मुख्य समाचार

ढोरपाटनलाई समृद्धिसँग जोड्नुपर्छ : मुख्यमन्त्री पोखरेल

बागलुङ, ५ चैत । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले ढोरपाटनलाई प्रदेशको समृद्धिसँग जोड्नुपर्ने बताएका छन् । बाग्लुङका विभिन्न कार्यक्रममा सहभागी हुँदै उनले नेपालको एकमात्र सिकार आरक्षका रुपमा रहेको ढोरपाटन स्वदेमा मात्रै नभएर विदेशमा पनि चासो र चर्चा पाएको स्थल भएकाले यसलाई प्रदेशको समृद्धिसँग जोड्नुपर्ने बताए। ढोरपाटनसहित यस आसपासका क्षेत्रमा पूर्वाधार निर्माणसँगै सर्वसाधारणको अपेक्षाअनुरुप विकासका गतिवधि अघि बढाउन सरकार प्रतिबद्ध भएको जनाउँदै मुख्यमन्त्री पोखरेलले प्राथमिकताअनुसार योजना तय गर्न आग्रह गरे। संरक्षणसँगै आयआर्जनमा जोड दिनु आवश्यक भएको उल्लेख गर्दै उनले विद्यमान कानुनी… पुरा पढौ

नेपाल र अफ्रिकी मुलुक सिसेल्सबीच द्विपक्षीय श्रम सम्झौता गर्ने सहमति

काठमाडौं, ५ चैत । नेपाल र पूर्वी अफ्रिकी मुलुक सिसेल्सबीच द्विपक्षीय श्रम सम्झौता गर्ने सहमति भएको छ । गणतन्त्र सिसेल्सको भ्रमणमा रहनुभएका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँग गणतन्त्र सिसेल्सका रोजगार तथा सामाजिक मामिलामन्त्री प्याट्रिका फ्यानकोट र आन्तरिक मामिलामन्त्री इरोल फोन्स्काले गरेको द्विपक्षीय भेटवार्तामा दुई मुलुकबीच श्रम सम्झौता गर्ने सहमति भएको हो । रोजगार तथा सामाजिक मामिलामन्त्री फ्यानकोटसँगको भेटवार्तामा एक महिनाभित्र द्विपक्षीय श्रम सम्झौतालाई टुङ्गोमा पु¥याउन संयुक्त कार्यदल गठन गर्ने सहमति भएको मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ । वैदेशिक रोजगारीका… पुरा पढौ

नेकोसद्वारा पालिकामा रङ्गशाला, वडामा खेल पूर्वाधार’ को अवधारणा समावेश गर्न आग्रह

काठमाडौं, ५ चैत । नेकपा (एमाले) निकट नेपाल खेलकुद महासङ्घ (नेकोस)ले नेपालको समग्र खेल क्षेत्रको विकास र समृद्धिका लागि आगामी स्थानीय तहको निर्वाचनमा ‘एक पालिका, एक रङ्गशाला, एक वडा एक खेल पूर्वाधार’ को अवधारणा घोषणापत्रमा समावेश गर्न पार्टीलाई आग्रह गरेको छ । महासङ्घका इञ्चार्ज एवं एमालेका नेता गोकुलप्रसाद बाँस्कोटाको प्रमुख आतिथ्यतामा र संयोजक कृष्ण बस्नेत (पर्शुराम)को अध्यक्षतामा सम्पन्न आयोजक कमिटीको विस्तारित बैठकले सो अनुरोध गर्ने विशेष प्रस्ताव पारित गरेको हो । संयोजक बस्नेतले खेलकुद क्षेत्रको संस्थागत विकासले मात्र खेलक्षेत्रलाई अन्तरराष्ट्रियकरण गर्ने… पुरा पढौ

सीबीफिन र एडीबीले आत्मनिर्भर अर्थतन्त्रका लागि संयुक्त रूपमा काम गर्ने

काठमाडौं, ४ चैत । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफिन) को नेतृत्व र एसियाली विकास बैंक (एडीबी) आत्मनिर्भर अर्थतन्त्रका लागि संयुक्त रूपमा काम गर्ने भएका छन् । एडीबी मनिलाका शीर्ष प्रतिनिधिमण्डल नेपाल भ्रमणमा आएको बेला सीबीफिनसँग भेटवार्ता भएको हो । भेटवार्तामा वित्तीय क्षेत्रको सुदृढीकरण, स्थानीय तथा उत्पादनशील उद्योगलाई ऋणमा सहज पहुँच र अन्य रसद पूर्वाधारको माध्यमबाट स्वदेशी अर्थतन्त्रको प्रवर्द्धनका लागि सीबीफिनसँग मिलेर काम गर्ने इच्छा व्यक्त गरेका छन् । सीबीफिनले आयोजना गरेको विशेष बैठकमा दक्षिण एसिया मामिला हेरिरहेका एडीबी… पुरा पढौ

बेष्ट फाइनान्सको २५औं बार्षिक साधारण सभा सम्पन्न

काठमाडौं, ४ चैत । बेष्ट फाइनान्स कम्पनी लिमिटेडको २५औं बार्षिक साधारण सभा चैत्र ४ गते शुक्रवार सम्पन्न भएको छ । संस्थाका संचालक समितिका अध्यक्ष खिमलाल पौडेलको सभापतित्वमा नेपाल प्रज्ञा प्रतिष्ठान,कमलादी,काठमाडौंमा सभा सम्पन्न भएको हो । सभाले आ.ब.२०७७ / २०७८ को संचालक समितिको प्रतिवेदन र बार्षिक वित्तीय विवरण पारित गरेको छ ।आ.ब.२०७८ / २०७९ का लागि लेखापरिक्षकको नियूक्तीको प्रस्ताव समेत पारित गरेको छ । सभामा शेयरधनी महानूभावहरुले राखेका प्रश्न एवं जिज्ञासाहरुको जवाफ संस्थाका अध्यक्ष खिमलाल पौडेलले दिएका थिए । संस्थाको भावी… पुरा पढौ

फागुनमा २२ अर्ब रुपैयाँले बढ्यो वाणिज्य बैंकहरुको निक्षेप

काठमाडौं, ४ चैत । फागुन महिनामा वाणिज्य बैंकहरुको निक्षेप २२ अर्ब रुपैयाँले बढेको छ । साेही अवधीमा ऋण १७ अर्ब रुपैयाँले बिस्तार भएको छ । नेपाल बैंकर्स संघका अनुसार फागुनकाे अन्तिम ४ दिनमा निक्षेप ७ अर्बले बढेको थियो । अघिल्लाे साता १३ गतेदेखि २० गतेसम्म ११ अर्बले बढेकाे थियाे । ऋण फागुन २७ देखि ३० सम्म ४ दिनमा ३ अर्ब रुपैयाँले मात्र बढेको छ । अघिल्लाे साताकाे साेही अवधीमा ऋण ५ अर्बले बढेकाे थियाे । अहिलेसम्म वाणिज्य बैंकहरुसँग ऋण ४१… पुरा पढौ

५ करोडभन्दा कमको काम श्रम सहकारीबाट गराएर कम्पनीलाई विस्थापित गर्न खोजियाे : महासंघ

काठमाडौं, ४ चैत । सार्वजनिक खरिद ऐनको ११औँ संशोधनमार्फत् रु पाँच करोडभन्दा कमको काम श्रम सहकारीबाट गराएर साना निर्माण कम्पनीलाई विस्थापित गर्न खोजिएको भन्दै नेपाल निर्माण व्यवसायी महासङ्घले आपत्ति जनाएको छ । महासङ्घले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उपभोक्ता समितिमार्फत् भएका काममा गलत काम भएको स्थापित हुँदाहुँदै श्रम सहकारीका माध्यमबाट उपभोक्ता समितिमार्फत् नै काम गर्न खोजिएको जानकारी गराइएको छ । श्रम सहकारीका नाममा उपभोक्ता समितिलाई काम दिएर कर नतिर्ने गरी राज्यकोषको दुरुपयोग गर्न खोजिएको महासङ्घका अध्यक्ष रवि सिंहले बताए। “स्थानीयस्तरमा रोजगारी… पुरा पढौ

परियोजनाका काम द्रूत गतिमा अघि बढाउन एडीबीलाई मन्त्री झाँक्रीको आग्रह

काठमाडौं, ४ चैत । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले एसियाली विकास बैंक (एडीबी) बाट हुने सहयोगका योजना द्रूत गतिमा अघि बढाउन आग्रह गरेकी छिन् । शुक्रबार मन्त्रालयमा एडीबीका प्रतिनिधिसँगको छलफलमा मन्त्री झाँक्रीले तोकिएको समयमा धेरै काम गर्नुपर्ने बताइन् । ‘हामीसँग समय सीमित छ, गर्नुपर्ने कामहरू धेरै छन् । सकेसम्म सीमित अवधिमा पनि धेरै काम गरौँ भन्ने पक्षमा छौं,’ उनले भनिन्, ‘एडीबीले गरिरहेको सहयोग र गर्ने भनेका परियोजनाको काम पनि छिटो होस् हाम्रो चाहना छ ।’ मन्त्री झाँक्रीले राष्ट्रिय सहरी नीति परिमार्जन… पुरा पढौ

बैंकको ब्याजदर नियन्त्रण गर्न छलफल भइरहेको छ : अर्थमन्त्री शर्मा

काठमाडौं, ४ चैत । अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले बैंकको बढ्दो ब्याजदरप्रति व्यवसायीले गुनासो गर्न थालेपछि नियन्त्रणका लागि छलफल थालेको बताएका छन् । ललितपुर उद्योग वाणिज्य संघको ५५औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले व्यवसायीको मागअनुसार ब्याजदर निर्धारणका लागि आफूले पहल थालिरहेको बताए । ‘बैंकले आफूखुसी ब्याजदर निर्धारण गर्ने प्रचलन छ । अर्थतन्त्रमा असर नपर्ने गरी बैंकको ब्याजदर सीमा निर्धारण भई व्यवसायी अनुकूल हुनुपर्छ भनेर छलफल थालेको छु,’ उनले भने, ‘राष्ट्र बैंकलाई उत्पादनमूलक क्षेत्रको कर्जाको बेसरेट २ प्रतिशतभन्दा… पुरा पढौ

चन्द्रावती-ठूलो ढुंगा मोटरमार्ग : २ वर्षमा १२ प्रतिशत मात्र प्रगति

तनहुँ, ४ चैत । ठेक्का सम्झौता भएर काम नहुँदा अलपत्र बनेको तनहुँको भानु नगरपालिका–१३ स्थित चन्द्रावती ठूलो ढुंगा मोटरमार्गको प्रगति २ वर्षमा १२ प्रतिशत मात्रै भएको छ । विसं २०७६ कात्तिक ४ गते ठेक्का लागेको उक्त सडकको भौतिक प्रगति २ वर्षमा १२ प्रतिशत मात्रै छ । पूर्वाधार विकास कार्यालय तनहुँले मोटरमार्गको दस किमी खण्ड कालोपत्र, नाला निर्माण तथा ग्याबिन जाली भर्ने लगायतका कामका लागि काठमाडौंस्थित शंकरमाली कन्स्ट्रक्शनसँग सम्झौता गरेको थियो । निर्माण व्यवसायीको लापरबाहीका कारण मोटरमार्गको काम सुस्त रहेको स्थानीय… पुरा पढौ