मुख्य समाचार

केसीएल अस्ट्यूट क्यापिटलले अब गरिमा क्यापिटलको नामबाट कारोवार गर्ने

काठमाडौं, १५ चैत । गरिमा विकास बैंक लिमिटेडको ५१.२०% शेयर स्वामित्व रहने गरी गरिमा क्यापिटल लिमिटेड (साविक के.सी.एल. अस्ट्यूट क्यापिटल लिमिटेड) गरिमा विकास बैंक लिमिटेडको सहायक कम्पनीको रुपमा रुपान्तरण भएको छ । अब उप्रान्त के.सी.एल.अस्ट्यूट क्यापिटल लिमिटेडले प्रदान गर्दै आएका सेवा तथा कारोवारहरु गरिमा क्यापिटल लिमिटेडको नाममा सञ्चालन हुने समेत बताइएको छ । गरिमा क्यापिटल लिमिटेडको अध्यक्षमा साबिक के.सी.एल. अस्ट्यूट क्यापिटल लिमिटेडका दिपक पाण्डेय रहेका छन । संचालकहरूमा रमाकान्त बराल, यादव कुमार श्रेष्ठ, माधव प्रसाद उपाध्याय र अनिल श्रेष्ठ रहेको… पुरा पढौ

दिनदिनै ओरालो लाग्दै सेयर बजार, कारोबार पनि घट्याे

काठमाडौं, १५ चैत । सेयर बजारको कारोबार हुने तेश्रो दिन मंगलबार पनि सेयर बजारको ओरालो लागेको यात्रा रोकिएन । अघिल्लो दिन सोमबार २९.९८ अंकले घटेर २५४२.२८ विन्दुमा ओर्लिएको नेप्से परिसूचक यसदिन १४.२६ अंकले घटेर २५२७.५८ विन्दुमा झरेको छ । कारोबार रकममा पनि यसअघिको भन्दा आधा कमि देखिएको छ । सेयर बजारमा लगातार भईरहेको गिरावटले लगानीकर्तालाई बजार कहिले उकालो लाग्ने हो भन्ने चिन्ता बढेको छ । नेपाल स्टक एम्सचेन्जका अनुसार नेप्से परिसूचक १४.२६ अंकले बढेर २५२७.५८ विन्दुमा झरेको छ । नेप्सेमा… पुरा पढौ

पाँचखालकाे मदन भण्डारी प्रविधि विश्वविद्यालय निर्माण किन पर्याे ओझेलमा ?

काभ्रेपलाञ्चोक, १५ चैत । अढाइ वर्षअघि चिनियाँ प्राथमिकतामा परेको मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय निर्माणको विषय यसपाली ओझेलमा परेको छ । चिनियाँ स्टेट काउन्सिलर तथा परराष्ट्रमन्त्री वाङ यीको गतहप्ता तीनदिने नेपाल भ्रमणका क्रममा उक्त विश्वविद्यालयको प्रक्रियालाई अघि बढाउने विषयलाई पनि ‘एजेण्डा’मा समावेश गरिएको बताइएको थियो । चिनियाँ राष्ट्रपति सी जिनपिङको सन् २०१९ अक्टोबरमा भएको नेपाल भ्रमणका क्रममा नेपाल सरकारको तत्कालीन नीति, कार्यक्रम तथा बजेट अध्ययनपछि सो विश्वविद्यालय निर्माणार्थ सम्झौतासमेत भएको थियो । तत्कालीन सरकारले उक्त विश्वविद्यालयका लागि मकवानपुरको चित्लाङमा जग्गा… पुरा पढौ

कम भिजिबिलिटीले हवाई उडान प्रभावित

काठमाडाैं, १५ चैत । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान र अवतरण प्रभावित भएका छन् । सोमबारदेखि कम भिजिबिलिटी भएका कारण विमानस्थलको उडान तथा अवतरण प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थित नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । फाइल फाेटाे मंगलबार बिहानैदेखि काठमाडौँको मौसम धुम्म भएका कारण आन्तरिक र अन्तर्राष्ट्रिय उडान र अवतरणमा समस्या भएको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए । मौसममा सुधार हुनेबित्तिकै उडान र अवतरण नियमित हुने उनको भनाइ छ । भिजिबिलिटी कम हुँदा सोमबार दिउँसो… पुरा पढौ

२ करोडमा बनेको स्वास्थ्यचौकी भवन किन आएन प्रयोगमा ?

पर्वत, १५ चैत । करिब २ करोड लागतमा बनेको सुविधासम्पन्न स्वास्थ्यचौकी भवन वर्षौँदेखि प्रयोगविहीन भएको छ । पर्वतको फलेबास नगरपालिका–१ कार्कीनेटा स्वास्थ्यचौकीको सुविधासम्पन्न भवनबाट सेवा प्रवाह हुन सकेको छैन । जनशक्ति, बर्थिङ सेन्टर, गर्भवती जाँचलगायत सेवाका लागि आवश्यक उपकरणसमेत उपलब्ध भए पनि भवन प्रयोगविहीन भएको छ । स्थानीयवासीको विरोध हुँदाहुँदै कमजोर भूबनोटमा निर्मित स्वास्थ्यचौकी भवन आसपासको जमिन भासिएका कारण राज्यको करोडौँ रकम बेकामे भएको हो । खाल्टाथरमा निर्मित भवनसहित जमिन भासिने र पहिराले पुर्न थालेपछि स्वास्थ्यचौकी निर्माण सम्पन्न भएको दुई… पुरा पढौ

अरुण तेस्रो जलविद्युत् आयोजना ७ दिनदेखि ठप्प, मुआब्जा विवाद कायमै

संखुवासभा, १५ चैत । संखुवासभामा निर्माणाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रवेशमार्गको छयाङकुटी–पुखुवा सडकखण्ड सात दिनदेखि अवरुद्ध भएको छ । प्रवेशमार्गको छयाङकुटी–पुखुवा सडकखण्डका पीडितहरूले मुआब्जा नपाएको भन्दै अनिश्चितकालीन सडक बन्द गरेर आन्दोलनमा उत्रिएका छन् । अरुण तेस्रोको प्रवेशमार्ग छयाङकुटी–पुखुवा सडकखण्डको मुआब्जा नपाएपछि सात दिनदेखि अरुण तेस्रो आयोजना र प्रवेशमार्ग अवरुद्ध पारेको सङ्घर्ष समितिका अध्यक्ष हर्कसिंह राईले बताए। प्रवेशमार्ग छयाङकुटी–पुखुवा सडकखण्डको मुआब्जा तीन वर्ष बित्दासमेत नपाएपछि बाध्य भएर प्रवेशमार्ग र आयोजनाको पावरहाउसको काम अवरुद्ध बनाएको अध्यक्ष राईले बताए। पहिले १५… पुरा पढौ

सिमा वारपार ग्राहकका लागि ग्लोबल आइएमई बैंक र पेमेन्ट नेपालबीच क्यूआर सेवा सम्बन्धी सम्झौता

काठमाडौं, १५ चैत । ग्लोबल आइएमई बैंकले नेपाल तथा भारतका ग्राहकको सुविधाका लागि गेटवे पेमेन्ट सर्भिस प्रालिसंग क्यूआर सुविधा सम्बन्धी एक सम्झौता गरेको छ । अब ग्राहकले ग्लोबल बैंकको मोबाइल बैंकिङ एप “ग्लोबल स्मार्ट प्लस” प्रयोग गरेर क्यूआरबाट भारतमा कुनैपनि सामग्री खरिदमा भारत पे, पेटिएम, गुगलपे लगायतका डिजिटल प्लेटफर्मबाट भुक्तानी गरी कारोबार गर्न सक्ने भएका छन् । ग्राहकको सुविधालाई मध्यनजर गर्दै याे सुविधा प्रदान गर्ने याेजनासहित ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य तथा गेटवे पेमेन्ट सर्भिस प्रालिका प्रमुख… पुरा पढौ

धादिङका कृषक न्यौपानेले पाए राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार

बागमती, १५ चैत । राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारअन्तर्गत बागमती प्रदेशका विभिन्न स्थानका उत्कृष्ट पाँच जना किसानलाई हेटौँडामा नगदसहित सम्मानित गरिएको छ । कृषि तथा पशुपक्षीका क्षेत्रमा उल्लेखनीय काम गरेवापत सो सम्मान गरिएको हो । बागमती प्रदेशको कृषि विकास निर्देशनालय तथा पशुपक्षी विकास निर्देशनालयमा आयोजित चौमासिक प्रगति समीक्षा गोष्ठीमा सो सम्मान गरिएको हो । राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारअन्तर्गत प्रथम हुने चेतना कृषि तथा पशुपक्षी फार्म धादिङका युद्धप्रसाद न्यौपानेलाई नगद रु ५० हजारसहित प्रमाणपत्र प्रदान गरिएको छ । त्यस्तै द्वितीय हुने दिदीबहिनी… पुरा पढौ

मर्दी क्षेत्रका पर्यटन व्यवसायीलाई विद्युत् सुविधा उपलब्ध गराउन सरकार प्रतिबद्ध : ऊर्जामन्त्री भुसाल

काठमाडाै‌, १५ चैत । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले नेपालको समृद्धिको प्रमुख आधारका रूपमा रहेको पर्यटन क्षेत्रलाई आवश्यक विद्युत् सेवा उपलब्ध गराएर सुविधा उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताएका छन् । विश्व प्रसिद्ध मर्दी हिमाल पदयात्रा क्षेत्रमा विद्युतीकरणको मागसहित आएका गएका पर्यटन व्यवसायीसँग पोखरामा भएको भेटमा उनले विद्युत् सुविधा नपुगेका क्षेत्रमा विद्युत् विस्तार सरकारको प्राथमिकतामा रहेकाले मर्दी क्षेत्रमा विद्युत् उपलब्ध गराइने प्रतिबद्धता जनाइन। ऊर्जामन्त्री भुसालले सरकारले उत्पादित बिजुली सकेसम्म स्वदेशमै खपत बढाउने योजना बनाएको बताइन। उनले भनिन्, “हाम्रो पहिलो… पुरा पढौ

नेपालको बाह्य सम्बन्ध १७५ देशमा विस्तार

काठमाडौं, १५ चैत । नेपालको बाह्य सम्बन्ध १७५ देशमा विस्तार भएको छ । नेपाल र गणतन्त्र दक्षिण सुडानबीच आज कूटनीतिक सम्बन्ध स्थापना भएसँगै नेपालसँग द्विपक्षीय कूटनीतिक सम्बन्ध कायम भएका देशको सङ्ख्या १७५ पुगेको छ । द्विपक्षीय कूटनीतिक सम्बन्ध स्थापना गर्नेसम्बन्धी संयुक्त विज्ञप्तिमा संयुक्त राष्ट्रसङ्घका लागि नेपालका राजदूत अमृतबहादुर राई र उक्त विश्व संस्थाका लागि गणतन्त्र दक्षिण सुडानका राजदूत अकुएई बोना मालवालले न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगमा सोमबार आयोजित संक्षिप्त समारोहमा हस्ताक्षर गरे। दुवै राजदूतले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो… पुरा पढौ