मुख्य समाचार

३४.९५ अंकले घट्यो नेप्से, २ अर्ब ४ करोड बढिको कारोबार

काठमाडौं, १२ वैशाख । साताको सेयर कारोबार हुने दोश्रो दिन सोमबार नेपाली सेयर बजार नकारात्मक लयमा गएकाे देखिएकाे छ । अघिल्लो दिनमात्रै नेप्सेमा ९४.४६ अंकको उछाल देखिएकोमा आज भने ३४.९५ अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ३४.९५ अंकले घटेर २३८६.०१ विन्दुमा झरेको छ । नेप्सेमा १.४४ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ६.१९ अंकले घटेर ४५४.६९ विन्दुमा झरेको छ । कुल २३९ कम्पनीको सेयर कारोबार भएको छ । ५० लाख ४७ हजार ७६९ कित्ता सेयरको खरिदबिक्रीबाट २… पुरा पढौ

९ महिनाको अवधिमा फलफूल मात्रै ११ अर्बको आयात

काठमाडौं, १२ वैशाख । जनजीविका, रोजगारी र आर्थिक एवं सामाजिक रुपान्तरणको प्रमुख आधारका रुपमा रहेको कृषि मुलुकको अर्थतन्त्रको एक प्रमुख क्षेत्र रहँदै आएको भए पनि उच्चमात्रामा आयात भएको पाइएको छ । विद्यालयमा पढाउँदा होस् या सामान्य कुराकानीमा पनि ‘नेपाल कृषिप्रधान देश हो’ भनिन्छ । नेपालको कूल गार्हस्थ उत्पादन (जिडिपी)मा कृषि क्षेत्रको योगदान एक तिहाइभन्दा बढी रहेको तथा दुई तिहाइभन्दा बढी जनता कृषिमा आश्रित रहेको तथ्याङ्क समयसमयमा सार्वजनिक भएकै छन् । आर्थिक सर्वेक्षण २०७७-०७८ मा कूल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान… पुरा पढौ

२४ बीमा कम्‍पनीले मात्र बुझाए पुँजी वृद्धिको योजना

काठमाडौं, १२ वैशाख । ३९ बीमा कम्पनीमध्ये २४ कम्पनीले चुक्ता पुँजी वृद्धिको योजना बुझाएका छन् । १२ जीवन बीमा कम्पनी र १२ निर्जीवन बीमा कम्पनीले नियामक निकायमा पुँजीवृद्धिको योजना पेश गरेको बीमा समितिले जनाएको छ । समितिको निर्देशनअनुसार १० वैशाखभित्र सबै बीमा कम्पनीहरूले पुँजीवृद्धिको योजना बुझाइ सक्नुपर्ने थियो । तर, आइतवारसम्ममा १२ वटा जीवन बीमा कम्पनी र १२ वटा निर्जीवन बीमा कम्पनीले मात्रै पुँजीवृद्धि योजना बुझाएको समितिले बताएको छ । समितिका अनुसार जीवन बीमा कम्पनीतर्फ सूर्या लाइफ इन्स्योरेन्स, एशियन लाइफ, नेशनल… पुरा पढौ

नेपालमा १५ भन्दा बढी वाणिज्य बैंक नचाहिने राष्ट्र बैंकको अध्ययनको निष्कर्ष

काठमाडौं, १२ वैशाख । नेपाल राष्ट्र बैंकले गरेको अध्ययनले नेपालमा १५ भन्दा बढी वाणिज्य बैंक आवश्यक नभएको निष्कर्ष निकालेको छ । नेपाल राष्ट्र बैंकको अध्ययनको क्रममा सहभागीले न्यूनतम ११ तथा १५ भन्दा बढी बैंकको संख्या आवश्यक नभएको बताएका छन् । नेपाल राष्ट्र बैंकले बैंकको संख्या घटाउने उद्देश्यले सरोकारवालाको राय लिनको लागि सर्वे गरेको थियो । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका सीइओ,सञ्चालक तथा विज्ञ गरेर २३० जनामा सर्वे गरेको थियो । जसमा बैंक तथा तथा वित्तीय संस्थाका सञ्चालक,सीईओ तथा डेपुटी… पुरा पढौ

उर्जा ऋणपत्र बिक्रीमा ल्याउदै एनएमबि बैक

काठमाडौं, १२ वैशाख । एनएमबि बैंकले फेरि उर्जा ऋणपत्र बिक्रीमा ल्याउन लागेको छ । बैंकले वैशाख २१ गतेबाट १५ वर्षको अवधिको लागि ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्रीमा ल्याउन लागेको हो । बैंकले गएको जेठमा पनि ऋणपत्र बिक्रीमा ल्याएको थियो । सो ऋणपत्रमा वार्षिक ४ प्रतिशत ब्याजदर प्रदान गरिने भएको छ । जो “एनएमबि उर्जा ऋणपत्र ४ प्रतिशत २०९३/०९४” नामको रहेको छ । बैंकले बिक्रीमा ल्याउन लागेको प्रतिकित्ता १००० को दरले ३५ लाख कित्ता रहेको छ । त्यसबाट… पुरा पढौ

१८ करोड बढी राजस्व छलीको आरोपमा ३ कम्पनी र साझेदारविरुद्ध मुद्दा

काठमाडौं, १२ वैशाख । राजस्व अनुसन्धान विभागले विभिन्न कम्पनीमार्फत नक्कली बीजक तयार पारी रु १८ करोड बढी राजस्व छली गरेको आरोपमा तीन कम्पनीका सञ्चालक तथा साझेदारविरुद्ध मुद्दा चलाएको छ । विभागले काठमाडौँ महानगरपालिका १३ बाफल बस्ने शुभलक्ष्मी इन्टरनेशनलका प्रोपाइटर तथा गणपति ट्रेड लिङ्क, एचवी ट्रेड एण्ड सम्लायर्स र एमके इन्टरनेशनलसमेतका मुख्य कारोबारी मनिषकुमार अग्रवाल, सोही ठाउँ बस्ने एचवि ट्रेड एण्ड सप्लायर्सका साझेदार तथा गणपति ट्रेड लिङ्का खाता सञ्चालक र एमके इन्टरनेशनलको कारोबारमा संलग्न हितेषकुमार अग्रवालविरुद्ध मुद्दा दायर गरेको हो ।… पुरा पढौ

उम्मेदवारी मनोनयन दर्ता सकिएपछि मतपत्र ढुवानी सुरू हुने

काठमाडाैं, १२ वैशाख । निर्वाचन आयोगले स्थानीय तह सदस्य निर्वाचन २०७९ का लागि मनोनयन दर्ता कार्य आज पूरा भएपछि सम्बन्धित पालिकाका लागि मतपत्र ढुवानी कार्य सुरु गर्ने भएको छ । हाल पूर्वानुमानित सङ्ख्याका आधारमा मतपत्र छपाइको कार्य द्रुतगतिमा भइरहेको र वैशाख १२ गते सम्मन्न हुने उम्मेदवारी मनोनयनलगत्तै दलहरूका तर्फका उम्मेदवार र स्वतन्त्र उम्मेदवारहरूका लागि छपाइ भइसकेको मतपत्रको सङ्ख्या र त्यसमा समाविष्ट निर्वाचन चिह्न पर्याप्त हुने नहुने स्पष्ट हुनेछ । गृह मन्त्रालय, रक्षा मन्त्रालय, सुरक्षा निकायलगायतका प्रतिनिधि सम्मिलित सो केन्द्र कान्तिपथस्थित… पुरा पढौ

प्रदेश १ र गण्डकीका केहि भागमा हल्का वर्षाको सम्भावना

काठमाडाैं, १२ वैशाख । हाल देशको पहाडी भू-भागमा स्थानमा स्थानीय वायु प्रभाव रहेको छ। प्रदेश १ मा आंशिक बदली रहेको छ र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय, जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । बैशाख १२ गते  दिउँसो : देशको पहाडी भू-भागमा आंशिक बदली  रही  बाँकी भू-भागमा मौसम सामान्यतया सफा  रहने छ।  प्रदेश १ र गण्डकी  प्रदेशको  पहाडी भू-भागका एक-दुई स्थानमा  मेघ गर्जन/चट्याङ्ग सहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको छ। राती : देशको पहाडी भू-भागमा आंशिक बदली  रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १ र गण्डकी  प्रदेशको पहाडी भू-भागका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको छ। बैशाख १३ गते  दिउँसो : देशको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी… पुरा पढौ

गोरखा भूकम्पको सातौं स्मृति दिवस मनाइँदै

काठमाडौं, १२ वैशाख । गोरखा भूकम्पको सातौँ स्मृति दिवस आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । विसं २०७२ वैशाख १२ गते मध्याह्न ११ः५६ बजे गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७.६ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पले काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, नुवाकोट, धादिङ, रसुवा, गोरखा, मकवानपुर, सिन्धुली र ओखलढुङ्गा जिल्लामा बढी प्रभाव पारेको थियो । बढी प्रभाव परेका १४ जिल्लालाई सरकारले अति प्रभावित भनी घोषणा गरेको थियो । भूकम्पले करिब नौ हजार मानिसको निधन भएको थियो । अति प्रभावित १४… पुरा पढौ

नबिल बैंकको नयाँ शाखा पाेखरा मालेपाटनमा बिस्तार

पोखरा, ११ बैशाख । नबिल बैंक लिमिटेडले पाेखरा महानगरपालिका मालेपाटनमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । शाखाको आइतबार पोखरा महानगरपालिका वडा नं–५ का वडा अध्यक्ष एवं महानगरका प्रवक्ता धनबहादुर नेपालीले उद्घाटन गरे । कार्यक्रममा बोल्दै उनले बैंकहरुले उत्पादनका क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिए । उनले कृषि क्षेत्रको समृद्धिका लागि बैंकले गरेको सेवा प्रवाह स्वागत योग्य भएको बताए । बैंकका निर्देशक आशा राणा अधिकारीले कृषि तथा महिला उद्यमीहरुका लागि बैंकले विशेष कर्जा प्रदान गर्दै आइरहेको बताइन् । उनले गण्डकी प्रदेशमा बैंकका… पुरा पढौ