मुख्य समाचार

पाेखरामा भाेली स्टार्टअप एण्ड आइडिया फेस्ट २०२२ हुदैं

काठमाण्डौं, १७ चैत । लिभिङ विथ आइसिटीले भाेली शुक्रवार गण्डकी प्रदेशको पोखरामा इबिमा ‘स्टार्टअप एण्ड आइडिया फेस्ट २०२२’ कार्यक्रम आयोजना गर्ने भएकाे छ । आइसिटी क्षेत्रमा कृयाशिल स्थानिय स्टार्टअपहरुलाई प्रवद्धन गर्ने र आवश्यक लगानी समेत जुटाउने उदेश्यले सातै प्रदेशमा कार्यक्रम आयोजना गर्न लागिएको हो । कार्यक्रम चैत १८ गते शुक्रवार पोखराबाट सुरु हुने र २०७९ जेष्ठ दोश्रो साता बागमती प्रदेशको चितवनमा समापन हुनेछ । पोखराको सिटी स्वायर बैंक्युटमा विहान ११ बजेदेखिी बेलुकी ५ बजेसम्म कार्यक्रम सञ्चालन हुनेछ । डिजिटल संवाद… पुरा पढौ

किन घटाइयाे फेवातालको मापदण्ड ?

पाेखरा, १७ चैत । लामाे समयदेखी विवादमा रहेकाे फेवातालको मापदण्डको विषयलाई अंतत: पोखरा महानगरपालिकाले टुंग्याएको छ । महानगरले फेवातालको मापदण्ड ६५ मिटरबाट घटाएर ३० मिटर कायम गरेको छ । पोखरा महानगरपालिकाका नगरप्रमुख मानबहादुर जिसीको अध्यक्षतामा बसेको महानगरको ५५ औं कार्यपालिकाको बैठकले फेवातालसँगै पोखराका सबै तालको मापदण्ड तोकेको थियाे । बेगनास र रुपा तालको मापदण्ड भने ५५ मिटर कायम गर्ने निर्णय गरेको छ । लेखनाथका अरू तालहरू दीपाङ, खास्टे, गुदे, न्यूरिनी, मैदीको मापदण्ड २० मिटर कायम गर्ने निर्णय गरेको छ ।… पुरा पढौ

राेटरीकाे सहयाेगमा भाेजपुरका १० विद्यालयका विद्यार्थीले पाए शैक्षिक सामग्री

भोजपुर, १७ चैत । भाेजपुरकाे टेम्केमैयुङ गाउँपालिकाका १० विद्यालयलाई शैक्षिक सामग्रीसँगै कपडा वितरण गरिएको छ । पूर्वप्रहरी महानिरीक्षक दुर्जकुमार राईको पहलमा विद्यालयलाई शैक्षिक सामग्री दिइएको हो । वडा नम्बर ३ अन्नपूर्ण र ४ नागीका विद्यार्थीलाई शैक्षिक सामग्री बितरण गरिएकाे हाे। कक्षा १ मा पढ्ने विद्यार्थीलाई भने कपडासमेत वितरण गरिएको थियाे । सामुदायिक विद्यालयका बाल कक्षादेखि कक्षा १२ सम्मका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको गाउँपालिकाले जनाएको छ । त्यस्तै कक्षा १ का ७० विद्यार्थीलाई कोटसँगै, कपी, कलम लगायत शैक्षिक सामग्री दिइएको… पुरा पढौ

बलेफी हाइड्रोको आईपीओमा पहिलो दिनमै मागभन्दा ३.१४ गुणा बढी आवेदन

काठमाडौं, १७ चैत । बलेफी डाइड्रोपावर कम्पनीले सर्वसाधारणका लागि जारी गरेको आईपीओमा पहिलो दिनमै मागभन्दा तेब्बर बढी आवेदन परेको छ । कम्पनीले बुधबारदेखि सर्वसाधारणका लागि निष्काशन तथा बिक्रीमा ल्याएको आईपीओमा सो माग बढी भएको हो । बुधबार अपरान्ह ५ बजेसम्म ४ लाख ३३ हजार ४७१ आवेदन परेका थिए । त्यसबाट ५२ करोड २२ लाख ४८ हजार रुपैयाँ बराबरको ५२ लाख २२ हजार ४८० कित्ता सेयरको माग भईसकेको छ । यो माग सर्वसाधारणका लागि निष्काशन गरिएको १६ लाख ६३ हजार ४५३… पुरा पढौ

लाभांश पारित गर्न आइएमई जनरल इन्स्योरेन्सले बाेलायाे साधारण सभा

काठमाडौं, १७ चैत । आइएमई जनरल इन्स्योरेन्सले लाभांश वितरणको प्रस्ताव पारित गर्न साधारण सभा आव्हान गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरणका लागि वैशाख ९ गते २४औं वार्षिक साधारण सभा डाकेको हो । साधारण सभा काठमाडौं, लैनचौरस्थित लैनचौर बैंक्वेट्समा बिहान १० वजे बोलाईएको छ । साधारण सभाबाट इन्स्योरेन्सको हाल कायम भएको चुक्ता पूँजीको ७ प्रतिशतले हुने बोनस सेयर तथा त्यसको कर प्रयोजनका लागि ४२ लाख ६४ हजार ७९० रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ… पुरा पढौ

नाट्टा नेतृत्वका लागि रमेश थापा र विनय बस्नेत समूहबीच टक्कर

काठमाडौं, १७ चैत । नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को आज हुन लागेकाे निर्वाचनका लागि दुई समूहबीच प्रतिस्पर्धा हुने भएको छ । नाट्टा निर्वाचनमा रमेश थापा र विनय बस्नेत समूहले प्यानलसहित उम्मेदवारी घोषणा गरेर चुनावी माहोल बनाउन दुवै समूह लागि परेका हुन् । मुनसन ट्राभल्स एण्ड टुर्सका सञ्चालक थापा लामो समयदेखि पर्यटन क्षेत्रमा सक्रिय रहेका छन् भने उनका प्रतिस्पर्धी बस्नेत कोशी टुर एन्ड ट्राभलका सञ्चालक हुन् । पर्यटन व्यवसायमा उनको पनि लामो अनुभव छ । अध्यक्षका प्रत्यासी… पुरा पढौ

सुरक्षित गर्भपतन र परिवार व्यवस्थापन घरदैलो सेवा प्रभावकारी किन भएन ?

काठमाडौ‌, १७ चैत । आवश्यक सूचना तथा जानकारीको अभावमा सुरक्षित गर्भपतन तथा परिवार व्यवस्थापन घरदैलो सेवा प्रभावकारी हुन सकेको छैन । सरकारले विविध कारणले स्वास्थ्य संस्थामा पुग्न नसक्ने एवं पहुँच नै नपुग्ने विपन्न, अपाङ्गता भएका र सीमान्तकृत समुदायलाई घरमा नै सुरक्षित गर्भपतन सेवा तथा आवश्यक परिवार व्यवस्थापन (नियोजन)का सेवा प्रदान गर्न सुरुआत गरेको थियो । विशेष गरी कोरोना महामारीमा प्रजनन, मातृ, नवजात शिशु तथा बाल स्वास्थ्य सेवालाई निरन्तरता दिन विसं २०७७ वैशाखदेखि घरदैलो सेवा थालनी गरिएको थियो । यसबाट परिवार… पुरा पढौ

मुस्ताङमा पर्यटकको चाप बढ्यो, दैनिक ३ हजार पर्यटक भित्रिएपछि व्यवसायी उत्साहित

गलेश्वर, १७ चैत । हिमालपारीको पर्यटकीय जिल्ला मुस्ताङमा कोभिड सङ्क्रमणको अवस्था सामान्य बन्दै गएपछि आन्तरिक तथा बाह्य पर्यटकको चाप बढेको छ । स्थलमार्ग र हवाईमार्गबाट गरी दैनिक करिब तीन हजार पर्यटक मुस्ताङ भित्रिन थालेपछि व्यवसायी उत्साहित बनेका छन् । साथै मुस्ताङको रौनक पनि फेरिएको छ । आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षणको केन्द्रका रूपमा रहेको मुस्ताङमा दैनिक १५ हवाई उडान हुन थालेका जोमसोम विमानस्थलले जनाएको छ । त्यसैगरी म्याग्दी सदरमुकाम बेनीदेखि यातायातका साधनमार्फत मुस्ताङ जानेका कारण बेनी–जोमसोम सडकमा सवारी साधनको… पुरा पढौ

प्रदेश नं १ मा महिला निर्वाचन अधिकृत न्यून

झापा, १७ चैत । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन सम्पन्न गर्न प्रदेश नं १ का दश पालिकाको निर्वाचन अधिकृतमा महिलालाई खटाएको छ । प्रदेशमा १३७ पालिका रहेका छन् । आयोगद्वारा नियुक्त निर्वाचन अधिकृतमा महिलाको सङ्ख्या ज्यादै कम हो । आयोगले प्रदेश नं १ का १४ वटै जिल्लामा मुख्य निर्वाचन अधिकृत नियुक्त गरिसकेको छ । त्यसमा एक जना पनि महिला पर्न सकेनन् । आयोगले प्रदेशका १४ जिल्लामा १४ मुख्य निर्वाचन अधिकृत र १२३ निर्वाचन अधिकृत नियुक्ति गरेको छ । मुख्य निर्वाचन… पुरा पढौ

काठमाडौं-दिल्ली हरेक दिन एनएसीका दुई वटा उडान गर्छाैं : मन्त्री आले

काठमाडौं, १७ चैत । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले काठमाडौं–दिल्लीमा हरेक दिन नेपाल वायुसेवाका जहाजमार्फत दुई वटा उडान गरिने बताएका छन् । काठमाडौंमा आयाेजना गरिएकाे दिल्लीमा हरेक दिन दुई वटा उडान गर्न लागिएको बताएको हो । उनले बैंककमा हप्तामा दुई वटा र साउदी अरेबियाको रियादमा हप्तामा तीन वटा उडान भर्ने गरी प्रक्रिया अगाडि बढेको जानकारी दिए। चैत ७ गतेदेखि मुम्बईमा हप्ताको तीन वटा र चैत ११ गतेदेखि बेङ्लोरमा पनि हप्तामा तीन वटा उडान भरिएको बताए । मन्त्री आलेले… पुरा पढौ