मुख्य समाचार

निक्षेप तथा कर्जा सुरक्षण कोषद्वारा सीइओ नियुक्तीकाे सूचना जारी, कहिलेसम्म दिने आवेदन ?

काठमाडौं, ४ बैशाख। निक्षेप तथा कर्जा सुरक्षण कोषले खाली रहेको सीइओ पदका लागि आवेदन मागेको छ। नेपाल सरकारले  गठन गरेको छनाेट तथा सिफारिस समितिले कोषकाे प्रमुख कार्यकारी अधिकृतको आवेदनका लागी पत्रिकामा सूचना समेत प्रकाशित गरेकाे छ । खुला प्रतिस्पर्धाबाट पदपूर्ति गरिने याे पदका लागि आवेदकले मान्यता प्राप्त शिक्षण संस्थाबाट अर्थशास्त्र, वाणिज्यशास्त्र, व्यवस्थापन, वाणिज्य कानुन, लेखा, बैंकिङ वा बीमा व्यवसायमा कम्तीमा स्नातकोत्तर गरेको हुनुपर्ने भनिएकाे छ।  चार्टर्ड एकाउन्टेन्टले समेत यो प्रतिस्पर्धामा भाग लिन सक्ने बताइएकाे छ । आवेदककाे बैंक तथा वित्तीय संस्थामा  अधिकृत द्वितिय श्रेणी वा सो… पुरा पढौ

गृहमन्त्री खाण र चिनियाँ राजदूत यान्छी बिच भेट, ३० मे देखि चीनको कुनमिङमा सिधा हवाई उडान हुने

काठमाडौँ, ४ जेठ । गृहमन्त्री बालकृष्ण खाणसँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले आज शिष्टाचार भेटवार्ता गरेकी छन । गृह मन्त्रालयमा भएको भेटमा उनीहरु बीच दुई देशबीचको आपसी सम्बन्ध र सहयोग आदानप्रदानका विषयमा कुराकानी भएको थियो । साे अवसरमा उनले काठमाडौँबाट चीनको कुनमिङमा ३० मेबाट सिधा उडान गर्ने तयारी भएको समेत जानकारी गराइन । याे उडान शुरू भएपछि नेपालमा चिनिया पर्यटककाे आगमनमा बृद्दि हुने गृहमन्त्री खाणले बताए । भेटमा गृहमन्त्री खाणले स्थानीय तहको निर्वाचन सम्पन्न गरेर सरकार अब बजेट निर्माणको… पुरा पढौ

स्थगन भएका थप १५ केन्द्रमा मतदान जारी

काठमाडौँ, ४ जेठ। गत वैशाख ३० गते स्थगन भएकामध्ये बारा र रौतहटसहित विभिन्न जिल्लाका स्थानीय तहका १५ मतदान केन्द्रमा आज निर्वाचन भइरहेको छ । रौतहटको गरुडा नगरपालिका वडा नं ७, बौधीमाई नगरपालिकाको वडा नं १, २ र ९, गढीमाई नगरपालिकाको वडा नं ३ र ६, यमुनामाई गाउँपालिकाको वडा नं. १ र २, देवानी गोनाही नगरपालिकाको वडा नं २ तथा फतुवाविजयपुर नगरपालिकाको वडा नं ७ मा मतदान जारी छ । यसैगरी बाराको पचरौता नगरपालिका वडा नं २ र ४, हुम्लाको चंखेली… पुरा पढौ

प्रतिनिधि सभामा आजदेखि प्रि-बजेट छलफल, उत्पादन वृद्धि र पूर्वधार विकास बजेटकाे मुख्य प्राथमिकता

काठमाडौं, ४ वैशाख । प्रतिनिधि सभामा बजेट अधिवेशन शुरू भएको छ । बजेट अधिवेशन शुरू भएसँगै प्रतिनिधि सभामा आज (बुधवार)बाट प्री बजेट माथिको छलफल शुरू हुँदैछ । संसदमा आज र भोलि प्रिबजेट छलफल हुने कार्यसूची तय गरिएको छ । मंगलवार बजेट अधिवेशन शुरू गर्दै अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/८० को बजेटको सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका छन् । संसदमा अर्थमन्त्री शर्माले उत्पादन वृद्धि र पूर्वाधार विकासलाई बजेटको प्राथमिकता हुने बताएका छन् । बजेट पेश गर्नुभन्दा १५ दिन अगावै… पुरा पढौ

३ जीवन बीमा कम्पनीले पाए मर्जरकाे सैद्धान्तिक सहमति

काठमाडौं, ४ जेठ । तीन जीवन बीमा कम्पनीले एकआपसमा मर्जरका लागि सैद्धान्तिक सहमति पाएका छन् । बीमा कम्पनीहरूको नियमनकारी निकाय बीमा समितिले प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, गुराँस लाइफ इन्स्योरेन्स लिमिटेड र युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडलाई एकआपसमा मर्जरका लागि मंगलवार सैद्धान्तिक सहमति दिएको हो ।समितिले “बीमक गाभ्ने, गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी निर्देशिका, २०७६” को दफा ६ बमोजिम यी तीन जीवन बीमा कम्पनीलाई मर्जरका लागि सहमति दिएको समितिका कार्यकारी निर्देशक एवम् प्रवक्ता राजुरमण पौडेलले जानकारी दिए । साथै सोही… पुरा पढौ

यस्तो छ दलहरुकाे चुनावी नतिजा

काठमाडौं, ४ जेठ । स्थानिय तहको निर्वाचन २०७९ को आज बिहान पाैने ११ वजेसम्म देशव्यापि प्राप्त नतिजा अनुसार गठबन्धनमा रहेको नेपाली कांग्रेस अग्रस्थानमा रहेको छ । अहिलेसम्म काँग्रेसले १९८ स्थानमा प्रमुख, १८४ स्थानमा उपप्रमुखमा जित हाँसिल गरेको छ । कांग्रेसले ११६ प्रमुख र १०२ उपप्रमुखमा अग्रता लिएको छ । नेकपा एमाले दोश्रोमा रहेको छ । एमालेले १२३ स्थानमा प्रमुख, १२५ स्थानमा उपप्रमुख जितेको छ । ७८ स्थानका प्रमुख र १०३ स्थानका उपप्रमुखमा अग्रता कायम गरेको छ । तेश्रोमा आएको माओवादी… पुरा पढौ

रिभर फल्स पावरको आइपीओ आवेदन आजसम्म

काठमाडौं, ४ जेठ । रिभर फल्स पावर लिमिटेडले निष्काशन तथा बिक्रीमा ल्याएको आईपीओमा लगानीकर्ताले आजसम्म मात्रै आवेदन दिन पाउने भएका छन् । कम्पनीले वैशाख २८ गतेदेखि सर्वसाधारणका लागि बिक्रीमा ल्याएको सो आईपीओको लागि आवेदन पेश गर्ने आज अन्तिम दिन बाँकी रहेको हाे। कम्पनीले प्रतिसेयर १०० मूल्य अंकित दरको २७ लाख ३० हजार कित्ता सेयर बिक्रीमा ल्याएको हो । जसबाट ५४ हजार ६०० कित्ता सेयर कर्मचारीका लागि रहेको छ । १ लाख ३६ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषका लागि… पुरा पढौ

एनएमबि उर्जा ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं, ४ जेठ । एनएमबि बैंकले बिक्रीमा ल्याएको ‘एनएमबि उर्जा ऋणपत्र ४ प्रतिशत २०९३/९४’ नामको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन बाँकी रहेको छ । बैंकले वार्षिक ४ प्रतिशत ब्याजदर प्रदान गर्नेगरी ‘एनएमबि उर्जा ऋणपत्र ४ प्रतिशत २०९३/९४’ नामको ऋणपत्रकाे बिक्री खुला गरेको हो। बैंकले वैशाख २१ गतेदेखि बिक्री खुला गरेकाे १५ वर्षे समयावधि रहेको ३ अर्ब ५० करोड रुपैयाँ बराबरको सो ऋणपत्रमध्ये प्रतिकित्ता १ हजारको दरले ३५ लाख कित्ता ऋणपत्रबाट २१ लाख कित्ता व्यक्तिगत तवरले बाँडिने भएको छ ।… पुरा पढौ

तनहुँमा एमाले चार, कांग्रेस दुई र माओवादी केन्द्र एक पालिकामा विजयी

तनहुँ, ४ जेठ । स्थानीय तह निर्वाचनअन्तर्गत तनहुँका सातवटा पालिका र ५१ वडाको मतपरिणाम सार्वजनिक भएको छ । मतगणना सार्वजनिक भएका सात पालिकामध्ये नेकपा (एमाले)ले चार, नेपाली कांग्रेसले दुई र नेकपा (माओवादी केन्द्र)ले एक पालिका जितेका छन् । त्यस्तै मतपरिणाम सार्वजनिक भएका ५२ वडामध्ये एमालेले २२, कांग्रेसले २४ र माओवादीले छ वडामा जित हासिल गरेका छन् । शुक्लागण्डकी नगरपालिका र भानु नगरपालिकाको मतगणना जारी छ । व्यास नगरपालिकाको भने आज दुईवटा मतदान केन्द्रमा पुनः मतदान भएपछि मात्रै मतगणना गर्ने तयारी… पुरा पढौ

देवचुली नगरपालिका प्रमुख-उपप्रमुखमा एमाले निर्वाचित

नवलपुर, ४ जेठ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को देवचुली नगरपालिका प्रमुख–उपप्रमुखमा नेकपा (एमाले)का उम्मेदवार निर्वाचित भएका छन् । देवचुली नगरपालिका प्रमुखमा एमालेका उम्मेदवार हरिप्रसाद न्यौपाने निर्वाचित भएका छन् । १२ हजार ८०६ मत ल्याएर नगरप्रमुखमा निर्वाचित भएका न्यौपानेका प्रतिस्पर्धी नेपाली कांग्रेसका अशोक बस्ताकोटीले ११ हजार २१० मतमात्रै प्राप्त गरे। अहिले नगरप्रमुखमा निर्वाचित न्यौपाने यसअघि सम्पन्न स्थानीय तह सदस्य निर्वाचन २०७४ मा कांग्रेसका पूर्णकुमार श्रेष्ठसँग पराजित भए । त्यसैगरी देवचुली नगरपालिकाको उपप्रमुखमा एमालेकै उम्मेदवार पार्वता तिवारी निर्वाचित भए । तिवारीले १२ हजार ७४९… पुरा पढौ