मुख्य समाचार

रिभर फल्सको आईपीओमा आजदेखि आवेदन खुल्ला

काठमाडौं, २८ वैशाख । रिभर फल्स पावर लिमिटेडले आजदेखि २७ लाख ३० हजार कित्ता सेयर निष्काशन तथा बिक्रीमा ल्याएको छ । कम्पनीले निष्काशन गरेकाे रुपैयाँ १०० मूल्य अंकित सो सेयरमध्ये ५४ हजार ६०० कित्ता सेयर कर्मचारीका लागि रहेको छ । १ लाख ३६ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषका लागि रहेको छ । सर्वसाधारणले २५ लाख ३८ हजार ९०० कित्ता सेयरको लागि आवेदन दिन पाउने भएका छन् । लगानीकर्ताले जेठको ४ गतेसम्म आवेदन दिन सक्नेछन् । तोकिएको मितिसम्म आवेदन… पुरा पढौ

मौन अवधिमा सामाजिक सञ्जाल नियन्त्रण गर्न चुनौती : आयोग

काठमाडौं, २७ वैशाख । आगामी शुक्रबार हुने स्थानीय तहको निर्वाचनमा आज राति १२ बजेबाट मौन अवधि सुरु हुँदैछ । निर्वाचन आयोगले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न निर्वाचन हुनुभन्दा ४८ घण्टा अगावै मौन अवधि तोकेको हो । उक्त समयमा निर्वाचनसम्बन्धी कुनै पनि गतिविधि गर्न रोक लगाइएको छ । आयोगले राजनीतिक दललाई निर्वाचनसम्बन्धी भेला, घरदैलो प्रचारप्रसार गर्नसमेत रोक लगाएको छ । यस्तै रेडियो, टेलिभिजन, पत्रपत्रिका, अनलाइनलगायतका सञ्चारमाध्यममा पनि मौन अवधिमा कुनै पनि पार्टी र उम्मेदवारका सम्बन्धमा समाचार प्रकाशित गर्न… पुरा पढौ

वाणिज्य बैंकहरूको निक्षेपमा केही सुधार, सीडी रेसियो अझै ९० प्रतिशतभन्दा माथि

काठमाडौं, २७ वैशाख । पछिल्लो एक सातामा २७ वाणिज्य बैंकहरुमा निक्षेप सुधार देखिएको छ । स्थानीय तह निर्वाचनको मुखैमा बैंकहरूको निक्षेप ५ अर्ब रुपैयाँले सुधार भएको नेपाल बैंकर्स एसोसियसनले जनाएको छ । पछिल्लो समय बैंकहरु कर्जा लगानीमा आक्रामक हुँदा निक्षेप भने बढ्न सकेको छैन । पछिल्लो साता (वैशाख १६ देखि २३को बीचमा) भने बैंकमा निक्षेपको अवस्था सुधार भएको हो । १६ वैशाखमा बैंकहरुमा ४३ खर्ब ६८ अर्ब रुपैयाँ निक्षेप थियो । २३ वैशाखमा आइपुग्दा बैंकको निक्षेप ४३ खर्ब ७३ अर्बमा… पुरा पढौ

नेप्सेमा छायो हरियाली, १ अर्ब ३५ करोड बढिको कारोबार

काठमाडौं, २७ वैशाख । साताको सेयर कारोबार हुने तेश्रो दिन मंगलबार सेयर बजारमा हरियाली छाएको छ । यसले लगानीकर्ताको उत्साह बढाएको छ । नेप्सेमा यसदिन ४४.१६ अंको बृद्धि भएको छ । तर कारोबार रकममा भने उल्लेखनिय प्रगति हुन सकेन । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ४४.१६ अंकले बढेको छ । यसरी बढेको नेप्से २३१३ विन्दुमा उक्लिएको छ । नेप्सेमा १.९५ प्रतिशतले बृद्धि भएको छ भने सेन्सेटिभ इण्डेक्स ७.६७ अंकले बढेर ४४७.१४ विन्दुमा पुगेको छ । कुल २२६ कम्पनीको सेयर… पुरा पढौ

भारतका व्यवसायीलाई नेपालमा लगानी गर्न राजदूत शर्माको आग्रह

काठमाडौं, २७ वैशाख  भारतका लागि नेपालको राजदूतमा नियुक्त हभएका डा शङ्कर शर्माले नेपालमा उपलब्ध लगानीका अवसरको उपयोग गरी अधिकतम लाभ लिन भारतका उद्यमी–व्यवसायीलाई आग्रह गरेका छन् । नयाँदिल्लीस्थित नेपाली राजदूतावास र भारतमा रहेका नेपाली व्यवसायीहरूको संस्था एभरेष्ट चेम्बर अफ कमर्स एण्ड इण्डस्ट्रिजद्वारा संयुक्तरूपमा नयाँदिल्लीमा आयोजित अन्तक्र्रियामा राजदूत डा शर्माले नेपालमा लगानी प्रशस्त क्षेत्र रहेकाले तुलनात्मक लाभका क्षेत्रमा पूँजी परिचालन गर्न आग्रह गरे । नेपालमा लगानीका अनेक सम्भावना छन् । लगानी गरेर मुनाफा कमाउन म भारतका उद्योगी–व्यवसायीहरूलाई आग्रह गर्दछु उनले भने… पुरा पढौ

अन्नपूर्ण क्षेत्रमा विदेशी पर्यटक जान थालेपछि व्यवसायी उत्साहित

गलेश्वर, २७ वैशाख । राउण्ड अन्नपूर्ण क्षेत्रमा दैनिक डेढसय बढी विदेशी पर्यटक पैदल मार्ग हुँदै आउन थालेपछि यहाँको पर्यटन क्षेत्र पुरानैलयमा फर्किन सुरु भएको छ । कोरोना महामारीका कारण विगत दुई वर्षसम्म सुस्ताएको पर्यटन क्रियाकलापले गति लिन थालेपछि पर्यटन व्यवसायी उत्साहित भएका छन् । कास्कीको नयाँ पुलबाट सुरु हुने राउण्ड अन्नपूर्ण क्षेत्रमा दैनिक डेढसय बढी विदेशी र करिब ५०० को हाराहारीमा आन्तरिक पर्यटक भित्रिन थालेका अन्नपूर्ण संरक्षण क्षेत्र वीरेठाँटी चेक पोष्टले जनाएको छ । आन्तरिक तथा बाह्य पर्यटक बढेसँगै अन्नपूर्ण… पुरा पढौ

फेरि घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, २७ वैशाख । साताको सुनचाँदीको कारोबार हुने तेश्रो दिन मंगलबार आज नेपाली बजारमा सुनचाँदीको भाउ ओरालो लागेको छ । छापावाल सुनमा यसदिन रुपैयाँ ७०० ले तथा चाँदीमा रुपैयाँ १० ले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । आज छापावाल सुनमा रुपैयाँ ७०० ले गिरावट भई तोलाको ९८ हजार रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि सोमबार छापावाल सुन तोलाको ९८ हजार ७०० रुपैयामा कारोबार भएको थियो । तेजाबी सुन तोलाको ९७ हजार ५०० रुपैयाँमा कारोबार भईरहेको छ ।… पुरा पढौ

मौनअवधि सुरू हुनुअघि प्रचार सामग्री हटाउनुपर्ने, रु १ लाख जरिवाना र उम्मेदवारी रद्द गर्न सक्ने

काठमाडौं, २७ वैशाख । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको मतदानका लागि आज राति १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ । निर्वाचन आयोगका अनुसार मौनअवधि भनेको मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्मको अवधि हो । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका दिन बिहान ७ देखि साँझ ५ बजेसम्म मतदानको व्यवस्था गरिएको जनाएको छ । मौनअवधि सुरु हुनुभन्दा अगाडि मतदानस्थलको ३०० मिटर वरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचारप्रसारका सामग्री हटाउनुपर्ने आयोगले निर्वाचनका लागि जारी… पुरा पढौ

वर्गीय समाज बनेदेखि नै मजदुरमाथि विभेद : अध्यक्ष ओली

काठमाडाैं, २७ वैशाख । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्गीय समाज बनेदेखि नै मजदुरमाथि विभेद भएको बताएका छन् । अन्तर्राष्ट्रिय मजदुर दिवसका अवसरमा भृकुटीमण्डपमा जिफन्टले आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले मजदुरको लामो सङ्घर्षपछि मे दिवस मनाउन थालिएको उल्लेख गरे। पूर्वप्रधानमन्त्री ओलीले विभेद र अत्याचार भएपछि मजदुरहरु एकताबद्ध भएर आन्दोलन सुरु गरेको बताए। पुराना र नयाँ सहर श्रमिकको मिहिनेतबाट नै बनेको उनको भनाइ थियो । “मजदुरकै प्रयासका कारण सहर अहिलेको अवस्थामा आएका हुन्”, अध्यक्ष ओलीले भने। विगतदेखि नै श्रमिकले… पुरा पढौ

पर्यटन क्षेत्रको विकास र विस्तारका लागि जहाज र उडान सङ्ख्या वृद्धि गर्न नाट्टाको आग्रह

काठमाडाैं, २७ वैशाख । नेपाल एसोसिएशन टुर्स एन्ड ट्राभल्स एजेन्टस् (नाट्टा)ले नेपाल वायुसेवा निगमलाई जहाज र उडानको सङ्ख्या वृद्धि गर्न आग्रह गरेको छ । नाट्टाले निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई भेटेर नेपालको पर्यटन क्षेत्रको विकास र विस्तारका लागि निगमले जहाज र उडान सङ्ख्या वृद्धि गर्न आग्रह गरेको हो । मुलुकको पर्यटन क्षेत्रको प्रवद्र्धनका लागि वायुसेवा निगमसँग भएको जहाज अत्यन्त न्यून भएकाले जहाजको सङ्ख्या वृद्धि गरी थप उडान गर्न सके नेपालको पर्यटन क्षेत्रमा अपेक्षित सुधार हुने नाट्टाले जनाएको छ । नाट्टाका… पुरा पढौ