मुख्य समाचार

आगामी आवको बजेट कृषिमैत्री आउने अर्थसचिवको प्रतिवद्धता

काठमाडौं, ११ चैत । अर्थसचिव मधुकुमार मरासिनीले सरकारको आगामी आर्थिक वर्षको बजेट कृषिमैत्री आउने प्रतिवद्धता जनाएका छन् । चितवनको भरतपुरमा जारी नेपाल र एसियाकै पहिलो कृषि कर्जा मेलामा उनले साे कुरा बताएका हुन् । ‘अर्थ मन्त्रालय बजेट तयारीमा जुटेको छ । मन्त्रालयले आगामी आर्थिक वर्षको पहिलो छलफल कृषि क्षेत्रबाट सुरु गरेको छ, आगामी बजेटको पहिलो प्राथमिकता कृषि हुनेछ ।’ उनले भने, ‘कृषिप्रधान देश ६१ प्रतिशत कृषक रहेको भन्ने र वर्षमा अर्बौको कृषिजन्य वस्तु आयात हुने र युवाहरु रोजगारी नपाएको भन्दै… पुरा पढौ

इन्सेकले गर्याे शिक्षा, स्वास्थ्य खाद्य र आवासको अधिकारबारे पाेखरामा अन्तर्क्रिया

पोखरा, ११ चैत । आधारभूत आवश्यकताहरु अझैं पनि सबै नागरिकको पहुँचमा पुग्न नसकेको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकीले शुक्रबार पोखरामा आयोजना गरेको शिक्षा, स्वास्थ्य खाद्य तथा आवासको अधिकारका सवालमा सरोकारवालाहरुको भूमिका विषयक अन्तर्क्रियामा कार्यपत्र प्रस्तुत गर्दै इन्सेक गण्डकीका अधिकृत सवनम शर्माले विद्यालय भवनहरु बालमैत्री र अपांगमैत्री नहुँदा, दक्ष शिक्षकको अभाव र सामुदायिक विद्यालयहरुको गुणस्तरमा कमीका कारण विद्यार्थीहरु गुणस्तरीय शिक्षाबाट बञ्चित हुनुपरेको बताइन् । उनले अनुगमनका क्रममा खाद्य र अखाद्य वस्तु एउटै पसलमा बिक्री… पुरा पढौ

जनताका घरदैलाेमै सेवा प्रवाह भएको छ : ऊर्जामन्त्री भुसाल

ललितपुर, ११ चैत । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिले ५ वर्षमा जनताका लागि आवश्यक धेरै सुविधा घरदैलो नजिकै पुर्याएको बताएकी छन् । ललितपुर महानगरपालिका–२३ को नवनिर्मित वडा कार्यालय भवनको आज उद्घाटन गर्दै उनले भनिन्, “५ वर्षका बीचमा स्थानीय सरकारले जनताका धेरै काम गरेका छन्, जनताका घर आँगनमा सिंहदरबार सार्थक भएको छ ।” स्थानीय तहको पहिलो सरकार गठन हुँदा कतिपय स्थानमा भौतिक पूर्वाधार नभएको बताउँदै मन्त्री भुसालले उपलब्ध साधन र स्रोतको सही तवरले प्रयोग गरेर जनतालाई… पुरा पढौ

आन्तरिक पर्यटन प्रवर्द्धन गर्न ‘मेची-महाकाली मोटर र्‍याली’

काठमाडौं, ११ चैत । नेपाली युवा उद्यमी मञ्च (एनवाइईएफ) ले पहिलो पटक मेची-महाकाली मोटर र्‍याली यही २०२२ मार्च २४ देखि २८ सम्म आयोजना गरेको छ । उक्त मोटर र्‍यालीको नारा ‘आन्तरिक पर्यटनको लागि सबैसँगै’ रहेको छ । यस कार्यक्रमले आपसी भाइचारा र आन्तरिक पर्यटनमा सहयोग पुग्ने उद्देश्य राखिएको छ । विभिन्न च्याप्टरहरुबाट ९० भन्दा बढी सदस्य तथा युवा उद्यमीहरु यसमा सहभागी हुनेछन् । नेपाल पर्यटन बोर्डका मुख्य कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मीले बोर्डको केन्द्रीय कार्यालयमा झण्डा हल्लाएर मोटर र्‍यालीको उद्घाटन… पुरा पढौ

३ क्यासिनोलाई साढे ९० करोड बक्यौता बुझाउन ५ दिने अल्टिमेटम

काठमाडौं, ११ चैत । सरकारलाई बुझाउनुपर्ने बक्यौता रकम नबुझाउने ३ क्यासिनो कम्पनीलाई पर्यटन विभागले ५ दिने अल्टिमेटम दिएको छ । विभागले ५ दिनभित्र ९० करोड ५५ लाख ७६ हजार बक्यौता बुझाउन अल्टिमेटम दिएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले बक्यौता रकम असुल गराउनका लागि अल्टिमेटम दिन बुधबार मन्त्रिस्तरीय निर्णय गराएसँगै ३ क्यासिनो कम्पनीलाई अल्टिमेटम दिइएको पर्यटन विभागका होटल तथा क्यासिनो हेर्ने अधिकृत खेमराज जोशीले बताए । जोशीले भने, ‘मन्त्रीज्यूले मन्त्रिस्तरीय निर्णय गरी बक्यौता बुझाउनका लागि अल्टिमेटम दिन… पुरा पढौ

आज ग्रीन भेन्चर्सको आइपीओमा आवेदन दिने अन्तिम दिन

काठमाडौं, ११ चैत । आज ग्रीन भेन्चर्सको आइपीओमा आवेदन दिने अन्तिम मिति रहेको छ । चैत ८ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आइपीओका लागि आजसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ । कम्पनीले प्रतिसेयर १०० अंकित मूल्यका ३१ लाख २५ हजार कित्ता साधारण सेयर निष्काशन गरेको थियो । निष्काशन गरिएको कुल सेयरमध्ये ३ प्रतिशत अर्थात् ९३ हजार ७५० कित्ता सेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात् १ लाख ५६ हजार २५० कित्ता सामूहिक लगानी कोषहरुका लागि… पुरा पढौ

मानवअधिकार उल्लंघन गर्नेलाई उम्मेद्वार नबनाउन आयोगले गर्‍यो पत्राचार

काठमाडौं, ११ चैत । राष्ट्रिय मानवअधिकार आयोगको प्रदेश नं १ शाखा कार्यालय, खोटाङले आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा मानवअधिकार उल्लङ्घन गर्ने दोषीलार्ई उम्मेद्वार नबनाउन राजनीतिक दललाई पत्राचार गरेको छ । उक्त कार्यालयका उपसचिव श्यामबाबु काफ्लेद्वरा जारी प्रेस विज्ञप्तिमा आगामी वैशाख ३० गते सम्पन्न हुन गइरहेको स्थानीय तहको निर्वाचनमा खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुमा सक्रिय प्रमुख राजनीतिक दललाई उक्त विषयबारे पत्राचार गरिएको उल्लेख छ । “मानव अधिकार उल्लङ्घनमा दोषी किटान गरी नाम सार्वजनिक भएका व्यक्तिलाई निर्वाचनमा उम्मेद्वार नबनाउन आग्रह… पुरा पढौ

जीवन बीमा कम्पनीको चुक्ता पूँजी ५अर्ब र निर्जिवन बीमा कम्पनीको साढे २ अर्ब पुर्याइयाे

काठमाडौं, ११ चैत । बीमा कम्पनीको चुक्ता पुँजी वृद्धि गरी जीवन बीमा कम्पनीको चुक्ता पूँजी ५ अर्ब र निर्जिवन बीमा कम्पनीको चुक्ता पूँजी साढे २ अर्ब पुर्याइएको छ । समितिको सञ्चालक समितिको बैठकले चुक्ता पूँजी वृद्धि गर्दा समग्रमा नेटवर्थ बढाइ सोअनुरुप कम्पनीको जोखिम बहन क्षमता बढाइने र कम्पनी आपसमा गाभिन अनुकूल वातावरण सिर्जना हुने बताइएको छ । ठूलो पूँजी भएमा सेवाको लागत कम भई बीमाको पहुँच बिस्तार गर्न, ठूलो पूँजी कायम गरी कम्पनीबीच स्वस्थ प्रतिस्पर्धाको वातावरण तयार गर्न र जोखिममा आधारित… पुरा पढौ

औषधिमै आर्थिक अनियमितता, विशेष अदालतमा मुद्दा दायर

काठमाडौं, ११ चैत । स्थानीय सरकारले आफ्ना नागरिकलाई स्वास्थ्य सुविधा उपलब्ध गराउनका लागि औषधि खरिद गर्ने गरेको छ । नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराउनका लागि खरिद गरिने औषधिमा नै आर्थिक अनियमितता गरियो भने त्यो के होला ? यस्तै भएको छ हुम्लामा । हुम्लाको सर्केगाड गाउँपालिका–३ का वडाध्यक्ष गजबहादुर रावतले गाउँपालिकाबाट औषधि खरिदका लागि आएको रकमबाट कम औषधि खरिद गरी बाँकी रकम हिनामिना गरेको पाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेको मुद्दाका आधारमा औषधिका लागि विनियोजित बजेट हिनामिना… पुरा पढौ

एमालेले वैशाख ९ गते घोषणापत्र सार्वजनिक गर्ने,अध्यक्ष ओलीले ७५३ वटै कमिटीका पदाधिकारीलाई सम्बोधन गर्ने

काठमाडौं, ११ चैत । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आशन्न स्थानीय तहको निर्वाचनको तयारीका लागि यही चैत १६ गते मुलुकका ७५३ वटै पार्टीका कमिटीका पदाधिकारीलाई सम्बोधन गर्ने भएका छन् । पूर्वप्रधानमन्त्री ओलीले निर्वाचन घोषणापत्रका लागि परामर्श र पार्टीका नीतिबारे स्पष्ट पार्न एकैदिन प्रविधिमार्फत सम्बोधन गर्न लाेका हुन् । सो पार्टीको सम्पन्न केन्द्रीय कमिटीको तेस्रो बैठकले उक्त कार्यक्रम तय गरेको हो । आगामी वैशाख ९ गते नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसकाे अवसर पारेर केन्द्रमा निर्वाचन घोषणापत्र र स्थानीय तहमा पार्टीका… पुरा पढौ