मुख्य समाचार

चीनले नेपाललाई ११ अर्ब ४० करोड अनुदान सहयोग गर्ने

काठमाडाैं, १३ चैत । चीन सरकारले आर्थिक एवं प्राविधिक सहयोगअन्तर्गत नेपाल सरकारलाई ११ अर्ब ४० करोडभन्दा बढी अनुदान सहयोग उपलब्ध गराउने भएको छ । उक्त रकम दुवै देशको सहमतिमा निर्धारण गरिएका परियोजना कार्यान्वयन गर्न खर्च गरिने अर्थ मन्त्रालयले जनाएको छ । यसैबीच नेपालको भ्रमणमा रहेका चीनका विदेशमन्त्री वाङ यीले आफ्ना राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका बेला घोषणा भएको विकास सहायता रकम पनि उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् । शनिबार राजधानीमा सम्पन्न नेपाल–चीन परराष्ट्र मन्त्रीस्तरीय वार्तामा उनले उक्त प्रतिबद्धता व्यक्त… पुरा पढौ

आइएमई जनरल इन्स्योरेन्सको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं, १३ चैत । आइएमई जनरल इन्स्योरेन्सले निष्काशन गरेको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन बाँकी रहेको छ । कम्पनीले हाल कायम १० कित्ता बराबर नयाँ ४ कित्ता सेयरको रेसियोमा फागुन २२ गतेदेखि हकप्रद सेयर निष्काशन तथा बिक्रीमा ल्याएको थियो । इन्स्योरेन्सले १०० रुपैयाँ मूल्य अंकित दरमा ४६ करोड ३० लाख ३४ हजार ४०० रुपैयाँ बराबरको ४६ लाख ३० हजार ३४४ कित्ता सेयर बिक्रीमा ल्याएको हो । कम्पनीले हकप्रद सेयर निष्काशनको प्रयोजनका लागि फागुन १ गते बुक क्लोज गरेको… पुरा पढौ

साढे ३ अर्बको मुद्धति निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक

काठमाडौं, १३ चैत । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुमा ३ अर्ब ४५ करोड लगानी गर्न लागेको छ । बैंकका अनुसार उत्पादन तथा पेन्सन कोषको रकमलाई मुद्धती निक्षेपमा बैंक तथा वित्तीय संस्थाहरुमा लगानी गर्न लागेको हो । राष्ट्र बैंकले जनाए अनुसार वाणिज्य बैंकहरुको लागि २ अर्ब ७६ करोड रहेको छ । राष्ट्रिय स्तरका विकास बैंकहरुमा ५२ करोड ७५ लाख लगानी गरिने भएको हो । यस्तै फाइनान्सहरुमा १७ करोड २५ लाख रुपैयाँ मुद्धती निक्षेपमा लगानी गरिने छ । बैंक तथा… पुरा पढौ

स्थानीय तह निर्वाचनका लागि तनहुँमा १ हजार ५ सय कर्मचारी परिचालन गरिँदै

दमौली, १३ चैत । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि तनहुँमा १ हजार ५ सय कर्मचारी परिचालन गरिने भएको छ । स्वयंसेवकबाहेक उक्त सङ्ख्यामा कर्मचारी परिचालन गर्न लागिएको हो । जिल्लाका १० वटै पालिकामा कर्मचारी परिचालनका लागि अहिले कर्मचारीको विवरण सङ्कलनको काम भइरहेको जिल्ला निर्वाचन अधिकारी हरिप्रसाद ढकालले जानकारी दिए। कार्यालयले निर्वाचनका लागि आवश्यक जनशक्ति व्यवस्थापनका लागि कर्मचारी र शिक्षकको विवरण माग गरेको छ । निर्वाचनमा परिचालनका लागि जिल्लास्थित कर्मचारी र शिक्षकको विवरण माग गरिएको र विवरण… पुरा पढौ

पारस्परिक सहयोग र साझेदारी अभिवृद्धिका लागि नेपाल र चीनबीच ९ वटा समझदारीमा हस्ताक्षर

काठमाडौं, १३ चैत । नेपाल र चीनबीचको सहकार्यात्मक सम्बन्ध एवम् साझेदारीलाई अझ घनिभूत तुल्याउन दुवै देश सहमत भएका छन् । नेपाल–चीन परराष्ट्रमन्त्री स्तरीय वार्तामा त्यस्तो सहमति भएको हो । परराष्ट्रमन्त्री डा नारायण खड्का र चीनको राज्यपरिषद् सदस्य एवं परराष्ट्रमन्त्री वाङ यीबीच सम्पन्न द्विपक्षीय वार्तापछि दुवै देशका सम्बद्ध अधिकारीले पारस्परिक सहयोग अभिवृद्धि गर्नेसम्बन्धी नौ वटा समझदारीमा हस्ताक्षर पनि गरेका छन् । आर्थिक तथा प्राविधिक सहयोगसम्बन्धी समझदारी, नेपालमा चीन–नेपाल अन्तरदेशीय रेलवे परियोजनाको सम्भाव्यता अध्ययनका लागि प्राविधिक सहायता योजना, नेपाल–चीन पावर ग्रिड इन्टरकनेक्सन… पुरा पढौ

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नेपाललाई हस्तान्तरण

कास्की, १३ चैत । चिनियाँ निर्माण कम्पनी सिएएमसीइले निर्माण गरिरहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल नेपाललाई हस्तान्तरण गरिएको छ । चीनका राज्यपरिषद् सदस्य एवं परराष्ट्रमन्त्री वाङ यीको नेपाल भ्रमणका अवसरमा हिजाे साँझ राजधानी काठमाडौँ र निर्माणस्थल पोखरामा आयोजित छुट्टाछुट्टै कार्यक्रमका बीच विमानस्थल हस्तान्तरण गरिएको हो । काठमाडौँमा प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा चीनका परराष्ट्रमन्त्री यीले परराष्ट्रमन्त्री नारायण खड्कालाई विमानस्थलको चाबी हस्तान्तरण गरे । पोखरामा पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले विमानस्थल निर्माण सम्पन्न गरेकामा चिनियाँ कम्पनी सिएएमसीइका अध्यक्ष लु यानलाई कदरपत्रद्वारा… पुरा पढौ

पर्यटकीय क्षेत्र फुल्चोकी र नागीडाँडामा साहसिक खेल ‘साइकिलिङ’को सुरुआत

काभ्रेपलाञ्चोक, १२ चैत । पर्यटन प्रवर्धनार्थ पनौती नगरपालिकाले पर्यटकीय क्षेत्र फुल्चोकी र नागीडाँडामा साहसिक खेल ‘साइकिलिङ’को सुरुआत गरेको छ । औपचारिकरूपमा आज उक्त साहसिक खेल नगरको १ नम्बर वडास्थित सबैभन्दा अग्लो पर्यटकीयस्थल फुल्चोकीडाँडाबाट २ नम्बर वडाको नागीडाँडासम्म आयोजना गरियो । नगरपालिकाको आयोजनामा ‘फुल्चोकी टावर माउन्टेन बाइक ट्रेल’मा नेपाल, क्यानाडा र भारतका करिब २०० राइडरले साइकिलिङ गरेका थिए । साइकिलिङको नगर उपप्रमुख गीता बञ्जाराले आज एक कार्यक्रमबीच उद्घाटन गरे। छ किलोमिटर दूरी रहेको उक्त साकिलिङ ट्रेल रुटमा खेल सञ्चालन गर्न पाइनेछ… पुरा पढौ

चीन सरकारद्वारा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नेपाललाई हस्तान्तरण

काठमाडौं, १२ चैत । चीन सरकारद्वारा निर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आज नेपाल सरकारलाई औपचारिक हस्तान्तरण भएको छ। चिनियाँ विदेशमन्त्री वाङ यी हाल नेपाल भ्रमणमा रहेकाे बेला उनैको उपस्थितिमा प्रधानमन्त्री शेरबहादुर देउवालाई विमानस्थलको साँचो हस्तान्तरण गरेको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले सफल आवाजलाई जानकारी दिए। हस्तान्तरण समारोह भर्चुअल विधिबाट भएको थियो भने सो प्रयोजनका लागि आवश्यक व्यवस्थापन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले पोखरामै थिए। विमानस्थलको साँचो चिनियाँ विदेशमन्त्रीबाट नेपालका प्रधानमन्त्री देउवालाई हस्तान्तरण भएको थियो। त्यसलगत्तै पोखरा… पुरा पढौ

पाेखरा म्याराथनः अजित र सरस्वतीलाई उपाधि

पोखरा, १२ चैत । सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको दोस्रो चरणको प्रतियोगिता अन्तर्गत १० किलोमिटर दौडको उपाधि पुरुषतर्फ अजितकुमार यादव र महिलातर्फ सरस्वती बोहोराले जितेका छन् । नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा शनिबार पोखरामा भएको पुरुषतर्फको दौडमा निर्धारित दूरी ३० मिनेट ४५ सेकेन्डमा पूरा गर्दै यादवले २० हजार नगद तथा मेडल र साथमा प्रमाणपत्र प्राप्त गरे । त्यस्तै ३२ मिनेट ५० सेकेन्डमा निर्धारित दूरी पार गर्दै युवराज थापा दोस्रो र ३३ मिनेट ५ सेकेन्डमा निर्धारित दूरी पार गर्दै टंकबहादुर कार्की तेस्रो… पुरा पढौ

अघि बढ्यो १२ मेगावाट क्षमताको म्रिस्ट्रीखोला दोस्रो जलविद्युत् आयोजना निर्माण प्रक्रिया

म्याग्दी १२ चैत । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा १२ मेगावाट क्षमताको म्रिस्ट्रीखोला दोस्रो जलविद्युत् आयोजना निर्माण प्रक्रिया अघि बढेको छ । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा गत वर्ष ४२ मेगावाट क्षमताको म्रिस्ट्रीखोला पहिलो जलविद्युत् आयोजना बनाएको माउन्टेन इनर्जी नेपाल लिमिटेडले सोही आयोजनाको विद्युत्गृहबाट निस्कने पानीबाट अर्को आयोजना बनाउने तयारी गरेको हो । सर्वेक्षण सकिएको आयोजनाको प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन तयार पार्ने क्रममा रहेको परामर्शदाता संस्था इन्भाइरोमेन्टल पार्टनर्स प्रालिका शङ्कर बस्यालले बताए। “म्रिस्ट्रीखोलाको विद्युत्गृहबाट निस्कने पानीलाई पाइपलाइन र सुरुङमार्फत घारखोला नजिकैमा निर्माण हुने भूमिगत… पुरा पढौ