मुख्य समाचार

जगदुल्ला हाइड्रोपावरमा रोजगारीको अवसर, यसरी दिनुस् आवेदन

काठमाडौं, १३ जेठ । जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेडले विभिन्न पदमा ६ जना कर्मचारी माग गरेको छ । शुक्रवार सूचना जारी गर्दै कम्पनीले करार सेवामा काम गर्न विभिन्न पदमा कर्मचारी माग गरेको हो । कम्पनीले सिनियर करार इन्जिनियर, सिनियर जियोटेक इन्जिनियर, सिभिल इन्जिनियर (इन्फ्रास्टक्चर), वातावरण अधिकृत, इलेक्ट्रिकल इन्जिनियर र मेकानिकल इन्जिनियर एक/एक जना माग गरेको हो । २१ वर्ष पूरा गरी ४५ वर्ष ननाघेका इच्छुक नेपाली नागरिकले सूचना प्रकाशित भएको मितिले १५ दिनसम्ममा कम्पनीको इमेल ठेगानामा वा केन्द्रीय कार्यालय नयाँ बानेश्वरमा… पुरा पढौ

फलफूल, जडिबुटी प्रशोधन गर्ने परियोजनालाई आधार दरमा २% प्रिमियम थपेर कर्जा दिनुः राष्ट्र बैंक

काठमाडौँ, १३ जेठ । नेपाल राष्ट्र बैंकले फलफूल एवम् जडिबुटी उत्पादनका प्रवाह गर्ने कर्जामा आधारदरमा दुई प्रतिशत मात्रै प्रिमियम लाग्ने व्यवस्था गरेको छ । राष्ट्र बैंकले बिहीबार एक परिपत्र जारी गर्दै यस्तो व्यवस्था गरेको हो । ‘फलफूल तथा लागि र/वा पूर्णतयाः स्वदेशमा उत्पादित फलफूल एवम् जडिबुटी प्रशोधन गर्ने परियोजनाका लागि बैंक तथा वित्तीय संस्थाले आधार दरमा अधिकतम २ प्रतिशत विन्दुसम्म मात्र प्रिमियम थप गरी आवधिक कर्जा प्रवाह गर्नु पर्नेछ, यस्तो ब्याजदर जग्गा खरिद गर्न प्रवाह हुने/भएका कर्जामा लागु हुने छैन,’… पुरा पढौ

बेनी-जोमसोम सडक : कैकुखोला खन्ती खण्डमा कालोपत्र

लेते, १३ जेठ । उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडकको कैकुखोला–खन्ती खण्ड कालोपत्र भएको छ । मुस्ताङको थासाङ गाउँपालिका–५ कैकुखोलाबाट गाउँपालिकाको केन्द्र खन्ती जोड्ने सडक कालोपत्रको काम सकिएको हो । एक सय ८६ किलोमिटर दूरीको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत कैकुखोला–खन्ती खण्डमा पहिलोपटक कालोपत्र भएको हो । बेनी–जोमसोम–कोरला सडक आयोजनाको तेस्रो प्याकेजको ठेकेदार कम्पनी शर्मा–गजुरमुखीका आयोजना व्यवस्थापक नरेन्द्र न्यौपानेले कैकुखोला–खन्ती खण्डको १६ किलोमिटर ५०० मिटरमध्ये १६ किलोमिटर दूरीमा आक्सपाल्ट प्रविधिको कालोपत्र गरिएको जानकारी दिए। “तेस्रो प्याकेजको कालोपत्र गर्न अब ५०० मिटर मात्र… पुरा पढौ

राप्ती हाइड्रोले जेठ २४ देखि आईपीओ निष्काशन गर्दै, कहिलेसम्म दिने आवेदन ?

काठमाडैं, १३ जेठ । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले जेठ २४ गतेबाट आयोजना प्रभावित क्षेत्रका जनताको लागि आईपीओ निष्काशन तथा बिक्रीमा ल्याउन लागेको जनाएको छ । प्रतिसेयर १०० अंकित मूल्य दरमा ६ लाख १२ हजार ७९३ कित्ता साधारण सेयर निष्काशन तथा बिक्रीमा ल्याउने भएको हो ।कम्पनीको आयोजना प्रभावित क्षेत्र रुकुम पूर्वि जिल्ला, रुकुम पश्चिम जिल्लाका जनताका लागि सेयर निष्काशन गर्न लागिएको हो । सेयर जगानी गर्न चाहने लगानीकर्ताले असार ७ गतेसम्म आवेदन दिन पाउने छन् । तोकिएको अवधिसम्म माग… पुरा पढौ

जुम्लाको चन्दननाथमा सोलार प्लान्टबाट विद्युत्, १५०० किलोवाट सोलार प्लान्ट राखिने

खलङ्गा, १३ जेठ । जुम्लाको चन्दननाथ नगरपालिका–३ स्थित खोपेचौर र घुघुत्ती विद्युत गृहको चौरबाट सौर्यप्लान्टबाट विद्युत् उत्पादन हुने भएको छ । बिजुली आपूर्ति व्यवस्थापनका लागि एक हजार ५०० किलोवाट सोलार प्लान्ट राखिने भएको छ । सोलार प्लान्ट राख्नका लागि स्थानको छनोटसमेत गरिएको छ । जिल्लाको चन्दननाथ नगरपालिका–३ स्थित खोपचौर र घुघुत्ती विद्यतु गृह नजिकको चौरमा सौर्य प्लान्ट राख्नका लागि स्थान छनोट गरिएको हो । नेपाल विद्युत् प्राधिकरणको लगानीमा सो प्लान्ट राख्नका लागि खोपेचौर र विद्यतु गृह नजिक चौर छनोट गरी पठाएको… पुरा पढौ

काठमाडौं महानगरको कोरोना भाइरसविरुद्धको खोप अभियान सञ्चालन

काठमाडौं, १३ जेठ । काठमाडौं महानगरपालिकाले कोरोना भाइरसविरुद्धको खोप अभियान ३२ वटा वडामा सञ्चालन गरेको छ । महानगरले जेठ १४ गतेसम्म नगरभित्रका खोप लगाउन छुटेकालाई पहिलो र दोस्रो मात्रा तथा बुस्टर डोज दिइने भएको महानगरका स्वास्थ्य विभागका प्रमुख बलराम त्रिपाठीले जानकारी दिए। उनका अनुसार मोडर्ना र फाइजर खोप दिइनेछ । महानगरले १८ वर्षभन्दा माथिका खोप लगाएको तीन महिना पूरा भएका सबै नागरिकलाई बुस्टर मात्रा र खोप लगाउन छुुुटेकालाई पहिलो र दोस्रो मात्रा खोप लगाउन थालेको हो । बुस्टर र दोस्रो… पुरा पढौ

सर्वोच्चको फैसला : श्रीमतीको हत्या गर्ने कोइरालालाई जन्मकैद

काठमाडाैं, १३ जेड । सर्वोच्च अदालतले श्रीमतीको हत्या गेरेर जेल परेका सशस्त्र प्रहरीका तत्कालीन नायब महानिरीक्षक (डीआइजी) रञ्जन कोइरालालाई जन्मकैद (२० वर्ष) जेल सजाय हुने फैसला सुनाएको छ । कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरु टङ्कबहादुर मोक्तान र डा कुमार चुडालको पूर्ण इजलासले आज कर्तव्य ज्यानसम्बन्धी मुद्दामा जिल्ला अदालत काठमाडौँ र उच्च अदालत पाटनको फैसलालाई सदर गर्दै उक्त फैसला सुनाएको हो । यसअघि निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलासले गरेको फैसलालाई उल्टयाउँदै जन्मकैदको जेल सजाय हुने फैसला… पुरा पढौ

पश्चिमी वायुको प्रभाव : पहाडमा बदली, प्रदेश १ मा हल्का वर्षा

काठमाडाैं, १३ जेठ । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा स्थानीय वायु, भारतको विहारको आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको जनाएकाे छ।  देशको पहाडी भू-भागमा आंशिक देखि  सामान्य बदली  रही प्रदेश १ का एक-दुई स्थानमा मेघ गर्जन / चट्याङ्ग सहित हल्का वर्षा भईरहेको छ। जेठ १३ गते (शुक्रबार) दिउँसो : देशका पहाडी भू-भागमा आंशिक देखि  सामान्य बदली  रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भू-भागका केही स्थानगरूमा  मेघ गर्जन / चट्याङ्ग र  हावा हुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको… पुरा पढौ

गण्डकी प्रदेश सभामा पेस भएकाे बजेटका सिद्धान्त र प्राथमिकता(पूर्णपाठ)

पोखरा, १२ जेठ । अर्थ मन्त्री रामजीप्रसाद बराल जीवनले बिहिबार गण्डकी प्रदेश सभामा बजेटका सिद्धान्त र प्राथमिकता २०७९-८० छलफलका लागि पेस गरेका छन् । जसअनुसार गण्डकी प्रदेशको विकासको लागि निजीक्षेत्र, सहकारी क्षेत्रसँगको साझेदारीलाई सहज बनाउन नीतिगत सुधार गरिने भएको छ । प्रदेशको आय र जीवनस्तरमा सुधार ल्याउन, प्रदेशभित्र औद्योगिक लगानीको प्रवर्द्धन गर्न, प्रदेश गौरवका आयोजना तथा रणनीतिक महत्त्वका आयोजनामा वैदेशिक लगानी परिचालन गर्न आवश्यक कानूनी व्यवस्था सहित लगानीको वातावरण विकास गरिने भएको छ । प्रथम पञ्चवर्षीय योजनाको मध्यावधि मूल्याङ्कन गरी… पुरा पढौ

भारतले फलामजन्य वस्तुको कच्चा पदार्थ निकासी शूल्क १५ प्रतिशत ताेकेपछि के भन्छन नेपाली उद्योगी ?

काठमाडौं, १२ जेठ । भारत सरकारले फलामजन्य विभिन्न कच्चा सामाग्रीको निर्यात शुल्क बढाएसँगै यसको असर नेपालमा पनि देखिने भएको छ । भारतको अर्थमन्त्रालयले गत शुक्रवार फलामजन्य विभिन्न कच्चा सामाग्रीको निर्यात शुल्क १५ प्रतिशतले बढाएपछि यसको असर नेपालका उद्योगमा पनि देखिने भएको हो । यसअघि शून्य रहेको फलामजन्य कच्चा पदार्थहरूको निकासी शुल्क भारत सरकारले १५ प्रतिशतसम्म पुरयाएको छ । भारतले फलामजन्य तयारी वस्तुको शुल्क भने बढाएको छैन । यसले गर्दा नेपालमा कच्चापदार्थ ल्याएर सामान उत्पादन गर्ने नेपाली उद्योगहरू समस्यामा पर्ने उद्योगी… पुरा पढौ