मुख्य समाचार

दोर्दीखोला जलविद्युतको सेयरमा आजसम्म आवेदन दिन सकिने

काठमाडौं, ५ जेठ। दोर्दी खोला जलविद्युत कम्पनीले निष्काशन तथा बिक्रीमा ल्याएको सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले आयोजना क्षेत्रका जनताको लागि वैशाख १३ गतेदेखि १० लाख ५४ हजार २६० कित्ता सेयर निष्काशन गरेको थियो । जारी पूँजी १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४०० रुपैयाँ बराबरको १० प्रतिशतले हुने १० करोड ५४ लाख २६ हजार ४० रुपैयाँ बराबरकाे रूपैयाँ १०० मूल्य अंकित दरको १० लाख ५४ हजार २६० कित्ता सेयर निष्काशन गरीएको थियो ।… पुरा पढौ

काठमाडाैंमा बालेन, चितवनमा रेणु र पोखरामा धनराजकाे अग्रता कायमै

काठमाडाैं, ५ जेठ। काठमाडाैं महानगरपालिकाका स्वतन्त्र उम्मेदवार बालेन शाहले शुरूदेखिकाे अग्रतालाइ जाेगाउन सफल भएका छन्। बिहबार बिहानसम्म उनले एमालेका उम्मेदवार केशव स्थापितलाइ १० हजार १०८ मतकाे अन्तरले पछि पारेका छन् । बालेनले २१ हजार ३२४ मत पाएका छन् भने स्थापितले ११ हजार २१६ मत पाएका छन् । उपमेयरमा एमालेकी सुनिता ढंगाेलअगाडी रहेकी छन् । उनले १९ हजार ९५६ मत पाएकी छन् । उनका प्रतिष्पर्धी एकिकृत समाजवादीकार रामेश्रर श्रेष्ठले ६ हजार ३१६ मत पाएका छन् । पाेखरा महानगरपालिका उता पाेखरा महानगरपालिकामा… पुरा पढौ

सेयर धितो कर्जामा लगाइएको ४-१२ को क्याप फिर्ता लिन लगानीकर्ताको माग

काठमाडौं, ५ जेठ । सेयर लगानीकर्ताहरुले सेयर धितो कर्जामा लगाईएको ४-१२ को क्यापलाई फिर्ता लिन नेपाल राष्ट्र बैंक समक्ष माग गरेका छन्। नेपाल ईन्भेष्टर्स फोरमका अध्यक्ष तुलसी राम ढकाल तथा सेयर लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्यालले ४ बुँदे मागपत्र बुझाउँदै ४-१२ को क्यापलाई हटाउन माग गरेका हुन् । पत्रमा लेखिएको छ, ३२०० अंकले पार गरेको परिसूचक हाल २२५० को हाराहारीमा स्खलित भईसकेको छ । ४४ खर्ब बढीको सेयर बजारको पूँजीकरण हाल ३१ खर्बको तल्लो अंकमा ओर्लिएको छ । १३ खर्बको… पुरा पढौ

शेयर लगानीकर्ताले गभर्नर अधिकारीसँग राखे ४ बुँदे माग

काठमाडौं, ५ जेठ । शेयर लगानीकर्ताहरूले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई ४ बुँदे माग पेश गरेका छन् । बजारमा लगातार गिरावट आएपछि लगानीकर्ताका संघले गभर्नर अधिकारीलाई नेपाल इन्भेष्टर फोरम र सेयर लगानीकर्ता संघले मागपत्र पेश गरेका हुन् । दुई वटा संघले पेश गरेको मागपत्रमा ४ करोड एउटा बैंक र १२ करोड रुपैयाँसम्मको शेयर कजाए ऋणको सिमाले शेयर बजारलाई निरुत्साहित गरेकोले सो व्यवस्थालाई राष्ट्र बैंकबाट फिर्ता लिने रहेको छ । उनीहरूले यो व्यवस्था तत्काल हटाउन समेत माग गरेका छन् ।… पुरा पढौ

स्याङ्जामा गणना सकियो, ६ मा एमाले, ५ मा कांग्रेस विजयी

वालिङ, ५ जेठ । स्याङ्जाका ११ वटै पालिकाको अन्तिम नतिजा सार्वजनिक भएको छ । पाँच नगरपालिका र छ गाउँपालिका रहेको स्याङ्जाका चार नगरपालिका र एक गाउँपालिकामा कांग्रेस तथा चार गाउँपालिका र एक नगरपालिकाको प्रमुखमा एमाले विजयी भएका छन् । पुतलीबजार, गल्याङ, भिरकोट र चापाकोट नगरपालिकाको प्रमुख÷उपप्रमुख तथा अर्जुनचौपारी गाउँपालिकाको अध्यक्ष उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको हो । त्यस्तै कालीगण्डकी, आँधीखोला, बिरुवा, हरिनाश, फेदीखोला गाउँपालिकाको अध्यक्ष÷उपाध्यक्ष तथा वालिङ नगरपालिकाकाका प्रमुखमा नेकपा एमाले र उपप्रमुखमा कांग्रेसकी कविता तिवारी गैह्रे विजयी भएकी छन्… पुरा पढौ

जब संसदमा अर्थमन्त्रीलाई राजीनामा किन नदिएको भन्दै प्रश्न सोधियो…

काठमाडौं, ५ जेठ । बुधवार दिउँसो प्रतिनिधि सभामा बजेटका सिद्दान्त र प्राथमिकता विधेयकमाथि छलफल भइरहेको थियो । छलफलमा नेकपा एमालेका नेता खगराज अधिकारीले अर्थमन्त्री जनार्दन शर्मालाई राजीनामा किन नगरेको भन्दै प्रश्न गरे ।नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई सर्वोच्च अदालतले पूनर्बहाली गरेपछि अर्थमन्त्री शर्माले नैतिकताको आधारमा राजीनामा दिनुपर्नेमा किन त्यस्तो नभएको भन्दै नेता अधिकारीले प्रश्न गरेका हुन् । ‘नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निकाल्नु भयो, फेरि उहाँ पूनर्बहाली पनि हुनुभयो, ऊ बेलामा महेश आचार्यले त राजीनामा दिनु भएको थियो… पुरा पढौ

पहाडी भेगका केही स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना

काठमाडाैं, ५ जेठ । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेकोले सुदुरपश्चिम, लुम्बिनी प्रदेश लगायत देशका पहाडी भूभागहरुमा आंशिक बदली रहने वताएको छ । जेठ ५ गते (बिहिबार) दिउँसो : प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागमा अपह्रान्नपछि आंशिक देखि सामान्य बदली  रही देशका बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघ गर्जन/चट्याङ्ग हावा हुरीसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। राती : प्रदेश १, मधेश प्रदेश लगायत अन्य… पुरा पढौ

रिभर फल्स पावरको आईपीओमा पर्यो १८ लाख ३८ हजार बढीको आवेदन

काठमाडौं, ४ जेठ । रिभर फल्स पावर लिमिटेडले बिक्रीमा ल्याएको आईपीओमा आज अन्तिम दिनसम्म आउँदा १८ लाख ३८ हजार ४३१ जनाको आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङका अनुसार अपरान्ह सवा ५ वजेसम्म २ अर्ब ११ करोड ३२ लाख ९२ हजार रुपैयाँ बराबरको २ करोड ११ लाख ३२ हजार ८२० कित्ता सेयरका लागि आवेदन पेश भएको छ । वैशाख २८ गतेदेखि कम्पनीको प्रतिसेयर १०० रुपैयाँ मूल्य अंकित दरको २७ लाख ३० हजार कित्ता सेयर निष्काशन तथा बिक्रीमा ल्याईएको थियो ।… पुरा पढौ

८.९० अंकले बढ्यो नेप्से, १ अर्ब ३२ करोड बढीको कारोबार

काठमाडौं, ४ जेठ । स्थानिय निर्वाचन पछिको पहिलो काराबोरको दिन मंगलबार सेयरमा भारी अंकको गिरावट भएपनि जेठ महिनाको दोश्रो कारोबार भएको दिन आज सेयरबजार दोहोरो अंकले बढेकाे छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ८.९० अंकले बढेर २२७४.४२ विन्दुमा उक्लिएको छ । नेप्सेमा ०.३९ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स २.४१ अंकले बढेर ४४१.०९ विन्दुमा पुगेको छ । कुल २२७ कम्पनीको सेयर कारोबार भएको छ । ३१ लाख ५६ हजार ९१३ कित्ता सेयरको खरिदबिक्रीबाट १ अर्ब ३२ करोड ६३ लाख… पुरा पढौ

मतगणना कार्य थप प्रभावकारी बनाउन आयोगले दियाे यस्ताे निर्देशन

काठमाडौँ, ४ जेठ । निर्वाचन आयोगले मतगणना कार्य सुरु भएको बढीमा ५ दिनभित्र सम्पन्न गर्न–गराउन निर्देशन दिएको छ । मतगणना कार्यमा सानातिना विषयलाई ठूलो मुद्दा बनाइ विवाद बल्झाउने, गणना कार्य सम्पन्न भई मुचुल्का उठाएर अन्तिम परिणाम घोषणा गर्ने समयमा पुनः गणना गराउन माग गर्नेजस्ता समस्या खडा गर्ने, गणना गर्दै जाँदा मतगणनाको अन्तिम चरणमा पुग्दा झिनो मतान्तर देखिएमा सुरुदेखि नै पुनः मतगणना गराउन खोज्नेजस्ता कार्यबाट मतगणना यथा समयमा सम्पन्न गर्ने कार्यमा व्यवधान उत्पन्न हुने हुँदा त्यस प्रकारका व्यवहार प्रदर्शन नगर्न आयोगले… पुरा पढौ