मुख्य समाचार

प्रदेश १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिममा मेघ गर्जन-चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

काठमाडाैं, ११ चैत । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। देशको पहाडी र हिमाली भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखले जनाएकाे छ। चैत्र ११ गते   दिउँसो : देशका पहाडी भू-भागमा आंशिक  देखि सामान्य बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका केहि स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना छ। राती : देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली र अन्य भू-भागमा मौसम सामान्यतया… पुरा पढौ

स्थानीय तह निर्वाचनका लागि दुई करोड थान मतपत्र छापिने

काठमाडौं, ११ चैत । निर्वाचन आयोगले आसन्न स्थानीय तह निर्वाचनका लागि दुई करोड थान मतपत्र छपाइ गर्ने भएको छ । आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले मतदाता नामावलीमा सूचीकृत भएका करिब एक करोड ७७ लाख मतदाताका लागि सो सङ्ख्यामा मतपत्र छपाइ गरिने जानकारी दिए। “आयोगले यही चैत १३ गते अन्तिम मतदाता नामावली प्रकाशन गरेपछि मतपत्रको छपाइ सुरु हुन्छ, मतदाता सङ्ख्याको करिब १० देखि १५ प्रतिशत थप मतपत्र छाप्नुपर्छ”, उनले भने, “विभिन्न जोखिम मध्यनजर गरेर मतदाताको सङ्ख्याभन्दा बढी मतपत्र छाप्नुपर्ने अवस्था देखिएको हो… पुरा पढौ

तमु धिं नेपालमा कानूनी सचेतना कार्यक्रम सम्पन्न

पोखरा, १० चैत । पोखरा ९ नयाँबजारस्थित तमु धिं नेपालमा पोखरा महानगरपालिकाको सहयोगमा उपमेयरसँग महिला कार्यक्रम अन्तर्गत तीन दिने कानूनी सचेतना कार्यक्रम सम्पन्न भएको छ। तमु धिं नेपाल केन्द्रीय आमा समितिद्धारा आयोजित कार्यक्रम बिहिबार सम्पन्न भएको हो। समापन कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं. ९ का वडाध्यक्ष रामराज लामिछानेले अझै पनि कानुनी अज्ञानताका कारण विभिन्न समस्याहरु परिरहने अवस्थालाई कानूनी सचेतना कार्यक्रमले न्युनिकरण गर्ने बताए। विगतदेखि तमु धिं नेपाल आमा समितिले अत्यन्तै प्रभावकारी ढंगले कार्यक्रम गर्दै आएकोमा कानूनी सचेतना कार्यक्रम… पुरा पढौ

सरकारलाई सफल बनाउने गरी बजेट बन्दैछ, प्रधानमन्त्रीको पूर्ण साथ छ : अर्थमन्त्री शर्मा

काठमाडौं, १० चैत । अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले आगामी आर्थिक वर्ष ०७९/८० को वजेट निर्माणका लागि उद्योग वाणिज्य महासंघ, उद्योग परिसंघ र चेम्बर अफ कमर्सका अध्यक्ष तथा प्रतिनिधिलाई बोलाएर सुझाव लिएका छन् । मन्त्रालयको आग्रहमा बिहीबार दिउँसो महासंघ अध्यक्ष शेखर गोल्छा र उपाध्यक्ष रामचन्द्र संघाई, उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल र उपाध्यक्ष कृष्णप्रसाद अधिकारी तथा चेम्बर अफ कमर्सका बरिष्ठ उपाध्यक्ष कमलेश अग्रवाल अर्थ मन्त्रालय आएर मन्त्री शर्मासँग छलफल गरेका थिए । सो छलफलमा मन्त्री शर्माले निजी क्षेत्रलाई बिश्वासमा लिएर सरकार… पुरा पढौ

बैंकर्स संघका अध्यक्षको प्रश्न : अहिलेको ब्याजदरले कृषि सस्टेन हुनसक्छ ?

चितवन, १० चैत । चितवनमा बुधबारबाट सुरु भएको नेपाल र एसियाकै पहिलो तथा विश्वको दोस्रो कृषि कर्जा मेला चलिरहेको छ । मेलामा कृषि कर्जासम्बन्धी संवाद पनि चलिरहेको छ । बिहीबारको संवादमा कृषि क्षेत्रमा वित्तीय पहुँच र कृषक कार्यशाला भएको हो । कृषि कर्जाको वर्तमान अवस्था समस्या तथा चुनौतीको पहिचान गर्ने र समस्या समाधानको लागि भावी कार्यदिशा तय गर्ने उद्देश्य लिएको उक्त सत्रले दिएको कार्यक्रम आयोजना आर एण्डी इनोभेसन प्रालिले जनाएको छ । कृषि कर्जा मेलाको मुख्य प्रायोजकको रुपमा नबिल बैंक… पुरा पढौ

एसियाको पहिलो कृषि कर्जा मेलामा एनएमबि लघुबित्तको सहभागिता

पोखरा, १० चैत । विश्वकै दोस्रो तथा एसियाको पहिलो भनिएको कृषि कर्जा मेला चितवनमा शुरु भएको छ । कृषक र कृषिसंग जोडिएका मेला भ्रमणकर्तालाई एकै थलोमा सबै जानकारी लिन सजिलो होस भन्ने हेतुले आर एण्ड डी इनोभेटीभ सोलुसन प्रा.लि. र नेपाल कृषि मेशीनरी ब्यवसाय संघले संयुक्त रुपमा चितवनको एक्स्पो सेन्टर भरतपुरमा चैत ९ देखी १२ गतेसम्म यो मेला आयोजना गरेको हाे । यस कृषि कर्जा मेलामा पोखरा हेम्जाको एनएमबि लघुबित्त बित्तीय संस्थाले पनि सहभागिता जनाएको छ । नेपाल राष्ट्र वैकवाट… पुरा पढौ

९३.१ प्रतिशतले लगाए कोराना भाइरसविरुद्धको खोप

काठमाडौं, १० चैत । नेपाललाई कोरोना भाइरसविरुद्धको खोप सबैभन्दा बढी चीन सरकारले उपलब्ध गराएको छ । कोरोना रोकथाम तथा नियन्त्रणमा चीन सरकारले स्वास्थ्य सामग्रीसहित सबैभन्दा बढी खोप उपलब्ध गराएको हो । चीन सरकारले अनुदान, खरिद र सहयोग गरेर नेपाललाई विभिन्न समयमा कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराएको हो । चीनले सिनोफार्म कम्पनीको भेरोसेल खोप उपलब्ध गराएको छ । चीन सरकारले पटक–पटक गरी एक करोड ९७ लाख ३६ हजार ४०० मात्रा खोप नेपाल सरकारलाई उपलब्ध गराएको स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका वरिष्ठ… पुरा पढौ

नेप्सेमा दोहोरो अंककाे गिरावट, दुई बीमा समूहबाहेक सबैले गुमाए

काठमाडौं, १० चैत । बुधबारको लयलाई पछ्याउँदै बिहिबार पनि सेयर बजारले ओरालोको यात्रा तय गरेको छ । अघिल्लो दिनको कारोबारको तुलनामा केहि बृद्धि भएपनि नेप्सेमा देखिएको नकारात्मक लयको कारण लगानीकर्तालाई खुसि बनाएको छैन । लगानीकर्ताहरु अझैं बजार सुधारको पखाईरमा रहेका छन् । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १६.६९ अंकले घटेर २६१३.६७ विन्दुमा झरेको छ । नेप्से ०.६३ प्रतिशतले घटेको छ भने सेन्सेटिभ इण्डेक्स ६.१७ अंकले घटेर ४८८.९४ विन्दुमा रहेको छ । यसदिन कुल २२४ कम्पनीहरुको सेयर कारोबार भएको छ… पुरा पढौ

पाँचखालका ७ हजारलाई सुनकोसीको पानी पुर्याउने लक्ष्य कार्यान्वयनको चरणमा

काभ्रेपलाञ्चोक, १० चैत । पाँचखाल सहरी खानेपानी तथा सरसफाइ आयोजनाको काम तीव्ररूपमा अघि बढेको छ । निर्धारित समयमै सक्ने गरी आयोजनाका भौतिक पूर्वाधारको काम धमाधम भइरहेको जनाइएको छ । पाँचखाल नगरका १० वडाका सात हजारलाई खानेपानी पुर्याउने लक्ष्यका साथ हाल आयोजना कार्यान्वयनको चरणमा पुगेको हो । कोरोना सङ्क्रमणको उच्च जोखिमका कारण केही समय पर धकेलिएको आयोजनाको कामलाई तीव्र पारिएको छ । नगरमा खानेपानीको व्यवस्थाका लागि भुम्लु गाउँपालिका–१० बिमिरेस्थित सुनकोसी नदी किनारमा इनार निर्माणका साथै लिफ्टिङ प्रविधि जडान पानी तान्ने व्यवस्था गरिएको… पुरा पढौ

राष्ट्र बैंकले मुद्दती निक्षेपमा १ अर्ब ९३ करोड रुपैयाँ लगानी गर्ने

काठमाडौं, १० चैत । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा १ अर्ब ९३ करोड रुपैयाँभन्दा बढी लगानी गर्ने भएको छ । राष्ट्र बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थामा १ अर्ब ९३ करोड २६ लाख रुपैयाँ लगानी गर्ने भएको हो । ‘क’ वर्गका वाणिज्य बैंकहरुमा १ अर्ब ५४ करोड ६२ लाख रुपैयाँ, ‘ख’ वर्गका विकास बैंकहरुमा २८ करोड ९८ लाख रुपैयाँ र ‘ग’ वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीहरुमा ९ करोड ६६ लाख रुपैयाँ लगानी… पुरा पढौ