मुख्य समाचार

निर्धारित मितिमै निर्वाचन हुन्छः प्रमुख निर्वाचन आयुक्त थपलिया

जनकपुर, ३ वैशाख । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्धारित मितिमै स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचन हुने बताएका छन् । जनकपुरधाममा आज आयोजित स्थानीय तह निर्वाचन–२०७९ ‘मिडिया अभिमुखीकरण’ कार्यक्रममा उनले अब निर्वाचनको मिति सार्न सक्ने अवस्था नरहेकाले निर्धारित समयमै निर्वाचन आयोगले स्वच्छ र निष्पक्ष निर्वाचन गराउने बताए । प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचनको मितिलाई तलमाथि वा अन्य तरिकाले सारेमा मुलुकमा दुर्घटना निम्त्याउन सकिने उल्लेख गर्दै निर्धारित समय वैशाख ३० गते नै निर्वाचन हुने र निर्वाचनबाट कसैले डराउन नहुने बताए। निर्वाचनको क्रम… पुरा पढौ

एनएमबि बैंककाे नवौं हेरिटेज वाक कार्यक्रम सम्पन्न

काठमाडाैं, ३ बैशाख । एनएमबि बैंकले मिति २०७९ बैशाख ३ गते शनिवारको दिन एनएमबि भवन, एनएमबि बैंक, बबरमहलबाट शुरु भई बसन्तपुर डवली सम्म पुगि समापन हुने नवौं हेरिटेज वाक कार्यक्रम सम्पन्न गरेको छ । यो हेरिटेज वाक कोभिड १९ को प्रकोप पश्चात २ वर्ष पछि आयोजना गरिएको हो । समृद्ध नेपालको अपार सम्भावना सहित मुलुकको ऐतिहासिक तथा सामाजिक रुपान्तरणको लागी सांस्कृतिक सम्पदा प्रवद्र्धन तथा साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले उक्त गरिमामय समारोहको आयोजना गरिएको बैंकले जनाएको छ ।एनएमबि बैंक लिमिटेडले नेपाल… पुरा पढौ

चैते धान मार्फत सामूहिक खेतीमा जोडिँदै सुरौदीका किसान

पाेखरा, ३ वैशाख । गत चैत १७ गतेदेखि कास्कीको दक्षिण भेग सुरौदी खोलाकोे किनार कुर्लिङ क्षेत्रस्थित नरपतेमा झण्डै १२÷१५ जनाको समूह लगातार चैते धान रोप्न ब्यस्त देखिन्छ । अधिकांश स्थानमा कृषिप्रतिको अनइच्छाका कारण खेत तथा बारी बाँझिँदै गएको वास्तविकतामा यहाँका किसान भने तिनै बाँझिएकामध्ये २०० रोपनीभन्दा बढी क्षेत्रफलको खेतमा यतिखेर बाँझो फोरेर सामूहिक चैते धान रोप्न लागिपरेका हुन् । कुर्लिङ बराह कृषक समूहमा सङ्गठित यहाँका १२ कृषक परिवारको समूहिक प्रयासमा विगत २० वर्षयता लगातार बाँझिएको खेतका कतिपय स्थानमा चैते धानको… पुरा पढौ

अन्तर्राष्ट्रिय विमानस्थल जेठ १५ गतेदेखि २४सै घण्टा र आन्तरिक विमानस्थल १८ घण्टा सञ्चालन हुने

काठमाडौं, ३ वैशाख । अन्तर्राष्ट्रिय विमानस्थल आगामी जेठ १५ गतेदेखि २४सै घण्टा सञ्चालनमा आउने भएका छन् । बढ्दो हवाई उडान चाप व्यवस्थापनका लागि नियामक नेपाल नागरिक उड्डययन प्राधिकरणले अन्तर्राष्ट्रिय विमानस्थललाई २४सै घण्टा सञ्चालन गर्ने तयारी गरेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए)सहित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल पनि अब २४सै घण्टा सञ्चालन हुने प्राधिकरणले जनाएको छ । प्राधिकरणका महानिर्देशक इञ्जिनीयर प्रदीप अधिकारीले जेठ १५ गते गणतन्त्र दिवसका दिनदेखि टिआइएलाई २४सै घण्टा सञ्चालन गर्न लागिएको जानकारी दिए… पुरा पढौ

सत्ता साझेदार दलका बीचमा गठबन्धनको टुङ्गो भोलिसम्म लाग्ने : अध्यक्ष दाहाल

चितवन, ३ वैशाख । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता साझेदार दलका बीचमा निर्वाचनमा गठबन्धनको टुङ्गो भोलिसम्ममा लागि सक्ने बताएका छन्। भरतपुर विमानस्थलमा आज बिहान पत्रकारसँग कुराकानी गर्दै उनले आजै साँझसम्ममा खाका तयार हुने बताए । उनले भने, “आज बेलुकासम्म सिफारिस गर्ने भनिएको छ, हामी सम्भवतः भोलिसम्ममा एउटा टुङ्गोमा पुग्छौँ ।” निर्वाचनका समयमा एउटै पार्टीभित्रसमेत विवाद, बहस हुने जनाउँदै उनले दलकाबीचमा सहमतिमा आउन समय लाग्नु स्वभाविक रहेको बताए। पत्रकारको प्रश्नमा उनले भरतपुर महानगरका विषयमा छलफल भइरहेको… पुरा पढौ

एमाले अध्यक्ष ओलीद्वारा एशियाकै नमूना घलेगाउँलाई सुखी गाउँ घोषणा

लमजुङ, ३ वैशाख । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले समुद्री सतहदेखि दुई हजार १०० मिटर उचाइमा रहेको दक्षिण एशियाकै नमूना घलेगाउँलाई सुखी गाउँ घोषणा गरेका छन् । लमजुङ क्व्होलासोथर गाउँपालिका–३ मा रहेको पर्यटकीय यस गाउँलाई एक कार्यक्रमबीच उनले घलेगाउँलाई सुखी गाउँ घोषणा गरेका हुन् । हेलिकप्टरमार्फत घलेगाउँ गएका अध्यक्ष ओलीले आधुनिक गाउँ र स्मार्ट भिलेजका रूपमा अघि घलेगाउँ बढ्नुपर्ने बताए। उनले भने, “घलेगाउँ घरवासले नयाँ ढङ्गले विकास गरेको छैन, अरुका लागि पनि उदारणीय बनेको छ, घलेगाउँबाट सिक्न… पुरा पढौ

रामभक्त हनुमान जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरी देशभर मनाइँदै

काठमाडौं, ३ वैशाख । प्रत्येक वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन मनाइने रामभक्त हनुमान जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदै छ । चैत्र शुक्ल पूर्णिमाका दिन हनुमानको पूजा आराधना गरेमा बल, बुद्धि, विद्या मिल्ने, दुःख र सङ्कटबाट मुक्ति पाइने विश्वास छ । यस अवसरमा हनुमानढोकास्थित हनुमानको मूर्ति, पशुपतिस्थित हनुमान मन्दिर, गोकर्णेश्वर नगरपालिका–४ उत्तरगया क्षेत्रमा रहेको पञ्चमुखी हनुमानलगायत देशभरका हनुमान मन्दिरमा पूजा आराधना गरिन्छ । हनुमानढोका दरबारको नासलचोकनजि कै रहेको पञ्चमुखी हनुमान मन्दिरमा भने पुजारीले मात्र पूजा आराधना गर्ने चलन… पुरा पढौ

प्रदेश १, गण्डकी र कर्णालीका केही स्थानमा मेघ गर्जन चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडाैं, ३ वैशाख । हाल नेपालमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। देशका पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ। बैशाख ०३ गते (शनिबार)  दिउँसो : देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली  रही  बाँकी भू-भागमा आंशिक बदली रहने छ। देशको पहाडी भु-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित क्षनिक वर्षाको सम्भावना रहेको छ। राती : देशको पहाडी भू-भागमा आंशिक बदली  रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू-भागका… पुरा पढौ

ओम विकास तथा देउकुमारी गौचन स्मृति प्रतिष्ठानको १६औं स्मृति सभामा उत्कृष्ट कृषक र बिद्यार्थी सम्मानित

मुस्ताङ २ वैशाख । तत्कालीन सांसद एवम् समाजसेवी ओम विकास र देउकुमारी गौचनको स्मृतिमा स्थापित "ओम विकास गौचन र देउकुमारी गौचन स्मृति प्रतिष्ठान" ले गाउँ पालिकाका उत्कृष्ट कृषक र बिद्यार्थीलाई सम्मानित गरेर १६औं स्मृति सभा सम्पन्न गरेको छ । मुस्ताङको कोवाङ गाउँपालिका २ खन्तीमा रहेको ओम बिकास गौचनको शालिकमा संविधानसभा सदस्य श्रीमाया थकालीले माल्यापर्ण गर्दै शुरु भएको स्मृति सभामा थकालीले ओम बिकास गौचनको राजनीति र सामाजिक क्षेत्रकाे चर्चा गरिन्। गौचनले राजनीति समाज सेवा हो भनेर निरन्तर सामाजिक क्षेत्रमा क्रियाशिल रहेको… पुरा पढौ

पोखराबाट नयाँदिल्ली सिधा हवाई सेवा विस्तार गर्दै बुद्ध एयर

काठमाडौं, २ वैशाख निजी क्षेत्रको हवाइसेवा प्रदायक बुद्ध एयरले छिमेकी मुलुक भारतको नयाँदिल्ली, देहरादुनलगायत नेपाली धेरै भएका गन्तव्यमा हवाई सम्पर्क सञ्जाल विस्तार गर्ने भएको छ । बुद्ध एयरले देशकै प्रमुख पर्यटकीय क्षेत्र पोखरा (कास्की) बाट नयाँदिल्ली सिधा उडान गर्ने तयारी गरेको हो । बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट दिल्ली उडान गर्ने तयारी भइरहेको जानकारी दिए। उनका अनुसार बुद्ध एयरले पोखराबाटै भारतको देहरादुन गन्तव्यमा पनि उडान गर्ने योजना बनाएको छ । पोखराबाट दिल्ली गन्तव्यमा दैनिक दुई… पुरा पढौ