मुख्य समाचार

कालापत्थर जाँदै सर्वोच्च अदालतका न्यायाधीशसहितको टोली

काठमाडौं, २३ फागुन । सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्लसहितको टोली लबुचेबाट गोरप्सेपतर्फ प्रस्थान गरेको छ । आइतबार लबुचेमा बसेको उक्त टोली आज बिहान गोरप्सेपतर्फ प्रस्थान गरेको हो । यही फागुन १६ गते लुक्ला आएको ४० महिलाको टोली अहिलेसम्म सकुशल रहेको आयोजक संस्था (साथ साथै)की अध्यक्ष प्रजिता कार्कीले बताइन् । उनका अनुसार उक्त टोलीले मंगलबार बिहान ८ बजे कालापत्थर पुगेर अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा विशेष कार्यक्रम गर्नेछ । ‘वुमन युनाइटेड फर क्लाइमेट जस्टिस’ ‘वुमन युनाइटेड फर क्लाइमेट जस्टिस’ नाराका साथ… पुरा पढौ

खोला थुनेर कृत्रिम ताल बनाइँदै, निर्माणका लागि १३ करोड खर्च लाग्ने अनुमान

तनहुँ, २३ फागुन । तनहुँको घिरिङ गाउँपालिका–३ मा खोला थुनेर ताल निर्माण सुरु गरिएको छ । उक्त ठाउँलाई पर्यटकीय गन्तव्यस्थल बनाउने उद्देश्यसहित गाउँपालिकाले खोला थुनेर कृत्रिम ताल निर्माण सुरु गरेको हो । कृत्रिम ताल निर्माणका लागि गाउँपालिकाले गत वर्ष नै डीपीआर तयार गरेको थियो । टेण्डर प्रक्रियामार्फत् गोफाखोला थुनेर ताल बनाउने काम सुरु गरिएको गाउँपालिकाका अध्यक्ष रनबहादुर रानाले जानकारी दिए । डीपीआरअनुसार ताल निर्माणका लागि करिब १३ करोड रुपैयाँ बजेट अनुमान गरिएको छ । पर्याप्त बजेट नभएकाले वर्षेनी बजेट विनियोजन… पुरा पढौ

ललितपुरको नल्लुमा एकै परिवारका ५ जनाको निधन

काठमाडौं, २३ फागुन । ललितपुरको कोञ्ज्योसोम गाउँपालिका–४ नल्लुमा एकै घरमा ५ जनाको निधन भएको छ । ललितपुर प्रहरी परिसरका प्रवक्ता सिद्धिविक्रम शाहका अनुसार नल्लुमा काइँली स्याङ्तानको परिवारका ५ जनाको निधन भएको पुष्टि गरे । ५५ वर्षीया काइँली स्याङ्तान, ९ वर्षीय आशिष, २३ वर्षीया सुषमा, ७ वर्षीय आस्माको मृत्यु भएको छ । उनीहरु आफ्नै घरभित्र आज बिहान मृत फेला परेको र उपचारको क्रममा २ दिनको एक नाबालकको पनि निधन भएको प्रहरीले जनाएको छ । २३ वर्षीय सुभाष स्याङ्तानको पाटन अस्पतालमा उपचार… पुरा पढौ

प्रतितोला १ लाख ३ हजार पुग्यो सुनको मूल्य, चाँदीको कति ?

काठमाडौं, २३ फागुन । पछिल्लो केही दिनयता सुनको मूल्य निरन्तर उकालो लागिरहेको छ । गत वर्षदेखि लाखको हाराहारीमा कारोबार भइरहेको सुनको मूल्य यस वर्ष पनि लाखभन्दा बढी मूल्यमा कारोबार हुन थालेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला १ लाख १ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज ११ सय रुपैयाँले बढेर १ लाख ३ हजार पुगेको छ । योसँगै तेजाबी सुनको मूल्य १ लाख २ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य… पुरा पढौ

प्रि-ओपन सेसनमा झिनो अंकले घट्यो नेप्से, ३ लाख ८५ हजारको कारोबार

काठमाडौं, २३ फागुन । साताको दोस्रो कारोेबार सुरु हुनुभन्दा अघिको प्रि-ओपन सेसनमा सेयर बजार कारोबार मापक नेप्से परिसूचक झिनो अंकले घटेको छ । सो सेसनमा नेप्से सूचक ०.७३ अंकले घटेर २ हजार ५४२.६५ अंकमा झरेको हो । नेप्सेसँगै सेन्सेटिभ इन्डेक्स पनि माइनसमा गएको छ । सो सेसनमा सेन्सेटिभ इन्डेक्स ०.८५ अंकले घटेर ४९८.२८ बिन्दुमा झरेको हो । यस सेसनमा १८ कम्पनीको ९५५ कित्ता सेयर ३ लाख ८५ हजार ४१८ रुपैयाँ बराबरको किनबेच भएको छ भने नेप्सेमा सूचीकृत १३ उपसमूहमध्ये ६… पुरा पढौ

९४ करोडको लागतमा नयाँ भवन बनाउँदै भरतपुर महानगरपालिका

चितवन, २३ फागुन । भरतपुर महानगरपालिकाले अत्याधुनिक सुविधासम्पन्न प्रशासनिक भवन बनाउने भएको छ । संघीय र प्रदेश सरकारसँग बजेटको सुनिश्चितता गरेर भवन निर्माणको प्रक्रिया अघि बढाइएको हो । महानगरले ९४ करोड ३२ लाख ३० हजार २७१ रुपैयाँ अनुमानित लागतमा बोलपत्र आह्वान गरेको छ । संघीय सरकारबाट ३५ करोड रुपैयाँ र बागमती प्रदेश सरकारबाट ठेक्का कबोल मूल्यको ५० प्रतिशत रकम सुनिश्चितता भइसकेको छ । रकम नपुग भएमा महानगरपालिकाले थप गर्नेछ । भूमिगत (अण्डरग्राउण्ड) पार्किङ सो भवन १४ हजार १५२ वर्गमिटरको हुनेछ… पुरा पढौ

वित्तीय संघीयता कार्यान्वयनमा आएन, गुणस्तर र परिणामको मानक स्थापित गर्न आवश्यक

काठमाडाैं, २३ फागुन । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले खर्चको आवश्यकता, पहिचान र समन्यायिक बाँडफाँटमा जोड दिएको छ । प्रतिनिधिसभा अर्थ समितिको बैठकमा आयोग अध्यक्ष बालानन्द पौडेलले सङ्घ, प्रदेश र स्थानीय तहले सम्पादन गर्ने कार्यको गुणस्तर र परिणामको मानक स्थापित गर्न आवश्यक रहेको बताए । उनले भने, “मुलुकमा यस वर्ष कति सडक निर्माण हुने विषयको तय केन्द्रबाट भए पनि कुन सडक, कहाँ बनाउने भन्ने छनोट प्रदेश र स्थानीय तहलाई दिइनुपर्छ । विकासका न्यूनतम मानक सबै स्थानीय तहमा पुग्नपर्छ ।”… पुरा पढौ

उच्च पहाडी र हिमाली भागमा हल्का हिमपातको संभावना

काठमाडाैं, २३ फागुन । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन। देशको पहाडी  तथा हिमाली  भू-भागमा आंशिक बदली रही  बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ। फागुन २३ गते   दिउँसो : देशको पहाडी तथा हिमाली भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । कर्णाली र सुदुर पश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको संभावना छ। राती : देशको पहाडी तथा हिमाली भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम… पुरा पढौ

भक्तपुर गोल्मढीमा २१ बाँसुरी बाधक दिक्षित

भादगाउँ, २३ फागुन । भक्तपुर नगरपालिका–७, गोल्मढीमा बाँसुरी बाजा बाधकहरू दीक्षित भएका छन् । गोल्मढीको यातास्थित सहलह बचत तथा ऋण सहकारी संस्थाले आयोजना गरेको बाँसुरी बाजा प्रशिक्षण समापनको अवसरमा प्रशिक्षार्थीहरू दीक्षित भएका हुन् । गत वर्षको चैत १९ गतेदेखि प्रशिक्षण सुरु गरेका प्रशिक्षार्थी करिव एक वर्ष लामो प्रशिक्षणपछि दीक्षित भएका हुन् । नेवारी परम्पराअनुसार प्रशिक्षणका क्रममा प्रशिक्षार्थीका परिचय गोप्य राखिन्छ । प्रशिक्षणको समापनसँगै नासः द्यो (नाट्यश्वरी)को पूजा गरी प्रशिक्षार्थी दीक्षित हुँदै सार्वजनिक हुने गर्छन् । परम्परागत सांस्कृतिक बाजागाजा संरक्षण एवं… पुरा पढौ

टिकटविनै जहाजमा मानिस पुगेकोबारे अध्ययन गर्न बनाएको समितिले बुझायो प्रतिवेदन

काठमाडौं, २३ फागुन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतारको दोहा उडान भर्न लागेको नेपाल एअरलाइन्सको विमानमा पासपोर्ट र भिसाविना एक व्यक्ति पुगेको घटनाको सम्बन्धमा छानबिन गर्न गठित समितिले गृहमन्त्री बालकृष्ण खाँणलाई आफ्नो प्रतिवेदन बुझाएको छ । गृह मन्त्रालयमा समितिका संयोजक अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले प्रतिवेदन बुझाएका हुन । फागुन ९ गते राति हवाईजहाजको टिकट र भिसा नभएका व्यक्ति विमानस्थलभित्र छिरेर जहाजसम्म पुगेका थिए । गृहमन्त्रीस्तरीय निर्णयबाट फागुन १३ गते विमानस्थल सुरक्षा अवस्था तथा सुधारका उपायहरू सम्बन्धमा सिफारिस गर्न भन्दै समिति गठन… पुरा पढौ