मुख्य समाचार

अनलाइन पत्रकारितालाई जिम्मेवार बनाउन आचारसंहिता अभिमुखीकरणलाई निरन्तरता दिने

काठमाडौं, २० चैत । प्रेस काउन्सिल नेपालले अनलाइन पत्रकारितालाई व्यवस्थित र जिम्मेवार बनाउन पत्रकार आचारसंहिता अभिमुखीकरण कार्यक्रमलाई निरन्तरता दिने भएको छ । काउन्सिलको पछिल्लो अभियानअन्तर्गत अनलाइन दर्ताअघि सञ्चालक, सम्पादक र प्रतिनिधिले अनिवार्यरूपमा अभिमुखीकरणमा सहभागी हुने कार्यक्रम ल्याएको हो । काउन्सिलले आचारसंहिता र विभिन्न निर्देशिकाबारे सञ्चारमाध्यमलाई जानकारी दिने उद्देश्यले नियमितरुपमा अभिमुखीकरण सुरू गरेको हो । सोही शृङ्खलाअनुरुप आज प्रेस काउन्सिल नेपालमा अभिमुखीकरण सञ्चालन गरिएको थियो । सो अभिमुखीकरणमा प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले काउन्सिलले विभिन्न जिल्लामा आचारसंहिता जागरण अभियान सञ्चालन गरिरहेको… पुरा पढौ

नेप्सेमा दोहोरो अंकको गिरावट, लाइफ इन्स्योरेन्स कम्पनीले गर्याे साढे ९ करोड बढीको कारोबार

काठमाडौं, २० चैत । साताको सेयर कारोबार हुने पहिलो दिन आईतबार नेपाली सेयर बजारमा दोहोरो अंकको गिरावट भएकाे छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ३०.८९ अंकले घटेर २५१३.४१ विन्दुमा झरेको छ । नेप्सेमा १.१२ प्रतिशतको गिरावट भएको छ भने सेन्सेटिभ इण्डेक्स ६.४४ अंकले घटेर ४६९.०३ विन्दुमा रहेको छ । कुल २२५ कम्पनीको सेयर कारोबार भएको छ । ३२ लाख ५३ हजार ८१६ कित्तासेयरको खरिदबिक्रीबाट १ अर्ब ४६ करोड ७ लाख ७३ हजार ७२९ रुपैयाँ बराबरकाे कारोबार भएको छ… पुरा पढौ

सैनिक कल्याणकारी कोषको सम्पति रु ६४ अर्ब, लघुवित्त कार्यक्रममा करिब रु ७ अर्ब कर्जा प्रवाह

सुर्खेत, २० चैत । प्रधानसेनापति प्रभुराम शर्माले सैनिक कल्याणकारी कोषको सम्पत्ति करिब रु ६४ अर्ब पुगेको जानकारी दिएका छन् । विसं २०३२ मा रु एक करोड २४ लाख एक हजारबाट स्थापना भएको सैनिक कल्याणकारी कोषको रकम माघ मसान्तसम्म आइपुग्दा रु ६३ अर्ब ९७ करोड २६ लाख ६० हजार पुगेको बताए। राजदल गणमा आयोजित ‘भूतपूर्व सैनिक सम्मेलन’ उद्घाटन गर्दै प्रधानसेनापति शर्माले भूपूसैनिक तथा बहालवालाको जीवन स्तर उकास्न इन्भेष्टमेन्ट बैंकसँगको सहकार्यमा अघि बढाइएको सहुलियत कर्जा कार्यक्रमबाट हालसम्म ३१ हजार ५०० भन्दा बढी हिताधिकारीसमेत… पुरा पढौ

निर्वाचनमा प्रतिगमनकारी पाखा लागेपछि आन्दोलनको एक चरण पूरा हुने : प्रचण्ड

महोत्तरी, २० चैत । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिगमनविरुद्धको खबरदारी जारी नै रहेको बताएका छन् । आसन्न स्थानीय तह निर्वाचनमा प्रतिगमनकारी जनताबाट पाखा लागेपछि आन्दोलनको एक चरण पूरा हुने उनले बताए। बर्दिबास नगरपालिका–११ खयरमाराको सुन्दरबस्तीस्थित निर्मल लामा बहुप्राविधिक शिक्षालयको नवनिर्मित भवनको आज उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले भने, “हामीले गत वर्ष असंवैधानिक तवरले संसद् विघटन गर्ने हरकतलाई ठेगान लगायौँ, यसपालिको आसन्न स्थानीय तह निर्वाचनले प्रतिगमनकारी झारपात सबै साफ गर्नेछ ।” आसन्न स्थानीयतह निर्वाचनसम्म मात्र नभएर अब हुने… पुरा पढौ

न्यायलाई छरितो, सर्वसुलभ र मितव्ययी बनाउन कानुनमा परिमार्जनको सुझाव

काठमाडौ, २० चैत । न्याय सम्पादन प्रक्रियालाई छिटोछरितो, मितव्ययी र सर्वसुलभ बनाउन विभिन्न नयाँ कानुन बनाउन तथा भएका कानुनको आवश्यक परिमार्जन र प्रभावकारी कार्यान्वयन गर्न सुझाव दिइएको छ । न्याय प्रशासनसँग सम्बन्धित प्रचलित कानुनमा गर्नुपर्ने आवश्यक सुधारको मस्यौदा पेस गर्न गठित अध्ययन समितिले सर्वोच्च अदालतको कार्यबोझ घटाउन अदालतको क्षेत्राधिकारमा सुधार गर्न सकिने क्षेत्रहरु पहिचान गरेको छ । यसैगरी समितिले सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्कीको संयोजकत्वमा गठन भएको समितिको प्रतिवेदनले दिएका सुझाव कार्यान्वयनका लागि सुधार गर्नुपर्ने कानुनहरुको पहिचानसमेत गरेको छ ।… पुरा पढौ

बाल स्वास्थ्यका क्षेत्रमा सहकार्य गर्न एआइआइएमएससँग डा आरजुको आग्रह

नयाँदिल्ली, २० चैत। प्रधानमन्त्री शेरबहादुर देउवाका धर्मपत्नी डा आरजु राणा देउवाले अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइसेन्स (एआइआइएमएस)का पदाधिकारीहरूसँग भेट गरी सुरक्षित मातृत्व र बाल स्वास्थ्यका क्षेत्रमा सहकार्य गर्न सकिने बताएकी छन । सो इन्स्टिच्युटको भ्रमणका क्रममा डा देउवाले यस किसिमको ‘डेडिकेटेड’ अस्पताल नेपालमा पनि आवश्यक रहेकाले त्यसका लागि आवश्यक जनशक्ति तयार गर्न र पूर्वाधार निर्माणमा सहयोग गर्नेबारेमा आग्रह गरिन । इन्स्टिच्युटका विज्ञहरूसँगको अन्तरक्रियामा डा देउवाले नेपालमा पनि एआइआइएमएसजस्ता संस्था स्थापना गरी तिनको संस्थागत विकास गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै… पुरा पढौ

पाटन कलेज फर प्रोफेसनल स्टडीजका ८८ विद्यार्थी दीक्षित

काठमाडौ, २० चैत । ललितपुरको कुपण्डोलमा रहेको पाटन कलेज फर प्रोफेसनल स्टडीजले चौथौ दीक्षान्त समारोह गरेको छ । पाटन कलेज फर प्रोफेसनल स्टडीज बेलायतको युनिभर्सिटी अफ बेडफोरसायर विश्वविद्यालयको सम्बन्धन प्राप्त कलेज हो । काठमाडौंको होटल अलफ्टमा आयोजित उक्त दीक्षान्त समारोह काठमाण्डौं विश्वविद्यालयका उपकुलपति प्रा. डा. भोला थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । सो दीक्षान्त समारोहमा क्याम्पसका बी. एससी आँनर्स कम्प्युटर साइन्स एण्ड साफ्टवेयर इनजीनियरिङ र बिबिए अध्ययन गरेका ८८ विद्यार्थी दीक्षित भएका थिए । दीक्षान्त समारोहमा बोल्दै प्रमुख अतिथि… पुरा पढौ

जयनगर-कुर्था रेल सेवा आजदेखि सुरु

जनकपुर,२० चैत । जयनगर–कुर्था रेल्वे खण्डमा आजदेखि यात्रुसहितको रेल सेवा सुरु हुँदैछ । प्रधानमन्त्री शेरबहादुर देउवा र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले शनिबार संयुक्तरूपमा भर्चुअल माध्यमबाट रेल सेवाको शुभारम्भ गरेका थिए । आज बिहान ८ बजेदेखि यात्रुसहितको रेल सेवा सञ्चालनमा भएकाे रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिए। उनका अनुसार अब दैनिक दुईपटक जयनगर–कुर्था रेल चल्नेछ । जयनगरबाट छुटेको रेल बिहान १० बजेतिर कुर्था स्टेशन आइपुग्नेछ । जनकपुरधामको कुर्थाबाट पौने ११ बजे जयनगरका लागि चल्ने रेल साढे १२ बजे जयनगर… पुरा पढौ

आयल निगम र आन्दोलनरत पेट्रोलियम व्यवसायीबीच ४ बुँदे सहमति, आजदेखि पेट्रोलियम पदार्थ सहज हुने

काठमाडाैं, २० चैत । नेपाल आयल निगम र आन्दोलनरत राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिबीच पेट्रोलियम पदार्थको बिक्री वितरण सहज बनाउने सहमति भएको छ । निगमको केन्द्रीय कार्यालय टेकुमा भएको छलफलमा दुवै पक्षबीच सहमति जुटेको हो । समन्वय समितिले गत फागुन २३ मा निगम समक्ष पेट्रोलियम बिक्रेता कमिशन र एलपी ग्यासको ढुवानी भाडा समायोजनसम्बन्धी माग पेस गरेको थियो । छलफलबाट पेट्रोलियम बिक्रेता कमिशन र एलपी ग्यासको ढुवानी भाडा समायोजनसम्बन्धी मागको सम्बन्धमा सात दिनभित्र उचित निष्कर्ष निकाल्ने तथा अन्य पेट्रोलियम कारोबारसँग… पुरा पढौ

प्रदेश १, बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा मेघ गर्जन चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

काठमाडाैं, २० चैत । हाल देशमा भारतको बिहार  देखि बङ्गालको खाँडि सम्म रहेको न्यून चापीय रेखा र स्थानीय वायुको सामान्य प्रभाव रहेको छ।देशको पहाडी भू-भागमा आँशिक देखि  सामान्य बदली रही बाँकि भू-भागको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।    २०७८ चैत्र २० गते   दिउँसो : प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागमा आंशिक बदली रहने छ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागका केही स्थानमा र मधेस प्रदेश तथा लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग… पुरा पढौ