मुख्य समाचार

रसुवागढीबाट हुने चिनियाँ सामग्रीको आयात पूर्ण रूपमा बन्द

रसुवा, २८ वैशाख । आसन्न स्थानीय तहको निर्वाचन सम्पन्न नभएसम्मका लागि रसुवागढीबाट हुने आयात सम्बन्धी कारोबार बन्द गरिएको छ । नेपाल–चीन सीमा क्षेत्रका दुई छिमेकी अधिकारी बीचको संवादबाट मतदान कार्य सम्पन्न नभएसम्मका लागि नाकाबाट आवतजावत पूर्ण रूपमा बन्द गर्ने सहमतिअनुरूप सामान आयात रोकिएको प्रमुख जिल्ला अधिकारी नवराज जैसीले बताए। मङ्गलवार भने १३ वटा ठूलो टेलरमार्फत रेडिमेट तथा हाइड्रोका सामग्री आयात भएको सीमा सुरक्षा पोष्टले जनाएको छ । मतदानको समयभन्दा ७२ घण्टा अगाडि अन्तर्राष्ट्रिय सिमानाबाट आवतजावतमा रोक लगाउने नियमित प्रक्रिया अनुसार… पुरा पढौ

प्रदेश १ मा स्थानीय तह निर्वाचनको सम्पुर्ण तयारी पुरा

विराटनगर, २८ वैशाख । वैशाख ३० गते सम्पन्न हुने स्थानीय तहको निर्वाचनका लागि प्रदेश नं १ का तराईका तीन जिल्ला र पहाडका दुई जिल्लाका प्रमुख जिल्ला अधिकारीले सुरक्षाका सबै प्रबन्ध मिलाएको जनाएका छन् । जिल्लामा शान्ति सुरक्षाको जिम्मेवारीमा रहेका प्रमुख जिल्ला अधिकारीले यो समयमा विशेष भूमिका निर्वाह गरिरहेका छन् । प्रदेश नं १ मा कूल १३७ पालिकामा एक हजार १५७ वडा छन् । एक महानगरपालिका र दुई उपमहानगरपालिका रहेको प्रदेशमा कूल १३७ प्रमुख, १३७ उपप्रमुख र एक हजार १५७ वडाध्यक्ष… पुरा पढौ

पोखरा फाइनान्सको संस्थापक सेयर बिक्रीमा, कसरी दिने आवेदन ? 

काठमाडौं,२८ बैशाख । पाेखराकाे न्युराेडमा केन्द्रीय कार्यालय रहेकाे पोखरा फाइनान्सले केही संस्थापक सेयरधनीहरुको नाममा रहेको सेयर बिक्री गर्ने भएको छ।  संस्थापक सेयरधनी शंकर पराजुलीको २७ हजार ६४९ कित्ता, तेजबहादुर गुरुङको ३७ हजार ६१० कित्ता र चिन्तबहादुर गुरुङले आफ्नो स्वामित्वमा रहेको ५५ हजार ३०० कित्ता सेयर बिक्री गर्न लागेकाे सुचनामा जनाइएकाे छ।  फाइनान्सले सूचना प्रकाशित गरेको ३५ दिनभित्र इच्छुक संस्थापक सेयरधनीहरुले खरिदका लागि लिखित निवेदन दिन सक्नेछन । साे समयमा  आवेदन नपरे खरिद गर्न इच्छुक जोकोही लगानीकर्तालाई पनि उक्त संस्थापक समूहकाे सेयर बिक्री… पुरा पढौ

‘एक असाधारण अन्तर्वार्ता’ कथासङ्ग्रह प्रकाशित

काठमाडौं, २८ वैशाख । चिनियाँ लेखक लाओ माद्वारा लिखित ‘एक असाधारण अन्तर्वार्ता’ कथासङ्ग्रह प्रकाशनमा आएको छ । युयुत्सु आरडी शर्माद्वारा अनुदित सो सङ्ग्रहमा चीनको बेजिङस्थित रेनमिन विश्वविद्यालयका प्राध्यापक तथा विश्वप्रसिद्ध कथाकार ‘मा चुन्ची’ का शीर्षकथालगायत ६ कथा समाविष्ट छन् । निराला पब्लिकेसन्स नयाँदिल्लीद्वारा प्रकाशित सो सङ्ग्रहका कथाहरू अतीतावलोकन(पुरानो स्मृतिलाई अगाडि ल्याउने) गरी प्रस्तुत गरिएको छ । धेरै पुरस्कारहरू प्राप्त प्रा मा पूर्वस्मृति शैलीमा नाम कहलिएका आख्यानकार मानिन्छन् । हालसम्म उनका कृति २० भन्दा बढी भाषामा ४० देशमा ६० औँ संस्करणसम्म… पुरा पढौ

लगानीकर्तालाई आर्थिक भार थपियाे, अब ब्रोकरले लगइन बापत पनि शुल्क उठाउने

काठमाडौं, २८ वैशाख । अनलाइन सेयर कारोबार (टीएमएस) का लागि ‘युजरनेम र पासवर्ड’ दिएबापत ब्रोकरले लगानीकर्ताबाट शुल्क उठाउन पाउने व्यवस्था हुने भएको छ । लगानीकर्तालाई आर्थिक भार पर्नेगरी अनलाइन सेयर कारोबारबापत हरेक लगानीकर्ताबाट वार्षिक १ सय रुपैयाँ उठाउन पाउने नीतिगत व्यवस्था नियामक निकाय धितोपत्र बोर्डले गरेको हो । नियामक निकाय नेपाल धितोपत्र बोर्डले ‘धितोपत्र कारोबार सञ्चालन तेस्रो संशोधन विनियमावली, २०७९’ मा ब्रोकरले उक्त शुल्क उठाउन पाउने व्यवस्था गरिदिएको हो । धितोपत्र बोर्डले पारित गरेपनि उक्त व्यवस्था कार्यान्वयनका लागि नेप्सेले निर्देशन… पुरा पढौ

जेठबाट शुक्रबार पनि हुनेछ सेयर कारोबार

काठमाडौं, २८ वैशाख ।आगामी जेठबाट सोमबारदेखि शुक्रबारसम्म नै सेयर कारोबार हुने भएको छ । हाल आइतबारदेखि बिहीबारसम्म कारोबार हुँदै आएकोमा सरकारले जेठदेखि आइतबार सार्वजनिक बिदा दिएसँगै नेप्सेले यो नयाँ निर्णय गरेको हो । जेठपछि शनिबार र आइतबार सेयर किनबेच बन्द हुनेछ । नेप्से सञ्चालक समितिले जेठबाट पनि साबिककै समय अर्थात ११ देखि ३ बजेसम्म नै कारोबार गर्ने निर्णय गरेको हो । यसले हाल कारोबार हुादै आएको दिनमा कमी आउने छैन । यसका लागि सिस्टम तयार भइसकेको नेप्सेले जनाएको छ । पुरा पढौ

जेठ १० देखि आईपीओ निष्काशन गर्दै अपर हेवाखोला हाइड्रोपावर

काठमाडौं, २८ वैशाख । अपर हेवाखोला हाइड्रोपावर कम्पनीको आइपीओ जेठ १० गतेदेखि बिक्रीमा ल्याउन लागिएको छ । कम्पनीले आयोजना प्रभावित जिल्ला संखुवासभा जिल्लाका जनताका लागि आइपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले ५ करोड रुपैयाँ बराबरको प्रतिकित्ता रुपैयाँ १०० मूल्य अंकित ५ लाख कित्ता सेयर निष्काशन गर्न लागेको हो । सेयरमा लगानी गर्न चाहने लगानीकर्ताले कम्तिमा १० कित्ता तथा बढिमा १ लाख कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । सेयरमा जेठ २४ गतेसम्म आवेदन दिन सकिनेछ । तोकिएको मितिसम्म आवेदन… पुरा पढौ

कालीगण्डकी संरक्षणमा दलको मौनताप्रति कालीगण्डकी बचाऔं अभियानले जनायो आपत्ति

बागलुङ, २८ वैशाख । सभ्यता बोकेको कालीगण्डकी नदी संरक्षणको मुद्दा दलका चुनावी प्रतिबद्धतापत्रमा नसमेटिएकामा ‘कालीगण्डकी बचाऔँ अभियान’ले आपत्ति जनाएको छ । मानवीय अतिक्रमणका कारण कालीगण्डकीमा निम्तिएको सङ्कटलाई अनदेखा गर्नु र मौनता साँध्नु दलको कमजोरी रहेको उसको ठहर छ । अभियानका संयोजक आरके अदीप्त गिरीले त्यसप्रति आफूहरूको गम्भीर आपत्ति रहेको बताए । उनका अनुसार यस क्षेत्रमा रहेका स्थानीय तहका उम्मेदवार र तिनका दल कालीगण्डकी संरक्षणप्रति उदासिन देखिएका छन् । “पर्यावरणका विषयमा दलहरूको दृष्टिकोण के हो ? संरक्षणको के योजना छ ?… पुरा पढौ

प्रदेश १, बागमती, गण्डकी र लुम्बिनीमा बर्षाको सम्भावना

काठमाडाैं, २८ वैशाख । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको प्रभाव रहेकोले बर्षाको संभावना रहेको जनाएकाे छ। चक्रवात “असानी“ हाल पश्चिम-मध्य बंगालको खाडीमा रहेकोले हाल देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ। प्रदेश १ का एक-दुई स्थानहरूमा मेघ/गर्जन सहित वर्षा भइरहेको समेत बताइएको छ। वैशाख २८ गते (बुधवार) दिउँसो : प्रदेश १ र अन्य प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ।प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको… पुरा पढौ

शुरु भयो ‘ग्लोबल फ्रेन्डशिप आर्ट फेष्टिवल’

काठमाडाैं, २८ वैशाख । 'ग्लोबल फ्रेन्डशिप आर्ट फेष्टिवल २०२२’ काठमाडौंमा शुरु भएको छ । बङ्गलादेश कलाकार समूहको आयोजनामा भएको उत्सवको यो तेस्रो संस्करण हो । उक्त फेष्टिवलको नेपालका लागि बङ्गलादेशका राजदूत सलाहुद्दिन नोमन चौधरीले उद्घाटन गर्दै सांस्कृतिक आदानप्रदान तथा दुई देशको ऐतिहासिक तथा मानवीय सभ्यतालाई जोड्न उत्सव महत्वपूर्ण हुने बताए। राजदूत चौधरीले उक्त कार्यक्रम बङ्गलादेशको सांस्कृतिक विविधतालाई कलाका माध्यमबाट नेपालका कला पारखीलाई देखाउने अवसर भएको पनि बताए। आपसी विश्वासमा बाँधिएको दुई देशको सम्बन्धलाई यस उत्सवले थप बलियो बनाउने र एकअर्काको… पुरा पढौ