव रहेको जनाएकाे छ।  प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली भई प्रदेश १ को एक वा दूई स्थानहरुमा हल्का वर्षा भइरहेको छ। देशको बाँकी प्रदेशमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ। जेठ २० गते (शुक्रवार) दिउँसो :  प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि  सामान्य बदली  रहि देशका बाँकी भू-भागमा आंशिक बदली देखि मौसम… पुरा पढौ

राेकिएन नेप्सेको ओरालाेको यात्रा, माउन्टेन हाइड्रोले गर्यो १२ करोड १२ लाख बढीको कारोबार

काठमाडौं, १९ जेठ । निरन्तर ओरालोको यात्रामा गएको नेप्से उकालो लाग्न सकेको छैन् । नेपाल सरकारले आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गरेपछि लयमा फर्किएला कि भन्ने लगानीकर्ताको अपेक्षा कहिले पूरा हुने हो एकिन हुन सकेको छैन । नेपाल राष्ट्र बैंक सेयर बजारका समस्याहरुका बारेमा जानकार र सकारात्मक भएपनि उसकाे नीतिमा बजारको दृश्यमा परिवर्तन हुने आशा जिवितै रहेको छ । तर दिनदिनै सेयर बजारको घट्दो क्रमले लगानीकर्तामा उत्साह जाग्न सकेको छैन । साताको सेयरको कारोबार हुने चौथो दिन बिहिबार नेप्से… पुरा पढौ

ठुला उद्योगकाे सेटिङमा सानालाई बिस्थापित गर्ने प्रयास गरेको भन्दै बजेटप्रति उद्योगीहरूले जनाए आपत्ति

काठमाडौं, १९ जेठ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९-८० का लागि प्रस्तुत गरेको बजेटमा फलामजन्य सामाग्रीको आयातमा राजश्व बढाइएपछि उद्याेगी व्यवसायीहरू चिन्तित बनेका छन् । केही समयअघि मात्रै भारतले नै फलामजन्य सामाग्रीको निर्यातमा १५ प्रतिशत राजश्व लिन थालेपछि समस्यामा परेका नेपाली उद्यमी व्यवसायीलाई बजेटले सहयोग नगरेको उनीहरूले बताएका छन् । अर्थमन्त्री शर्माले प्रस्तुत गरेको बजेटमा एमएस वायर, रड लगायतको फलामे सामाग्रीको आयातमा राजश्व बढाइएको छ । जसका कारण उद्योगी व्यवसायीहरू सरकारसँग आक्रोशित बनेका छन् । भारतले फलामे सामाग्रीको… पुरा पढौ

मोफसलबाट उदाएका थापाको व्यावसायिक यात्रा

कुनै पनि काममा सफल हुन लगाव, धैर्य र कठोर मेहनत आवश्यक पर्दोरहेछ भन्ने उदाहरण हुन्–ध्रुव थापा । किशोरवय उमेरमै न्युन पुँजीबाट ब्यवसाय थालेका थापा अहिले एक सफल व्यवसायीका रुपमा स्थापित भएका छन्। लायन्स डिष्ट्रिक्ट ३२५ बि १ नेपालकाे २०१५ मा डिष्ट्रिक्ट गभर्नर भइ सामाजिक क्षेत्रमा समेत धेरै सेवाका कार्य गरेका उनै थापा हुन्, जो नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालमा दुई पटकसम्म उपाध्यक्षको जिम्मेवारी सम्हालेपछि हालै अध्यक्षमा निर्वाचित भएका हुन् । मोफसलबाट नाडाको नेतृत्व सम्हाल्ने थापा पहिलो युवा व्यक्तिका रुपमा पनि… पुरा पढौ

जीवन बीमा कम्पनीहरूले १० महिनामा गरे १ खर्ब १० अर्ब बीमा शुल्क आर्जन

काठमाडौं, १९ जेठ । चालु आर्थिक वर्ष २०७८/७९ को १० महिनामा जीवन बीमा कम्पनीहरूले एक खर्ब १० अर्ब रुपैयाँभन्दा बढीको बीमा शुल्क आर्जन गरेका छन् । बीमा समितिले जारी गरेको चालु आर्थिक वर्षको वैशाख मसान्तसम्मको बित्तीय वितरण अनुसार, कम्पनीहरूले करिब १ खर्ब १० अर्ब ४० करोड रुपैयाँको कुल बीमा शुल्क आर्जन गरेका हुन् । सबैभन्दा बढी बीमा शुल्क आर्जन गर्नेमा नेपाल लाइफ इन्स्युरेन्स रहेकाे छ । कम्पनीले करिब २८ अर्ब ३५ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ। दोस्रो स्थानमा… पुरा पढौ

जुत्ता चप्पलमा नेपाल आत्मनिर्भर बन्ने सरकारको नीति सकारात्मक

काठमाडौं, १९ जेठ । फुटवेयर म्यानुफ्याक्चर्स एशोसिएशन अफ नेपालले जुत्ताचप्पलको क्षेत्रमा आत्मनिर्भर बन्ने सरकारको नीति सकारात्मक भएको जनाएको छ । एशोसिएशनका अध्यक्ष नानीराज घिमिरेले विज्ञप्ति जारी गर्दै आर्थिक वर्ष २०७९÷८० को बजेट वक्तव्यमा आयातलाई निरुत्साहित गर्दै स्वदेशी वस्तुको बृहत् उत्पादन, बजारीकरण र प्रयोग गर्ने सरकारको नीति सकारात्मक भएको बताएका हुन् । “निकासी प्रवद्र्धनका लागि निजी क्षेत्रको सहकार्यमा ‘मेड इन नेपाल, मेक इन नेपाल’ अभियान सञ्चालन गर्ने र जुत्ताचप्पलको क्षेत्रमा आत्मनिर्भर बन्न सक्ने क्षेत्रलाई बजेटमा महत्वका साथ उल्लेख गरिनुले यस क्षेत्रका… पुरा पढौ