मुख्य समाचार

सेयर बजारमा छायो हरियाली, ४ अर्ब ८७ करोडको कारोबार

काठमाडौं, २९ फागुन । साताको सेयर कारोबार हुने पहिलो दिन आईतबार नेपाली सेयर बजारमा हरियाली छाएको छ । नेप्से परिसूचक २७०० विन्दु नजिक पुगेको छ । सेन्सेटिक इण्डेक्स ५१० विन्दुको नजिकमा पुगेको छ । नेप्सेमा हरियाली छाएसंगै कारोबारमा सामान्य सुधार आएको छ । नेप्सेमा देखिएको सकारात्मक लयको कारण लगानीकर्तामा उत्साह थपिएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १०१.०७ अंकले बढेर २६६७.९७ विन्दुमा उक्लिएको छ । नेप्से ३.९४ प्रतिशतले बढ्दा सेन्सेटिभ इण्डेक्स १६.३७ अंकले बढेर ५०९.९० विन्दुमा रहेको छ… पुरा पढौ

प्राधिकरणकाे आक्रामक अभियान सुरु, अम्बे स्टिल्सले एक महिनामै थप बिजुली पाउने

काठमाडौं, २९ फागुन । उद्योगलाई पूर्ण क्षमतामा बिजुली उपलब्ध गराउने योजनाअनुसार नेपाल विद्युत् प्राधिकरणले आक्रामक अभियान सुरु गरेको छ । देशभित्रै खपत बढाउने लक्ष्यका साथ प्राधिकरणले ठूला उद्योग प्रतिष्ठानलाई माग अनुसार नै बिजुली दिने भएको छ । बाँकेको नेपालगञ्ज क्षेत्रमा सञ्चालित अम्बे स्टिल्स उद्योगलाई एक महिनाभित्रमा ३५ मेगावाट बिजुली दिने तयारी गरेको छ । प्राधिकरणले अहिले सो स्टिल्स उद्योगलाई आठ मेगावाट विद्युत् आपूर्ति गरिरहेको छ । उद्योगले क्षमता विस्तारका लागि थप २७ मेगावाट विद्युत् माग गरेको छ । प्राधिकरणले उद्योगसम्म… पुरा पढौ

कोरोना सङ्क्रमणको जोखिम कम भएसँगै अन्नपूर्ण पदमार्गमा पर्यटकको चाप बढ्दै

लमजुङ, २९ फागुन । अहिले चक्रिय अन्नपूर्ण पदमार्गमा पर्यटकको चाप बढ्दै गएको छ । तेस्रो कोरोना सङ्क्रमणको जोखिम कम भएसँगै विस्तारै आउन थालेका पर्यटक केही दिन अघिदेखि भने अझै वृद्धि हुँदा यस पदमार्गमा पर्यटकको चाप बढ्दै गएको हो । कोरोना सङ्क्रमणका कारण पर्यटक आउन छोडेको यस पदमार्गमा कोरोनाको तेस्रो लहरको जोखिम कम भएसँगै दैनिक दुई चार जनामात्र आउन थालेकामा यतिबेला भने दैनिक ४०, ५० भन्दा बढी पर्यटक आउन थालेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का धारापानीस्थित पर्यटक जाँच केन्द्रका पर्यटन सहायक… पुरा पढौ

पुस्तक समीक्षाः पराजुलीले पस्किए ‘श्वेत पर्वत’मा प्रकृति, संस्कृति र ऐतिहासिक विवरण

काठमाडौं, २९ फागुन । पत्रकारितासम्बन्धी दुई र यात्रा, नियात्राबारे यसअघि दुई कृति प्रकाशन गरिसकेका विष्णुप्रसाद शर्मा पराजुली भर्खरै ‘श्वेत पर्वत’(भुँडीपुराण प्रकाशन, २०७८) लिएर आएका छन् । ‘तिब्बत यात्रा’ (२०७२), त्यसैको अङ्ग्रेजी अनुवाद ‘जर्नी टु तिबेत’(२०२२) र ‘डोल्पोः विश्वको जीवित सङ्ग्रहालय’(२०७४) शीर्षकमा उनका मोटा नियात्रा कृति आइसकेका हुन् । जागिरेकालमा विष्णु शर्मा हुँदा नै भ्रमण गर्न रुचाउने उनले यात्रासँगै लेख्नुपर्छ भन्ने मान्यताले पछि पुस्तक लेख्न थाले । नेपालको ग्रेट हिमालयन ट्रेलअन्तर्गत पूर्व ताप्लेजुङको कञ्चनजङ्घा आधारशिविरदेखि पश्चिममा हुम्लाको हिल्सासम्मका पदयात्राका क्रममा नेपालका… पुरा पढौ

अर्थतन्त्रमा देखिएको चुनौती समाधान गर्न आयातमा सीमा राखिएको हो : अर्थमन्त्री शर्मा

काठमाडौं, २९ फागुन । अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्रमा देखिएको चुनौती समाधान गर्न आयातमा मार्जिनको व्यवस्था गरिएको बताए । भन्सार विभाग, त्रिपुरेश्वरमा आज आयोजित भन्सार व्यवस्थापन गोष्ठीलाई सम्बोधन गर्दै उनले आयातमा गरिएको कडाईले भन्सार असुली प्रभावित भए पनि मेहनत गरेर लक्ष्यमा पुग्न निर्देशन दिए। “देशको अर्थतन्त्र यतिबेला चुनौतीपूर्ण अवस्थामा छ । यसलाई समाधान गर्न हामीले केही वस्तुको आयातमा मार्जिन राखेका छौं”, उनले भने, “यस्तो अवस्थाले भन्सार प्रभावित पनि भएको छ । तर, यो सधैँका लागि राखिएको होइन । हाम्रो बाध्यकारी परिस्थितिले… पुरा पढौ

जग्गा ठगीमा वडाध्यक्ष, मालपोतका कर्मचारीसहित सात पक्राउ

खाँदबारी, २९ फागुन । सङ्खुवासभाको भोटखोला गाउँपालिकामा जग्गा ठगी प्रकरणमा वडाध्यक्ष र मालपोतका नायब सुब्बासहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ । भोटखोला गाउँपालिका–४ का वडाध्यक्ष किन्साङ भोटेसहितको टोलीले स्थानीयवासी दलबहादुर तामाङको २७ रोपनी जग्गा जालसाजी गरी आफन्तका नाममा पास गरेको अभियोग लगाइएको छ । वडाध्यक्ष भोटे, मालपोत कार्यालयका कर्मचारीसहित सात जनाको टोलीले मृतक तामाङको नाममा रहेको जग्गा अर्काको नाममा पास गरेको अभियोगमा प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो । जग्गा जालसाजी गरेको आरोपमा पक्राउ परेका सात जनालाई जिल्ला प्रहरी… पुरा पढौ

बढ्यो सुनचाँदीको भाउ, तोलाको कति पुग्यो ?

काठमाडौं, २९ फागुन । साताको सुनचाँदीको कारोबार हुने पहिलो दिन आईतबार आज नेपाली बजारमा सुनचाँदीको भाउ सामान्य रुपले बढेको छ । यसदिन छपावाला सुनमा रुपैयाँ २०० तथा चाँदीमा रुपैयाँ १० ले बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको भाउ तोलामा रुपैयाँ २०० ले बढेर प्रतितोला १ लाख २ हजार ८०० रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि शुक्रबार छापावाला सुनको भाउ तोलाको रुपैयाँ १ लाख २ हजार ६०० निर्धारण गरिएको थियो । तेजाबी सुन तोलाको रुपैयाँ १… पुरा पढौ

कांग्रेसले सुरु गर्याे घर-घर जाऔं, कांग्रेस जिताऔं अभियान

काठमाडौं, २९ फागुन । नेपाली कांग्रेसले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको तयारी लागि आइतबारदेखि एकमहिने ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान प्रारम्भ गर्दैछ । आगामी चैत २९ गतेसम्म सञ्चालन हुने अभियानअन्तर्गत स्थानीय तहको निर्वाचनको मतदानमा सहभागी भई आफ्नो लोकतान्त्रिक अधिकार प्रयोग गर्न मतदातालाई अपिल गर्दै निर्वाचनको माहोल बनाउने उद्देश्य राखेको छ । पार्टी प्रवक्ता डा प्रकाशशरण महतका अनुसार स्थानीय निर्वाचनमा कांग्रेसलाई विजयी गराउन वडा र टोल तहसम्म पार्टीभित्र सौहार्दता, एकता र ऊर्जा अभिवृद्धि गर्ने, कांग्रेसका उम्मेदवारहरूलाई विजयी गराउन… पुरा पढौ

राष्ट्रिय सहकारी कर्मचारी संघको अध्यक्षमा श्रेष्ठ चयन

काठमाडौं, २९ फागुन । पेशागत महासंघ नेपालमा आवद्ध घटक राष्ट्रिय सहकारी कर्मचारी संघ नेपालको अध्यक्षमा भरतकुमार श्रेष्ठ चयन भएका छन् । काठमाडौंमा सम्पन्न भएको सहकारी कर्मचारीको बृहत् भेलाले श्रेष्ठको अध्यक्षतामा ४१ सदस्यीय केन्द्रीय समिति घोषणा गरेको हो । नवगठित समितिको उपाध्यक्षमा धनबहादुर खत्री, राधा कडरिया र प्रशान्त जिसी चयन भए भने महासचिवमा गङ्गाप्रसाद रिजाल, उपमहासचिवमा पुरुषोत्तम श्रेष्ठ, सचिवमा मनिषा लम्साल र कोषाध्यक्षमा तुलसीराम थापा चयन भए। कार्यक्रमका प्रमुख अतिथि नेकपा (एकीकृत समाजवादी)का पोलिटब्यूरो सदस्य तथा पेशागत महासङ्घ नेपालका संयोजक प्रेमलकुमार… पुरा पढौ

साउदी राजकुमार आज नेपाल आउँदै, राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवासँग शिष्टाचार भेटवार्ता गर्ने

काठमाडौं, ३० फागुन । साउदी अरब अधिराज्यका विदेशमन्त्री राजकुमार फैसल बिन फहरान अल साउद आज नेपाल आउँदैछन् । उनले चैत १ गतेसम्म नेपालको औपचारिक भ्रमण गर्नेछन् । भ्रमणका क्रममा साउदी अरबका विदेशमन्त्री राजकुमार फैसलले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग बेग्लाबेग्लै शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्रमन्त्री डा नारायण खड्काले आफ्ना साउदी समकक्षीसँग आगामी चैत १ गते भेटवार्ता गर्ने तथा उनले नेतृत्व गरेकाे प्रतिनिधिमण्डलको सम्मानमा दिवाभोज आयोजना गर्ने भएका छन् । पुरा पढौ