काठमाडाैं, १० वैशाख । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय, जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशमा भारतको मध्य-प्रदेश र छत्तिसगढ आसपास रहेको न्यून चापिय प्रणालीको सामान्य प्रभावका साथै स्थानीय वायुको प्रभाव रहेको जनाएकाे छ। हाल गण्डकी प्रदेश, बागमती प्रदेश र प्रदेश २ लगाएत बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागको आंशिक बदली रहेको छ। गण्डकी र बागमती प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित वर्षा भैरहेको छ। बैशाख ०९ गते राती : गण्डकी प्रदेश, बागमती प्रदेश र प्रदेश २ लगाएत बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागको आंशिक बदली रहने छ। गण्डकी प्रदेश, बागमती प्रदेश, प्रदेश २ र प्रदेश १ प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित क्षणिक वर्षाको…
पुरा पढौ