मुख्य समाचार

प्रदेश १ र गण्डकीका केहि स्थानमा हल्का वर्षाको सम्भावना

काठमाडाैं, ११ वैशाख । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय, जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशमा  स्थानीय वायु सँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएकाे छ। पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । बैशाख ११ गते   दिउँसो : देशको पहाडी भू-भागमा आंशिक बदली  रही  बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।  प्रदेश १ को पहाडी भू-भागका  एक-दुई स्थानमा  मेघ गर्जन/चट्याङ्ग सहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको छ। राती : देशको पहाडी भू-भागमा आंशिक बदली  रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १ र गण्डकी  प्रदेशको  एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको छ। बैशाख १२ गते  दिउँसो : देशको पहाडी भू-भागमा… पुरा पढौ

आज १६औं लोकतन्त्र दिवस देशभर मनाइदैं

काठमाडौं, ११ वैशाख।आज १६औं लोकतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइंदैछ । विसं २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलको मार्गचित्रबमोजिम विसं २०५९ जेठ ८ गते विघटन भएको संसद् पुनस्र्थापना गर्नुभयो । विसं २०६४ देखि देशभर लोकतन्त्र दिवस मनाउन थालिएको हो । विसं २०५९ असोजमा संसद् विघटनपछि सशस्त्र द्वन्द्वका कारण निर्वाचन हुन सकेन । निर्वाचन नभएपछि राजाले इच्छा लागेका मानिसलाई प्रधानमन्त्री बनाउने र हटाउने शृङ्खला चल्यो । राजा ज्ञानेन्द्रले लोकेन्द्रबहादुर चन्द, सूर्यबहादुर थापा र शेरबहादुर देउवा गरी… पुरा पढौ

निर्वाचनमा बालबालिकालाई प्रयोग नगर्ने दलहरुको प्रतिबद्धता

पाेखरा, १० वैशाख । कास्कीमा कृयाशिल राजनीतिक दलका नेताहरुले स्थानीय तहको निर्वाचनमा वालवालिकालाई प्रयोग नगर्ने बताएका छन् । उनीहरुले निर्वाचन आयोगले जारी गरेको आचारसंहिता पालना गर्ने प्रतिबद्धता जनाएका छन् । आज वैशाख १० गते शनिबार बालबालिका शान्ती क्षेत्र राष्ट्रिय अभियान(सिजप), इन्सेक, सिविन र जागृती बाल तथा युवा सरोकार केन्द्रको संयुक्त आयोजनामा स्थानीय तहको निर्वाचन र वालबालिकाका सवाल बिषयक अन्तरक्रिया कार्यक्रममा नेकपा (एमाले), नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राप्रपा लगायतका दलहरुले निर्वाचनमा वालवालिकाको प्रयोग नगर्ने प्रतिबद्धता जनाएका… पुरा पढौ

निर्वाचनको तयारी तीव्रः संयुक्त निर्वाचन सञ्चालन केन्द्र कार्यान्वयनमा

काठमाडौं, १० वैशाख । निर्वाचन आयोगले आसन्न स्थानीय तहको निर्वाचनका क्रममा आजदेखि संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेइओसी) कार्यान्वयनमा ल्याएको छ । आयोगको संयोजकत्वमा गृह मन्त्रालय, विभिन्न सुरक्षा निकाय र सम्बन्धित निकायका उच्चस्तरका प्रतिनिधि रहेको सो केन्द्र आज आयोगको कार्यालय बहादुरभवनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले शुभारम्भ गरे। यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि जारी भएको निर्वाचन अनुगमन निर्देशिका र सुरक्षा निर्देशिका बमोजिम गठित सो केन्द्रबाट नियमित अनुगमन, सूचना आदानप्रदान र निर्वाचन तयारीका क्रममा हुने समस्या तत्काल समाधान… पुरा पढौ

आर्थिक र सामाजिक विकासमा युवा उद्यमी लाग्नुपर्छः मन्त्री भुसाल

काठमाडौं, १० वैशाख । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले मुलुकको आर्थिक तथा सामाजिक विकासका लागि युवा उद्यमीले कार्य गर्नुपर्नेमा जोड दिएकी छन् । नेपाल युवा उद्यमी मञ्चले आज आयोजना गरेको आठौँ महिला उद्यमी सम्मेलनको उद्घाटन कार्यक्रममा उनले नयाँ पुस्तालाई उत्पादनसँग जोड्नका लागि युवा उद्यमीको संस्था ७५३ वटै स्थानीय तहमा विस्तार गर्नुपर्नेमा जोड दिइन् । उनले भनिन्, “आयात निरुत्साहित र निर्यात प्रवद्र्धन गर्न उत्पादन विस्तार गर्नुछ । त्यसका लागि देशभरका युवा उत्पादनमा संलग्न हुनुपर्छ ।” मन्त्री भुसालले कृषि उत्पादनमा युवा… पुरा पढौ

भैरहवामा जजिरा एयरको पहिलो अन्तर्राष्ट्रिय उडान हुने

काठमाडौं, १० वैशाख । बिहीबारदेखि विधिवत रूपमा सञ्चालन भएको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जजिरा एयरलाइन्सले बुद्धपूर्णिमाकै दिन कुवेतबाट २७८ यात्रु बोक्न सक्ने क्षमताको न्यारोबडी जहाजले उडान भर्ने भएको छ । उक्त दिन जजिराको न्यारोबडीले आफ्नो जहाजमार्फन यात्रु ल्याई गौतमबुद्ध विमानस्थलमा अवतरण गर्ने भएको छ । त्यसको भोलिपल्ट बिहान २ः३० बजेको समयमा नेपालबाट ३० यात्रुभन्दा बढी बोकी कुवेतका लागि उडान भर्ने योजना रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । त्यसपछि साताको तीन दिन (सोमबार, बुधबार र शुक्रबार) नियमित उडान भर्ने… पुरा पढौ

जलवायु परिवर्तनको असर : खेतीमा प्रकोप र लागत बढ्दो

महोत्तरी, १० वैशाख । उमेरले ७० नाघ्नुभएका बर्दिबास नगरपालिका–७ मनहरीपुरका विन्देश्वर यादव तरकारी खेतीमा खटिएका छन् । पछिल्ला २० वर्षयता नगद आर्जनका लागि तरकारी खेती सुरु गरेका यादवले समय समयमा मौसमको प्रतिकूलताले लतारे पनि अझै हरेश खाएका छैनन् । जम्मा सात बिघामध्ये तीन बिघामा तरकारी खेती गर्दै आएका यादवको जग्गामा अहिले भण्टा, खुर्सानी र लहरे (फर्सी, लौका, घिरौँला, करेला, बोडीआदि) मुख्य तरकारी बाली हुन् । खेती गर्न थालेर धान, मकै, कोदोसहितका अन्नबाली हुँदै सुर्ती, उखुजस्ता बाली भोगेर अहिले तरकारी बालीमा… पुरा पढौ

उच्च भागमा आन्तरिक एवं बाह्य पर्यटकको आगमन दैनिक १०० नाघ्यो

रसुवा, १० वैशाख । वसन्त ऋतुको आगमनसँगै रसुवाका उच्च भागमा आन्तरिक एवं बाह्य पर्यटकको चहल पहल बढ्दै गएको छ । कोभिड सङ्क्रमणको समस्या शून्यमा झरेसँगै दैनिक १०/१५ जनाबाट सुरु भएको पर्यटक आगमन पछिल्लो समय स्वदेशी तथा विदेशी ह्वात्तै बढेपछि यहाँका पर्यटन व्यवसायी उत्साहित भएका हुन् । लाङटाङ राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईका अनुसार रसुवाको उच्च भागमा अवस्थित लाङटाङ तथा पवित्र तीर्थ गोसाइँकुण्डको भ्रमणका लागि दैनिकरूपमा आन्तरिक १०० र बाह्य २२/२३ जना पर्यटकको आगमन भइरहेको छ । आन्तरिक पर्यटक… पुरा पढौ

इन्सेकद्वारा रुपा गाउँपालिकामा टेलिभिजन संवाद सम्पन्न

पाेखरा, १० वैशाख । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेशको आयोजनामा रुपा गाउँपालिकामा शिक्षा, स्वास्थ्य, खाद्य अधिकारका सवालमा टेलिभिजन संवाद वैशाख ९ गते सम्पन्न गरिएको छ । कार्यक्रममा रुपा गाउँपालिकाका प्रशासकिय अधिकृत सन्तोष ढुङ्गानाले नागरिकहरु सचेत बन्दा पालिकालाई सेवा सुधार गर्नका लागि सहयोग पुग्ने बताए। उनले पालिकामा भएका सेवा र गतिविधि पारदर्शी रहने गरेको बताए। प्रविधिमैत्री शिक्षामा पालिकाले जोड दिएको बताउदै विद्यार्थी र शिक्षकलाई प्रविधिसँग जोड्न आवश्यक पुर्वाधार र सामाग्री व्यवस्था गरिएको उनको भनाइ थियो । उनले कृषिलाई व्यवसायिक… पुरा पढौ

सरकारले सहयोग गरे औषधिमा आत्मनिर्भर बन्न सक्छौं : उद्योगी

चितवन, १० वैशाख । उद्योगी व्यवसायीले सरकारले सहयोग गरेमा नेपाल औषधिमा आत्मनिर्भर हुनसक्ने बताएका छन् । नेपाल फर्मा एक्स्पो २०२२ को समारोहमा बोल्ने वक्ताले नीतिगतरुपमा नै स्वदेशी औषधि उद्योगलाई प्रवद्र्धन गर्नुपर्ने उनीहरुको भनाइ छ । कतिपय देशले आफ्नो देशमा उत्पादन हुने औषधि आयातमा रोक लगाएको भन्दै नीहाँहरुले नेपालमा पनि यसको सिको गर्नुपर्नेमा जोड दिए। नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले मागको ५० प्रतिशत धान्न सक्ने अवस्थामा नेपाली औषधि उद्योग पुगेको जनाउँदै स्वदेशी उद्योगलाई सरकारले प्रोत्साहन गर्नसकेमा ९० प्रतिशत आत्मनिर्भर… पुरा पढौ