मुख्य समाचार

महाकाली नदीमा चार लेनको पक्की पुल निर्माणकाे गति सुस्त

महेन्द्रनगर, १ वैशाख । बितेको छ महिनायता कञ्चनपुरको महाकाली नदीमा निमार्णाधीन चार लेनको पक्की पुल निर्माणले गति लिन सकेको छैन । सुदूरपश्चिमकै ठूलो आयोजनाभित्र पर्ने चार लेनको ८०० मिटर लम्बाइको पक्की पुलसँगै बन्ने ड्याम, पहुँचमार्गलगायतमा प्रक्रियागत उल्झन देखिएपछि ढिलाइ भएको छ । गत कात्तिक पहिलो साता महाकाली नदीमा आएको बाढीपछि पुलको काम प्रभावित बन्न पुगेको थियो । त्यसयता पुलको काम छिटपुटरूपमा भए पनि बाँध निर्माणलगायतका काम भने सुरु नै हुनसकेको छैन । पुलको चौतर्फी बन्ने पोखरीका लागि ‘गाइडबण्ड’ बनाउन डिजाइन… पुरा पढौ

रोटरी भोकेशनल ट्रेनिङ सेन्टरको उद्घाटन, पोखरालाई सिंगार्न सबैको हातेमालो आवश्यक : मेयर जिसी

पोखरा, १ वैशाख । रोटरी क्लव अफ पोखराको रोटरी भोकेशनल ट्रेनिङ सेन्टरको उद्घाटन तथा नयाँ वर्ष २०७९ को अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम बिहिबार पोखरामा सम्पन्न भएको छ । क्लवको सकृयतामा पोखरा महानगरपालिका वडा नं ३ स्थित कोपिलढुंगामा महानगरको जिर्णावस्थामा रहेको भवनलाई रुपैयाँ १० लाख खर्च गरेर मर्मत, संभार र रंगरोगन गरी चिटिच्याट्ट पारिएको छ । जहाँ क्लवको कार्यालय, तालिम हल, वैठक कक्ष, पुस्तकालय छ् भने सृजनशलि अपांगता सरोकार समितिको कार्यालय र व्यायाम कक्ष पनि रहेको छ । क्लवद्व सो… पुरा पढौ

सगरमाथा आरोहणमा सर्वाधिक २५० आरोहीले लिए आरोहणकाे अनुमति

काठमाडौं, १ वैशाख । वसन्त ऋतु पर्वतारोहणका लागि उपयुक्त मौसम मानिन्छ । हरेक वर्ष यस याममा सर्वोच्च शिखर सगरमाथा (८८४८.८६ मिटर) सहितका हिमाल तथा पिक आरोहणका लागि उल्लेख्य सङ्ख्यामा स्वदेशी तथा विदेशी आरोही आउँछन् । कोभिड–१९ महामारीपछि विस्तारै पर्यटन क्षेत्र तङ्ग्रिने क्रममा छ । पर्यटनको महत्वपूर्ण पाटोको रुपमा रहेको पर्वतारोहणमा पनि केही उत्साह देखिएको छ । यस याममा विशेषगरी पर्वतारोहण र पदयात्राका लागि उल्लेख्य मात्रामा विदेशी पर्यटक नेपाल आउँछन् । आन्तरिक पर्यटक पनि उत्तीकै सङ्ख्यामा गन्तव्य भ्रमणमा निस्कन्छन् । यतिखेर… पुरा पढौ

विसं २०७८ नेपालको ऊर्जा प्रणालीका लागि महत्वपूर्ण सावित

काठमाडौं, १ वैशाख । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको माथिल्लो तामाकोशी कहिले सम्पन्न होला ? आम मानिसमा चासो थियो । समय र लागत बढ्दै जाँदा आयोजनाको बारेमा चासो र चिन्ता हुनु स्वभाविक नै थियो । कूल ४५६ मेगावाट क्षमताको सो आयोजना सम्पन्न हुँदा त्यसले अर्थतन्त्रमा पार्ने सकारात्मक प्रभावका बारेमा कम मानिसलाई मात्रै थाहा थियो । नेपाल विद्युत् प्राधिकरणका अनुसार सो आयोजना सम्पन्न हुँदा मनसुनको समयमा नेपाल बिजुलीमा आत्मनिर्भर हुन पुग्यो । झण्डै पाँच घण्टा पिकिङ गर्न मिल्ने भएकाले पनि सो… पुरा पढौ

वर्षा भएपछि मध्यमर्स्याङ्दीमा बिजुली उत्पादनमा वृद्धि

लमजुङ, १ वैशाख  । लमजुङको बेँसीशहर नगरपालिका–१ दलालमा रहेको ७० मेगावाट क्षमताको मध्यमर्स्याङदी जलविद्युत आयोजना केन्द्रको बिजुली उत्पादनमा वृद्धि हुनथालेको छ । केहीदिन यता बेलाबेलामा वर्षा हुनुका साथै हिउँ पग्लिएर मर्स्याङदी नदीमा पानी बढेपछि बिजुली उत्पादन बढ्न थालेको केन्द्रका प्रमुख पवन बस्नेतले बताए। पुस लागेसँगै २६, २७ मेगावाट मात्र बिजुली उत्पादन हुँदै आएकामा यतिबेला ५८ देखि ६० मेगावाटसम्म बिजुली उत्पादन भइरहेको उनले जानकारी दिए। विगत वर्षमा जेठमा मात्र बिजुली उत्पादन बढ्ने गरेको थियो । मध्यमर्स्याङदी जलविद्युत् आयोजनाबाट ७० मेगावाट बिजुली… पुरा पढौ

नयाँ वर्ष मनाउन म्याग्दी र मुस्ताङका पर्यटकीय क्षेत्रमा भीड

म्याग्दी, १ वैशाख । आज नयाँ वर्ष २०७९ को पहिलो दिन । म्याग्दी र मुस्ताङका पर्यटकीय तथा धार्मिकस्थलमा आन्तरिक तथा बाह्य पर्यटक र भक्तजनको भीड लागेको छ । नयाँ वर्ष मनाउनका लागि देशका विभिन्न ठाउँबाट आन्तरिक पर्यटक म्याग्दीका घोडेपानी, पुनहिल, तातोपानी र मुस्ताङको मुक्तिनाथ, जोमसोम, कागबेनीलगायतका क्षेत्रमा आएका छन् । मन्दिर र देवालयको दर्शन गर्न तथा कालीगण्डकीमा स्नान गर्न जानेको पनि घुइँचो छ । नयाँ वर्षको सुरुआतसँगै म्याग्दीका पर्यटकीय क्षेत्र आन्तरिक पर्यटकले खचाखच भरिन थालेका छन् भने मन्दिर, देवालय र… पुरा पढौ

माछापुच्छ्रे बैंकको ग्राहक सेवा केन्द्र अब २४ सै घन्टा खुला

काठमाडौं, १ वैशाख । माछापुच्छ्रे बैंकले नयाँ वर्ष २०७९ को अवसरमा ग्राहक सेवा केन्द्रलाई २४ सै घन्टा खुल्ला राख्ने बताएको छ । यो सेवा हप्तामा सातै दिन कायम रहने भएको छ । बैंकले ग्राहकको सुविधाको लागि विभिन्न समयमा विभिन्न सेवाहरु ल्याउँदै आएकोमा पछिल्लो यो नयाँ सेवाबाट ग्राहकहरुले आफ्नो अनुकुलको समयमा सेवा लिन र कुनै पनि सूचना पाउने भएका छन् । बैंकले देश तथा विदेशका रहेका बैंकका ग्राहकलाई सूचनाको पहुँचको लागि फोन नं पनि उपलव्ध गराएको छ । बैंकको ०१ ५९७०५५५… पुरा पढौ

विदेशमा रहेका नेपालीलाई पनि लगानीको अवसर : सरकारले स्थापना गर्ने भयो सञ्चित लगानी कोष

काठमाडौं, १ बैशाख । विदेशमा रहेका नेपालीको लगानी अवसर सिर्जना गर्न सरकारले सञ्चित लगानी कोष स्थापना गर्ने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले रोजगारी वा अन्य शिलशिलामा विदेशमा बसेका नेपाली नागरिकहरूमा समेत लगानीको अवसर सिर्जना गर्नका लागि कोष स्थापना गर्ने निर्णय लिएको अर्थमन्त्री जनार्दन शर्माले जानकारी दिए ।  अर्थमन्त्री शर्माका अनुसार सरकारले स्थापना गर्न लागेको सो कोषमा विदेशमा रहेका नेपालीले मासिक दुई/चार हजार डलरसम्म जम्मा गर्न सक्नेछन् । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले बुधबार आयोजना गरेको भर्चुअल अन्तर्क्रियामा मन्त्री शर्माले… पुरा पढौ

उपकार लघुवित्तको आईपीओमा पर्यो २४ लाख बढीको आवेदन

काठमाडौं, १ वैशाख । उपकार लघुवित्त वित्तीय संस्थाले निष्काशण तथा बिक्रीमा ल्याएको आईपीओमा २४ लाख बढीको आवेदन परेको छ । लघुवित्तको आईपीओमा २४ लाख ३१ हजार १७० आवेदन परेको हो । सो आवेदनबाट २ अर्ब ७५ करोड ६५ लाख २३० कित्ता सेयरको लागि आवेदन पेश भएको छ । यो संख्या सर्वसाधारणका लागि बिक्रीमा ल्याईएको २ लाख २१ हजार १५६ कित्ताको १२४.५४ गुणा अधिक हो । संस्थाले चैत २५ गतेबाट सर्वसाधारणका लागि आईपीओ बिक्रीमा ल्याएको थियो । लघुवित्तले सर्वसाधारणका लागि २… पुरा पढौ

स्थानीय तह निर्वाचन लैङ्गिक तथा समावेशी दृष्टिकोणले महत्वपूर्ण छ : प्रमुख थपलिया

काठमाडौं, १ वैशाख । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी स्थानीय तह निर्वाचन लैङ्गिक तथा समावेशी दृष्टिकोणले पनि उल्लेखनीय हुनुपर्छ भन्ने आयोगको स्पष्ट धारणा रहेको बताएका छन्। नयाँ वर्षको उपलक्ष्यमा दिएको शुभकामना सन्देशमा उनले सम्पूर्ण बालिग मतदाता एवं देशविदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी दाजुभाइमा सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको कामना गर्दै निर्वाचनको महोत्सवमा सहभागी हुन आग्रह गरेका छन् । प्रमुख आयुक्त थपलियाले सन्देशमा भनेका छन्, “राजनीतिक दलले स्थानीय तहको प्रमुख र उपप्रमुख वा अध्यक्ष र उपाध्यक्षको पदमध्ये कुनै एक… पुरा पढौ