मुख्य समाचार

बागमती, गण्डकी, लुम्बिनी र पहाडी भागमा वर्षाको सम्भावना

काठमाडाैं, ४ वैशाख । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहनेछ। जेठ ४ गते (बुधबार) दिउँसो :  देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली  रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशमा र अन्य प्रदेशका पहाडी भू-भागका केही स्थानमा  मेघ गर्जन / चट्याङ्ग हावा हुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। राती : प्रदेश १ र मधेस प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली  रही देशका बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, मधेश प्रदेश, र बागमती प्रदेशका केही स्थानहरूमा  मेघ गर्जन / चट्याङ्ग सहित हल्का… पुरा पढौ

बढ्यो सार्वजनिक यातायातका साधनमा ५ प्रतिशत भाडा, कुन रुटकाे कति ?(सूचीसहित)

काठमाडौं, ३ जेठ । सरकारले बुधबारबाट राष्ट्रियस्तरका रुटमा चल्ने सार्वजनिक यातायातका सवारीसाधन भाडामा बृद्धि गरेको छ । सरकारले केहिदिन अघि पेट्रोलियम पदार्थमा प्रतिलिटिर रुपैयाँ १० बृद्धि गरेको थियो भने अब केहि दिनमै पुनः मूल्यबृद्धि हुने कुरा आयल निगमले बाहिर ल्याईसकेको छ । यातायात क्षेत्रबाट बेला बेलामा भाडा बृद्धि वा भाडा समायोजनका माग गर्दै आएपनि व्यवसायीहरुले अझैं पूर्ण सन्तुष्टि लिन नसकिरहेको बेलामा सरकारले भाडा बृद्धिलाई पेट्रोलियम पदार्थमा भईरहेको निरन्तरको बृद्धि र त्यसबाट परिरहेको असरलाई संवोधन हुनेगरी स्वचालित प्रणाली अनुसार सार्वजनिक सवारीको… पुरा पढौ

नेपालमा ४७ लाख उच्च रक्तचापका बिरामी रहेकाे अनुमान

काठमाडौँ, ३ जेठ । नेपालमा ४७ लाख मानिसमा उच्च रक्तचापको समस्या रहेको अनुमान गरिएकाे छ । विश्व उच्चरक्तचाप दिवसका अवसरमा स्वास्थ्य सेवा विभागले आयोजना गरेको पत्रकार कार्यक्रममा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले ४७ लाख मानिसमा उच्च रक्तचापको समस्या रहेको बताएका हुन । उनका अनुसार तीमध्ये १० लाखलाई आफ्नो उच्च रक्तचापको अवस्थाबारे जानकारी रहेको र ४ लाखले मात्र औषधि सेवन गर्ने गरेका छन् । औषधि सेवन गर्नेमध्ये २ लाखको मात्र उच्च रक्तचाप नियन्त्रणमा रहेको उनको भनाइ थियो ।… पुरा पढौ

जेठको पहिलो कारोबार भएकै दिन नेप्सेमा ८४.९० अंकको गिरावट

काठमाडौं, ३ जेठ । अन्तिम कारोबार भएको दिन वैशाख २९ गते ओरालो लागेको सेयर बजारको यात्राले साताको सेयर कारोबार भएकाे पहिलाे दिन आज पनि ओरालोतिर नै गएको छ । सेयर बजार राताम्मै हुँदा लगानीकर्ताको मनोवल घटाएको छ । काराेबार रकममा पनि कमि भएकाे छ । यहिबीचमा स्थानिय तहको निर्वाचन भएको र निर्वाचनको माहौलसंगै बजारमा सकारात्मक रौनक छाउला भन्ने अपेक्षा भने पूरा हुन सकेन । नेप्से परिसूचक ८४.९० अंकले घटेर २२६५.५२ विन्दुमा झरेको छ । नेप्सेमा ३.६१ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ… पुरा पढौ

नयाँ बजेटका लागी अर्थ मन्त्रालयलाई के–के आयो सुझाव ? (सूचीसहित)

काठमाडौं, ३ जेठ । अर्थमन्त्री जनार्दन शर्मालाई बजेटमा जनताले पुँजीगत लाभकर १० देखि १५ प्रतिशत बनाउनुपर्ने तथा उत्पादनमुलक उद्योगलाई करमा छुट दिनुपर्ने सुझाव दिएका छन् । अर्थमन्त्री शर्माले आगामी आर्थिक वर्षको लागि जनताको सुझाव टोल फ्रि नम्बरबाट लिएका थिए । अर्थमन्त्री शर्मालाई आएको सुझाव पुँजीगत लाभकर बढाउनुपर्ने तथा उद्योगमा कर घटाउनुपर्ने सुझाव छ । यसबाहेक आइपिओ निस्कासन र जारी गर्ने कम्पनीलाइ सामान्य सहुलियत दिदाँ अरु कम्पनी पनि पब्लिक कम्पनीमा जान उत्साही हुने उल्लेख छ । अर्थमन्त्रीलाई बजेटमा बैंकहरुले आइपीओमा लिने… पुरा पढौ

रिभर फल्स पावरको आइपिओ निष्काशनकाे तेश्रो दिनमा ६.५ गुणा ओभर सब्स्क्राइब

काठमाडौं,३ जेठ । रिभर फल्स पावर लिमिटेडको प्राथमिक निष्काशनमा तेश्रो दिनकाे विहान १०ः३० बजेसम्म ६.४७ गुणाले ओभर सब्स्क्राइब भएको छ । बैशाख २८ गतेबाट निष्काशन भएको २७ लाख ३० हजार कित्ता मध्ये सामुहिक लगानी कोषलाई ५ प्रतिशत बराबर १ लाख ३६ हजार ५ सय कित्ता तथा कर्मचारीलाई २ प्रतिशत बराबर ५४ हजार ६ सय कित्ता छुट्याई बाँकी रहेको २५ लाख ३८ हजार ९ सय कित्ता शेयर निष्काशन गरिएको थियाे । निष्काशनको तेश्रो दिन विहान १० बजेसम्म १४ लाख १३ हजार… पुरा पढौ

बीमा क्षेत्रमा ११ हजारभन्दा बढीले पाए रोजगारी

काठमाडौं, ३ जेठ । बीमा क्षेत्रमा ११ हजार जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । बीमा समितिका अनुसार हालसम्म नेपाली बीमा बजारमा ११ हजार ९१८ जनाले रोजगारी पाएका हुन् । बीमा क्षेत्रमा प्रत्यक्ष एवं अप्रत्यक्ष रोजगारीका अवसरहरू उल्लेख्य रूपले बढ्दै गएको समितिको तथ्यांकले देखाएको छ । चालु आवको चैत मसान्तसम्ममा बीमा क्षेत्रमा ११ हजार ९१८ जनाले रोजागरी पाएका छन् । गत आवको चैत मसान्तसम्ममा यो संख्या १० हजार ५७३ मात्रै थियो । एक वर्षको अवधिमा सो संख्या १२.०४ प्रतिशतले बढेको हो… पुरा पढौ

फेरि इन्धनको मूल्य बढाउने तयारी, आईओसीले पठायो नयाँ मूल्य सूची

काठमाडौं, ३ जेठ । एकै पटक प्रतिलिटर १० रुपैयाँका दरले पेट्रोलको मूल्य बढाएको नेपाल आयाल निगमले पुनः मूल्य बढाउने तयारी थालेको छ । ह्वात्तै मूल्य बढाएको २ दिन वित्न नलाग्दै सोमबार साझ देखि नै नियमले मूल्य बढाउने विषयमा गृहकार्य सुरु गरेको हो । श्रोतका अनुसार आगामी साता वा अर्को साताभित्रै निगमले फेरि मूल्य बढाउने गरी छलफल समेत गरेको छ । भारतीय आयल निगम(आईओसी)ले नेपाल आयल निगमलाई इन्धनको मूल्य फेरि बढाएर पठाएको छ । यसकारण पुनः मूल्य बढाउने निगमको तयारी हो… पुरा पढौ

१ अर्ब २० करोडको म्युचुअल फण्ड जारी गर्दै कुमारी क्यापिटल

काठमाडौं, ३ जेठ । कुमारी क्यापिटल लिमिटेडले जेठ १२ गतेदेखि नयाँ म्युचुल फण्ड निष्कासन गर्ने भएको छ । क्यापिटलले कुमारी धनवृद्धि योजना निष्कासनमा ल्याउन लागेको हो । कुमारी सामूहिक लगानी कोष अन्तर्गत सञ्चालन हुने सो फण्डको इकाईमा जेठ १७ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयमा सबै इकाई विक्री नभएमा जेट २६ गतेसम्म आवेदन म्याद थपिने क्यापिटलले बताएको छ । यो एक बन्दमुखी योजना हो । क्यापिटलले प्रतिइकाई रू. १० अंकित दरमा रू. एक अर्ब २० करोड रुपैयाँ बराबरको १२… पुरा पढौ

महेन्द्रनगर, नेपालगञ्ज र जनकपुरबाट थप हवाई प्रवेश मार्ग उपलब्ध गराउन भारतसँग आग्रह

काठमाडाैं, ३ जेठ। प्रधानमन्त्री शेरबहादुर देउवाले महेन्द्रनगर, नेपालगञ्ज र जनकपुरबाट थप हवाई प्रवेश मार्ग उपलब्ध गराउन भारतसँग आग्रह गरेका छन् । आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीसँग भएको प्रतिनिधिमण्डलस्तरीय वार्तामा प्रधानमन्त्री देउवाले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको औपचारिक उद्घाटन र व्यावसायिक सञ्चालनको शुभारम्भ भइसकेको सन्दर्भमा सम्पर्क सञ्जाल विस्तार, सांस्कृतिक सम्बन्ध र जनता जनताबीचको आवागमनलाई थप सहज बनाउन उक्त विमानस्थल उपयुक्त हुने भएकाले थप हवाई प्रवेश मार्ग उपलब्ध गराउन आग्रह गरे । वार्ताका क्रममा प्रधानमन्त्री देउवाले आपसी हितका लागि दीर्घकालीलनरूपमा विद्युत् व्यापार गर्न आग्रह… पुरा पढौ