मुख्य समाचार

चुनावमा के जनादेश आउँछ भन्ने कुरा परिणामले देखाउने : अध्यक्ष ओली

काठमाडौं, २२ चैत । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जनादेश के थियो र अब चुनावमा के जनादेश आउँछ भन्ने कुरा परिणामले देखाउने बताए। प्रगतिशील इन्जिनियरिङ एसोसिएसनको सम्मेलनमा पूर्व प्रधानमन्त्री ओलीले शान्ति, विकास र जातीय सद्भावका लागि आफ्नो पार्टीले काम गर्दै आएको उल्लेख गर्दै अबको निर्वाचनमा यही मुद्दाका आधारमा एमालेले विजय हासिल गर्ने जिकिर गरे। उनले कम्युनिष्टहरुले मुलुकमा द्वन्द्व मच्चाउने भन्दा शान्ति, स्थापना गरी तराई, पहाड, हिमालबीचको मेलमिलाप गराउन सक्रिय हुनुपर्नेमा जोड दिए। पुरा पढौ

मतपत्र छपाई सुरु, एक करोड ९४ लाख थान छपाई हुने

काठमाडाैं, २२ चैत । आगामी वैशाख ३० गते शुक्रबार हुने स्थानीय तह निर्वाचनका लागि मतपत्र छपाई सुरु भएको छ । निर्वाचन आयोगद्वारा आयोजित नियमित पत्रकार भेटमा प्रवक्ता शालिग्राम शर्मा पौडेलले जनक शिक्षा सामग्री केन्द्रमा निर्वाचनका लागि आवश्यक मतपत्र आयोगको निर्णयपछि छपाई सुरू भएकाे बताए । उनले कूल २३ लहर समूहका ७७ प्रकारका एक करोड ९४ लाख थान मतपत्र छपाई हुने जानकारी दिए। आयोगका अनुसार सबैभन्दा कम १६ लहरको मतपत्र डोल्पाको हुनेछ भने सबैभन्दा बढी ५६ लहरको मतपत्र काठमाडौँको हुनेछ ।… पुरा पढौ

न्यून चापीय प्रणालीको सामान्य प्रभावः केहि स्थानमा हल्का वर्षाको सम्भावना

काठमाडाैं, २२ चैत । हाल नेपालमा भारतको बिहार तथा  आसपासमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। देशको प्रदेश नं १ को पहाडी भू-भागमा आंशिक बदली रही देशको अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय, जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।    २०७८ चैत्र २२ गते   दिउँसो : प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागमा आंशिक बदली रहने छ। प्रदेश नं १ को पहाडी भू-भागका थोरै स्थानहरुमा र बागमती तथा गण्डकी प्रदेशको पहाडी भू-भागका एक वा दुई… पुरा पढौ

वन्यजन्तुबाट भएको क्षतिमा रु एक करोड ७८ लाख राहत वितरण

चितवन, २२ चैत । चितवन राष्ट्रिय निकुञ्जले चालु आर्थिक वर्षमा रु एक करोड ७८ लाख २३ हजार ८५० राहत वितरण गरेको छ । वन्यजन्तुबाट भएको क्षतिस्वरूप निकुञ्जले राहत वितरण गरेको हो । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार चालु आर्थिक वर्षको साउनदेखि फागुन मसान्तसम्म ५६९ घटना भएका थिए । ती घटनामा परेकाहरुलाई राहत वितरण गरिएको हो । तिवारीका अनुसार वन्यजन्तुको आक्रमणमा परी मृत्यु भएका ११ जनाको परिवारलाई रु एक करोड १० लाख वितरण गरिएको छ । प्रतिपरिवार रु १० लाखका दरले… पुरा पढौ

कांग्रेसको निर्वाचन घोषणापत्र तयारी समितिमा २८ सदस्य मनोनित

काठमाडाैं, २२ चैत । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको ‘स्थानीय तह निर्वाचन–२०७९, घोषणापत्र तयारी समिति’ मा २८ सदस्य मनोनित गरेका छन् । उनले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको गत फागुन ३ गतेको बैठकको निर्णयानुसार महामन्त्री गगनकुमार थापाको संयोजकत्वमा गठन भएको समितिमा सदस्य मनोनित गरेका हुन् । समितिको सदस्यमा डा आरजु राणा देउवा, मधु आचार्य, प्राडा गोविन्दराज पोखरेल, अजयबाबु शिवाकोटी, नृपबहादुर वड, कान्तिका सैजुवाल, गुरुराज घिमिरे, किरण गिरी, हरिप्रभा खड्गी, भीम ढुङ्गाना, दिलीपप्रताप खाँण, वंशलाल तामाङ, विजयशङ्कर यादव, उमा… पुरा पढौ

स्वच्छ र विकासप्रेमीलाई उम्मेदवार बनाउन कास्कीका नागरिक अगुवाहरुको अपिल

काठमाडौं, २१ चैत । आगामी बैशाख ३० मा हुने स्थानीयतहको निर्वाचनमा सक्षम उम्मेदबार छनोट गर्नुपर्नेमा कास्कीका नागरिक अगुवाहरुले जोड दिएका छन् । शान्तिका लागि नागरिक समाजको सञ्जाल कास्कीले सोमबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरी राजनैतिक दलहरुका लागि १२ बुँदे अपिल जारी गर्दै आसन्न निर्वाचनमा स्वच्छ उम्मेदबारलाई मात्र उठाउन आग्रह गरेको छ । अपिलमा सामाजिक क्षेत्रमा क्रियाशिल विभिन्न २४ वटा संस्थाहरुले ऐक्यबद्धता जनाएका छन् । अपिलमा रायमाझी आयोगले दोषी किटान गरेका तथा विगतमा मानवअधिकार उल्लंघनकर्ता, विभिन्न सामाजिक संघ संस्थाहरुमा रहेर आर्थिक… पुरा पढौ

पेट्रोलियम पदार्थको बिक्री वितरण सहज, लाइन बस्ने बाध्यता घट्दै : निगम

काठमाडौं, २१ चैत । केही दिनदेखि पेट्रोलपम्पमा देखिएको चर्को लाइन घट्न थालेकाे छ । नेपाल आयल निगम र पेट्रोलियम व्यवसायीबीचको सहमतिपश्चात् पेट्रोलियम पदार्थको बिक्री वितरण सहज बनेको हो । निगम र आन्दोलनरत राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिबीच शनिबार पेट्रोलियम पदार्थको बिक्रीवितरण सहज बनाउने सहमति भएको थियो । सहमति भएपछि पेट्रोलियम बिक्रेताले निगमको डिपोबाट पेट्रोलियम पदार्थ उठाएका थिए । पेट्रोलियम बिक्रेताले कमिशन वृद्धिको माग गर्दै पेट्रोलियम पदार्थको बिक्रीवितरण रोकेका थिए । पेट्रोलियम बिक्रेताले इन्धनको बिक्रीवितरण बन्द गर्दा देशभर इन्धनको हाहाकार… पुरा पढौ

राताम्मै भयो सेयर बजार, नीर्जिवन र जीवन बीमाले धेरै गुमाए

काठमाडौं, २१ चैत । साताको सेयर कारोबार हुने दाेस्राे दिन साेमबार आज पनि सेयर बजार लगानीकर्ताको अपेक्षाभन्दा उल्टो यात्रामा गएको छ । राताम्मै भएको बजारमा कारोबार रकममा पनि खासै सुधार भएको देखिएन । बजारको यसप्रकारको नकारात्मक दृश्यले लगानीकर्ताको मनोवल कहिले उँचो हने हुने एकिन हुन सकेको छैन । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १५.९४ अंकले घटेर २४९७ विन्दुमा झरेको छ । नेप्सेमा ०.६३ प्रतिशतले गिरावट भएको छ । सेन्सेटिभ इण्डेक्स २.४७ अंकले घटेर ४६६.५५ विन्दुमा झरेको छ । यसदिन… पुरा पढौ

पनौतीमा स्थापित सुरक्षण मुद्रण केन्द्रमा भौतिक निर्माण तीव्र

काभ्रेपलाञ्चोक, २१ चैत । काभ्रेपलाञ्चोकको पनौतीमा स्थापित सुरक्षण मुद्रण केन्द्र (सेक्युरिटी प्रिन्टिङ प्रेस)को भौतिक निर्माण कार्यलाई तीव्रता दिइएको छ । आउँदो वर्षको असार महिनाबाट अन्तःशुल्क ‘स्टिकर’ छाप्न सकिने योजना बनाइएको केन्द्र परिसरमा हाल बहुउद्देश्यीय भवन निर्माण कार्य थालिएको छ । उक्त भवनको गत मङ्गलबार सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले शिलान्यास गरेका थिए । ५० मिटर लम्बाइ र २५ मिटर चौडाइ क्षेत्रफलमा निर्माण हुने उक्त भवनमा सुरक्षित छपाइका कागज, मसी तथा अन्य कच्चापदार्थ लामो समयसम्म भण्डारण गर्न सकिने जनाइएको छ… पुरा पढौ

वैशाख १ गतेदेखि भैरहवामा नेपाल वायुसेवाको जहाजले परीक्षण उडान भर्ने

काठमाडौं, २१ चैत । भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल वायुसेवा निगमको जहाजले परीक्षण उडान भर्ने भएको छ । विमानस्थल निर्माणपछि उक्त विमानस्थल व्यावसायिक उडानको पर्खाइमा छ । आगामी वैशाख १ गते नेपाल वायुसेवा निगमको जहाजले परीक्षण उडान भर्ने तयारी रहेको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का महानिर्देशक प्रदीप अधिकारीले जानकारी दिए । उनले भने, “हामी व्यावसायिक उडानको अन्तिम तयारीमा छौँ ।” उक्त विमानस्थलमा व्यावसायिक उडान भर्न हालसम्म ११ कम्पनीले चासो देखाएका छन् । बुद्ध जयन्तीका दिन अर्थात् जेठ २ गतेदेखि… पुरा पढौ